Breaking News

रानी महलमा वृक्षारोपण कार्यक्रम

Share

निकिता रायमाझि,
२०७६, साउन ६

नेपालकै ताजमहलको रुपमा चिनिने प्रदेश नं ५ को पाल्पा जिल्लामा अवस्थित रानीमहल ठुलो चट्टानमा निर्मित कालिगण्डकिको तटमा रहेको एक सुन्दर दरबार हो । १९९२ मा जनरल खडक शम्सेरद्वारा रानी तेज कुमारी देविको सम्झनामा बनाईएको यस महलको सुन्दरता बास्तुकलामा मात्रै सिमित नभई भौगोलिक पक्ष पनि त्यतिकै आकर्षक रहेको छ । जनरल खड्क शम्सेरले महल छोडे पछि यस महलको स्याहार पहिले नभए पनि पछिल्लो समयमा भने तानसेन नगरपलिका लगाएत अन्य संघ संस्थाबाट पुनस्थापना र पुननिर्माणको काम भै रहेको छ ।

इतिहास बोकेको रानीमहललाई पाल्पको मुख्य पर्यटन क्षेत्र बनाउने उद्देश्यले वडा नं ५ को बतासे डांडा देखि रानीमहल जाने बाटो को किनारमा वृक्षारोपण कार्यक्रम गरिएको छ । यसकार्यक्रमलाई उच्च प्राथमिकताकासाथ सम्पन्न गरिएको छ । २०७६ असार १५ देखि शुरु भएको यस कार्यक्रम तानसेन वन कार्यालय र नेपाली सेनाको समन्वयमा सम्पन्न भएको छ । यस कार्यक्रम अन्तर्गत ७०० गुल्मोहर ९म्भलयष्हिचभनष्ब० का बिरुवा रोपिएका छन् । गुल्मोहर एउटा सुन्दर पूmल फुल्ने रुख हो । यसको उचाई ५ मिटर देखि १२ मिटरसम्म हुन्छ । विभिन्न रङ जस्तै राता,े पहेंलो र सुन्तला रङको पूmल फुल्ने र सदाबहार हरियो रहने यो रुखले सितल छहारी दिने गर्दछ । । अप्रिल महिनामा फुल्ने यो रुख अष्ट्रेलिया, बङलादेश, हङकङ, भारत, पाकिस्तान आदि ठाउंहरुमा बाटोको किनारमा रोपेको पाईन्छ । तानसेन नगरपालिका र बतासे डांडा वन उपभोक्ता समितिको सहयोगले यो कार्यक्रम पूर्ण भएको छ ।

वातावरणको सौन्दर्य बढाउने, भु–क्षय नियन्त्रण गर्ने, बाटोमा सदाबहार हरियालीसंगै सुन्दर पूmलको पर्यावरण कायम गर्ने लक्ष्यका साथ गुल्मोहर रुख लगाईएका छन् । यस बाहेक पैदल यात्रीलाई छहारी दिने, नजिकका घरहरुलाई पनि बाटोका दुर्घटनाबाट सुरक्षा दिने र पर्यटनको आकर्षण हुने फाईदाहरु हुन्छन् । वृक्षाको सुरक्षाको लागि बाँसको बार पनि लगाईको छ । नेपाली सेनाबाट सक्रिय रुपमा काम गरिएको छ ।

 

 

भविष्यमा यस कार्यक्रमलाई निरन्तरता दिंदै विभिन्न फूलहरु, लालिगुरांस लगाउने योजना रहेको छ । वातावरण सुन्दरता पर्यटन क्षेत्रको दिगो विकास हुने लक्ष्य लिंदै अन्य योजना थप हुने जानकारी प्राप्त भएको छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *