Breaking News

वैज्ञानिक वन ब्यबस्थापनको फुकुवा

Share
डा.राजन पोखरेल पुर्व महानिर्देशक वन बिभाग
डा.राजन पोखरेल
पुर्व महानिर्देशक वन बिभाग

लामो छलफल र बहस पछि वातावरण समितिका माननीय सांसदहरुले साझेदारी वन ब्यबस्थापनमा रोक लगाएको वनको वैज्ञानिक ब्यबस्थापन कार्यको फुकुवा गर्नु भयो ।माननीयहरुलाई सहमतिमा ल्याउन मा:मंत्रीज्यू,सचिबज्यू,वन बिशेशज्ञहरु ,पत्रकार मित्रहरु लगायत ACOFUNका पदाधिकारी र तिलौराकोट साझेदारी वन ब्यबस्थापन समिति ,कपिलवस्तुको ठुलो भूमिका रह्यो।केहि मा:सांसदहरुले यो कार्य रोक्का गरेकोमा लज्जित महसुश गर्नु परेको अनुभव पनि छ.।हामीले सोचेको भन्दा हाम्रा केहि मा: सांसदहरु उच्च विचार भएका पनि हुनुहुदो रहेछ।एकै रंगमंचका कर्मी भनेर खिल्ली उडाउन पनि नमिल्ने रहेछ,.राजनीति गर्नेलाई।.प्रतिभाशाली त्यहाँ पनि रहेछन।तर टपर्टुञ्याहरुको बोलबाला रहेछ, त्यहा।लेखनाथ पौडेलले त्यसै लेखेका होइन रहेछ नैतिक दृष्टान्त,”टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ,बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित” ।पछी हामीले मा: सांसदहरुलाई कपिलवस्तुमा लगेर पुनुरुत्पादन कटान (Regeneration Felling)का प्लटहरु देखाउने काम गर्यौ।निरीक्षण पुस्तिकामा मा:सांसदहरुले साझेदारीवन ब्यबस्थापनले गरेका वनब्यबस्थापनका कार्यहरुको प्रशंसा गर्नुभएको देखिन्छ।स्थलगत क्षेत्रको अबलोकन पछि सत्य कुरा नलेखि पनि भएन, गर्नेले सहि काम गरिदिए पछि ।
हामीसँग प्राबिधिक क्षमता रहेछ। कसैलाई पनि वन ब्यबस्थापनको ब्याख्या गर्न सक्ने रहेछौ। हामी सँग कलम पनि छ, कसैलाई लेखेर पनि बुझाउन सक्छौ। हामी सँग दुई हात छ, आवश्यक पर्दा काम गरेर देखाऊन पनि सक्छौ । यो सबै हामी सँग छ, तर हामी किन दृढता पुर्बक काम गर्न सकी रहेका छैनौ ।विश्वासको संकट छ.।माथिकाले तलकालाई विश्वास नगर्ने , तलकाहरुले माथिकालाई सधै संशयको दृष्टिले हेर्ने । वास्तबमा समर्पण हामीहरुको मनमा उम्रन सकेको छैन, त्यसैले हामीमा भय पलाएको छ । तर त्यो भ्रम मात्र हो, हामीले भ्रम निकाली दिनु पर्छ ।मैदानमा ओर्ले पछि आफैँ हटेर जान्छ झिना मसिना कुराहरु ।
बिजय सुबेदी,दिपक ज्ञवाली ,मुरारी पोखरेल ,कृष्ण पोखरेलले वन ब्यबस्थापनको कार्यमा धेरैनै आँट गरेका हुन् ।.हरियो रुख काट्ने बिषयमा धेरै मान्छे आत्तिन्छन, जागिरनै जाला मुद्दानै लाग्ला भनेर ।कमजोर मुटु भएकाले यो काम गर्न सक्दैनन्। कसैले साहस त गर्नै पर्यो। यिनीहरुले गरे ।यिनीहरुको कार्य प्रशंशा गर्न लायकको छ ।भोलि वन ब्यबस्थापनको इतिहास लेखिंदा यिनीहरुको नाम छुटाउन मिल्दैन।वन ब्यबस्थापनको क्षेत्रमा कहिले पनि न अस्ताउने गरि उदाएका छन् हाम्रा युवा प्रतिभाहरु – मनाराज राई र जनक पाध्याय ।अरु गुमनाम प्रतिभाहरु पनि छन्।सबैको नाम लिपिबद्ध गर्न जरुरि छ। इन्द्र पर्छाईजीले पनि रुपन्देहीमा वन ब्यबस्थापन गर्दै हुनुहुन्छ।चितवन तिर पनि ब्यबस्थापनको काम भएको सुन्नमा आएको छ ।.काभ्रे र सिन्धुपाल्चोकमा उखु र बाँस जस्तै हलक्क बढेका रानीसल्ला र खोटेसल्लाका रुखहरुले पनि ब्यबस्थापन खोजि रहेकोछ।EnLIFT Nepal लागि परेकै हुनु पर्छ।सामुदायिक वनहरु पनि दिगो बन ब्यबस्थापन प्रति आकर्षित हुदैछन् । अरु ठाउँमा समेत हाम्रा अनुभवहरु विस्तार गर्नु पर्ने देखिन्छ ।
“वनको बैज्ञानिक ब्यबस्थापन” भन्ने वाक्यांश प्रति केहि संघ संस्थाको आपत्ति रहेको देखिन्छ ।बैज्ञानिक ब्यबस्थापन भन्नाले कतिपयले Commercial exploitation को रुपमा पनि बुझेको देख्छु। वहाहरु दिगो वन ब्यबस्थापन भन्ने शब्द राखौ भन्नु हुन्छ ।मैले पढ्ने बेलामा Forest Management भन्ने शब्द मात्र पढेको थिए । Active Forest Management,Adaptive Forest Management, Effective Forest Management,Scientific Forest Management, Sustainable Forest Management,Smart Forestry आदि इत्यादी शब्दहरु पनि पछि सुन्न थाले ।दिगो (Sustainable) शब्द धेरैले रुचाएको देख्छु । वन ब्यबस्थापन गर्दा दिगो उदेश्यकोलागि बैज्ञानिक तरिकाले रुख हटाईन्छ ।ब्यबस्थापन गर्दा उपयुक्त Silvicultural system प्रयोग गरिन्छ ।.शब्द संग अलमलिनु पर्छ जस्तो मलाई लाग्दैन । .जसलाई जे शब्द प्रयोग गर्न मन लाग्छ प्रयोग गरे भैगोनी ।.तर Field मा कार्यान्वयन गर्दा निश्चित Silvicultural system को प्रयोगमा साझा बुझाई चाही हुनु पर्छ ।Technical jargon कोलागि समय बर्बाद गर्नु उपयुक्त नहोला ।.
हामीले ढलापडा संकलन,4Dसंकलन लगायत दिगो वनब्यबस्थापनको कार्य गर्दै जानु पर्छ ।Cleaning,Singling,Thinning,Pruning,Tending जस्ता .वन ब्यबस्थापनका प्रारम्भिक कार्यहरु गर्न पनि भुल्नु हुदैन ।मुलुकको दक्षिणीभेग तर्फ व्यापक वृक्षारोपण, निजिवन र शहरी क्षेत्रमा वृक्षारोपण ,औधोगिक वृक्षारोपण, कबुलियती वनको विस्तार, जडिबुटीको प्रबर्धन तथा बिकाश जस्ता कार्यक्रमहरु गर्दै जानु पर्छ ।सबै क्षेत्रलाई सहभागी बनाई उनीहरुले चाहेको कार्यक्रम पनि गर्दै जानु पर्छ ।.निजीक्षेत्रलाई वनक्षेत्रमा लगानी गर्ने विश्वासको वाताबरण बनाउनु पर्छ। मुलुकमा पैसा नभएको होइन । तर ऐन र नियमलाई निर्देशिकाले काट्ने, निर्देशिकालाई मार्गदर्शनले काट्ने, अनि सबै बिषयहरुलाई मन्त्रीको पटके निर्णयले काट्ने कुराले मानिसहरु लगानी गर्न चाहदैनन् ।लगानी मैत्री नीति नियम न हुन्जेल सम्म निजिक्षेत्रले डोकोमा पैसा ल्याएर वनक्षेत्रमा खन्याउने वाला छैनन् । उनीहरुको बिश्वास जित्न सक्नु पर्छ । वन मन्त्रालयको पिपलपाते नीति र पेशागत दृढ अडान नभएका हामी कर्मचारीहरुले निजिक्षेत्रलाई आकर्षित गर्न सकी रहेका छैनौ ।ब्यापार ब्यबसाय हामी भन्दा बढी निजिक्षेत्रले जानेका हुन्छन ।.हामी तिस्मारखाँ बन्न छोड्नु पर्छ ।.यो काम गर्ने समय हो ।.काम हेरेर मानिसले विश्वास गर्छन । हामीले धेरै बोलि सक्यौ, विश्वसनीयता गुमाउदै छौ । हामीले जति फलाके पनि वनबाट समृद्धि हुन्छ भन्ने कुरा आम मानिसले पत्याउन सकेका छैनन । भुकम्प पिडितलाई दुई वर्षा सम्म एउटा घोचो पनि उपलब्ध गराउन न सक्ने हामीले वनबाट समृद्धि हासिल गर्न सक्छौ भनेर कसरि बिश्वास दिलाउन सक्छौ?
वनलाई ब्यबसायीकरण तर्फ लैजानु पर्छ । भन्नेले भन्दै गरुन, कुरा काट्नेले काटी राख्छन ।हाम्रो पेशाले दिशाबोध गरेको कार्य अगाडी बढाउनु छोड्न हुदैन ।जीवनमा असफलता हात लाग्न सक्छ, नसोचेको खाल्डोमा जाकिन सकिन्छ।प्रतिशोधको आगोमा जल्नुको कुनै अर्थ छैन । मनले अठोट गर्दै निश्चित र स्पष्ट बाटो रोजे पछि असम्भव केही हुँदैन।जीवन बगाउन सिक्नु पर्छ, किनारा भेटिन्छ।असफलनै भइएछ भने पनि असफलता भित्रको त्यान्द्रो अठ्याएर जीवन बगाई रहनु पर्छ । वन,जीवन र ब्यबस्थापन भित्र रहेको सम्बन्धको त्यान्द्रो चुडाल्नु हुदैन ।
(An excerpt from 32 years of Rajan Pokharel…….unedited)

साभार :डा.राजन पोखरेल को फेसबुक वाल

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *