Breaking News

प्रजातन्त्र दिवस ः विशेश्वर प्रसाद कोइरालाको विचारले जित्ने संगठनले हार्ने

Share

विष्णु प्रसाद ज्ञवाली
पाल्पा

आज प्रजातन्त्र दिवस , विचार ले जितेको काग्रेस संगठन ले हारेको छ , काग्रेसले  आफै भित्र हेर्नु पर्छ । महामानव विशेश्वर प्रसाद कोइरालाले काग्रेसको विचारधारालाई यति बलियो जग दिइ रहदा किन बलियो संगठन निर्माणको आधार काग्रेसले विरासतको रुपमा प्राप्त गर्न सकेन ।  सार्वजनिक सस्था त्यहि सस्थाका सवै सदस्यहरुको आर्थिक योगदान वाट  संचालन भएमा मात्रै त्यो सस्था तिनै सदस्यहरु प्रति जिम्मेवार र जवाफदेहि हुन्छ र सार्वजनिक सस्थाले स्वतन्त्र रुपमा आफनै विचार र उद्धेश्य अनुसार  सदस्यहरु प्रति जिम्मेवार र जवाफदेहि भई निर्णय गर्न सक्दछ र सस्था सदैव सवै सदस्यहरुकै माया, विश्वास र अपनत्व वाट संगठित र जिवन्त रहन्छ । कुनै निश्चित समुह वा  ब्याक्तिवाट मात्र आर्थिक सहायता लिएर संगठन चलाउने प्रबृतिले संगठनलाई जिवन्त वनाउदैन , विचार लाई त्यस्तो संगठनले बचाई रहन सक्दैन । विचारले जिते पनि संगठन हार्न सक्दो रहेछ । प्रजातान्त्रिक आन्दोलन लाई सफल पार्न नेपाली काग्रेस स्थापना सँगै संगठन संचालनका लागि  सुवर्ण शमशेर को आर्थिक सहायतामा निर्भर  रहयो । नेपाली राष्टिय कागैस र नेपाल प्रजातान्त्रिक काग्रेस को एकिकरण भै नेपाली काग्रेस स्थापना हुदाका वखत संगठन निर्माणका सवालमा आर्थिक स्रोत का लागि सुवर्ण शमशेर सँग विशेश्वर प्रसाद कोइरालाले गरेको संझौता वाट नै काग्रेसको सगठन निर्माणको कमजोर जग स्थापना भयो । सात सालको प्रजातान्त्रिक आन्दोलन काग्रेसको नेतृत्वले जित्यो तर सांगठनिक पकड नहुदा उपलब्धिलाई सस्थागत गर्न सकेन । संविधान सभाको माग स्थगन भयो । पन्ध्र सालको आमनिर्वाचनमा दुई तिहाई वढि जितेको काग्रेसले सत्र सालको घटनालाई कमजोर संगठन कै कारण प्रतिरोध गर्न  सकेन , सागठनिक संरचना समेत गुमाउन पुग्यो तथापि  विचारले काग्रेसलाई बचाई रहयो तर कमजोर सांगठनिक धरातलका कारण काग्रेसलाई हिडाउन सकेन ।  छियालिस सालको आन्दोलन काग्रेस को विचार  र कम्युनिष्टको संगठनमा सफल भयो । फेरि पनि काग्रेसको विचार जनमतवाट अनुमोदित भयो , कम्युनिष्ट संगठन अगाडि आयो तर विचार अझै जनता वाट अनुमोदित भएन । काग्रेसले फेरि संगटन निर्माणका लागि  आवश्यक आवश्यक स्रोत का लागि  खुम बहादुर खडका ,गोविन्द राज जोशी, बिजय गच्छदार, जय प्रकाश गुप्ता, चिरञ्जीवि वाग्ले लगायत मा निर्भर रहयो । काग्रेसको संगठन ले विचारको जनमत लाई जोगाउन सकेन । काग्रेसको विचार अव कम्युनिष्ट संगठनले वोक्न थाले र आफुलाई कम्युनिष्ट भन्दा पनि बामपन्थि र जनवादि शक्ति भन्न थाले ।काग्रेस को कमजोर सांगठनिक धरातलले फेरि पनि जनमत सँग सगै प्रजातान्त्रिक शासन ब्यवस्थालाई जोगाउन सकेन । फेरि प्रजातान्त्रिक विचारको स्थापनाका लागि काग्रेसले नेतृत्व गरयो कम्युनिष्ट संगठनको आडमा र काग्रेसको विचारले जित्यो । आपना सदस्यहरुवाट संगठन निर्माण गर्न असफल काग्रेस  कम्युनिष्ट हरुको संगठनका अगाडि पहिलो संविधान सभामा हारयो । संगठनको वलले जितेका कम्युनिष्टहरु प्रजातन्त्र प्रतिको नेपाली जनआस्था र विश्व जनमतका कारण दोस्रो संविधान सभामा काग्रेस सँग हारे । काग्रेसको नेतृत्वले संविधान निर्माण र कार्यान्वयनको नेतृत्व  गरयो । काग्रेसको विचारले जित्यो  विडम्वना काग्रेस संगठन  सिमित स्वार्थ समुहको आर्थिक चंगुलमा फस्यो र उसका सांगठनिक निर्णयहरु संगठनका सदस्यहरु र सांगठनिक विचार प्रति भन्दा आर्थिक स्वार्थ समुहको हितका प्रति लक्षित भयो र काग्रेसको संगठन हारयो । काग्रेसको  विचारवाट आपनो सांगठनिक हैसियत निर्माण गर्दे आएका कम्युनिष्टहरु आपना सदस्यहरुकै आर्थिक  योगदान वाट स्थापित भए भने संगठन निर्माणमा सदस्यहरुको आर्थिक योगदान र सहभागितालाई अवमुल्यन गर्दा काग्रेसले आपनो वैचारिक जितलाई सांगठनिक जितमा रुपान्तरण गर्न सकेन ।यतिखेर हार पछिको काग्रेस रुपान्तरण को बहस लाई काग्रेस स्थापनाको आर्थिक ब्यवस्थापनको सस्कृतिलाई सुधार गर्ने पहिलो पाइलावाट शुरु गर्नु पर्छ । प्रजातन्त्र दिवसको अवसरमा काग्रेसजनले आपनो विचारलाई सांगठनिक जनमतमा रुपान्तरण गर्न सकुन । जनमतले पनि यसै भन्छ । सवैलाई प्रजातन्त्र दिवसको शुभकामना ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *