Breaking News

अन्तराष्ट्रिय वन दिवस ः वन लाई माया गर्न सिकौ

Share
बिष्णु प्रसाद ज्ञवाली ,
bishnugyawali@gmail.com

आज  २१ मार्च , अन्तराष्ट्रिय वन दिवस  वन लाई माया गर्न सिकौ (Learn to Love Forests ) भन्ने नाराका साथ मनाउन गईरहेको छ । यो नाराले एउटा नयाँ बहस श्रृजना गरिदिएको छ । वन मायाको विषय भएको छ । प्रेमको विषय भएको छ । जहाँ जँहा माया , प्रेमको भावना जोडिन्छन , आकृष्ट हुन्छन त्यहाँ त्यहाँ स्वभाविक रुपमा भावना, आवेश, आक्रोश र संवेदनशीलताहरु मात्र जोडिदैनन प्राप्त गर्ने , खोस्ने , आपनो वनाउने र आफै सँग मात्र राख्ने अनि अरुलाई नजिक पर्ने नदिने सम्मका लागि सवै सवै किसिमका अकल्पनिय यावत प्रयत्नहरु समेत हुन्छन । यी सवै प्रयत्नहरुलाई  हामीले प्रेम र युध्दमा सवै जायज हुन्छ भनेर स्वीकार गरि दिन्छौ परिणामत हामी द्धन्द र सघर्षको सामाजिक सम्वन्धवाट जिजिविषालाई निरन्तरता दिन पुग्छौ , पुगेका छौ । यसैले समाजमा पहुँच र शक्तिशालीहरु नै प्रेमको पुजारि र मालिक वन्न पुगेका छन , पुगेका हुन्छन । प्रेम पाउने हरुकालागि असीम आनन्दको  विषय हो भने नपाउनेका लागि अनन्त घृणा र द्धन्दको विषय हो । यसैले वन स्रोत लाई आपनो वनाउन सवै लालायित छन । प्रेममा सवैले जित्न चाहन्छन कोहि हार्न चाहदैनन ।  वन सँगको अनन्त प्रेमले हुन सक्छ बाघले वनमा आपनो घेरा वनाउछ र अर्काे वाघलाई त्यो घेरा भित्र आउन दिदैन । बाघ बाघ विचको अघोषित सम्झौता अनि बाघहरुले जिम्मेवारि र जवाफदेहितापुर्ण तरिकाले पालना गरिरहने ब्यवहारिक प्राकृतिक कानुनका का कारण बाघहरु आफुले वनाएको वनको सिमारेखा भित्र मात्रै वस्छन , अटन नसकेमा अतिक्रमण गर्देनन सिमा रेखा घटाउदैेनन बरु वनको सिमा रेखा घटे आफुलाई पनि उत्सर्ग गर्न तयार हुन्छन तर आफनो प्राकृत पहिचान, स्वाभिमान र सस्कृतिमा सम्झौता गरेर वन सँगको प्रेममा आशक्तता देखाउदैनन । वन सँगको प्रेममा बाघहरु आशक्त भएनन वरु उत्सर्ग गर्न तयार भए र उनीहरुले संसारलाई देखाई, सुनाईदिए, सिकाईदिए । प्रेममा आशक्ति होइन त्याग देखाउ अनि मात्र तिमी र तिम्रो प्रेमिकाको मुल्य रहन्छ , स्वाभिमान हुन्छ , पे्रमिका वाचे मात्र तिमी वाच्छौ नत्र तिमी वाच्नु को कुनै अर्थ हुदैन, छैन ।

 

तर हामी मानिसहरु आज फेरि वन लाई माया गर्न सिक भनेर  विश्वब्यापि रुपमा चिच्याई रहेका छौ । वन दिवस मनाई रहेका छौ । हाम्रो मायाको चिच्याहट भित्र वनसँगको प्रेममा आशक्ति छ कि उत्सर्ग छ  । यो आजको बहसको विषय हो । हिजोका दिनहरुलाई चियाउने हो भने वन सँगको प्रेममा हाम्रो केवल आशक्ति मात्रै  छ, उत्सर्ग छैन त्याग छैन । वन सँग मानिसले प्रेम गरेकै हो , गरिरहेकै छ कसले भन्छ वन सँग मानिसले प्रेम गरेको छैन, वन सँगको मानिसको प्रेम त अनन्त र प्राकृत छ । मानिसले कैयो सिमारेखाहरु वन भित्र कोरेको छ । वन सँगको माया र प्रेमको अभिब्यक्त गर्न ।थुप्रै सिमा रेखा कोरेर वनलाई मानिसले आपनो वनाएको दावि गरिरहेको छ । तर अपसोच आफैले कोरेका सिमारेखाको वन भित्र मानिस आफु नअटाएर आफैले कोरका सिमारेखाहरु घटाउदै घटाउदै लगेको छ ।

विज्ञान, प्रविधि र दम्भको आडमा मानिसले वन सँगको प्रेमलाई आशक्तिमा रुपान्तरण गर्दे आपनै वनको सिमारेखा  (FOOT PRINT ) घटाउदै मानिस आफुलाई बढाई रहेछ । प्रेममा सवैले जित्न चाहन्छन कोहि हार्न चाहदैनन भन्दै पहुच, प्रभाव र दम्भका आडमा मानिसले आफैले कोरको वनको सिमारेखा घटाएर आफनै स्वाभिमान, चरित्र र पहिचान गुमाउदै छ , गुमाइरहेछ । जलवायु परिवर्तन र अनुकुलनको नाममा वन सँग देखाएको प्रेम मान्छेको केवल आफु मात्र रहने वन सँगको प्रेमको आशक्ति मात्र हो । प्रेममा आशक्त भएकाहरुले केवल द्धन्द मात्रै निम्त्याउछन, केवल प्राप्ति र भोगलाई मात्र प्रेम र मायाको रुपमा अथ्र्याउछन । बाघ भन्दा आफुलाई अब्बल ठान्ने मानिसलाई के थाहा वन सँगको प्रेममा आशक्ति होइन उत्सर्गता हुनु पर्छ अनि मात्र तिम्रो स्वाभिमान हुन्छ , तिम्रो प्रेमको अर्थ र मुल्य हुन्छ भन्ने । उत्सर्ग प्रेममा नै प्रेमी र प्रेमिका विचको अनन्त सम्वन्ध जिवन्त हुन्छ । अन्तराष्ट्रिय वन दिवसको नाराले वन सँग आशक्त प्रेम होइन उत्सर्ग प्रेम गर्न सिकाओस । यसै तर्फ बहस केन्द्रित होस । अन्तराष्ट्रिय वन दिवसको शुभकामना ।

 

विष्णु प्रसाद ज्ञवाली

अध्यक्ष

िनजीवन सरोकारवाला महासंघ

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *