Breaking News

उत्कृष्ट धार्मिक पर्यटकिय स्थल पाल्पा भैरवस्थानः समन्वय र सहकार्यको उत्कृष्ट व्यवस्थापन

Share

img_1505

पाल्पा जिल्लाको भैरवस्थान  गा.वि.स. वा. न. ५ मा रहेको ऐतिहासिक भैरवस्थान आधुनिक धार्मिक पर्यटकिय स्थलको रुपमा विकसित हुन पुगेको छ । डाडाको थुम्कोमा मन्दिर रहेको भएपनि मन्दिर नजिकै सम्म पार्किग सुविधा सहितको सडक पुगेको छ ।

धार्मिक तथा ऐतिहासिक शासकिय महत्व वोकेर प्रख्यात भएको भैरवस्थान  गा.वि.स वा.न. ५ मा रहेको यो स्थानमा रहेको  महजिर सल्लेरि सामुदायिक वन ले वन संरक्षणका लागि , अदुवा कृषक समुहले अदुवाको ब्यवसायिक खेती विस्तारका लागि कृषकलाई आकर्षित गरेर पनि ख्याति कमाएको थियो ।

सामुदायिक विकासको यो अनुभवलाई जोडेर स्थानीय समुदायले हाल भैरवस्थान मन्दिर परिसरलाई धार्मिक पर्यटकिय गन्तब्यस्थलको रुपमा विकसित गरेर समग्र भैरवस्थान क्षेत्रकै विकासमा योगदान गरेका छन ।

यसका लागि स्थानीय समुदायले स्थानीय स्तर, जिल्ला स्तर र केन्द्रिय स्तरका सवै सरोकारवाला निकायहरु सँगपहल र समन्वय गरि भैरवस्थानलाई्र पर्यटकिय गन्तब्य स्थलको रुपमा विकसित गर्न आवश्यक सवै पुर्वाधारहरु स्थापना गर्न  सफल भएका छन ।

भैरवस्थानको यो पर्यटकिय आकर्षण र सुविधाले को नलोभिईरहला त । पक्कै पनि यहाहरु उत्कृष्ट धार्मिक पयृटकिय स्थल पाल्पा भैरवस्थानको भ्रमण गर्न लालायित हुनु हुनेछ । पर्यटकिय आकर्षण र सुविधाका यी झलकहरुले समन्वय र सहकार्यको उत्कृष्ट ब्यवस्थापन प्रस्तुत गरेको छ ।

img_1424 img_1443 img_1451 img_1458 img_1461 img_1462 img_1466 img_1477 img_1478 img_1481 img_1483 img_1488 img_1489 img_1493 img_1508 img_1532 img_1587 img_1590 img_1591 img_1593 img_1595 img_1605 img_1608 img_1609 img_1614 img_1615 img_1619 img_1655 img_1673 img_1689 img_1723 img_1748 img_1761 img_1763 img_1772 img_1791 img_1795 img_1811 img_1823 img_1955

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *