Breaking News

चौथो वन दिवस (२०७६)को अवसरमा अन्तरक्रिया कार्यक्रम

Share

“सामुदायिक वनमा नविनतम सोच ः उत्पादन, उद्यम र समृद्धिमा जोड” भन्ने नाराका साथ चौथो वन दिवस २०७६ श्रावण २४ देखि २६ सम्म विभिन्न कार्यक्रम गरि मनाइएको थियो । सो दिवसको अवसरमा आज २६ गतेका दिन वन तथा भु–संरक्षण विभागको प्रशिक्षण हलमा सामुदायिक वन अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रममा  F0rest action, Cofsun Nepal, Fecofun, NFA, REDD, Fenfit, Norms,  हेमन्ती नेपाल, सामुदायिक वन उपभोक्ताका अध्यक्ष, वन विभागका प्रमुखहरु, सेवा निवृत्त कर्मचारी अन्य वन सरोकारवालाका प्रतिनिधिहरुको बीचमा वनसंग सम्बन्धित बिषयमा अन्तरक्रिया भएको थियो । सो कार्यक्रममा बोल्दै डा. अनुपराज शर्माले सामुदायिक वनका अग्रगमनका सैद्धान्तिक ढांचाको र १० लाख भन्दा माथि आम्दानी गर्ने सामुदायिक वनले तिर्नु पर्ने करको बारेमा प्रष्ट पार्नु भएको थियो । कर्मचारी पक्षबाट सामुदायिक वन गरिब जनताको जिविको पार्जनकको बाटो भएको, सामुदायिक वन नै राज्यको करको स्रोत भएको, मानिसहरु बांच्नका लागि सम्पुर्ण स्रोत नै वन भएको र यसलाई हरतरहले बचाउनु पर्ने कुरा गरिएको थियो भने उपभोक्ताको तर्फबाट जसले वनको संरक्षण गरेको छ उसैले उपभोग गर्ने बेला वा वन पैदावार एक ठाउंबाट अर्को ठाउंमा स्थानान्तरण गर्ने बेला सरकारले विभिन्न कानुन बनाई दुख दिने काम गरेको आरोप लगाईको थियो । सङघीय सरकारको संरचना पछि कानुनको हिसाबले हेर्दा संक्रमणकालिन अवस्था रहेको तीन तहको सरकारले वनबाट लिइने कर आ–आफ्नो क्षेत्राधिकार माथि ल्याउन खोज्दा जसले स्वयंम सेवकको रुपमा काम गरि वन जोगाएको छ उसै माथि करको भारि थोपरी विभिन्न बाहनामा पैसा असुल्ने काम भएको र जनतालाई परनिर्भर हुन बाध्य पारिएको छ भनिएको थियो । बाबु बाजेहरु नेपालकै वनको स्रोत प्रयोग गरि घर गोठ बनाउंथे तर अहिले सामुदयिक वन फस्टाउन सफल भएको देश भनिएको छ तर काठ देश बाहिर बाट ल्याइएको छ रेडिमेड फर्निचर्स बाहिर बाट ल्याइएको छ । सामुदायिक वनमा रुख ढलेर कुहिएका छन् प्रयोग गर्न कानुन बाधक बनाईएको छ । पहिले गाउंमा वन कम थियो मानिसहरु बढि थिए तर अहिले वन बढि छ मानिस कम छन् र मानिस शहरिया मुखि भएका छन् आफ्नो पहिचान बिर्सेका छन् परनिर्भर बनाएको छ । आफ्नो खेतबारीको काठ प्रयोग गर्न टाढा लैजान कानुन झन्झटिलो बनाइएको छ । महंगो काठ किन्न बाध्य परिएको छ भनेर स्रोताहरुबाट दुःख ब्यक्त गरिएको थियो । लोभिमनहरुले भोका पेटहरुमा राजनीति गररिहेका छन् भनेर आफ्ना दुख र पिडाहरु पोखिएको थियो ।

नवराज ज्ञवाली
सह–सम्पादक (वन संचार)

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *