Breaking News

उत्तरदायि नागरिक र संमृद्ध राष्ट्र निर्माणमा निजिवनको भुमिका

Share

बिष्णु प्रसाद ज्ञवाली , bishnugyawali@gmail.com

निजिवनको अवधारणा ः संमृद्धिका लागि नागरिकको चेतना र माग
घर अगाडि तुल्सिको विरुवा रोप्ने , शनिवार पिपलको वोटमा जल चढाउने, सार्वजनिक वाटोमा वर पिपलको रुख रोपेर चौपारि निर्माण गर्ने , करेसा वारिमा फलफुलका रुख रोप्ने र घरवारिका कान्लामा डाँलेघासका रुख रोप्ने अनि खरवारिमा घाँस र रुखका विरुवा हुर्काउने नेपाली समाजको आपनै सस्कृति र संस्कार रहि आएको छ । नेपाली समाजको यो सस्कृतिले हरेक ब्याक्तिलाई वन सँग अन्योन्याश्रित सम्वन्ध विकसित गरेर अगाडि बढन सिकाएको छ , दिशा निर्देश गरि रहेको छ । वन र ब्याक्ति विचको अन्योन्याश्रित वैयक्तिक सम्वन्धले हरेक मानिसलाई जिम्मेवार र जवाफदेहि हुन वन्न अवसर र प्रेरणा दिइ रहेको हुन्छ । विविध ढाँचा र स्वरुपमा वन सँग ब्याक्तिको निजि वैयक्तिक सम्वन्ध जोडिएको हुन्छ र यहि ब्याक्तिको निजि वैयक्तिक सम्वन्धको सस्थागत आधार नै निजिवन हो । निजि वनको अवधारणाले मानिसलाई वैयक्तिक रुपमा वन सँग कसरि जोडिने र वन सँगको सम्वन्धवाट मानविय सम्वन्धलाई कसरि स्वस्थ, सुरक्षित र संमृद्ध वनाउन सकिन्छ भन्ने मार्ग निर्देश गरिरहेको हुन्छ । मानिसलाई स्वास्थ्य प्रति जिम्मेवार वनाउन हरेक ब्याक्तिलाई तुल्सिको विरुवा रोप्न सिकाउने सस्कृति होस अथवा ब्याक्तिगत आस्थाको जगेर्नाका लागि पिपलमा जलसिंचन गर्ने सस्कृति नै किन नहोस अथवा खाद्य सुरक्षा र भुमिको उर्वर क्षमता जोगाई राख्न बारि कान्लामा रुख रोप्ने कृषि वन प्रणालि नै किन नहोस अथवा चरण र आवासका लागि खरवारिमा रुख रोप्ने अभ्यास नै किन नहोस वा सार्वजनिक वाटो छेउ वर पिपल रोपेर सार्वजनिक उत्तरदायित्व निर्वाह गर्ने परस्परा नै किन नहोस यी सवै वैयक्तिक (निजि) रुपमा वन सग जोडिएका सम्वन्धहरु हुन जस्ले निजिवनको बहुआयामिक पक्ष र सम्वन्धलाई उजागार गर्दछ । तसर्थ निजिवनको अवधारणाले ब्याक्ति र वन विचको सघन सम्वन्धलाई बढावा दिई मानव समाजलाई स्वस्थ, सुरक्षित र संमृद्ध वनाउदै समाजिक जिम्मेवारि र जवाफदेहिता बहन गर्ने सस्कार को पनि प्रत्याभूत गराईरहेको हुन्छ । त्यसैले निजिवनको अवधारणालाई भौतिक रुपमा देखिने रुख र त्यसको स्वामित्वको आधारमा परिभाषित नगरि ब्यापक र समष्टिगत रुपमा सामाजिक संमृद्धिका लागि नागरिकको चेतना र मागको रुपमा विकसित भएको जिम्मेवार र जवाफदेहि सामाजिक र आर्थिक सस्कृति निर्माण गर्ने सस्थाको रुपमा हेरिनु पर्छ , बुझिनु पर्छ र तदनुरुप ब्यवहार गरिनु पर्छ ।
निजिवनको सामाजिकिकरण ः सामुदायिक वन विकासको आधार
निजिवनको अवधारणाले ब्याक्तिलाई वनसँगको अन्तरसम्वन्धवाट विमुख हुन वाट रोक्यो र वन को महत्व , आवश्यकता र योगदानलाई सामाजिक रुपमा स्थापित गरिदियो फलत सामाजिक अन्तर सम्वन्ध र अन्तरक्रियामा वनले स्थान प्राप्त गरयो । निजिवन वाट प्राप्त हुन पुगेका र हुने उपलब्धिहरुको सामाजिकिकरण का कारण वन सामाजिक चासोको विषय हुन पुग्यो । थप वैयक्तिक सुरक्षा र संमृद्धिका लागि बैयक्तिक नियन्त्रण वाहिरका क्षेत्रमा पनि वनको संरक्षण र विकासको बहस र आवश्यकता खटकियो जस्ले वैयक्तिक नियन्त्रण बाहिरको क्षेत्रमा सामाजिक नियन्त्रण हुने गरि वनको स्थापना र विकास गर्न मानिसहरुलाई अभिप्रेरित गरयो र मानिसहरुले वन सँगको वैयक्तिक सम्वन्धको लाभलाई बढावा दिन वनसँगको सामाजिक सम्वन्ध पनि विकास र विस्तार गर्न पुगे । वन सँगको सामाजिक सम्वन्धले मानिसहरु थप लाभान्वित भएको महसुस गरे अनुरुप यसलाई निरन्तरता दिन पुगे ।फलतः निजिवनको अवधारणाको सामाजिकिकरणले सामुदायिक वन को अवधारणा जन्मिन पुग्यो । सामुदायिक वनको अवधारणाले मानविय आवश्यकताहरुलाई ब्यवहारिक रुपमै संवोधन गर्न सफल भएकाले छुट्टै पहिचान र भुमिकाका साथ सामुदायिक वन पनि सस्थागत रुपमा विकसित हुन पुग्यो । निजिवनको सामाजिकिकरण वाट विकसित हुन पुगेको सामुदायिक वनको यहि अवधारणागत विकास क्रम लाई आत्मसात गर्दे वन विकास गुरुयोजना २०४६ ले निजि वन र सामुदायिक वन लाई समान प्राथमिकता दिएको हो ।
निजिवन विकासको प्रतिफल ः वन उद्यमको विकास र रोजगारि
निजिवनको अवधारणाले वनलाई मानिसको वैयक्तिक उपयोग र सुरक्षाको अवयवको रुपमा आत्मीकरण गर्न प्रश्रय र प्रोत्साहन दियो । मानिस स्वभावैले असन्तुष्ट र लोभि हुन्छ अतः थप उपयोग र सुरक्षाका लालसामा मानिसले वनको वैयक्तिक उपयोग र सुरक्षाका सम्वन्धमा थुप्रै खोज र अनुसन्धानका कार्यहरु गर्न पुगे जस्ले वनस्रोत र यसको उत्पादनवाट अधिकतम मानविय उपयोग र सुरक्षाका वस्तु र सेवाहरुको निर्माण हुन पुग्यो । वन स्रोत र यसको उत्पादनवाट निर्मित वस्तु र सेवाहरुले मानिसका सामाजिक आवश्यकता र आकांक्षाहरुलाई पुरागर्न समर्थ भएकाले यस्ता वस्तु तथा सेवाहरुको माग वढन गयो र ब्यवसायिक रुपमा उत्पादन र वितरणको प्रकृया प्रारम्भ भै उद्यमकोरुप लिन पुग्यो । यसरि निजिवनको अवधारणाले मानिसका वैयक्तिक आवश्यकताहरु पुरागर्ने वन स्रोत लाई उद्यमको रुपमा विकसित गराउन अभिप्रेरित गरयो र मानविय आवश्यकताहरु पुरागर्न सामाजिक रुपमा वनमा आधारित उद्यमहरु स्थापना र संचालन हुन पुगे । यसवाट मानिसको वन स्रोत सँगको वैयक्तिक सम्वन्ध औद्योगिक सम्वन्धको रुपमा समेत रुपान्तरण हुन पुगेको छ । वन सँगको वैयक्तिक सम्वन्ध औद्योगिक सम्वन्धमा विकसित भए सँगै निजिवनको अवधारणामा समेत ब्यापकता आई वन उद्यमको सस्थागत र ब्यवसायिक विकास हुन पुगेको छ । यसवाट मानविय समाजले आय र रोजगारि प्राप्त गर्न सफल भएको छ । वन उद्यमको स्थापना र विकासले निजिवन प्रतिको आकर्षण र भुमिका दिन प्रतिदिन बढदै गएको छ । औद्योगिक ब्यवसाय ऐन २०७३ ले निजिवन तथा सामुदायिक वन लाई उद्योगको रुपमा परिभाषित गरि मान्यता दिनु र वन ऐन २०७६ले पहिलो पटक प्रस्तावना मै निजिवन समेतको विकास र प्रवद्र्धन वाट संमृद्धि हासिल गर्ने उल्लेख गरेवाट निजिवन विकासको प्रतिफल स्वरुप संमृद्धिका लागि वन उद्यम विकास हुन पुगेको पुष्टि हुन जान्छ ।
निजिवन प्रतिको आकर्षण ः उत्पादन र उत्पादकत्व बृद्धि र राष्ट्रिय संमृद्धिमा योगदान
वन सँग मानिसको वैयक्तिक सम्वन्ध औद्योगिक सम्वन्धमा रुपान्तरण भए सँगै विकसित वन उद्यमको अवधारणाले निजिवन प्रति झन आकर्षण वढन पुगेको छ । वन सँग मानिसको औद्योगिक सम्वन्धको विकास र विस्तारले मानिसका असन्तुष्टि र लोभलाई पुरा गर्न स्वाभाविक रुपमा वनको उत्पादन र उत्पादकत्व बृद्धिको माग बढाएको छ । वनको उत्पादन र उत्पादकत्व बृद्धिको मागलाई संवोधन गर्न वैयक्तिक सम्वन्धको रुपमा रहेको वन र मानिसको परम्परागत सम्वन्ध र सस्कृतिमा पनि स्वभाविक रुपले जब्बरजस्त परिवर्तन ल्याएको छ । फलतः स्वास्थ्य उपयोगका लागि घर अगाडि मैरोमा तुल्सी रोप्ने सस्कृति रुपान्तरण भै खेतवारि भरि तुल्सि रोप्ने प्रचलन शुरु भएको छ , खेतबारिको कान्लामा रुख रोप्ने सस्कृति रुपान्तरण भै कृषि वालि सँगै खेतवारिकै विचमा रुख रोप्ने कृषिवन प्रणालि विकसित भएको छ । वर्षे वालीको रुपमा खाद्यवाली मात्र लगाई खेती गर्ने प्रचलन लाई दश विस वर्षे वालीको रुपमा रुख लगाउने प्रचलनले विस्थापित गरिदिदै छ । तुलनात्मक लाभको आधारमा वर्षे वाली लाई निजिवन वालीले विस्थापित गर्देछ । वन सँगको औद्योगिक सम्वन्धको विकासले निजिवनलाई मात्र आकर्षित नगरि सामुदायिक वनलाई समेत उत्पादन र उत्पादकत्व बृद्धि गर्न दवाव दिईरहेको छ । बैज्ञानिक वन ब्यवस्थापन पद्धति लागू गरेर वनजन्य वस्तु काठको उत्पादन बृद्धि गर्न अथवा पर्यापर्यटकिय क्रियाकलाप संचालन गरि वनजन्य सेवाको उत्पादन बढाउन सामुदायिक वनहरुलाई दवाव परेको छ । अतः निजिवनका माध्यमले विकसित भएको वन सँगको औद्योगिक सँवन्धले वनको उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान पुग्न गएको छ ।यसवाट अन्तत संमृद्ध राष्ट्र निर्माणमा योगदान पुग्न जान्छ ।
निजिवनको योगदानः उत्तरदायि नागरिक,संमृद्ध राष्ट्र
निजिवनको अवधारणाले प्रारम्भमा ब्याक्तिको वैयक्तिक ,सास्कृतिक र आर्थिक आवश्यकता परिपुर्तिका लागि मात्र वन स्रोतलाई मानविय उपयोगको स्रोतको रुपमा विकसित गर्नमा योगदान दिएको पाइन्छ । निजिवनको प्रारम्भिक अवधारणाले मानिसलाई आफु स्वंय र समाजप्रति सामाजिक र सास्कृतिक रुपमा जिम्मेवार र जवाफदेहि वनाउने सस्कृति निर्माणमा योगदान पुग्न गएको देखिन्छ । वन स्रोत र मानिस विचको वैयक्तिक सम्वन्ध औद्योगिक सम्वन्धमा रुपान्तरण भए पश्चात यसले वन स्रोतको उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुरयाई वन उद्यम विकासका माध्यमले संमृद्ध राष्ट्र निर्माणमा योगदान पुग्न गएको छ । निजिवन विकासको उपरोक्त अवधारणागत विकासलाई आत्मसात गर्दा निजिवन सामाजिक उत्तरदायित्व जवाफदेहिता र संमृद्धिको साध्य र साधनको रुपमा रहेको देखिन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *