Breaking News

सचेतना रयाली र वृहत फोहोर मैला सरसफाइ कार्यक्रम सम्पन्न

Share

राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र राष्ट्रिय युवा परिषदले विश्व वातावरण दिवस जुन ५, २०१६ को अवसरमा सचेतना ¥याली तथा वृहत फोहोर मैला सरसफाइ कार्यक्रमको आयोजना ग¥यो ।सचेतना ¥याली महेन्द्रपुलबाटबिहान ७ बजे सुरु भइचिप्लेढुङ्गा हुँदै न्यूरोडबाट पृथ्वीचोक बसपार्कसम्मगरिएको थियो । संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रमले यो वर्षको न्यध्ष्मि ायच ीषभ भन्ने मूल नारा तय गरेकोमा नेपालमा “हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराका साथ मनाइयो । ¥याली पश्चात् ¥यालीका सहभागीहरूले बिहान ८ बजेदेखि ११ः३० बजेसम्म पृथ्वीचोक बसपार्क वरपरका क्षेत्र र नागढुङ्गा जाने मुल सडकमा सरसफाइ गरेका थिए ।उक्त क्षेत्र वरपरबाट करिब २० बोरा फोहोर संकलन गरिएको थियो । फोहोर मैला संकलन गरिएका क्षेत्रमा त्यस क्षेत्रका स्थानीयलाई फोहोर मैला जथाभावी नफाल्न र त्यसको उचित व्यवस्थापन गर्न सचेतना कार्यक्रम पनि सँगसँगै गरिएको थियो ।संकलित फोहोर मैलालाई पोखरा उपमहानगरपालिकाको ट्याक्टरले ल्याडफिल्ड साइटमा पु¥याउने व्यवस्था मिलाएको थियो । सरसफाइ कार्यक्रम पश्चात् अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत अशोक सुवेदीले विश्व वातावरण दिवसको अवसरमा गरिएको सचेतना ¥याली र सरसफाइ कार्यक्रमले हामी बस्ने वरपर हामी आफैंले सफा गरे मात्र वातावरण सफा र स्वच्छ हुन्छ भन्ने सन्देश प्रवाह गरेको बताउनु भयो भने राष्ट्रिय युवा परिषदका संयोजक रितिका प्रसाईले विश्व वातावरण दिवस जुन ५ लाई सफल पार्न विभिन्न संघ संस्थाले पु¥याउनु भएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो । सचेतना ¥याली तथा सरसफाइ कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कर्मचारीहरू, पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत र अन्य कर्मचारीहरू, वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरू, राष्ट्रिय युवा परिषदका सदस्यहरू, लियो क्लब अफ पोखरा सेन्ट्रलका सदस्यहरू, सीइटीभीइटीका विद्यार्थी, जिल्ला बाल मञ्च कास्कीका भाइबहिनीहरू, नेपाल स्काउट कास्की (हाम्रो क्रियू) का सदस्यहरू, च्यारिटेवल ट्रस्टका सदस्यहरू, पत्रकारहरू,मिलेर हामी गर्न सक्छौ भन्ने संस्थाका प्रतिनिधि लगायतका संघ संस्थाको सहभागिता रहेको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *