Breaking News

अम्लाबाँस सामुदायिक वनमा २४० प्रजातिका जडीबुटी

Share

30062016100005chiraio-1000x0पाल्पा ।  छहरा गाविस– ५ स्थित अम्लाबाँस लेकसल्लेरी सामुदायिक वन स्थानीयवासीको अग्रसरतामा हराभरा बन्दै गएको छ ।

उक्त सामुदायिक वनमा २४० प्रजातिका जडीबुटी, जडीबुटी खेती र नर्सरी सञ्चालन गरिएको छ । नमुना सामुदायिक वन बनाउन स्थानीयवासीले नियमित रुपमा आलोपालो गरी संरक्षणमा जुटेका छन् । खाली जग्गामा धमाधम बिरुवा रोप्ने काम भइरहेको छ ।

सामुदायिक वनको क्षेत्रमा नमुना काम गरेको भन्दै उक्त वनले रु एक लाखको ‘गणेशमानसिंह राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको थियो । उक्त सामुदायिक वनमा चिराइतो, ओखर, अम्बा, लौठसल्ला, रिठ्ठा, तेजपात, टिमुरलगायतका जडीबुटी खेतीबाट स्थानीयवासीले जीविकोपार्जन गर्दैआएका छन् ।

अम्रिसो र बाँसले भूक्षयबाट जोगाएको छ भने अम्रिसो र बाँसबाट स्थानीवासीले नियमित रुपमा आम्दानी गर्दैआएका छन् । नर्सरीमा तेजपात र सुन्तलाका बिरुवा हुर्किदै छन् । दाउरा र घाँसका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *