Breaking News

मुक्तिनाथ उपल्लो मुस्ताङ र कोराला नाका

Share
–के.वि.मसाल
–के.वि.मसाल

नेपालको धौलागिरी अन्चलमा पर्ने मुस्ताङ जिल्ला हिमाल पारीको जिल्ला हो । पवित्र कालीगण्डकीको शिर र हिन्दुको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशि मात्र होइन प्रत्येक बर्ष हजारौको सख्यामा नेपालीहरु मुस्ताङ जिल्लाको यात्रा गर्दछन । अहिले मुस्ताङ जिल्ला जानको लागी हवाई उडानको मात्र भर पर्न पर्दैन । पोखरा वाग्लुङ हुदै म्याग्दीको वेनी देखि मुस्ताङ जिल्लाको लागी मोटर मार्ग खुलेको छ । धार्मीक पर्यटकहरुको लागी म्याग्दीको तातो पानीको स्नान गरेर मुक्तिनाथ सम्मको यात्रा गर्नपनि सजिलो भएको छ । पोखरा बाट बस चढेपछि नाउडाडा, लुम्ले, बिरेठाटी हुदै मोदी खोलाको किनारको सडक बाट पर्वतको सदरमुकाम कुश्मा बजार को बाटो प्राकृतकि दृष्य, काली र मोदीको नागवेली पानीको वेग, अनि नेपालकै पहिलो पुलको रुपमा निमार्ण गरिएको कुश्मा वलेवा जोडने कालीगण्डकीको केवुल पुल, पर्वत र वाग्लुङ जिल्लाका अनगिन्ती ऐतिहासिक स्थल, हरिया डाडाकाडा अवलोकन गर्दै म्याग्दी जिल्लाको सदरमुकाम वेनी पुगिन्छ ।
म्याग्दीको सदरमुकाम वेनी बाट ७६ कि.मि.को दुरीमा रहेको जोमसोम जादा बाटोमा वर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाऊ र मुस्ताङ जिल्लाको घाँस, लेते, कोवाङ र मार्फा हुदै जोमसोम पुगिन्छ । मुक्तिनाथ जाने सोच र उद्देश्य राखेर मुस्ताङ पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहल पहललाई नै मुस्ताङ सझिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन । मुक्तिनाथ हिन्दु तथा बौद्ध मार्गीहरुको लागी महत्वपूर्ण तिर्थस्थल हो । यो समुन्द्रको सतह देखि ३ हजार ७१० मिटरको उचाई मा गोरङगा हिमालको फेदिमा रहेको छ । मुक्तिनाथ ५१ शक्तिपिठ मध्ये एक पिठको रुपमा पूजाआजा स्नान र दर्शन गरिन्छ । बौद्धधर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा (ऋजगmष्लन न्थबतकब० भनिन्छ । जसको अर्थ तिब्बतीय भाषा अनुसार एक सय आठ पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णु लगायत देवीलक्ष्मी र गरुड भगवानको मूर्ति राखिएको छ । सबै मूर्ति सुनले बनेका छन् । मुक्तिनाथ धार्मिक स्थलमा १ सय आठ धाराहरु छन् । ती धाराहरुमा सबै तिर्थयात्रुहरुले नुवाउँछन् । सबै धाराहरुमा साडेको मुख आकृती रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन भन्ने कुरा इतिहासमा उल्लेख छ । टिवेटन धर्म दर्शन अनुसार गुरु रिन्पो चे ९च्ष्लउयअजभ० टिवेटन बुद्धधर्मका जन्मदाता यहि मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका भन्ने जनविश्वास गरेको छ । मुक्तिनाथको १ सय ८ धाराबाट निस्किएको पानीकोस्रोत नै कालीगण्डकीको मुहान हो । कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङ्गा शालिकग्राम पाइन्छ । जुन ढुङगालाई हिन्दुधर्ममा भगवान नारायणको साक्षत रुप मानिन्छ ।
संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । आगो, पानी, पृथ्वी, हावा र जल मुक्तिनाथको मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ । यहाँको ज्वालामाई परापूर्वकालदेखि अहिलेसम्म निरन्तर रुपमा पानी माथि बलिरहेको छ । मुक्तिनाथमा कुनै महत्वपूर्ण प्रसाद इच्छा अनुसार चढाइने प्रचलन छ । त्यहाँ पुगेपछि आपूmले खान दिन गरेको खाद्य पदार्थ मध्ये एक चिज छोड्ने प्रचलन छ । मुक्तिनाथसँग राजा मुकुन्द सेनको नाम पनि जोडिएको छ । मकवानपुरबाट पश्चिमको मात्रामा देवघाट, नवलपरासीको गैडाकोट हालको मौलाकाली, (चारधाम), पाल्पाको राज्य, बाग्लुङको कालिकादेवीको मन्दिर र मुक्तिनाथको धारा र मन्दिरसँग मुकुन्द सेनको नाम इतिहासले जोडेको छ । चाहे जे होस मुक्तिनाथ यस्तो धार्मिक एवं पर्यटकिय स्थल हो । जहाँ लाखौ मानिस प्रत्येक वर्ष पुग्ने गर्दछन् । नेपालका हिमनदीहरु मध्ये नेपाल कै भूगोल मुस्ताङ जिल्लाको दामोदरकुण्ड बाट सुरु भएको नदी कालीगण्डकी हो । जुन नदीको महिमा अन्य नदी भन्दा पृथक रहेको छ । काली गण्डकीमा पाईने शालीकग्राम को महत्व मानिन्छ । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगी त्रिशुली नदीमा विलय भयपछि नारायणी नाममा त्रिवेणी भैसालोटन हुदै सिमा पार भएपछि भारतमा गंगा नामले परिचित भै गंगा सागरमा गएर मिसिन्छ ।
मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ अर्थात लोमाथाङ पुगेन भने मुस्ताङ जिल्लाको महत्वनै थाहा हुदैन । उपल्लो मुस्ताङको जनजीवन, धर्म, सस्कृतीका बारेमा अध्यन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केहि अर्थ हुदैन भन्दा पनि हुन्छ । त्यतिमात्र होइन धेरै मानिसहरुलाई कालीगण्डकी नदीको उदगम स्थलनै मुक्तिनाथ हो भन्ने भ्रम पनि छ । कालीगण्डकीको उदगम स्थल दामोदरकुण्ड हो । जुन स्थल उपल्लो मुस्ताङमा पर्दछ । नेपालको नक्सामा स्वसासित तिब्बत तिर फैलिएको अर्थात नक्सा हेर्दा टोपि लगाएको जस्तो देखिने भाग नै मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङन्थाङ हो । मुस्ताङ जिल्लाको १६ गाविस मध्य उपल्लो मुस्ताङ भनिने यस क्षेत्रमा ६ बटा गाविस पर्दछन । लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेर को केन्द्र अर्थात उपल्लो मुस्ताङको राजधानी लोमान्थाङ गाउ हो ।
प्राचिन कला सस्कृती, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङ को बिशेषता हो । उपल्लो मुस्ताङमा गुम्वा र काचोमाटो बाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बाट ८३ कि.मि. उत्तर पर्ने लोमान्थाङमा कच्ची मोटर मार्ग पुगेको छ । पानी कम परेको बेला पोखरा देखिनै मोटर बाट लोमान्थाङ पुग्न सकिन्छ । लोमान्थाङ क्षेत्र मानव बस्तीको ऐतिहासिक स्थल मानिन्छ । अहिले सम्मको अध्ययनले लोमान्थाङ ३ हजार बर्ष अगाडी देखिनै तिब्बत सगं ब्यापार गर्ने नाकाको रुपमा विकास भएको क्षेत्र हो । अन्नपूर्ण हिमश्रृखलाको पछाडी पर्नेहुदा लोमान्थाङ क्षेत्रमा पानी कम पर्दछ । अहिले पनि मुस्ताङ जिल्लाका लोमान्थाङ क्षेत्रका मानिसहरु घोताङ नाका हुदै तिब्बत संग आफ्नो ब्यापार गर्दै आएका छन ।
मुस्ताङ जिल्लाको तिब्बत संग सिमामा पर्ने कोरला नाका समुद्र सतहदेखि चार हजार ६ सय ५० मिटरको उचाइमा पर्दछ । यो स्थल तिब्बती मैदानी पैठारमा अवस्थित छ । कोरला पासदेखि करिब १२ किलोमिटर वर छोन्हुप गाविसको नेचुङमा भन्सार कार्यालय छ । त्योभन्दा करिब २५ किलोमिटर टाढा लोमान्थाङमा सीमा प्रशासन र प्रहरी कार्यालय रहेको छ । पोखरा बाट जोमसोम हुँदै कोरलापाससम्म पुग्ने सडक निर्माणधीन छ । कोरलानाकादेखि तिब्बततर्फ करिब ३० किलोमिटर ढुंगाबासेनसम्म कच्ची सडक पर्दछ । त्यहाँबाट तिब्बतको बिकसित शहर सिगात्सेसम्म करिब ६ सय ५० किलोमिटर पक्कि पिच सडक छ । कोरलादेखि नेपालतर्फ मुस्ताङसम्म करिब एक सय किलोमिटर सडकको ट्र¥याक खुलेको छ । यतीखेर मुस्ताङ जाँदा सडक निर्माणको काम भैरहेको हुदा जोमसोम, छुसाङ र समरको भीर गरी तीन ठाउँमा सवारीसाधन फेर्नुपर्ने अवस्था छ । म्याग्दीको रुप्से खोला र मुस्ताङमा कालीगण्डकी नदीमा जोमसोम र छुसाङको चैलेमा गरी तीनवटा पुल निर्माणाधीन छन । नवलपरासी जिल्लाको गैंडाकोटबाट निर्माणाधिन कालीगण्डकी करिडोर तिब्बतको सिमाना कोरला चार सय ३५ किलोमिटरको दुरी रहेको छ । निर्माणाधिन यो सडकमध्ये कालीगण्डकी करिडोरको काम दक्षिणतर्फबाट भइरहेको छ । नेपाल चीनको व्यापारिक सम्भावनाको हिसाबले तातोपानी र केरुङ नाकाभन्दा बढी सम्भावना भएको नाकाका रुपमा मुस्ताङको कोरला नाकालाई लिइन्छ ।
विश्वमा १० उत्कृष्ट स्थलहरु मध्य नेपालको उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको उपल्लो मुस्ताङमा विदेशिहरुलाई सन १९९२ देखिमात्र भ्रमणको लागी नेपाल सरकारले खुल्ला गरेको हो । अहिले उपल्लो मुस्ताङमा नेपालीहरु भन्दा पनि विदेशि पर्यटकहरु धेरै जाने गर्दछन । दैनिक सयौको सख्यामा पुग्ने विदेशि पर्यटकहरु लोमान्थाङका ऐतिहासिक स्थलहरुमा रमाउने गरेका छन । लोमान्थाङमा ऐतिहासिक मुस्ताङ् राजाको दरवार छ । राजा अम पालले सम्वत १४४० मा निर्माण गरेको लोमान्थाङ दरवार ५ तलाको विशाल ऐतिहासिक भवन मानिन्छ । लोमान्थाङको ऐतिहासिक दरवार, गुम्वा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै सास्ंकृतीक सम्पदा हुन । उपल्लो मुस्ताङमा लोमान्थाङ दरवार, चराङ दरवार र घमी दरवार ऐतिहासिक रुपले महत्वपूर्ण मानिन्छ । लोमान्थाङ दरवार मुस्ताङगी राजवशंको प्रथम राजा आमेपालको पालामा पन्ध्रौ शताब्दी तिर निर्माण भएको हो । यो दरवार १ मिटर चौडाई ६ मिटर अग्लो एल आकारको ८५६ मिटर लामो पर्खाल भित्रको परिसरमा रहेको छ । यो पर्खाल पुरै काचो माटो बाट निर्माण गरिएको हो । पर्खाल बनाउदा माटो खादन र मिलाउनको लागी चौरीहरु प्नि प्रयोगमा ल्याइएको लोमान्थाङको इतिहास छ ।
सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको लोमान्थाङ दरवारको पर्खालमा पाच कुना र विच, विचमा नौ मिटरका अग्ला बुर्जाहरु रहेको छ । लोमान्थाङ दरवारको पूर्व तिर एउटा मात्र प्रवेशको लागी गेट राखिएको छ । यस भित्र रहेका १५ औ शताब्दी तिर निमार्ण भएका मोन्खर दरवार, थुप्तेन गुम्वा, छयोदेन गुम्वा, झयाम्पाल गुम्वाहरुनै लोमान्थाङ् दरवारका आकर्षण ऐतिहासिक सम्पदा हो । स्थानिय भाषामा लो को अर्थ हृदय वा मन हो । मानको अर्थ कामना र थाङ्को अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङ्गी राजाको प्रभाव जहासम्म हुन्छ त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्वा निर्माणको क्रममा पटकपटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाह अनुसार पहिला उपल्लो मुस्ताङको चराङ गाविस–१ स्थित मराङ भन्ने गाउँमा लोध्याकर गुम्वा निर्माण गरएको इतिहास छ । तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौ शताव्दीमा निर्माण गरिएको विश्वमै पुरानो मानिने गुम्वा, मान्हे र आसपासमा रहेका चैते, प्राचिन कालमा ढुङाबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्नको लागी हजारौ विदेशि पर्यटकहरु उपल्लो मुस्ताङ जाने गर्दछन । यो बाहेक उपल्लो मुस्ताङमा तिब्बतको झोङवासेन जिल्ला संग सिमा जोडिएको छोसेर, सुर्खाङ र छोन्हुप गाविसमा समेत ऐतिहासिक गुम्वाहरु पनि रहेका छन । बौद्धमार्गीहरु को लागी अध्ययन, अनुसन्धान गर्नको लागी उपल्लो मुस्ताङको भ्रमण अति उपयोगि मानिन्छ ।
धवलागिरी र निलगिरी हिमालको विचमा रहेको मुस्ताङ जिल्लालाई माच्छापुञ्छे हिमालले पनि घेरेको छ । त्यसैले मुस्ताङ जिल्लालाई हिमाल पारीको जिल्ला भनेर पनि भन्ने गरिन्छ । उपल्लो मुस्ताङको पर्यटकहरुलाई आकर्षणको केन्द्र हो छुसाङ गाविसमा पर्ने नर्सिङखोला को नुनखानी । परापूर्वकाल देखि सन्चालनमा आएको यो नुनखानी बाट उत्पादन भएको नुनले करिव ४ दशक अगाडी सम्म मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी, वाग्लुङ, पर्वत, कास्की लगाएत धेरै जिल्ला वासीले नर्सिङ खालाकै नुन खाने गर्दथिए । कालीगण्डकीको उदगमस्थल दामोदरकुण्ड देखि बग्दै आएको नर्सिङ खोलामा १२ ठाउमा नुनीलो पानीको मुल रहेको छ । कुनै बेला उपल्लो मुस्ताङका मानिसहरु नुनखानी सन्चालन गरेर ठूलो ब्यापारमा लागेका थिए । सुनको ब्यापार तिब्बतले गरे पनि नुनको ब्यापार मुस्ताङले गरेको छ भन्ने प्रचलन समेत थियो । नुनको ब्यापारले चौरी, घोडा र खच्चरले काम पाएका थिए । अहिले नुनखानी पर्यटकहरुको लागी दृष्यावलोकन स्थलमात्र बनेको छ । नुन निकाल्न बनाइएका सयौ बर्ष पुराना ६ बटा सुरुङ पनि अहिले सम्म रहेको छ । भारत बाट आयत गरिएको नुन सर्व सुलभ तरिकाले साल्ट टे«डिङ कर्पोरेशनले सबै जिल्लामा पु¥याउन थालेपछि छुसाङ नर्सिङ खोलाको नुनखानी बन्द भएको हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *