Breaking News

बर्दिया राष्ट्रिय निकुञ्जभित्र दोहोरो फायरिङ

Share

bardiya-netional-parkकाठमाडौं,  भदौ ९ । बर्दिया राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रमा बिहीबार बिहान तीन बजेतिर चोरी शिकारी र निकुञ्ज सुरक्षार्थ खटिएको टोलीबीच दोहारो फायरिङ भएको छ। चोरी शिकारीले निकुञ्जको कर्मचारीलाई लक्षित गरेर फायरिङ गरेपछि निकुञ्जले जवाफी कारबाहीमा फायरिङ गरेको जनाएको छ। निकुञ्जका तीन वटा गेमस्काउट र सेनाको टोलीसँग निकुञ्जको भाषताल पोष्टदेखि ८ किलोमिटरपर चोरी शिकारी र निकुन्जको टोलीसँग दोहोरो फायरिङ भएको हो । निकुञ्जका कर्मचारीको टोलीले घटनास्थलबाट लोडेड १ थान भरुवा बन्दुक, २ सय ग्राम विष्फोटक पदार्थ, कम्बल, मोबाइल फोन, जरायोको सुकटीलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको निकुञ्जले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *