Breaking News

बन बिभाग मा नया महा निर्देशक

भाद्र २८, काठमाडौं
बन बिभाग मा नब नियुक्त महा निर्देशक मा रेशम बहादुर डाँगी ले आज पदभार ग्रहण गर्नु भएको छ |  बन क्षेत्रमा बनको आर्थिक पाटो मा दक्खल राख्ने भनेर चिनिनु भएका महा निर्देशक डाँगी ले अर्थ बिज्ञ कै रुपमा पहिचान बनाउनु भएका बन मन्त्रि  महेश आचार्य को विश्वास प्राप्त गर्नुले बन क्षेत्रलाइ आर्थिक समृधि को बाहक बनाउन चाहेको बुझिन्छ र बन नीति २०७१ पनि तेतै तर्फ निर्देशित छ | बन मा निजि क्षेत्रको सहभागिता र बन उद्यम विकास का लागि सहज ,छिटो छरितो , पारदर्शी र पूर्वानुमान योग्य निर्णय हुनु पर्ने बन उद्यमी हरुको भनाइ र बन विभागको गराई बीच कत्तिको तालमेल मिल्छ त्यो हेर्न भने केहि समय पर्खिनु नै पर्ने छ |वन तथा भू संरक्षण मन्त्रालय को पदभार माननीय मन्त्रि महेश आचार्य ले ग्रहण गरे पश्चात घोसणा भएका चुरे संरक्षन क्षेत्र को ब्यबस्थापन, बन दसक अभियान२०७१ -२०८० को सबल नेतृत्व र नया बन नीति २०७१ लाइ संगठन र कार्यक्रम मा प्रत्याभूत गर्ने कार्य तत्काल देखिने गरि गर्नुपर्ने नविनतम बाह्य चुनौतीहरु महा निर्देशक रेशम बहादुर डाँगी समक्ष रहेको छ |

नब नियुक्त माहानिर्देशक रेशम बहादुर डाँगी
नब नियुक्त माहानिर्देशक रेशम बहादुर डाँगी

नब नियुक्त बन विभागका महानिर्देशक ले सांगठानिक संरचना , बैज्ञानिक बन ब्यबस्थापन , बन सिमांकन , अतिक्रमण नियन्त्रण , निजि बन , ब्यबसायिक कबुलियती बन बिकाश मा जोड दिनु पर्ने , सूचना प्रवाह र सूचना मा आधारित पुर्बानुमान योग्य निर्णय गर्नु पर्ने , समुहगत कार्य गर्ने , बन विभागको कार्य क्षेत्र बढाउनु पर्ने , राजस्व बढाउनु पर्ने जस्ता बिषयमा ध्यान दिनु पर्ने सुझाब अनुभबी जिल्ला बन अधिकृत हरुले दिनु भएको छ भने पेशागत संघ सस्था मा क्रियासिल बन प्राबिधिक हरुले पेशागत संघ सस्थासँग उनीहरुको औपचारिक धारणा माग गरि उपयुक्त कार्यबताबरण बनाउन सुझाव दिएका छन् |बन पेशामा भर्खर प्रवेस गरेका युवा वन प्राबिधिक हरुले भने सांगठानिक सुधार , नविनतम कार्य , क्षमता अभिब्रिधि ,ब्यबसयाजन्य स्वास्थ्य र सुरक्षा ,कार्य सम्पादनमा आधारित मुल्यांकन प्रणाली ,कर्मचारी ब्यबस्थापन ,असल कार्य अभ्यास , ब्यबस्थापकीय क्षमता वृद्धि , नबप्रबेसिलाई ३-६ महिनाको तालिम , जिल्ल्ला स्तरमा पुरस्कारको व्यवस्था, तालिम केन्द्रमा राम्रो पुस्तकालय,आदेश को एकता प्रणालीगत आधारमा ,समसामयिक बिसय र नविनतम कार्यका बारे सहभागितात्मक बौद्धिक कार्य समुह को स्थापना जस्ता बिसयमा ध्यान दिनु पर्ने सुझाब दियका छन् .
संबिधान बन्ने सुनिस्चितता भएको र बन मन्त्रालयले बन दसकका माध्यमले राष्ट्रिय समृधि का लागि पुनर्जागरण को अभियान को सुरुवात गरेको अबस्थामा रास्ट्रको ग्राहस्थ उत्पादनमा बन क्षेत्रले स्पस्ट संग देखिने गरि योगदान गरेको देखाउन पाउनु ,सक्नु नवनियुक्त वन विभागका महानिर्देशक रेशम बहादुर डाँगी को लागि व्यक्तिगत तथा सस्थागत अबसर र चुनौती रहेको सरोकारवालाहरुको बुझाई रहेको छ . चुनौती सामना गर्न सफलता मिलोस , बन संचारको साथ .शुभकामना र बधाई

नब नियुक्त माहानिर्देशक लाइ बन विभागमा स्वागत गर्दै
नब नियुक्त माहानिर्देशक लाइ बन विभागमा स्वागत गर्दै

20150914_143655

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *