Breaking News

सफल लेखक लेखिका को पछाडी उसको परिवारको हात रहने : कुलपति गंगा प्रसाद उप्रेती

Share

20160213_133257[1]फाल्गुन १, २०७२

आज वसन्त पंचमीको पावन अबसरमा लक्ष्मी अधिकारी पौडेल द्वारा रचित आमा 20160213_133503[1]कवितासंग्रह ,लक्ष्मी गीत संग्रह  तथा म भुल्न सक्छु कसोरी  गीति एल्बमको लोकार्पण कार्यक्रम को समुद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठान का कुलपति प्राज्ञ गंगा प्रसाद उप्रेतीले गर्नु भयो | कृतिका रचयिता लक्ष्मी अधिकारी कि आमा मुमा देबि अधिकारी को सभापतित्वमा सम्पन उक्त कार्यक्रममा आमा कवितासंग्रह ,लक्ष्मी गीत संग्रह  तथा म भुल्न सक्छु कसोरी  गीति एल्बमको बिमोचन कृतिका रचयिता लक्ष्मी अधिकारी कि आमा मुमा देबि अधिकारी, प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठान का कुलपति गंगा प्रसाद उप्रेती तथा  बिसिस्ट अतिथि बरिस्ठ गीतकार  प्रा.डा.कृष्णहरि बराल ले गर्नु भएको थियो | रमेश पौडेलले स्वागत गर्नु भएको उक्त कार्यक्रम मा रचयिता कि गुरु तथा प्रेरक व्यक्तित्व कथाकार बनमाली निराकार ले अतिथिको रुपमा बोल्दै आफ्नो सिष्यलेकृति प्रकाशन गरेको र सो मा आफुले टिप्पणी  गर्न पाउदा आफु सफल भएको अनुभूति गरेको बताउनु भयो|कार्यक्रम मा अतिथि बक्ता प्रा. डा.जगदिस चन्द्र भण्डारीले कृतिका बारेमा समिक्षा गर्नु भएको थियो | प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठान का कुलपति गंगा प्रसाद उप्रेतीले हरेक लेखक लेखिका को सफलता को पछाडी उसको परिवारको हात रहने उल्लेख गर्दै लेखिकाको श्रीमान श्री बलराम पौडेललाई खादा ओढाई सम्मान गर्नु भएको थियो | नबोदित लेखक लेखिकाहरुले कृति सार्वजनिक गर्नु अगाडी  सो संग सम्बन्धित  समिक्षकहरु बाट पृष्ठपोषण लिई सार्वजनिक गरेमा भाबिस्य मा  आउन सक्ने टिका टिप्पणी लाइ सुरुमै सम्बोधन गरि कृतिको ओज बढाउन सकिने बताउनु भयो | कार्यक्रम मा गीति एल्बम म भुल्न सक्छु कसोरी  बजाईयको    थियो |20160213_133510[1]20160213_132347[1]20160213_134310[1]

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *