Breaking News

प्रधानमन्त्री रोजगार कार्यक्रमले ल्यायो हरियाली

Share

निकिता रायमाझि,
२०७६, साउन१३

२०७६ सालको वातावरण दिवसको मुलनारा स्वच्छ वायु स्वस्थ जीवनलाई पच्छयाउदै र बिरुवाको महत्व बुझ्दै पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ११ बन्दिपोखरामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बन्दिपोखरा वडालाई हरभरा बनाउन वडाका विभिन्न ठाँउमा कुल ३२०० वटा बिरुवा रोपिएको छ । सरकारको सहयोगबाट जनतलाई रोजगरी दिदै वातावरण स्वच्छ राखी दीर्घकालीन विकासतर्फ उन्मुख गराउनु यसकार्यक्रमको मुख्यलक्ष्यरहेको छ । यसै कार्यक्रम अन्तर्गत २१ जना जनताले २० दिन सम्म रोजगरी पाएका थिए । धुपी ,लालुपाते ,कपुर, गुलाफका फुलहरु सौन्दर्यता बढाउन, अमला ,तेजपत्ता ,लप्सी आय आर्जनको स्रोत बढाउन र बैंस पानिको स्रोत संरक्षण गर्नका लागि रोपिएको थियो ।

यस बाहे क वातावरण हरित बनाउने, भु–क्षय नियन्त्रण गर्ने, जंगली जनावर र चराको संरक्षण गर्ने ,पैदलयत्रीहरुलाई छहारि दिनेजस्ता फाइदाहरुलाई ध्यानमा राखी वृक्षारोपण गरिएको हो । ३०×३० को गोलो खाडल तयार गरि १ देखि २ मिटरको दुरिमा बिरुवाहरु रोपिएका थिए । रोपिएका विरुवालाई चरिचरन बाट र पानीको भलबाट जोगाउन बाँसका बार र कुलो सुधार पनि गरिएको थियो। रोपिएका बिरुवा लाई बेवास्ता नगरि आगामी दिनमा विरुवाका सुरक्षाका सम्पुर्ण जिम्मेवारी वडा कार्यालयले लिएको छ। रोजगार पाएका जनताहरुका अनुसार आफ्नै ठाँउमा वातावरण सुधार गर्न पाएको र श्रम बापत दिन हुँ ज्याला पाएको मानिकै सन्तुष्ट भएका छन् । वडाअध्यक्ष अनुसार आगमी दिनमा पनि यस्तै वातावरणलाई ध्यानमा राखी थप योजना बनाइने कुरा रख्नु भएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *