Breaking News

गणेश बहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार (२०७६) विजेता श्री विनोद कुमार पौडेल

Share

 

डिभिजन वन कार्यालय दोलखाका फरेष्टर श्री विनोद कुमार पौडेलसंग वन संचारका सह–सम्पादक नवराज ज्ञवालीले गर्नु भएको कुराकानी
१) यहांंको सामान्य परिचय र शैक्षिक योग्यताको बारेमा बताइदिनुस् न ?
मेरो नाम विनोद कुमार पौडेल हो र मेरो स्थायी ठेगाना रसुवा जिल्ला उत्तरगया गाउंपालिका वार्ड नं २ (साविक डांडागाउं गाविस वार्ड नं १ मा पर्दछ । मेरो जन्म सामान्य किसान परिवारमा भएकोले घरका कमजोर आर्थिक अवस्था र रसुवा जिल्ला दुर्गम भएको कारणले पनि उच्च शिक्षा हासिल गर्ने पहुंच नभएकोले एस.एल.सि पास मात्र गरेको छु । साथै २०६९ सालमा राष्ट्रिय सीप परीक्षण समिति बाट लिईएको सीप परीक्षामा सामुदायिक वन सहजकर्ता–तह २ उत्तिर्ण गरेको छु । विगत ५ बर्ष देखी नेपाल निजामती सेवाको वन सेवामा कार्यरत छु । लोक सेवा आयोगबाट लिईएको वन रक्षक पदको खुला प्रतियोगिता को परीक्षा उत्तिर्ण गरी २०७१ जेष्ठ ९ गते देखी जिल्ला वन कार्यालय रसुवाबाट वन सेवामा प्रारम्भ भएको र जनकपुर अञ्चलबाट फरेष्टर पदमा खुलाईएको परीक्षामा आवेदन दिई सो परीक्षामा सफल भै २०७१ फाल्गुन २७ गते दोलखा जिल्लामा पोष्टिङ भई हाल पनि डिभिजन वन कार्यालय दोलखमा कार्यरत छु । भर्खर नेपाल सरकारको कर्मचारी समायोजनमा १ नं प्रदेशमा समायोजन भएको छ । निजामती सेवा प्रवेश गर्नु पुर्व करिव १२ वर्ष वन क्षेत्र सँग सम्वद्ध भएर काम गरे जसबाट वन सम्बन्धि विभिन्न अनुभव, सीप तथा सक्षमता विकासको तालिम लिने अवसर पाएको थिएँ । फलस्वरुप नेपाल सरकारको वन सेवामा प्रवेश गर्ने अवसर प्राप्त भयो ।

२) तपाईले वन सम्बन्धि विभिन्न अनुभव, सीप तथा सक्षमता विकासको तालिम लिने अवसर पाएको छु भन्नु भयो कस्तो तालिम र अनुभव हासिल गर्नु भएको छ ?
मैले २०५७ सालमा एस.एल.सी उत्तिर्ण गरे पश्चात उच्च शिक्षा हासिल गर्न नुवाकोट जिल्लाको तुप्चे स्थित श्री चण्डेश्वरी उच्च मा.वि मा भर्ना भएको थिएं । सो बिद्यालयमा कक्षा ११ मा पढदै गर्दा घरायसी आथर््िाक अवस्था नाजुक रहेको कारण मैले उच्च शिक्षा लाई बीचमा नै छोड्नु प¥यो । तत् पश्चात स्थानीय स्वायत्त शासन कार्यक्रमको सहयोगमा २०५७ सालको पौष–माघमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जबाट ३५ दिने ग्रामिण पशु स्वाश्थ्य कार्यकर्ताको तालिम हासिल गर्ने अवसर प्राप्त भयो । यसै तालिमबाट हासिल गरेको सीपबाट आफ्नो गाउँमा सानो भेटेनरी पसल सञ्चालन गरी जिविकोपार्जनलाई अगाडी बढाई रहेको थिएँ । यसै क्रममा २०५९ सालमा डेनमार्क सरकारको सहयोगमा सञ्चालित नार्मसाप परियोजनाको सहयोगमा सामुदायिक वनका प्रतिनिधिहरुलाई मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्र गोदावरीबाट सञ्चालन गरिएको १० दिनको सामुदायिक वन सहजिकरण तालिम लिने अवसर पाएं । सो तालिमबाट हामी पनि वन क्षेत्रमा लाग्नु पर्ने रहेछ, वन व्यवस्थापनमा हाम्रो आवश्यकता रहेछ भन्ने बुभेंm त्यस पछि मेरो वनप्रति इच्छा, चासो र चिन्तन बढ्दै गयो र मेरो वन अभियानमा सामेल हुने यात्राको प्रारम्भ भयो । तत् पश्चात विभिन्न वन सम्बन्धि बैठक, भेला, गोष्ठी तथा सेमिनारहरुमा सहभागी भै थप ज्ञान हासिल गर्दै गएं । अन्य कुराहरुमा समुदायमा आधारित वन ब्यवस्थापनको मर्म अनुरुप सहजीकरण कसरी गर्ने, बहस पैरवी गर्ने कलाको बारेमा सामुदायमा आधारित वन सहजकर्ता सञ्जाल (COFSUN) तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN)  मा सिक्ने अवसर पाएं । जिल्ला वन कार्यालय रसुवा बाट वनको स्रोत सर्वेक्षण, मापन र वनको नक्सांकन कसरी गर्ने, सामुदायिक वन पद्धतिबाट गरिबी न्युनिकरण गर्न वा विपन्न वर्गको उत्थानको लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे सिक्ने अवसर पाएं । अन्य सीप विकास तालिमहरुमा (TITI) सानोठीमी भक्तपुरबाट ११ दिनको सहायक प्रशिक्षकहरुको लागि सञ्चालित प्रशिक्षक प्रशिक्षण तालिम (TOT) ३३ दिनको ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता पुनर्ताजकी तालिम, १ महिना को सामाजिक परिचालन तालिम, ७ दिने प्रस्तवना तथा प्रतिवेदन लेखन तालिम, १५ दिने उद्यमशिलता विकास तालिम, ३० दिने सेवा कालिन तालिम, कानुनि कार्यबिधि तालिम र (IFC) बाट ७ दिनको विजनेस प्लान एण्ड मार्केट डेभलपमेन्ट लगाएतका विभिन्न ग्रामिण विकास तथा श्रोत परिचालन सम्बन्धि तालिमहरु लिएको छु । सामुदायिक वन उपभोक्ता समुह गठन, हस्तान्तरण प्रक्रिया, सामुदायिक वनको वन कार्ययोजना, समुहको विधान तर्जुमा, कबुलियती वन समुह गठन हस्तान्तरण कार्ययोजना तथा जिविकोपार्जन सुधार योजना तयारी, वन श्रोत सर्भेक्षण, सिमाना सर्भे लगाएतका कार्यहरु सम्वन्धि अनुभव सेवा प्रवेश गर्नु भन्दा अगावै म संग थियो । जसले गर्दा मलाई वन सेवा प्रवेश गर्न मद्दत पुग्यो ।

३) सामुदयिक वनसंग सम्बन्धित अरु अनुभव पनि छ कि ?
अन्य अनुभव पनि छन् २०५८ सालमा रसुवा जिल्लाको कुनाघारी सामुदायिक वन उपभोक्ता समितिको सदस्य पदमा रहेर जसमा नेपालको वन व्यबस्थापन पद्धतिमा काम गर्ने मौका मिल्यो र वन व्यवस्थापनमा के कसरी काम गर्ने भन्ने सिक्ने अवसर पाएं । त्यस बेला म पेशागत हिसाबले पशु स्वाश्थ्य कार्यकर्ताको काम पनि गर्थें र वन समितिमा पनि भएको कारणले सामुदायिक वनको नेतृत्व गर्ने छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघका तत्कालिन अध्यक्ष श्री अप्सरा चापागाई संग भाग्यवस भेट भयो उहांकै अभिप्रेरणबाट रसुवा जिल्लामा पनि सामुदायिक वन महासंघ जिल्ला शाखा गठन गर्ने जिम्मेवारी पाएं । तत्पश्चात २०६१ सालमा रसुवा जिल्लामा रहेका ७६ वटा सामुदायिक वन समुहको जिल्ला भेला गराएर सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा गठन गरियो । सो भेलाबाट मैले अध्यक्ष पदको नेतृत्व गर्ने जिम्मेवारी पाएं । मैले जिम्मेवारी लिई सके पछि यस जिल्लामा रहेका सामुदायिक वन पक्षमा बहस पैरवी गर्ने र नेपाल सरकार वन तथा भु–संरक्षण विभागले सामुदायिक वन ऐन नियम अनुसार संचालन गर्ने गतिविधिको बारेमा वन उपभोक्ताहरुलाई शु–सुचित गर्ने, सहजीकरण गर्ने जनताका समस्या र जिज्ञासाहरु तथा वन संरक्षण, संबद्र्धन र उपभोग गर्दाका समस्या र चुनौतीहरुको बारेमा सरकारी निकायमा पुर्याउने र सरकारी नियम कानुनका कुरा उपभोक्तामाझ पुर्याउने काम २०६१ साल देखि २०७० साल सम्म विभिन्न भुमिकामा रहि वन सम्बन्धि काममा निरन्तरता दिइरहें । देशको राजधानीबाट नजिकै रहेर पनी रसुवा जिल्ला बत्ति मुनिको अंध्यारोमा रहेको वा ओझेलमा परेको स्थानलाई मेरो पहलमा समुदायिक वनको अभियानलाई विभिन्न वन सम्बन्धि राष्ट्र्रि«य तथा अन्तराष्ट्रिय स्तरका मञ्चहरु माझ जोड्ने बहस पैरवी गर्ने अवसर प्राप्त भयो । साथै यो बीचमा वन प्रसाशन र स्थानीय समुदाय बीच सहजकर्ता भै साझा पंक्तिमा उभिएर साझा सबालको बारेमा सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बिषयमा काम गर्ने अवसर पाएं । जिविकोपार्जनको लागि वन कार्यक्रम, नेपाल स्वीस सामुदायिक वन परियोजना तथा वन तथा भु–संरक्षण मन्त्रालयले २०६५÷०६६ मा गरिएको सामुदायिक वनले जिविकोपार्जनमा पारेको प्रभाव बिषय अनुसन्धान कार्यमा काठमाण्डौ, भक्तपुर, काभ्रे, धादिङ र चितवन जिल्लाको स्थलगत अध्ययनमा संलग्न भई तथा सामुदायिक वन बारेमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र समूदायमा आधारित सहजकर्ता सञ्जालको माध्यमबाट देशको ६४ जिल्लाको अध्ययन अवलोकन गरी सामसदायिक वन अभियानले हासिल गरेका सफल र अनुकरणीय अभ्यासको बारेमा पनि अनुभव हासिल गरेको छु । अन्य क्षेत्रको अनुभवको कुरा गर्नु पर्दा सहकारी संघ संस्था तथा सहकारी क्षेत्रमा पनि करीव ५ बर्ष जति अनुभव बटुलेको छु । कार्यालय सञ्चालन र ब्यवस्थापन पक्षको बारेमा पनि केही अनुभव बटुलेको छु । बिभिन्न परियोजना, आयोजना कार्यक्रम, संघसंस्था रहेर ब्यवस्थापकीय भुमिका, समाजिक परिचालक, सहजर्ता, समन्वयकर्ता, प्रशिक्षक, अनुसन्धान जस्ता पदमा रहेर काम गरेको छु । कार्यालय ब्यवस्थापन अभिलेख ब्यवस्थापनको साथै योजना तर्जुमा, योजना कार्यान्वयन, योजनाको अनुगमन मुल्याङ्कन पद्धतिको बारेमा पनि केही अनुभव संगालेको छु ।
४) वन सेवामा प्रवेश गरि सकेपछि सामुदायिक वनको संदर्भमा जनतासंग घुलमिल भै काम गर्दाको अनुभव के कस्तो छ ?
यो वन क्षेत्रमा अन्य क्षेत्र भन्दा फरक पाटो देखेको छु किन भने हामी प्रत्यक्ष समुदायदसंग रहेर काम गर्नु पर्ने र खुल्ला आकास मुनि रहेको सम्पत्तिको संरक्षण गर्नु पर्ने हुन्छ । स्थानिय समुदायको सहभागिता विना वन व्यवस्थापन सम्भव छैन । समुदायको परिचालनबाट मात्र वनको दिगो व्यस्थापन हुनसक्छ । समुदायको सहभागीताको खाँचो महशुस भएर नै समुदायमा आधारित वन व्यवस्थापनको थालनी भै नेपालको सामुदायिक वन पद्धतिले विश्वमा पहिचान पाएको हो । प्रत्यक्ष वन स्रोतसंग नजिक रहेका समुदायसंग सहकार्य गरेर उनीहरुकै सहभागिता, सहकार्य र समन्वयमा काम गर्नु पर्ने हुन्छ । वनको संरक्षणमा अहोरात्र खटिने वन कर्मीले पेशागत दायित्व निर्वाह गर्दा प्रचलित ऐन कानुनको पालना गर्दै कामगर्नु पर्ने हुन्छ । यसमा सरल र सहज छैन । नेपालमा २००८ सालमा हालको वन विभाग स्थापना भै वन प्रशसानीक काम र वनको संरक्षण गर्ने कार्य गर्दै शुरु गरियो । संघिय संरचना अनुसार अहिले ८४ वटा डिभिजन वन कार्यालयहरु र ५२८ वटा सबडिभिजन वन कार्यालयहरु छन् । यसमा अग्रपंक्तिमा रहेर काम हामी तल्लो तहका वन रक्षक र फरेष्टरहरुले नै संरक्षण र विकासमा समुदाय परिचलनको भुमिका निर्वाह गर्नु पर्ने हुन्छ । तुलनात्मक हिसाबले निजामती सेवाको अन्य सेवामा भन्दा वन सेवामा जोखिममा रहेर काम गर्नु पर्ने हुन्छ । सेवा प्रवाह तथा कर्तब्य पालनाको सिलसिलामा स्थानीय समुदायको सर्वोपरी हितलाई केन्द्र बिन्दुमा राखेर नेपाल सरकारको नीति नियमको पालना र कार्यान्वयन गर्नु पर्ने दायित्व हामी वन कर्मीमा भएको हुँदा समुदायको सहभागिता, समन्वय र सहयोग विना कुनै पनि कार्य सम्पादन गर्न संभावना छैन । खुला सम्पतिको संरक्षण गर्न जनसहभागिताको झनै अपरिहार्य देखिन्छ । समुदायको सहभातिा, समन्वय र सहयोग विना वन क्षेत्रको संरक्षण लागि हामी चुनौतिको सामना हामी तल्ला तहका कर्मचारीले जोखिम मोलेर गर्नु पर्ने हुन्छ । सायद समुदायको सहयोग भएको भए गणेश बहादुर शाहीले ज्यान गुमाउनु पर्ने थिएन होला । मैले वन क्षेत्रमा हासिल गरेको अनुभवमा समुदाय र वन प्रशासन बीच नङ र मासुको जस्तो सम्वन्ध रहन्छ ।

५) वन संरक्षण कर्मी भै काम गर्दा तपाईले व्यक्तिगत रुपमा कुनै समस्या र चुनौतिको सामना पनि गर्नु पर्यो कि ?
वन सेवामा सेवारत भै रहंदा र विगतको ५ वर्षमा बिभिन्न जिल्ला र मतहतको कार्यलयमा रहेर काम गर्दा केहि जोखिम नै मोलेर काम गर्नु परेको छ । कानुनी राज्यको पुर्ण पालना हुन नसक्दा र राजनैतिक दवाब भै रहंदा त्यसको शिकारमा पर्नु परेको अनुभव छ । स्वतन्त्र रुपले काम गर्न नपाएका तिता अनुभवहरु छन् र हाम्रै सहकर्मी साथीहरु गणेश बहादुर शाही र राम एकवाल यादवले जीवन नै बलिदानि गर्नु भएको छ । हामी तल्लो तहका कर्मचारी कहिले ठुलै सामना गर्नु पर्ने हुन्छ । एकतिर नीति निर्माताले बनाएका नियम कानुन लागु गर्ने क्रमम ठुलै संघर्ष गर्नु पर्छ । एक दिनको कुरा हो रसुवा जिल्लाको हाकू गाविस वार्ड नं ८ गोगने दक्षिणकाली सामुदायिक वन उपभोक्ता समुहको आम भेला राख्न म र अर्को एक जना सहायक वन अधिकृतलाई जिल्ला वन अधिकृतले खटाउनु भएकोमा स.व.अ कार्यक्रम स्थलमा नगई बीचबाटोबाट फर्कनू भएछ । आम भेलामा व्यापक छलफल भईरहेको समयमा त्यहां भएका ठुला ठालु भनिने पक्ष जो वन समितिमा रहेर वनको बर्चश्व आफ्नो नियन्त्रण राखेको थियो त्यसलाई नियम संगत संचालन गराउने छलफल चलिरहेको बेला नियममा चल्न नचाहने पक्षले काम सम्पन्न गर्ने क्रममा कार्यक्रमका विरोधिहरुबाट म माथि आक्रमण भयो । म केहि साथिहरुको सहयोग बाट बांच्न सफल भएं । अर्को पटक २०७३ मंसिर २७ मा फरेष्टर पदमा रहि दोलखा जिल्लामा कार्यरत रहेको समयमा लापिलाङ गाविस वार्ड नं ६ झरेनि सामुदायिक वन क्षेत्रमा अनाधिकृत रुपमा केवलकार निमार्ण गर्न वनको जग्गा अतिक्रमण गरि पुर्वाधार निर्माण गरिरहेकोमा तत्कालिन जिल्ला वन कार्यालयबाट अतिक्रमण हटाउन खटाएकोमा सो कामको कर्तव्य पालना गर्दा वन अतिक्रमणकारीबाट हामी माथी गरेको निकृष्ट ब्यवहारका घटनाहरु छन् ।
७) सरकारी सेवा प्रवेशको छोटो अवधीमै गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार (२०७६) प्राप्त गर्न कसरी सफल हुनु भयो ?
सर्ब प्रथम नेपाल सरकारले श्री गणेश बहादुर शाहीको नाममा उहाँले वनको संरक्षण लागि गरेको बलिदानीको सम्मान स्वरुप र वन संरक्षणकारी कर्मचारीको उच्च मनोवल गराउन पुरस्कारको स्थापना गरेकोमा म लगाएत सबै वन संरक्षणकर्मी कर्मचारीहरु कृतज्ञ छौ । यस प्रती म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । म १२ बर्ष वन अभियानकर्मी भै वन सम्वन्धी विभिन्न सञ्जाल मञ्चमा प्रतिनिधित्वमा रहेर काम गरेको त्यसैको जगबाट भनौ वा त्यहां बाट हासिल गरेको अनुभव सिकाई बाट सरकारी सेवामा प्रवेश गरी वन प्रशासनमा सेवा गरेको ५ वर्ष गरी मेरो जीवनको उर्जाशिल समय यही वन क्षेत्रमा १७ वर्ष व्यतीत गरें । राज्यले म प्रति सम्मान गरि गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार (२०७६) प्रदान गरेकोमा म नेपाल सरकार प्रति म कृतज्ञता व्यक्त गर्दछु । यसमा आफुलाई गौरबान्नित ठानेको छु । नेपाल वन सेवा प्रवेशको छाटो अवधी छोटो भए पनी मैले आफ्नो जिवनको उर्जासिल समय वन क्षेत्रमा ब्यतित गरेको छु । यस क्षेत्रमा बगाएको पसिनाले गर्दा सम्मानित हुने स्थिति सृजना भएको हो भन्ने लाग्छ । यो पुरस्कारले मलाई आगामी दिनहरुमा वन सेवामा थप जिम्मेबारीको साथ वनको संरक्षण र विकासमा लाग्न प्रेरणा मिलेको छ । मैले गरेको कामको सकारात्मक मुल्याङ्गन गर्नु हुने वन सेवाका उच्च तहमा रहनु भएका मुल्याकनकर्ता ज्यूहरु प्रति कृतज्ञता व्यक्त गर्दछु । साथै मैले यस क्षेत्रमा रहेर गरेको कामका कुराहरु गरिरहनु पर्दा म सामुदायिक वन कार्यक्रमबाट जन्मिएको अभियान्ता भएकाले वन संरक्षण र विकासको लागि वनको अभियानमा लाग्ने उपभोक्ता वर्ग, सरोकारवाला निकाय र वन कार्यालय गरी तीन ओटा निकाय बीच पुलको भुमिका निर्भाह गरें जस्तो लाग्छ । म सरकारी सेवामा प्रवेश गर्दा नै वन सम्बन्धी १२ वर्ष सम्म वन क्षेत्रमा हासिल गरेको अनुभवबाट कार्यालयको काम गर्न सहज भयो । म अहिले जहां सेवारत छु मलाई जे जिम्मेबारी दिइएको छ त्यहांको वन व्यवस्थापन सम्बन्धी, सामुदायिक वन पद्धति र कवुलियति वन व्यवस्थापन सम्बन्धी कामलाई अलिकति संस्थागत गर्न जवाफदेहि बनाउन, पारदर्शी बनाउने क्रममा सहजीकरणको भुमिका निर्वाह गरें जस्तो लाग्छ र यो बीचमा हासिल गरेका नेतृत्वदायि सीपहरुलाई समुदायसँग हस्तान्तरण गर्न वा जनता समक्ष लैजाने र कर्मचारी बीच पनि जागरण पैदा गर्ने काम गरें जस्तो लाग्छ अर्को तर्फ कार्यालयको तर्फबाट मलाई जिम्मा दिईएका कुनै पनि जिम्मेवारी वहन गर्न कहिलै पनि पछाडी परिन । दिलो ज्यान दिएर लागि पर्ने गरेको छु । यी कामहरुले गर्दा नै हुन सक्छ, मलाई गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारमा मलाई छनोट गरिएको । गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार (२०७६) मा तृतिय स्थानमा सम्मानित गरी नगद रु २५,०००÷– (अक्षरेपि ः– रु पच्चिस हजार मात्र) र प्रमाण पत्र प्रदान गर्ने वन तथा भु–संरक्षण विभाग सामुदायिक वन अध्ययन केन्द्रप्रति हृदय देखि नै आभारी छु ।
८) तपाईंले के कस्तो आरोह अवरोह पार गदै आजको यो स्थान सम्म आईपुग्नु भयो बताई दिन सक्नु हुन्छ ?
आज म जुन अवस्थामा छु यहाँ सम्म आउँदा मैले धेरै कठोर यात्रा पार गरें जस्तो लाग्छ । रु.३०० मासिक शुल्क र रु १५०० सय जति मासिक खाने बस्ने खर्चको जोहो गर्न नसकेर उच्च शिक्षालाई थाति राखेर १७ बर्षको उमेर देखि नै म गाउँमा भेटेनरी सञ्चालन गर्दै सामाजिक क्षेत्रमा सहभागी हुन्थें । घरमा बुवा आमा बृद्ध हुनुहुन्थो । आयस्रोत थिएन तापनि आफूले जानेको ज्ञान सीपलाई सदुपयोग गरेर २÷४ पैसा आम्दानी भए पछि पैसा तिरेरै भए पनि म विभिन्न किसिमका तालिम लिने, कार्यक्रममा सहभागि हुने गर्दथे । अहिले कथा लाग्न सक्छ, कम्प्युटर सिक्न पहुँच नहुँदा कुनै वेला नोकरीमा फालिनु प¥यो । त्यस दुखत क्षणको सिकाई बाट मैले आफ्नै पहलमा मैले आधारभुत शिक्षा हासिल गरेको विद्यालयमा ग्रामिण सुचना प्रविधि केन्द्र स्थापना गरी जिल्लामा नै पहिलो पटक सुचना प्रविधिको पहुँच विस्तार गर्न भुमिका खेलेको थिएं । यस्ता थुप्रै कामहरु छन् । मैले कहिलै कामलाई सानो ठुलो ठानिन । महिनाको ५०० मा प्रौढ शिक्षा पढाईन्थो त्यसमा पनी सन्तुष्टि लिने गरियो । विभिन्न कार्यक्रम, परियोजनामा काम गर्दा पनि पारिश्रमिकलाई तुलना गरेर काम गरिएन । मैले जहाँ जे काम गरें मेरो आहोदामा म जहिलै अगाडी रहें । समुदायमा काम गर्दा कैयौं दिन भोकै सुतियो, गाडि चढने पैसा नहुंदा ८० कि.मि सडक हिड्दै तुईन तरेको यादहरु मेरा आँखामा अझै तिलमिल्याई रहेका छन । मैले वन सम्वन्धि सीप सिक्ने क्रममा खप्तड स्वामिको लेक, गोर्खाको लार्केपासको यात्रा जिवनमा अविश्मरणिय छन् । नाङ्गा आँखाबाट मैले विगतमा ब्यतित गरको दैनिकी भौतिक शरीर हेरेर मात्र बुझ्न सकिदैन तर त्यसको प्रतिविम्व अहिले मैले प्राप्त गरेको पुरस्कार, मैले पाएको वन सेवाको नोकरी, लोक सेवा आयोगको परीक्षाको नतिजा प्रकाशित हुँदा वन रक्षक पदमा योग्यता क्र.नं १ तथा फरेष्टर पदको नतिजा पनि योग्यता क्र.नं १ मा नै सिफारिस भएं जसले पुस्टयाई गर्दछ कि मैले भोको पेटमा बगाएका पसिना खालि खुट्टाले हिडेका डामले सार्थकता पाएछ ।
९) तपाईंको अनुभवमा अन्य वन संरक्षण कर्मी साथीहरुलाई के कस्तो सल्लाह दिनु हुन्छ ?
वन संरक्षण कर्मी मेरा साथीहरुलाई यो भन्न चाहन्छु कि मैले अनुभव गरेका कुरा के हो भने आफ्नो पेसागत मर्यादालाई कहिलै पनि भुल्नु हुंदैन । आफ्नो पेसासंग सम्बन्धित सुचनाहरु लिने र सम्बन्धित क्षेत्रमा ती सुचनाहरु पुर्याउने काम गर्नु पर्दछ । आफ्नो पेसागत दक्षता अभिवृद्धि गर्न विभिन्न किसिमका समय सापेक्ष सीप क्षमतका तालिम लिएका कुरालाई प्रयोग गरि सक्षम बन्ने प्रयास गर्नु पर्छ । आफु पनि पेसा प्रति जहिले पनि बफादार रहनु पर्दछ । आफु भन्दा माथिको निकायसंग कर्तव्य पालनलाई एकदमै बफादार रही सम्बन्धित निकायसंग काम गर्ने र अहिलेको युग सुचना प्रविधिको भएकाले आम सुचना प्रविधिको उच्चतम सदुपयोग गरी सुचना लिने र प्रयोग गर्ने कार्यमा कहिलै पछि पर्नु हुन्न । हामीले आफ्नो आहोदामा रहेर वा आ–आफ्नो स्थानमा रहेर काम गर्नु पर्ने देख्दछु । वन क्षेत्रको संरक्षण गर्ने हाम्रो ठुलो अभिभारालाई स्वच्छ मनले कर्तव्य पालना गर्यौ भने सफल वन संरक्षण कर्मी बन्छौ । अर्को कुरा आमा भन्दा ठुलो धर्ती भनिन्छ धर्ती भन्दा ठुलो वन मानिन्छ । यो वनको संरक्षण गर्न ठुलो अभिभारा हामी माथी छ । हामीले सफा मनले यो अभिभारा पुरा गर्ने प्रण गर्नु पर्छ र वन संरक्षणको सफलता पछि बल्ल हामी व्यक्तिगत रुपमा पनि सफल हुन्छौं । मलाई लाग्छ– जीवनको लागी वन त्यसको लागि संरक्षण, संरक्षणका लागि तपाई हाम्रो योगदान ।
१०) अन्त्यमा वन कर्मीको तर्फबाट नेपाल सरकारलाई के भन्नु हुन्छ ?
नेपाल सरकारले वन क्षेत्रको अग्रदस्तामा काम गर्ने वन कर्मचारीको लागि बृत्ति विकासको लागि अवसरको सृजना गर्ने कर्मचारीहरुको सीप क्षमता विकासको लागि तालिमको ब्यवस्था तथा कर्मचारीहरुले हासिल गरेको दक्षता को मापन आर्जीत सीप परिक्षण गरी उच्च मनोबलका साथ कार्य गर्न उत्प्ररेति कार्यक्रम तथा उच्च जोखिममा पनि काम गर्नु पर्ने कर्मचारीको जीवन बिमा लगाएतका व्यवस्था वन तथा वातावरण मन्त्रालयले आफ्ना बार्षिक कार्यक्रकमा राख्नु पर्छ । गणेश बहादुर शाही संरक्षण पुरस्कारको माध्यमबाटकर्मचारीको पेशागत मर्यादा, कार्यकुशलता, लगनशिलताको प्रवद्र्धन गर्न पुरस्कार सम्बन्धि कार्यबिधिलाई परिष्कृत गर्दै धेरै जसो वन कर्मीहरुको पहुँच पु¥याउने किसिमले सुचक निर्धारण गरी पारदर्शी बिधिबाट पुरस्कृत गर्ने ब्यवस्था हुन सकेमा सुनमा सुगन्ध हुने थियो ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *