Breaking News
हाम्रो बारेमा

विश्व ब्यापि रुपमा वन क्षेत्रले  विकासोन्मुख मुलुकका दुई तिहाइ ठुला शहरहरु मा स्वच्छ पानीको आपुर्ति  गरेको  छ भने यिनै मुलुकका करिव ८०% मानिसहरु वन वाट प्राप्त हुने औषधिमा निर्भर रहेका देखिन्छन । वर्षेनी एक करोड तीस लाख हेक्टर वन विश्वब्यापि रुपमा विनाश भैरहदा विश्वका तीन चौथाइ मानिसको स्वच्छ पानीको श्रोत संकटमा परेको छ भने  विश्व ब्यापी हरित ग्यास उत्सर्जन विस प्रतिशतले वढन पुगेको छ ।  त्यसरि नै नेपालमा ७० % प्रत्यक्ष उर्जा को श्रोत रहेको  वन क्षेत्र वार्षिक १.७ प्रतिशतका दरले विनाश  हुदै जादाँ न्युनतम ४०% वन क्षेत्र कायम गर्ने घोषित राष्ट्रिय नीती ले कठिन चुनौति ब्यहोर्नु परेको छ । देशमा भित्रिने करिव ८० % पर्यटकको आकर्षण र जैविक विविधताको केन्द्र रहेका राष्ट्रिय निकुञ्ज तथा जलचक्रको निरन्तरताका लागि भौगर्मिक तथा पारिस्थितिकिय रुपले संवेदनशील चुरे क्षेत्रको संरक्षण गर्दै  एकातर्फ राष्ट्रले संरक्षण को दायित्व निर्वाह गर्नु पर्ने छ भने अर्कातर्फ  चुरेमा बसोवास गर्ने करिव डेढ करोड  र सिगो जनसंख्याको जिविकोपार्जनको आकाक्षासँग जोडिएका भौतिक पुर्वाधार विकास सगै वार्षिक करिव ११ करोड ५७ लाख घ.फि. काठको  माग पुरा गर्नुपर्ने जवाफदेहिता पनि राज्य माथि नै रहेको छ। हालै मात्र भुकम्पका कारण श्रृजित विपत्ति वाट पार पाउन जल, जमिन, जंगल र मानिसको समुचित संम्मिलन गराउनु पर्ने थप चुनौति पनि राष्ट्र सामु देखापरेको छ। यिनै राष्ट्रिय अन्तराष्ट्रिय चुनौतिहरुलाई सामना गर्ने अभियानकै रुपमा अन्तराष्ट्रिय जैविक विविधता दशक ( इ.स.२०११–२०१० )संयुक्त राष्ट्र संघ वाट र राष्ट्रिय वन दशक ( वि.स. २०७१–२०८०) नेपाल सरकार वाट घोषणा भएका छन । यिनै राष्ट्रिय अन्तराष्ट्रिय प्रयासहरुलाई आम नागरिक र सरोकावालाहरु समक्ष पुराई संरक्षणका लागि गरिएका सवै प्रयासहरुमा सवै सरोकारवालाहरुकोे स्वामित्व, चासो , चिन्ता ,सहभागिता र सकारात्मक योगदान जुटाउन नेपालको वन क्षेत्रनै नेपालको बिकास र समृद्धिको आधार र संवाहक हो भन्ने अभियानको नेतृत्व गरिरहेको ग्रीन ग्रोथ नेपाल प्रा.लि. को सरोकारवाला संघ सस्थाहरु निजिवन सरोकारवाला महासंघ , नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ ,वन वातावरण श्रमिक संघ र अनुसन्धान तथा पुननिर्माण संघ को साथ र  सहभागितामा नेपालको तुलनात्मक लाभ रहेको हरित वृद्धि मा आधारित बिकाश र समृद्धि लाई पुनर्जागृत गर्न निम्न दुरदृष्टि, लक्ष्य , ध्येय र उद्धेश्यका साथ वन संचार पत्रिका online र छापामा   आएको हो |

 

दुरदृष्टि :               स्वास्थ्य र संमृद्धि का लागि वन

लक्ष्य :                वन संचार ,  जोडौ घर देखि संसार

ध्येय :                जल,जमिन,जंगल र मानिसको समुचित संम्मिलन

वन दशकमा स्वस्थ, सुरक्षित र संमृद्ध नेपालको पुर्नजागरण

पत्रिकाको प्रकृति : 

हरित वृद्धि का लागि नीतीगत पृष्ठ पोषण , जनचेतना विकास ,प्रबिधि हस्तातरण र हरित बजार (GREEN MARKET) विकास  का लागि खोज तथा अनुसन्धान मुलक सूचना जानकारी संचार गर्ने

उद्धेश्यः

  •  राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त क्षेत्रको रुपमा वन क्षेत्र र वनश्रोत मा सवै नेपालीको पहुँच पुराइ नेपाली जनताको सुस्वास्थ्य र समृद्धिको मुल आधार वनाउन अनुकुल वातावरण वनाउने
  •  वन श्रोत र यसवाट प्राप्त हुने स्थानीय ,राष्ट्रिय र विश्वब्यापी लाभमा सवै नेपालीको पहुच, चासो, सरोकार र योगदान जुटाउन जनचेतना तथा खोजमुलक तथ्य तथ्यांक र सुचनाहरु संकलन र संप्रेषण गरी पैरवी गर्ने
  •  वनश्रोत को ब्यवस्थापन र उपयोग का आन्तरिक तथा वाह्य सम्वन्धगत नीती तथा कार्यक्रमको समिक्षा गरी पृष्ठ पोषण उपलब्ध गराउने
  •   हरित बृद्धि मा आधारित अर्थतन्त्र , ब्यवहारिक प्रविधि र अनुसन्धान को प्रचार प्रसार गर्ने
harihar
संरक्षक डा.हरिहर अर्याल सस्कृतविद

                                     

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन bishnugyawali@gmail.com
सम्पादक बिष्णु प्रसाद ज्ञवाली ,
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com (वन, वातावरण, व्यवस्थापन ,कानुन तथा समाजशास्त्रि)
सह सम्पादक नवराज ज्ञवाली ,
एम एड, (वातावरण शिक्षा तथा दिगो विकास कार्यक्रम )

प्रवर्धक :                                                    निजी वन सरोकारवाला महासंघ, काठमाण्डौं ,     नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ,   फरेस्ट टेक्निसियनस एसोसियसनस अफ नेपाल ( नेफ्टा )(NEFTA )

प्रकाशक :                                                   ग्रीन गोथ नेपाल प्रा.लि.

विषयगत खोज तथा बजार अनुसंधान :      अनुसंन्धान तथा पुनःनिर्माण संघ, नेपाल

वितरण ब्यवस्थापन :                                 वन वातावरण श्रमिक संघ,नेपाल