Breaking News

बनस्रोत ब्यबस्थापनमा forest tenure चर्चामा

IMG_0830

असोज ५

ललितपुर गोदावरी

वन बिभाग र FAO को संयुक्त आयोजनामा आज strengthening forest tenure system and governance विषयक प्रशिक्षक प्रशिक्षण तालिम गोदावरी ललितपुरमा सुरु भएको छ |उक्त तालिमको उद्घाटन गर्दै वन बिभाग का उपमहानिर्देशक श्री कृष्ण प्रसाद पोखरेलले दक्षिण अफ्रिकाको दार्वानमा सम्पन विश्व वन सम्मेलनमा आफुले forest tenure सम्बन्धि कार्यपत्र प्रस्तुत गरेको र सो मा सहभागीले  नेपालले forest tenure का सम्बन्धमा लिएका नीति,कार्यक्रम  तथा हालसम्मका उपलब्धिहरु  विस्व समुदायका लागि सिकाई योग्य रहेको भनि नेपालको प्रसंसा गरेको  बताउनु भयो . उक्त तालिममा  वन मन्त्रालय अन्तर्गतका बिभिन्न निकायमा कार्यरत वन अधिकृत तथा बन क्षेत्रका सरोकारवाला निकाय का गरि २५ जना सहभागी भएको आयोजक ले बताएका छन् | FAO का प्रशिक्षक द्वय  toon de Bruyn र गंगा राम दाहाल ले ३ दिन सम्म प्रशिक्षण प्रदान  गर्नु हुने उक्त तालिम मा उक्त तालिममा  FAO द्वारा बिकसित गरिएको VGGT (voluntary Guidelines on the Responsible Governance of Tenure) का सहभागी हरुलाई जानकारी गराउदै बन स्रोत ब्यबस्थापन का सवालमा सरोकारवाला माझ हाल मुख्य रुपमा उठेको forest tenure , land tenure  का बिसयमा रास्ट्रिय तथा अन्तरास्ट्रिय  कानुनी तथा ब्यबहारिक अभ्यास र त्यसले बनस्रोत ब्यबस्थापनमा पारेको प्रभावका बारेमा तालिममा छलफल हुने प्रशिक्षक toon ले जानकारी दिनु भयो | forest tenure का सम्बन्धमा वन सरोकारवाला बीच रहेको अस्पस्टता तालिमले हटाउने विश्वास वन मन्त्रालय बाट  तालिममा सहभागी हुनु भएका वन अधिकृत  राजु क्षेत्रि ले  बताउनु भयो |उक्त कार्यक्रम को संचालन वन बिभाग का उपसचिव श्री फडिन्द्र पोख्रेल ले गर्नु भएको थियो |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *