Breaking News

वन विभागले आठ करोड अड्चालिस लाख क्युफि काठ उत्पादन गर्ने

Share

IMG_2478 IMG_2487२०७२ मङ्सिर ८ वन संचार सम्बाददाता

वन तथा भू–संरक्षण मन्त्रालयका सचिवका रुपमा पदस्थापित हुनुभएका उदयचन्द्र ठाकुरलाइ आज वन विभागमा विभागका महानिर्देशक रेशम बहादुर डाँगीले स्वागत गर्दै बन विभागको कार्यक्षेत्र भित्र निम्न कार्यहरु पर्ने उल्लेख गर्नु भयो

१ नेपालको बन क्षेत्रको संर​क्षण, संबर्धन​ र सदुपयोग गर्न​ प्रबर्धनात्मक र नियमन सम्बन्धि बिभिन्न कार्यक्रम तर्जुमा गरि कार्यान्वयण गर्ने।

२ नागरिकलाई दैनिक उपभोगकालगि चाहिने बस्तु एबम् सेवाको आपूर्ति ब्यबस्थापन र उद्दोगकालागि बनजन्य कच्चापदार्थको ब्यबस्थापन गर्ने।

४  बनस्रोतको दिगो ढङ्गबाट ब्यबस्थापन र​ बिकाशगर्न बार्षिक​ कार्यक्रम तथा बजेट तर्जुमागरि कार्यक्रम कार्यान्वयण, अनुगमन, र मूल्याङ्कन लाई प्रभावकारि बनाउन​ संस्थागत र पेशागत क्षेमतामा अभिबृद्धि गर्ने।

जडिबूटि खेति बिस्तार, प्रशोधन र बजारिकरणमा निजिक्षेत्रको लगानि प्रबर्धन गर्नुका साथै ब्याबशायिक कबूलियति बन र निजि बन बिकाश गर्न  निजिक्षेत्र मैत्रि निति तथा कार्यक्रम तर्जुमा गरि कार्यन्वयण गर्ने ।

६  बनमा आधारित पारिस्थिकिय प्रणालिको संरक्षणगरि बाताबरणिय सेवाको बिस्तार र जैबिकबिबिधताको संरक्षण गर्न बिभिन्न प्रबर्धनात्मक र नियमन सम्बन्धि कार्यक्रम तर्जुमा गरि कार्यान्वयण गर्ने।]

७  बन स्रोतको दिगो ब्यबस्थापन र जिबिकोपार्जनमा सुधारगर्न नितिगत अबधारणा पत्र​, मार्गदर्शन र कार्यबिधिको मस्यौदाहरु तयारगर्ने कार्यमा बन तथा भू-संरक्षण मन्त्रालयलाई सहयोग गर्ने।

IMG_2480

तेस्तै उपलब्धिको रुपमा १९००००० हे वन क्षेत्र  समुदाय द्दारा ब्यबस्थीत भई एक तिहाई जनताहरु लाभान्वित भएको ,प्राकृतिक पूजीको विकास भएको ,सामाजिक पूजीको रुपमा समाबेसी विकास भएको र तेस्ले राजनैतिक तहमा समेत नेत्रित्व्दायी पहुच स्थापित गरेको , ६२,७७८ हे. (१२ जिल्ला) उत्पादनशिल वनक्षेत्रको ब्यवस्थापन (साझेदारी वन) ,वार्षिक १०,२७,१०६ घन फिट काठ र ३४१५ चट्टा दाउरा उत्पादन भै आपुर्ति सहज हुने वार्षिक ३७ लाख श्रमदिन रोजगार सृजना हुने अवस्था रहेको , तेस्तै कबुलियेती वन मा ४३,३७५ हे.(७५०९ समुह )रहेको ,७२% समूहवाट वन क्षेत्रको ५० % भन्दा वढी भागमा घाँस, डालेघाँस र अन्य रुख प्रजाति (दाउरा, काठ हुने) हुर्काएको । ६० प्रतिशत समूहले काठ ५० प्रतिशत दाउरा घांस कवुलियती वनबाट पुरा गरेको बताउनु भयो | वन क्षेत्रका चुनौती र समस्याहरुमा १. वन क्षेत्र अतिक्रमण तथा नियन्त्रण, २. अन्य प्रयोजनका लागि वन क्षेत्रको जग्गाको मागमा बृद्धि संस्थागत ः स्कूल, कलेज, खेल मैदान, डम्पिंग साईट, मठ मन्दिर, गुम्बा, सार्वजनिक भवन, प्रहरी, सैनिक क्याम्प, सरकारी कार्यालयहरु, ब्यक्तिगत ः छुट जग्गा दर्ता,आरक्षबाट सट्टाभर्ना, मुक्त कमैया, सुकुम्बासी पुर्वाधार विकास ः अस्पताल, जलबिद्युत, खानेपानी, कृषि सडक,  ग्रामीण सडक, टेलिकम, खानी उत्खनन, पिकनिक स्पट, होटल ३. वन पैदावार को चोरी कटानी तथा निकासी, ४ वन्य जन्तुको चोरी शिकारी तथा निकासी ५. भौतिक पूर्वाधार, जनशक्ति तथा श्रोत साधनको कमी सवारी साधन ः न्यून संख्या, जिर्ण अबस्थाका कार्यालय तथा आवास भवन      द्वन्द कालमा ध्वस्त भएको भवन ३२२ वटा  भूकम्पबाट भएको क्षती  भवन २२० वटा हातहतियार जीर्ण अवस्था तथा अभाव शसस्त्र वन रक्षक ६०२ पदहरु रिक्त ६. वनका भवन अन्य निकायले प्रयोग गरेको अवस्था नेपाली सेना (गोरखा, दोलखा, काभ्रे)  प्रहरी (पर्वत, कपिलवस्तु, दोलखा) ७. वैज्ञानिक वन व्यवस्थापनको लागि न्यून बजेट ८. गुणस्तर युक्त वन वीऊ ऊत्पादनको लागि बगैंचा तथा ऊत्पादन क्षेत्र संरक्षण ९. ढुंगा, गिट्टी, बालुवाको अनियन्त्रीत संकलन तथा बिक्रि १०.वन विकास कोषको करिब २१ करोड विगत लामो समय देखि निश्क्रिय रहेको (राजस्वमा दाखिला भैसकेको)  उल्लेख गर्नु भयो |

IMG_2493नीतिगत  सहजता र वन विभागले प्रस्तुत गरेको बिकल्प हरुलाई वन मन्त्रालयले सम्बोधन गर्दिने हो भने ८०४८३४२७ क्युफि काठ उत्पादन गर्न सकिने बताउनु भयो |जसले   पुनर्निर्माण को  मागलाई समेत सम्बोधन गरेर २८६५९३०५ क्युफि काठ व्यवसायिक प्रयोजनका  लागि उपलब्ध हुने र रास्ट्रिय बिकाशमा महत्वपुर्ण रुपमा योगदान पुराउन सकिने बताउनु भयो | udaychandra thakur 2072 08 08प्रस्तुति पश्चात वन सचिब उदयचन्द्र ठाकुर ले  स्वागत का लागि धन्यबाद दिदै वन , वातावरण , कृषि र पूर्वाधार विकास संगसंगै जानु पर्ने र यस क्षेत्रको एकीकृत बिकाश बाट मात्र रास्ट्रिय बिकासमा योगदान गर्न सकिने र हामी भित्र देखिएका धेरै नीतिगत समस्याहरु एकीकृत र समन्वाय्त्मक प्रयास बाट समाधान गर्न सकिने भएकोले आफु तेस तर्फ क्रियासिल हुने भन्दै वन मन्त्रालयको काममा नीतिगत  समन्वय र आर्थिक स्रोत जुटाउने सवालमा वन मन्त्रि ज्यु वाट समेत सहयोग र प्रोत्सहन प्राप्त हुने   विश्वास दिलाउनु भयो |कार्यक्रम  को संचालन उपसचिव  श्री बराल ले  गर्नु भएको थियो भने स्वागत उपमहानिर्देशक  गौरीशंकर  तिमिल्सिना ले गर्नु भएको थियो |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *