Breaking News

वन डढेलो बाट कमल खड्का को मृत्यु : जीवन्त सामाजिकता र उदासिन राज्य को अनुभूति

Share

बिष्णु प्रसाद ज्ञवाली

वैशाख ११ , काठमाडौँ ,किर्तिपुर

kamal khadka 2सुर्योदय खडगमालिका युवाकल्व मलागिरीगुल्मी जिल्लाको मलागिरी गाविसको धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा २०७२ चैत्र २९ गते राति आगलागीमा परेर घाइते भएका सोहि गावीस वडा नं. २ का २१ बर्षिय कमल खड्का को किर्तिपुर मोडल    अस्पतालमा उपचाररत रहेको अवस्थामा आज २०७३ बैशाख ११ गते बेलुकी ५:३० बजे दुखद निधन हुन् पुगेको छ |

फेसबुकमा नया बर्षको  शुभकामना संदेश साटी रहेका सुर्योदय खड्ग मालिका युवाकल्ब मलागिरी का युवाहरुको  त्यो संजालमा केहीबेरमै  धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका मलागिरी गावीस वडा नं. २ का २१ बर्षिय कमल खड्का को शिघ्र स्वास्थ लाभको कामना गर्दै  स्वास्थ्य उपचारको लागि आर्थिक अभाव हुन्  नदिन  देश बिदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा सहयोगको लागि हार्दिक अपिल गर्न पुगेका खबर हरु पोस्ट हुन् पुग्यो | मलागीरिका युवाहरुको अपिलले देस बिदेशमा रहेका शुभेच्छुकहरुको साथ र सहयोग प्राप्त गरे पनि दैबले उनीहरुको अपिल सुनेन र कमल खडका वन जोगाउन आगो संग लड्दा लड्दै अस्पतालको बेडमा छटपटीएर मृत्युवरण गर्न पुगे |

आफ्नो जिजीबिषाको  लागि लडी रहेको एउटा सामान्य किसान राज्यको सम्पति वन लाइ डढेलो बाट जोगाउन लड्दा लड्दै आगोको चपेटामा पर्छ र गाउले समाजले उसलाई रातबिरात नभनी बचाउने अठोट का साथ् सरकारी अस्पताल तम्घास हुदै पाल्पा मिसन अस्पताल पुराउछ तर आर्थिक अभावले औषधि मुलो नगरी घर फर्किदा कमल खड्का संग  मल्हम लगाउन हिडेका  सहयोगी गाउलेहरु  त् थिय तर कर लिएको  राज्य थियन | कति पिडा हुन्छ होला एउटा नागरिकलाई राज्य संग जोडिएको आफ्नो कर्तब्य पालना गरि रहदा राज्य बिहिनता अनि उदासिन राज्यको अनुभूति गर्नु पर्दा ? उनका सहयोगी गाउलेहरुले पनि राज्यको वन जोगाउन लड्दै गर्दा घाईते भएका कमल को उपचार गरि दिने राज्य भेट्टाउन सकेनन र त आगोबाट सरिरको ६५ प्रतिशत भाग जलेका कमल खड्कालाई फर्काएर पुन तम्घास  लिएर आईपुगे , कस्तो मानसिकता बोकेर फर्किय होलान ति गाउलेहरु ? औषधि उपचार सहायताको नाममा करोडौ राज्यले  बाडेको छ भन्ने समाचार सुनेका गाउलेहरुले कमल खड्काको नियति देखेर  पहुच को अर्थ , परिभाषा र उपादेयता राम्रै संग बुझ्ने , अनुभूति गर्ने अवसर प्राप्त गरे |कमल खड्का आर्थिक अभावको कारणले औषधि उपचार नगरी फर्किय भन्ने खबरले तम्घास लाइ बिउझ्यायो , मानबता झस्कियो  | सामाजिकता अझै मरी सकेको थियन,  राज्यको संरचनामा रहेर राज्यको तर्फ बाट केहि गर्न नसके तापनि कमल खड्काको सहयोगका लागि सरकारी तथा गैर सरकारी क्षेत्रमा क्रियासिल व्यक्तिहरु , स्थानीय समाज सेवी ,संचार कर्मी ,वन कर्मी , प्रजिअ सबैले मानबिय नाताले आर्थिक सहयोग जुटाएर कमल खड्कालाई  उपचार बिहिन हुन् दिएनन् | एक पटक फेरी सामाजिकता र मानबियताले जित्यो र उपचारका लागि २६ हजार आर्थिक संकलन  गरि काठमाडौं ,किर्तिपुर स्थित मोडल अस्पतालमा  कमल खडका थप उपचारका लागि पुर्याईए | समय ढिप्पकि सकेको रहेछ ,समयको संकटमा मृत्यु ले सामाजिकता र मानबियतालाई हरायो | यथार्थमा भन्ने हो भने संकटमा सामाजिकता र मानबियता हार्ने र कम्जोर हुने भएकोले नै मानिसले राज्यको अवधारणा लाई स्वीकार गरेका हुन् र  तेसका लागि आफ्नो सर्वोभौम अधिकार र आयको  त्याग गरेका हुन् | बिडम्बना न कमल खड्काले राज्यको अनुभूति पाए , न उनका  गाउले ले  न त्  राज्यको प्रतिनिधि हु भनेर दाबा गर्ने जिल्ला वन अधिकृत र प्रमुख जिल्ला अधिकारीले नै राज्यको तर्फ बाट उनको   उपचार र सुरक्षाको जिम्मा लिएको अनुभूति गराउन  पाए | एउटा नागरिक राज्यको वन जोगाउन डढेलो संग लड्दा लड्दै मर्छ , वन डढेलो नियन्त्रण गर्न श्रम, सिप , प्रबिधि र बजेट उपलब्ध छैन भनेर वन मन्त्रालय उम्कन खोज्छ भने राज्यबिहिनता को यो भन्दा अर्को अनुभूति के होला  र ?  kamal khadka fire incident gulmi आज20730110गते अप्रेशन पछिको कमलको फोटा

वन डढेलो जोगाउन राज्यले गर्ने पर्ने न्युनत्तम कार्यपनि गरेन भन्नु हुन्छ वन डढेलोमा विद्या वारिधि गर्दै गर्नु भएका कृष्ण भुजेल | समुदायमा आधारित वन व्यबस्थापनका काम हरु समयमै हुन् नसक्दा र व्यवस्थित गर्न नसक्दा वनमा ज्वलनसिल पदार्थ हरु बढन पुगे तेस्तै चुरे लगाएतका जंगलवाट  सुके ढलेका काठ ननिकाल्दा वन डढेलो नियन्त्रण गर्न गारो हुन् पुग्यो |वनजन्य उद्योग हरु कागज , काठ, जडिबुटी ,खोटो लाई प्रोत्साहन नगर्दा उनीहरुले जंगलवाट कच्चा पदार्थ को रुपमा संकलन गर्ने खर , घाँस , खोटो, जडिबुटी हरु जंगलमै रहन पुगे जसले वन डढेलोको जोखिम बढायो र नियन्त्रण गर्न नसकिने अवस्थामा पुरायो | बिगतको  खरघाँस  काटने , सोतर संकलन गर्ने हाम्रो सस्कृति हराउदै जादा र बैदेसिक रोजगारीका कारण गाउघरका आवादी जग्गा बाझो भै तेस्तो ठाउँमा  झाडी र सोत्तर जम्मा हुन् पुग्दा पनि आगलागीको जोखिम बढन गएको बताउनु हुन्छ कृष्ण भुजेल |

गुल्मी जिल्लाको  हस्ती चौरमा गत बर्ष ६ जना र यसबर्ष कमल खड्काले आफ्नो  वन जोगाउन वन डढेलो संग लड्दै जीवन उत्सर्ग गरेको घटनाले वन डढेलो र सामाजिक सुरक्षाको पाटो लाई गम्भीर बिषयको रुपमा उजागर गरेको छ |गुल्मी जिल्ला को यो एउटा प्रतिनिधि घटना मात्र भएको र हरेक बर्ष यस्ता घटनाहरु दोहोरिएको समाचारहरु न सुनिएका पनि होइनन , सर्वसाधारण मात्र होइन वन कर्मचारी र सेना समेत वन डढेलो निभाउन जादा  मृत्यु को मुखमा पुगेको घटना हाम्रा सामु ताजै छन् | वन लाई डढेलो बाट जोगाउन एकातिर सर्व साधारण को  यो उत्सर्गता देखिन्छ भने अर्को तर्फ वन डढेलो को मुख्य कारण सामाजिक व्यबहार र आचरण नै मुख्य भएको भनिन्छ , मानिन्छ |कमल खड्काको मृत्युको पीडाबोध गर्दै  जिल्ला वन अधिकृत बिशाल घिमिरे ले आफ्नो फेसबुक वालमा व्यक्त गरेको भावनाले पनि वन डढेलो लाइ सामाजिक कारण नै ठान्नु हुन्छ | उहा ले लेख्नुभएको छ – उनि परेको वन डढेलो पनि कोहि उनैको छिमेकी गाउलेले आफ्नो खरबारी डढाउन लगाएको आगोबाट सल्केर बढेको हुनुपर्छ. गुल्मीमा हिजोआज यस्तो डढेलोको मात्रा र प्रकोप धेरै बढेको छ. आज मात्र यस जिल्लामा ४ ठाउमा आगलागी भएको छ, कति अन्य ठाउ को त रिपोर्टिंग नै हुदैन . उनको आत्माले चीर शान्ति प्राप्तगरोस. अब त अति अति भयो . आज बिहान मात्र तम्घासमा र हस्तिचौर मा स्थानीय ले जानी जानी आफ्नो बारीमा लगाएको आगो म आफै बसेर र फोन गरेर निभाउन लगाएँ . बडागाउ मा बाटोमा हिड्दै गरेका केहि महिला हरुलाई चुरोट नखान र ठुटा ननिभाई नफाल्न भनि सम्झाएँ . दिउसो डढेलो निभाउन समन्वय गरें, कर्मचारी पठाएँ . यी अपराधीहरुले जानी जानी लगाइदिने डढेलोबाट दिक्क भैसकेको छु . कस्ता मान्छे हरु छन् भने आफ्नो घर नै जल्ने गरि आफ्नो ज्यानै जाने गरि यसरि आगो आइरहदा पनि त्यो आगो लगाइदिने लाइ सम्झाउने बुझाउने गर्ने र पक्राउ गराई दिन्नन . स्थानीय बासिन्दाले आफ्नो खर बारीमा आगो नलगाईदिए र आगो लागेको देख्ने बित्तिकै निभाउन अघि सरे पनि यत्ति ठुला आगलागी र दुर्घटना हरु हुने थिएनन.| जिल्ला वन अधिकृत यो पीडाबोध बाट स्थानीय बासिन्दा र राज्यले पाठ सिक्नु पर्ने बताउदै  आगो बल्न सक्ने सामग्रीको भण्डारण र प्रयोगमा बिसेष सजग रहने, आफु सुरक्षित रहेर मात्र डढेलो निभाउने, ठुलो डढेलो भन्दा पहिले नै सुरक्षित आगो लगाउने, र जनचेतना, प्रचार प्रसार र क्षमता बिकासमा काम गर्न सके यस्तो दुर्घटनाबाट बच्न सकिन्थ्यो.भन्नु हुन्छ | दुर्घटनाबाट बच्ने यी उपायहरुको कार्वान्यनमा पनि राज्यकै अग्रसरता र जिम्मेवारी बढी रहेको हुन्छ भन्ने तथ्य हामीले बिर्सनु हुदैन |

वन डढेलो एउटा भर्खर मात्र घटेको घटना नभई बिगतका पनि उदाहरण रहेको सन्दर्भमा एउटा स्थानीय तहमा कार्यरत राज्यको प्रतिनिधि संग स्वर्गीय कमल को परिवार लाइ उचित राहत र क्षतिपूर्ति दिलाउन हामी सबैले आ आफ्नो तर्फबाट पहल गरौ भने आव्हान गर्नु बाहेक अर्को बिकल्प नहुनुले राज्यको वनस्रोतको संरक्षण र परिचालन गर्ने जवाफदेही सस्था  वन मन्त्रालयको क्षमता , मानसिकता ,जिम्मेवारी र जवाफदेहितामा गम्भीर प्रस्न उठेको छ |सामाजिक संजाल मार्फत नेपाल वन प्राबिधिक संघका महासचिब बिष्णु आचार्यले समेत  वन मन्त्रालय ले चाडै नै बन डढेलो राहत क्षतिपुर्ति को लागि निर्देशिका बनाएर लागु गर्न माग गर्नुले वन डढेलो प्रति बिगतका घटना लाइ  वन मन्त्रालयले स्मरण गर्न नचाहेको स्पस्ट हुन गएको छ | नेपाल वन वातावरण श्रमिक संघका उपाध्यक्ष बिष्णु ज्ञवालीले वन क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी वन श्रमिक हरुको सामाजिक सुरक्षामा  वन मन्त्रालय उदासिन रहेको र  सुनुवाई नगरेको वताउदै वन मन्त्रालयको नेतृत्व वन क्षेत्र संग जोडिएको सामाजिक सुरक्षा संबेदनसिलता र अवसर लाई आत्मसात गर्न नसक्ने अवस्था बाट गुज्रिरहेको बताउनु हुन्छ  | सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रथम दायित्व हो , राज्य लाई यसप्रति जवाफदेही बनाउनै पर्छ र सामाजिक सुरक्षाको सवालमा हामी पनि  उत्तिकै जिम्मेवार हुनु पर्ने भन्दै उपाध्यक्ष बिष्णु ज्ञवालीले  वन क्षेत्रका सरोकारवालाहरु बाट वन श्रमिकका लागि  सामाजिक सुरक्षा कोष निर्माण गरि राहत र उद्धारका लागि दिगो व्यबस्था गर्नु पर्ने बताउनु हुन्छ | यसले सामाजिक सुरक्षा संगै सामाजिक चेतना बढाएर वन डढेलो लगाएत वनजन्य अपराध नियन्त्रण मा सामाजिक सहभागिता समेत  बढाउन सहयोग पुग्ने हुन्छ |

स्वर्गीय कमल खड्का को परिवारलाइ आर्थिक सहयोग गर्न वन कर्मी लगाएत  सरोकारवाला संघ सस्थाहरु नेपाल वन प्राबिधिक संघ , नेफ्टा , नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ ,नेपाल वन वातावरण श्रमिक संघ ले देखाएको सदभाव लाइ सस्थागत गर्दै वन श्रमिकको सामाजिक सुरक्षाका लागि दिगो व्यवस्था गर्न अब पनि वन तथा भू संरक्षण मन्त्रालयले ढिलो गर्नु हुदैन |

(तस्बिर हरु :सुर्योदय खड्ग मालिका युवाकल्ब मलागिरी फेसबुक बाट )

bishnugyawali@gmail.com

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *