Breaking News

विद्यालयमा इको ग्रीन क्लबको महत्व

Share

बालकले सम्पूर्ण संस्कार र व्यवहार पहिलो घरपरिवार र समाजबाट सिक्दछ भने दोस्रो विद्यालयबाट । त्यसैले बालबालिकालाई वातावरण सम्वन्धि ज्ञान र सामान्य सिप सिकाई वातावरण सम्बन्धि सकारात्मक व्यवहार परिवर्तन गराउन विद्यालयमा इको ग्रीन क्लबको स्थापना गरिएको हो । यही क्लबद्धारा नै प्रत्येक विद्यालयमा विभिन्न कार्यक्रम गरि विद्यार्थीहरुलाई वातावरणीय क्रियाकलापमा सक्रिय बनाउन, क्लब गठन गरि जिम्मेवारीको वोध गराउन सकिन्छ, जसबाट विद्यार्थीहरु सामान्य वातावरणीय जिम्मेवारी वहन गर्न सकुन र आफुले सिकेका कुरा भन्न सकुन । आफ्नो घर परिवार, छिमेकीलाई पनि सहभागि गराउन प्रयास गर्न सकुन । यसबाट विद्यार्थीहरु समुहमा काम गर्न सक्रिय बन्न सक्छन् र जुन कामले गर्दा वातावरण प्रदुषण घट्दै जावस र हरीयाली पनि बढ्दै जावस । ईको क्लबबाट नै विद्यार्थीहरुले वातावरणीय सचेतना प्राप्त गर्न सक्छन् र वातावरणीय समस्याबाट अनुकुलन हुन सिक्ने अवसर प्राप्त गर्न सक्छन् ।
वातावरणीय ज्ञान र सिप दिनका लागि विद्यालयले बिभिन्न कार्यक्रम गरि विद्यार्थीहरुलाई सहभागि गराउनु पर्दछ । सर्व प्रथम शिक्षकले आपैmले केहि गरौं भावनाले जागरुक देखिनु पर्दछ । सैद्धान्तिक कुरा मात्र नगरी प्रयोगात्मक र व्यवहारीक ज्ञान र सिप दिने कार्यक्रमहरु गर्नु पर्दछ । बालकले आफ्ना अभिभावकको भन्दा शिक्षकको भनाई र गराईलाई बढि विश्वांस मान्दछन् । त्यसैले शिक्षकले केहि कुरा आपैmले गरेर पनि देखाउनु सक्नु पर्दछ जस्तै कक्षाकोठा र विद्यालय वरिपरिको वातावरण राम्रो गराउन कुहिने, नकुहिने र धारीला वा घोच्ने खालका चीजहरु छुट््याएर राख्न शिक्षकले नै गरेर देखाउनु पर्दछ । कुहिने वस्तुहरु खाल्टोमा राखेर मलबनाई जग्गा भएमा करेसाबारीमा त्यो मल प्रयोग गरी तरकारी खेति गरेर देखाउनु पर्दछ । केहि शिक्षकहरु पान वा सुर्ति खाई जता पायो उतै थुक्ने तर विद्यार्थीलाई सफागर्नु पर्छ भन्दा सुहाउंदो हुंदैन । बाल्यकाल देखि नै रुखलाई माया गर्न सिकाउनु पर्दछ । रुख बिरुवा नभए हामी रहंदैनौ भन्ने भावना जगाई दिनु पर्दछ । एक जना मानिस बराबर ९यहथनभल० प्राण वायु लिनका लागि ६वटा रुख चाहिन्छ भन्ने कुरा विद्यार्थीले घर परिवार, समाज र विद्यालयबाट सिकोस र लागु गर्न अनिवार्य छ भनेर व्यबहारमा देखाउने असल नागरिक बनाउने पहल विद्यालयले अवश्य पनि गर्नु पर्ने हुन्छ ।
हामी बस्ने घरका झ्याल, ढोका, फर्निचर, विद्यालयमा भएका फर्निचर काठबाट नै बनेका हुन् यदि रुख नभएको भए कुनै पनि भवन बनाउन कठिन हुन्छ भन्ने कुरा बाल्यकाल देखि दिमागमा अमिट छाप बस्न पर्छ । यदि नेपालमा वन जंगल कम भएमा एक त काठ पाउन मुश्किल पर्छ भने अर्को तर्पm बिदेशबाट काठ खरिद गर्दा नेपालको पैसा बिदेश जान्छ भन्ने कुरा बुझ्नु पर्छ र बुझाउनु पर्दछ । नेपालको पहिचान “हरियो वन नेपालको धन” भन्ने नारालाई व्यवहारमा उतार्ने पहल गर्नु पर्दछ । विद्यार्थीहरुलाई वन प्रति आस्था जगाउन वनलाई माया गर्न रुख नै जीवन हो भन्ने विश्वांस दिलाउन र भएको आस्थालाई बढाउन निम्न क्रियाकलाप विद्यालयमा गर्न सकिन्छ ।
१) वातावरणीय विषय प्रति सेमिनार, वादविवाद, वक्तृत्वकला कार्यक्रम, निबन्ध प्रतियोगिता गर्न ।
२) ध्वनी प्रदुषण कम गर्न, प्लाष्टिक ब्यागको प्रयोग कम गर्न र वन जंगलमा आगलागि रोक्न र यी बाट हुने हानिनोक्सानीको जानकारी गराउन पोष्टरीङ, र्याली गर्न ।
३) प्रयोग भएका सामग्री पुन प्रयोग गर्न र पुन चक्रण गर्नको कक्षामा जानकारी गराउन ।
४) जग्गा भए सम्म विद्यालयमा र जग्गा नभएमा स्थानीय व्यक्तिहरुको सल्लाहमा वा स्थानीय सरकारको अनुमतिमा बाटो छेउमा वृक्ष रोपण गर्न, बिरुवाको सुरक्षाको लागि बारबेर गर्न र सुक्खा मौसममा सिंचाई गर्न ।
५ वातावरणीय हिसाबले राम्रो भएको ठाउं र प्रदुषित ठाउंको भ्रमण गराई राम्रो कसरी गराउन सकिन्छ भनेर प्रोजेक्ट वर्क गर्न दिन ।
६) आम मानिसहरुलाई वातावरण सम्वन्धि सचेत गराउन सार्वजनिक ठाउंहरुमा विद्यालयको आयोजनामा विद्यार्थीहरु मार्पmत र्याली, मार्च पास, मानव साङलो, सडक नाटक जस्ता कार्यक्रम गर्न ।
७) विद्यालय भन्दा बाहिर सडक सरसफाई बिरुवाको बरिपरि चौतारी बनाउन वा मर्मत गर्ने ।
८) विद्यालय हाता भित्र करेसा बारी बनाउने, जम्मा भएको फोहोर लाई कुहिनेलाई खाल्टोमा हालि मल बनाउने र करेसा बारिमा प्रयोग गर्ने, फोहोर पानिलाई लामखुट्टे बस्न नसक्ने गरि व्यवस्थापन गर्ने ।
९) अनुमति नभएका ठाउंमा फोहोर फाल्न रोक्न, असुरक्षित फोहोर जस्तै हस्पिटल, औधोगिक क्षेत्रबाट निस्किएको फोहोर सहि ठाउंमा व्यवस्थापन नभएको पाईमा बिरोध र्याली गर्न ।
१०) यी माथि लेखिएका बाहेक वातावरण सम्बन्धि विद्यालयले सो विवेकले अन्य कुनै कार्यक्रम गरि विद्यार्थी, अभिभावक र समाजलाई सचेत गराउन सकिने छ ।
वातावरण सुधारको लागि यति नै कार्यक्रम भन्ने हुन सक्दैन त्यसैले विद्यालयमा इको ग्रीन क्लबको महत्व अति नै छ । विद्यार्थीहरु भविष्यका कर्णधार हुन भविष्य यिनकै जिम्मेवारीमा छ । हाल विश्वव्यापि ताप मान बढिरहेको वेला सबै नायरिक सचेत हुन र व्यबहार परिवर्तन गराउन आवशयक छ ।

नवराज ज्ञवाली ,
एम एड, (वातावरण शिक्षा तथा दिगो विकास कार्यक्रम )

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *