Breaking News

वन तथा भू–संरक्षण मन्त्रालयद्धारा धार्मिक वन हस्तान्तरण

Share

devghat-maulakalika-800x445

काठमाडौं । वन तथा भू–संरक्षण मन्त्रालयले चितवनको धार्मिक पर्यटकीय क्षेत्र देवघाटधामको प्रवेशद्वारमा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको धार्मिक वन स्थानीय धार्मिक वन व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

सो वन ३.९ हेक्टरमा फैलिएको छ । योसँगै जिल्लामा पाँच स्थानमा १५ हेक्टर वन धार्मिक क्षेत्र घोषणा भएको छ । चार वर्षअघिसम्म कलेज अफ मेडिकल साइन्सेज भरतपुरले भोगचलन गर्दै आएको उक्त क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरी एक कार्यक्रमको आयोजना गरी गतहप्ता हस्तान्तरण गरिएको हो ।

वन विभागका महानिर्देशक गोकुलराज पाण्डेले धार्मिक वन समितिका अध्यक्ष शान्तप्रसाद पोखरेललाई प्रमाणपत्र दिएर धार्मिक वन हस्तान्तरण गरेका थिए । सो धार्मिक वनमा गौ संरक्षण केन्द्र स्थापना गरेर काम हुँदै आएको छ ।

यस्तै प्राकृतिक चिकित्सा अस्पताल, योग सेन्टर, गुरुकुल, जैविक विविधता सूचना केन्द्रलगायत स्थापना गर्ने योजना रहेको छ । यसअघि चितवनमा गणेशस्थान, गुम्बा र पूर्वी चितवनका विभिन्न क्षेत्रलाई धार्मिक वन घोषणा गरिसकिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *