Breaking News

नेपालमा वनको क्षेत्रफल बढ्यो -वन तथा भू–संरक्षण मन्त्रालय

Share

IMG_7423२३ फाल्गुन २०७२ ,वन संचार

नेपालमा वनले करिब ५९ लाख ६२ हजार हेक्टर भू–भाग ओगटेको छ जुन नेपालको IMG_7424कुल क्षेत्रफलको ४०.३६% हुन आउँछ । बुट्यान क्षेत्र ६ लाख ४८ हजार हेक्टर (४.३८%) रहेको छ । यसरी नेपालको कुल क्षेत्रफलमध्ये वन तथा बुट्यान क्षेत्रले गरी जम्मा ४४.७४% भू–भाग ओगटेको छ । कुल वन क्षेत्रको ३७.८०% मध्यपहाडी भौगोलिक क्षेत्रमा, ३२.२५% उच्चपहाडी तथा उच्चहिमाली क्षेत्रमा, २३.०४% चुरे क्षेत्रमा र ६.९०% तराई क्षेत्रमा अवस्थित छ । कुल वनक्षेत्रमध्ये संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२%) र संरक्षित क्षेत्रबाहिर ४९ लाख २९ हजार हेक्टर (८२.६८%) वन रहेको छ । सर्वेक्षणमा संकलन भएका विवरणहरुको विश्लेषणबाट वनक्षेत्रमा १० से.मि. भन्दा बढी व्यास भएका रुखहरुको कुल संख्या २ अर्ब ५६ करोड ३३ लाख (४२९.९३ प्रति हेक्टर) र काण्डको कुल आयतन ९८ करोड २३ लाख घन मिटर (१६४.७६ घन मिटर प्रति हेक्टर) रहेको अनुमान गरिएको छ । यसैगरी रुखको जमिनमाथिको औसत जैविकपिण्ड १९४.५१ टन प्रति हेक्टर रहेको पाइएको छ ।उक्त जानकारी  वन मन्त्रालय बाट आज सार्वजनिक गरिएको राष्ट्रिय वनस्रोत सर्वेक्षण प्रतिबेदन मा उल्लेखित छ |0 .५ हे. क्षेत्रफ़ल् भन्दा बढी  र १०% छत्र घनत्व भएका वनका क्षेत्रहरु लाइ यसमा गणना गरिएको  र  स्वामित्व  नछुत्ताईएकोले ले  निजि वन को क्षेत्र पनि यसमा समाबिस्ट  भएको  अन्तरक्रिया मा जान कारी प्राप्त भएको छ | बढेको वन क्षेत्रको अधिकाम्स हिस्सा निजि वन को नै भएको दाबी गर्दै निजि वन को क्षेत्रफ़ल् खुल्ने  गरि तथ्यांक आउनु पर्ने माग   निजिवन सरोकारवाला महासंघका महासचिब बिष्णु प्रसाद ज्ञवालीले गर्नु भएको छ |

नेपालको सर्वाङ्गिण विकासका लागि वनक्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । देशको समग्र आर्थिक समृद्धिमा वनक्षेत्रको भूमिकालाई अभिवृद्धि गर्न वन सम्बन्धी तथ्यांक तथा सूचना आवश्यक हुन्छ । यसै सन्दर्भमा नेपाल सरकारले फिनल्याण्ड सरकारको सहयोगमा सन् २०१० देखि २०१४ सम्म राष्ट्रिय वनस्रोत सर्वेक्षण आयोजना (Forest Resource Assessment Nepal Project) संचालन गरी वन सम्बन्धी तथ्यांक तथा सूचनाहरु अध्यावधिक गर्ने कार्य सम्पन्न गरेको थियो ।

वन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट संचालन गरिएको राष्ट्रिय वनस्रोत सर्वेक्षण आयोजनाको मुख्य उद्देश्य राष्ट्रियस्तरमा नेपालको वनस्रोतको सर्वेक्षण गरी अध्यावधिक तथ्यांक तथा सूचनाहरु प्रदान गरी उपयुक्त नीति रणनीति तर्जुमा गर्न सहयोग पु¥याउनु रहेको थियो । यस आयोजनाको कार्यान्वयनमा फिनल्याण्डस्थित Indufor, Metla, Arbonaut र नेपालको Genesis संस्थाहरुको प्राविधिक सहयोग रहेको थियो भने फिल्डमा वनस्रोत सर्वेक्षण गर्ने कार्यमा वन अनुसन्धान तथा सर्वेक्षण विभागको अगुवाईमा वन तथा भू–संरक्षण मन्त्रालयका विभिन्न निकाय, वन प्राविधिक संघ र गैर सरकारी संस्थाहरुबाट २०० भन्दा बढी दक्ष प्राविधिकहरुको संलग्नता रहेको थियो । यस सर्वेक्षणमा वनक्षेत्रको नक्सांकन र वनको मौज्दात तथा जैविकपिण्ड (biomass)  को आंकलन गरिनुको साथै नेपालमा पहिलो पटक राष्ट्रिय स्तरमा वन क्षेत्रको कार्बन संचितिको अध्ययन समेत गरिएको जानकारी वन मन्त्रालयल वाट  आज वितरित प्रेस बिज्ञप्तिमा उल्लेख छ   ।

अध्ययन का क्रममा नेपालको सम्पूर्ण भू-भागलाई भू-उपग्रह चित्रहरुको साथै अन्य नक्शाहरु अध्ययन गरी फिल्ड कार्य समेतको आधारमा वन (Forest), बुट्यान (Other Wooded Land) र अन्य क्षेत्र Other Land गरी तीन प्रकारमा वर्गिकरण गरी वन नक्सांकन गरिएको थियो । वनस्रोत सर्वेक्षणलाई वैज्ञानिक र व्यवस्थित गर्न पहिलो चरणमा चार कि. मि. को वर्गाकार ग्रिडमा परेका ९,२३० Cluster मा रहेका जम्मा ५५,३५८ प्लटहरुको अध्ययन गरिएको थियो भने दोस्रो चरणमा वनमा १,५५३, बुट्यानमा १०५ र अन्य क्षेत्रमा ८८६ गरी जम्मा २,५४४ नमुना प्लटहरु फिल्डमा गई नाँपजाँच गरिएको थियो । सर्वेक्षणको क्रममा DGPS/GPS, Vertex IV and Transponder T3, Densiometer लगायतका आधुनिक उपकरणहरुको प्रयोग गरिएको थियो ।

 

नेपालको वनक्षेत्रमा कुल कार्बन संचिति  करिब १ अर्ब ५ करोड ५० लाख (औसत ः १७६.९५ टन प्रति हेक्टर) रहेको अनुमान गरिएको छ ।  जसमध्ये ६१.५३% रुखमा, ३७.८०% माटोमा र ०.६७% पातपतिंगर -litter and debris_ मा रहेको पाइएको छ  ।

सर्वेक्षणको क्रममा मापन गरिएका प्लटहरुलाई स्थायी नमुना प्लटको रुपमा स्थापना गरिएको र सर्वेक्षणको क्रममा मापन गरिएका नमुना प्लटहरुमा कुल ४४३ प्रकारको रुखको प्रजातिहरु (२३९ जाति र ९९ परिवार) पाइएको , सबैभन्दा बढी रुखका प्रजातिहरु मध्यपहाडी क्षेत्रमा (३२६ प्रजाति) र सबैभन्दा कम  (१६४ प्रजाति) तराइ क्षेत्रमा पाइएको  प्रतिबेदनमा उल्लेख  छ । नेपालको करिब दुई–तिहाइ वन क्षेत्रमा चरिचरनको प्रभाव रहेको तथा   रुख, लाथ्रा र बिरुवा कटानी तथा वन डढेलो उल्लेख्य मात्रामा  रहेको जनाएको छ  ।

सर्वेक्षणबाट नेपालको वन क्षेत्रको विविध विषयहरुमा जानकारी प्राप्त भएको र यसरी प्राप्त नतिजाहरु नेपाल सरकार र अन्य सरोकारवालाहरुलाई वन स्रोतको दिगो व्यवस्थापनमा आवश्यक निर्णय लिन सहयोग पुग्ने अपेक्षा वन मन्त्रालयले राखेको छ । यसका साथै वनस्रोत सर्वेक्षणको लागि आवश्यक संस्थागत क्षमतामा समेत अभिवृद्धि भएको र यसबाट भविष्यमा वनस्रोत सर्वेक्षण कार्यलाई आवधिक रुपमा संचालन गरी वन तथा कार्बन सम्बन्धी सूचना तथा तथ्यांकहरु अध्यावधिक गर्नमा सहयोग पुग्ने विश्वास वन मन्त्रालयले लिएको छ ।

 वनस्रोत सर्वेक्षण प्रतिवेदन वन तथा भू–संरक्षण मन्त्रालय र वन अनुसन्धान तथा सर्वेक्षण विभागको website हरु क्रमशः www.mfsc.gov.np  र www.dfrs.gov.np मा हेर्न सकिने छ व्यवस्था वन मन्त्रालयले मिलाएको छ

http://www.dfrs.gov.np/noticedetail.php?id=57

http://www.dfrs.gov.np/downloadfile/State%20of%20Nepals%20Forests%20%28DFRS%29_1457244174.pdf

http://www.dfrs.gov.np/downloadfile/Middle%20Mountains%20Forests%20of%20Nepal%20%28DFRS%29_1457243966.pdf

http://www.dfrs.gov.np/downloadfile/High_Mountains_and_High_Himal_Forests_of_Nepal%20%28DFRS%29_1457243887.pdf

तस्बिर: विष्णु प्रसाद ढकाल , वन संचार  स्वयंसेवी अभियान कर्ता

 

 

IMG_7396 - Copy IMG_7396 IMG_7403 - Copy IMG_7403 IMG_7413 IMG_7414 IMG_7422 IMG_7428 IMG_7450 IMG_7456

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *