Breaking News

बनमारा अब जैविक उर्जा को रुपमा प्रयोगमा आउदै

२९ भदौ, हेटौंडा

banmaraवनसंचार सम्वाददाता

नेपालमा उर्जा संकट दिनप्रतिदिन बढदै गैरहेको र बनको हैसियत विभीन्न कारणले खस्किदै गैरहेको छ । नेपालमा बैकल्पीक उर्जाको अभावको कारणले उर्जाको श्रोतको रुपमा नेपालमा बाध्य भएर विदेशमा भर पर्नुपर्ने भएको छ । ठुला तथा मझौला उद्योगहरुमा अहिले पनि ईन्धनको रुपमा दाउराको प्रयोग अत्यधिक भैरहेको छ जसले गर्दा बनमा प्रत्यक्ष अप्रत्यक्ष असरहरु गरिरहेकै छ । यसरी बनको हैसीयतमा पनि सुधार आउने र स्थानिय स्तरमापनि रोजगारिको श्रृजनाहुने र औधोगीक प्रयोजनको लागी पनि प्रयोग गर्न सकिने चारकोल व्यवसाय सम्बन्धि कार्यक्रम अहिले मकवानपुर जिल्ला लगायत नेपालको १६ वटा जिल्लाहरुमा जैविकउर्जा परियोजना संचालनमा आएको छ ।

यूरोपीयन यूनियनको आर्थिक सहयोगमा हेल्भेटास स्वीस ईन्टरकोअपरेशनको नेतृत्व साथै आइ यू सि यन, स्टारिक नेपाल, एन्साब  र वीनरक ईन्टरनेशनलको साझेदारीमा नेपालमा हाल १६ जिल्लामा जैविकउर्जा परियोजना लागु भएको छ । बनमा खेर गएकाहागाविगा र बनमारा जस्ता मिचाहा झाडी प्रजातिहरुको प्रयोग गरि चारकोल बनाइ वनको हैसियत सुधारको साथसाथै आर्थिक लाभ लिन सकिने परियोजनाको बन प्राविधिक संयोग बस्नेत ले जानकारी गराउनु भएको थियो । मकवानपुर जिल्लाको हेटौडा बजारमा अवस्थित काठमाण्डौ फास्ट फुड रेष्टुरेन्टमा जैविकउर्जा परियोजनाको सहयोग तथा कुशल व्यावसाय परामर्श तथा तालिम केन्द्रको आयोजनामा उक्त हागा विंगा तथा बनमाराबाट बनेको चारकोल तथा पेलेट कोइलाको प्रयोग प्रर्दशनी गरिएको थियो ।उक्त कोइलाको प्रयोग गरि तन्दुरी नान, रोटी र सेकुवा पकाइएको थियो । उक्त कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यावसायी, सामुदायीक बनका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधी, पत्रकारहरु,चारकोल सम्बन्धी कामगर्ने चारकोल सप्लाएर तथा चारकोल उद्यमीहरु र परियोजनाको प्रतिनिधीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संचालन कुशल संस्थाको माधवपौडेलले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा कुशल संस्थाको बारेमा संस्थाको कार्यकारी निर्देशक सरोज कोइराला ले बताउनु भएको थियो । बनमारा तथा हागाविंगा बाट बनेको चारकोलको उत्पादन प्रक्रिया, प्रविधी र बजारिकरणको बारेमा जैवीकउर्जा परियोजनाको बजार अधिकृत मनोज कुमार थापाले जानकारी गराउनु भएको थियो । थापाले परियोजनाको हेटौडा कलस्टर अन्र्तगत चितवन, मकवानपुर, बारा, रौतहट र सर्लाहीमा गरेर बार्षिकरुपमा ११०० टन कोइलाको खपत भैरहेकोवताउनुभयो । उक्त कोइला हाल तन्दुरी भट्टी, सेकुवाकर्नर, धुपउद्योग, फलामको औजार तथा भाडा बनाउने जस्ता व्यावसायहरुमा चारकोलको खपत भैरहेको छ । यसरी बनमारा लगायतखेर गएका हागाविगा बाट चारकोल बनाइ राम्रो आम्दानी हुने हुदा स्थानिय स्तरमा रोजागारीमा टेवापुग्नुको साथै बनको हैसीयतमा सुधार आउने देखिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *