Breaking News

श्रीपंचमी (वसन्त पंचमी)

Share

12687836_10208953575501061_7642566975551105531_n

 लक्ष्मणप्रसाद घिमिरे (977) 9851037980 ghimirelp@gmail.com
लक्ष्मणप्रसाद घिमिरे
(977) 9851037980
ghimirelp@gmail.com

(क) आज (२०७२ फागुन १ गते : 13 Feb 2016) माघ शुक्ल: पंचमी जसलाई श्रीपंचमी र वसन्त पंचमी पनि भनिन्छ । यस दिनमा विद्या, बुद्धि र विवेक की अधिष्ठात्री महासरस्वतीको विशेष पूजा, प्रार्थना र आराधना गरिन्छ । वालक / वालिकाहरूलाई यसै दिनबाट पहिलो पटक विद्यारंभ गराउने परम्परा छ ।

(ख) महासरस्वती प्रार्थना
या कुन्देन्दुतुषारहारधवला
या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा
या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवै:
सदा वन्दिता
सा मां पातु सरस्वती भगवती
निःशेषजाड्यापहा ।।
( जो चमेलीको फूल, चन्द्रमा, बरफ र हार जस्तो श्वेतवर्णको हुनुहुन्छ र जसले शुभ्र वस्त्र पहिरनु भएको छ; जसको हात उत्तम विणाले सुशोभित छ र जो सेतो कमलको आसनमा वसनु भएको छ; ब्रह्मा, विष्णु, महेश आदि देवता जसको संधै स्तुति गर्दछन् र जो सबै प्रकारको जडता समाप्त गर्नु हुन्छ अर्थात् बुद्धि, विवेक र ज्ञान प्रदान गर्नु हुन्छ, उनै भगवती श्रीसरस्वतीले मेरो रक्षा गरून्, पालन गरून् । )

(ग) वेद, उपनिषद्, पुराण, रामायण, महाभारत, धम्मपद ….आदि सबै धर्मग्रन्थहरूमा महासरस्वतीको विशेष चर्चा-परिचर्चा गरिएको पाइन्छ । ओमकार परिवार भित्रका सबैले उत्तिकै सम्मानका साथ आराधना गरिन्छ ।

(घ) हम्रा धर्मशास्त्रले हामीलाई विहान सवेरै उठना साथ आफ्नो हाथ हेरेर निम्न लिखित मन्त्रले प्रार्थना गर्न भनेको छ –
* कराग्रे वसते लक्ष्मी: करमध्ये सरसस्वती ।
करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम् ।।
(हाथको अघिल्लो भागमा लक्ष्मी, मध्यभागमा सरस्वती र मूलभागमा ब्रह्माको निवास रहेको हुन्छ; त्यसैले म ब्रह्ममूहुर्तमा हाथको दर्शन गर्दछु ) । यही कर्मवादी हाथलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नता र गतिशील संसारलाई मोड्ने मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।यस्तै सुन्दर कुराहरूले गर्दा हामीलाई हाम्रो सनातन धर्मसंस्कृति प्रति गौरव छ ।

# आज देखि वसन्त ऋतु प्रारंभ भएको छ । वसन्त ऋतुलाई ऋतुहरू मध्ये श्रेष्ठ मानिन्छ । वसन्त ऋतुको वर्णन वेद-उपनिषदहरू देखि लिएर रामायण, महाभारत आदि सबै जसो धर्मशास्त्रहरूमा पाईन्छ । गीतामा श्वयं भगवान् कृष्णले अर्जुनलाई भन्नु भएको छ – “मासानां मार्गशीर्षोहम् ऋतुनां कुसुमाकर:” (गीता – १०/३५) (महिनामा म मार्गशीर्ष अर्थात् मंशीर हुँ, ऋतुमा म वसन्त हुँ ) । संस्कृतका महाकवि कालीदास देखि लिएर हाम्रा कवि शिरोमणि लेखनाथ पौड्याल ले मात्र होईन संसारका हरेक भाषाका कविहरूले वसन्त ऋतुको मुक्त कण्ठले प्रशंशा गरेका छन् ।

# यस सन्दर्भमा पुन: एकपटक बुद्धि र विवेककी आराध्य देवी महासरस्वतीको प्रार्थना गरौं –
शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीं
वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम् ।
हस्ते स्फाटिकमालिकां च दधतिं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।
( जसको रूप श्वेतवर्णको छ, जो ब्रह्मविचारको परम तत्त्व हुनहुन्छ, जो सबै संसारमा फैलनु भएको छ, जो हातमा वीणा र पुस्तक लिई रहनु हुन्छ, अभय दिनु हुन्छ, मूर्खतारूपी अन्धकारलाई हटाई दिनुहुन्छ, हातमा स्फटिकमणिको माला लिई रहनु हुन्छ, कमलको आसनमा विराजमान हुनुहुन्छ र बुद्धि प्रदान गर्ने हुनुहुन्छ, म उनै आद्या परमेश्वरी भगवती सरस्वतीको वन्दना गर्दछु । )
# माता महासरस्वतीले हामी सबैमा बुद्धि र विवेक प्रदान गरून् ।
(लक्ष्मणप्रसाद घिमिरे को फेसबुक बाट साभार )

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *