
साउन १४ ,कपिलवस्तु
कालिका सामुदायिक वन पटना,कपिलवस्तुमा ७७ घरधुरीले वन अतिक्रमण गरि साल वन भित्र गर्दै आएको सामुहिक खेति बन्द गरि CDO, SP, DSP,CFM संयोजक, ७७ घरधुरीका उ.समुहले मिलेर आज ३.५ हेक्टर क्षेत्रमा plantation गरेकोमा सरोकारवाला सवैलाई जिल्ला बन कार्यालय कपिलवस्तु का जि.ब.अ .श्री राकेश कर्ण ले धन्यवाद ज्ञापन गर्नु भएको छ .सामुदायिक बन उपभोक्ता समुह ले बन अतिक्रमण हटाउन गरेको पहल र सक्रियता अरु समुहलाई पनि सिकाई योग्य भएको र जिल्ला बन कार्यालयले बन अतिक्रमण हटाउने काम लाइ निरन्तरता दिने भन्दैयस काममा प्रशाशन र सुरक्षा निकायको प्रतिबद्दता र सहयोग अनिबार्य हुनु पर्ने कुरामा उहा जोड दिनु हुन्छ. प्रजातान्त्रिक बन प्राबिधिक संघ का सचिब श्याम शर्मा ले अतिक्रमन हटाउने कार्य राम्रो शुरुवात भएको तर राजनीतक र गृह प्रशाशनले जिल्ला बन कार्यालय ले अपेक्षा गरे अनुरुप सहयोग उपलब्ध गराउन नसकेको ,अनिच्छुक रहेको ले हरेक जिल्लाको पुरा अतिक्रमण उठाउने काम सम्पन्न हुने मा संका व्यक्त गर्दै गतिमा जानेहो भने देशको लगभग १ लाख हे खाली गर्न १००० का दरले १०० बर्ष लाग्ने र सरकारको अतिक्रमण रणनीति फेल हुने सम्भावना छ देख्नुहुन्छ . यसका लागि गृह प्रशाशन काम को मुल्यांकन को आधार बन अतिक्रमण उठाउने पनि तोकिनु पर्ने हुनु पर्छ अनि मात्र हरेक जिल्लाको पुरा अतिक्रमण हटाउन सहयोग जुट्न सम्भव हुने ठान्नु हुन्छ . नेतृत्व बर्ग बाट जुन उत्साहका साथ् रणनीति ल्याईएको थियो तेस अनुरुप कार्यस्थल मा उत्साह र सहयोग पुर्याउन नेतृत्व सफल हुन् नसकेको पनि उहाको ठम्याई रहेको छ .बन दसक ले बन अतिकर्मन हटाउन मा सफलता प्राप्त गरोस हाम्रो शुभकामना