Breaking News

नेपालको संविधान २०७२ :कालो बादलमा चादीँको घेरा

2072 asoj 3 5-45.12072 asoj 3 5-45sinamangal asoj 3

 

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन

आज असोज ३ गते, नेपाल सरकारले नेपालको संविधान २०७२ आज साँझ ५ वजे जारि गर्ने खुशीयालीमा देशभर सार्वजनिक विदा को घोषणा गरेको छ । तीन ठुला दल, नेपाली काग्रेस, ने.क.पा. ((एमाले) र एनेकपा(माओवादी) जस्ले सत्ता र प्रतिपक्षको प्रतिनिधित्व गर्छन संविधान सभामा एक भएर नेपालको संविधान २०७२ संविधान सभावाट दुई तिहाईभन्दा वढि बहुमतले पारित गराई आज विशेष समारोहका विच राष्ट्रपति वाट घोषणा गराई संविधान घोषणा उत्सव मनाउन हिजो साभ्m अवेर पत्रकार सम्मेलन गरि संयुक्तरुपमा आवहान गरेका छन । २०४६ को जन आन्दोलन , ०६१को आन्दोलन मा  भन्दा वढि मानिसको मृत्यु भैसक्दा पनि हाम्रो माग सुनिएन भनेर मधेशमा आन्दोलन र विरोध भै घोषणा हुन लागेको संविधान जलाउछौ, मान्दैनौ भनी तराई मधेश र थरुहटमा आन्दोलन चलीरहेको पृष्ठभुमिलाई समेत मध्य नजर गर्दे नेपालको संविधान २०७२ को घोषणा गरि उत्सव मनाउन पत्रकार सम्मेलन मार्फत संयुक्तरुपमा आवहान गरिनुले संविधान सहमतिको राजनैतिक दस्तावेज हो भन्ने मान्न , स्वीकार्न, बुझन, बुझाउन नसकिएको अवस्थामा हामी छौ भन्ने यथार्थ हामीले स्वीकार्ने पर्छ।

 

आपनै जीवनका अनुभववाट मात्रै सिक्ने हो भने मानिसका लागि २००० वर्षको आयु भए पनि अपुग हुन्छ भन्ने चाणक्य नीती पुर्वीय दर्शनमा छ भन्ने ज्ञान पुर्विय सस्कृतिमा हुर्किय पनि हामीले ब्याक्ति र राष्ट्रको जीवनमा अंगीकार गर्न सकेनौ । घोषणा हुन लागेको नयाँ संविधान र भर्खर हिजो साभ्m अवेर पत्रकार सम्मेलन गरि संयुक्तरुपमा आवहान गरिएको प्रेस वक्तब्यले पनि हिजोको हाम्रो इतिहासलाई संझन सकेन , चाहेन , हाम्रो इतिहासका सिकाइहरु हम्रा पुँजीहरु हुन भन्ने तथ्य वोध नै हुन सकेन , केवल तथ्य वोध भए त आपनै जीवनमा आफुले जे गरे, चाहे ब्याक्तिगत जीवन होस वा पार्टिको जीवन, त्यसैवाट मात्र सिक्ने प्रयत्न गरे, केवल आपनो  संघर्षको कथा मात्र पढे , लेखे लेखाए, सिंगो र समग्र नेपालको कथा ब्यथा पढनै खोजेनन, चाहेनन, जानेनन, केवल आपना पिडा मात्र  पढे , आफुले देखेको जानेको आँखाले मात्र हेरे । गोपाल वंश, किरातवंश, लिच्छवीवंश, मल्लकाल, शाहकाल, राणाकाल का सामाजिक ,आर्थिक, सास्कृतिक विकास क्रम र त्यसका प्रभावहरुले निर्माण भएको नेपाली मुल्य,मान्यता, सस्कृति र पहिचान लाई छुटटै नेपाल राज्य स्थापना भए झै गरि संविधान निर्माण गर्दा हेरियो, आर्थिक सामाजिक राजनैतिक उदविकास लाई उदभवको आखाँले हेरियो र भौगोलिक रुपमा उठेका आवाजहरुलाई शासकिय चिन्तन र नेतृत्वका नजरले नजरअन्दाज गरियो र गरिदै छ । राजनैतिक आन्दोलनले ल्याउने सामाजिक परिवर्तनलाई , परिवर्तन को चाहनालाई राजनैतिक शासकिय आँखाले मात्र हेर्न खोज्दा समाजिक सास्कृतिक आत्मिकिकरण वाट राज्य राष्ट्र वन्न लागेको संवेदनशील क्षणलाई  यतिखेरको राजनैतिक नेत्ृत्वले ग्रहण गर्न सकेन , सकेको छैन ।  यही नेर हामी नेपालीले राजनीती बुझेको ,जानेको, बुझन खोज्ने, जान्न खोज्ने  राजनेता प्राप्त गर्न सकेनौ । हामीले राजनैतिक नेताको नेतृत्वमा देश हाकिएको अनुभुति गर्न सकेनौ , तत्कालिन  र तदर्थ निर्णय गर्ने अनि अनिर्णयको वन्दि हुने पिडा बाट आज पर्यन्त नेपाली जनता राजनैतिक अस्थिरताको मारमा छन ,राजनैतिक नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसक्दा जनता अभिभावक विहिन भएका छन , विदेशिनु को पिडालाई रेमिटेयान्सको मल्हमले पक्कै शान्त पारेको छैन  र आज संविधान घोषणा हुन लाग्दा पनि हाम्रा नेताले संविधान राजनैतिक सहमतिको दस्तावेज हो भनेर भनी रहदा सहमति भनिएको राजनैतिक दस्तावेजले ऐतिहासिक ,आर्थिक , सामाजिक, सास्कृतिक, धार्मिक, भौगोलिक ,न्यायीक नीती हरुमा राजनीतीले न्याय गर्न नसकेको स्वयं संविधान घोषणा गर्न आतुर दलीय नेताहरुले संयुक्त आवहान वाट भनीरहदा राजनेता को अभाव खटकिएको महसुस भइरहेको छ ।

०६१ को आन्दोलन देखि आज ०७२ सम्म आइपुग्दा कुनै नया अनुहार राजनैतिक नेतृत्वमा देखिएको छैन, उही अनुहारहरुको १० वर्षे छलफलले दिएको निष्कर्ष पनि केहि दिनमा पुन फेरिदै छ भन्ने सन्देशले राजनैतिक स्थीरता माथि प्रश्न चिन्ह मात्र उठाएको छैन राजनैतिक दल र तिनका नेताको नियत राज्य र राष्ट्र प्रतिको जवाफदेहिता भन्दा आपनो दल र आफु केन्द्रित छ भन्ने सन्देश पनि सँग सँगै छोडेको छ र  धेरै लाई के सिकाइ पनि भएको छ भने राजनीतीज्ञ सवल र सक्षम नभए समय मुल्यहिन हुदोरहेछ , त्यस्को पिडा केवल राजनीती कर्मीले मात्र होइन, राज्यका सवै अंग र समुदायले भोग्नु पर्दाे रहेछ भन्ने ज्ञान आर्जन भएको छ । गर्नुपर्ने कामहरु समयमै नगरि अन्तिममा आपनै अस्तित्व संकटमा पर्ने अवस्था आएपछि छिटो छरितो तरिकाले काम गर्ने अल्छी मानिस सँग वाट पनि  छिटो छरितो तरिकावाट काम गर्ने विधि सिक्छु भन्ने संसारकै धनी भनेर चिनिएका विल गेटस को भनाइ  को सान्र्दभिकतालाई आत्मसात गर्दै आज घोषणा हुन गैरहेको संविधान  अस्तित्व संकटमा पर्न लागेका दलका नेताहरुको नियती वाट जारि भएपनि यसवाट भएका थुप्रै सिकाईलाई आम नेपाली जनताले आत्मसात गर्ने पर्छ । राजनीतीमा अरुलाई मात्र दोष दिएर हुदैन रहेछ, राजनीतीवाट लाभ लिन आफु पनि त्यसको हिस्सेदार हुन पर्छ अन्यथा  त्यस्को मुल्य आफुले नै चुकाउने पर्ने  यथार्थवाट अव नेपालको राजनीती मा सवै वर्ग , समुदायले अर्थपुर्ण सहभागिता खोज्ने , खोज्नु पर्ने अवस्था आउनुलाई  १० वर्षे संविधान निर्माणको  सिकाइको रुपमा आजको र भोलिको पुस्ताले पक्कै ग्रहण गर्ने छ ।अव नेपालको राजनीती नेताको नियतमा होइन राज्यको आवश्यकता र नियतवाट प्रणालीबद्ध हुनेछ । संविधानलाई राजनैतिक सहमतिको दस्तावेज हो भनेर स्वीकार गरिने संविधानवादको मर्मलाई लत्याउदै  दलीय तदर्थ सहमतिको दस्तावेज को रुपमा नयाँ संविधान आज साझ ५ वजे घोषणा भै रहदा यसले वर्तमान राजनैतिक नेतृत्वलाई एकातिर विस्थापित हुने डर छ भने अर्काेतिर बदलिएको नयाँ परिस्थितिमा नयाँ राजनैतिक नेतृत्व को आवश्यकता लाई अपरिहार्य आवश्यकताको रुपमा उजागर गरेको छ । नयाँ संविधानले तदर्थ पुर्नसंरचनाको जुन खाका कोरेको छ त्यसले खुल्ला बहस त निम्त्याउ छ नै यो बहसमा दलीय आग्रह पुर्वाग्रह वाट माथि उठेर नेतृत्व लिने अथवा देशको संक्रमण कालीन राजनीतीमा आपनो भुमिका देखाएर बहसलाई हिंसात्मक द्धन्द र खण्डित मानसिकताको रुपमा विकसित हुन वाट रोकेर निकास दिन सक्ने राजनैतिक ब्याक्तित्व नै बदलिएको राजनैतिक परिदश्यमा नेपालमा राजनेताको रुपमा उदाउन सक्ने प्रशस्त संभावना रहेको छ । कालो बादलमा देखिएको चाँदिको घेरालाई वढाउन हातेमालो गर्नु नै आजको दिनको सार्थकता र भोलिको सुन्दर भविष्यको लागि पहिलो पाइला हुने छ ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *