महानिर्देशक, भु तथा–जलाधार संरक्षण विभाग
पृष्ठभुमी
वि.सं. २०७२ वैशाख १२ को महा भुकम्प र त्यस पछिको पराकम्पनले जन, धन, पशु, घर, वस्तीमा पारेको प्रभाव अकल्पनीय छ । महा भुकम्पको प्रभाव तत्कालीन र दीर्घकालीन रुपमा बहुआयमिक multiplier effect खालको रहेको सर्वविदितै छ । उल्लेखित विषयहरुका अतिरितm अर्को सबै भन्दा ठुलो असर effect जमिन र जलाधरमा परेको छ ।
१.जमिन र जलाधारमा भुकम्पको प्रभाव
महा भुकम्पबाट प्रभावित क्षेत्रमा जमिन फुटेको छ, पहाड चर्केको छ, भिरालोले जमिन धान्न नसक्दा slope failure सुख्खा पहिरो गएको छ । माथीको तहमा जलाधारहरु धुजा धुजा पर्दा तल्लो तहमा रहेका संरचना र बस्ती जोखिममा परेका छन् । जेठ १०, २०७२ मा म्याग्दीमा राम्चेको पहाडबाट सुख्खा पहिरो गई काली गण्डकी थुनिन गएको उदाहरण भुकम्पको प्रभावको प्रतिनिधि उदाहरण मात्र हो । आगामी मनसुनमा चर्केको जमीन भित्र पानी गई थप पहिरो जाने प्रबल संभावना रहेको छ ।
२. पहिरो र वाढिबाट पर्ने प्रभाब न्युनिकरणका उपाय र रणनिती
- महा भुकम्पले जमिन र जलाधार पारेको प्रभावको intensity र scale ज्यादै ठूलो छ ।
- यसको व्यापक अध्ययन र सुचना संकलन विभिन्न तह तहका सस्थाँबाट भई रहेको छ । प्रारम्भिक सुचनाले भुकम्प पिडित जोनका दर्जनौ बस्तीहरु जोखिममा परेका छन र तिनलाई तत्काल अन्यत्र सार्नु पर्ने छ ।
- जमिन, माटो र पानी आधारभुत प्राकृतिक स्रोत भएको हुदा“ तिनको दिगो व्यवस्थापन गर्ने नीति र रणनीति बिना भुकम्प पिडितलाई पुर्न स्थापना गर्न गाह्रो छ ।
- प्राकृतिक प्रकोप खासगरी पहिरो बाढी र जमिनको व्यवस्थापन गर्न विषय बहुआयमिक ःmultidisplinary/crosscutting भएकाले यस संग संचालित सरोकारवालाहरु स“ग समेत सहकार्य गर्नु पर्ने जरुरी छ ।
- प्रस्तुत पृष्ठभुमीमा भुकम्पले निम्त्याएको पहिरो र बाढीका कारणले हुने जतिको लागी तत्कालिन र दीर्घकालीन
रणनीति अपनाउनु पर्ने हुदँ वन तथा भु संरक्षण मन्त्रालयले त्यही दिशामा काम गरीरहेको छ ।
३. रणनीति
३.१ तत्कालीन रणनीतिः
- स्थानिय प्रशासन, सूरक्षा निकाय जिल्ला, दैवि प्रकोप उद्धार समिति र विभिन्न तहका सरोकारवालाहरुको समन्वय र सहकार्यमा पहिरो र संभावित बाढीका जोखिममा परेका घर, वस्ती र गा“उहरुको पहिचान गरी त्यसता, वस्तीहरुलाई तत्काल स्थानान्तरण गर्ने व्यव्स्था मिलाउने ।
- म्याग्दीको रान्चेमा पहिरो जानु अघि २६ घर धुरीका १२३ जनालाई एकदिन पहिला स्थानान्तरण गर्दा मानविय क्षति हुन पाएन ।
- यहि उदाहरणबाट पाठ सिक्दै व्यवस्थापन गर्न नसकिने जोखिम युक्त बस्तीहरु हटाउने । यसको निर्णय जिल्ला दैविक प्रकोप उद्धार समितीले गर्ने ।
- तत्काल सामान्य पहिरोको उपचारबाट घर, वस्ती, खेत, जग्गा, माटो र पानीका मुहान संरक्षण गर्न सकिने अवस्थामा जिल्ला भू–संरक्षण कार्यालयलाई साधन स्रोत उपलब्ध गराउने गरी कार्य योजना तयार भइसकेको ।
- Gabion तार, जुट ब्याग, बा“स तथा अन्य सामाग्री खरीद गरी पहिरो र बाढी आउनु भन्दा अगाडि तयारी गर्ने गरी योजना बनाइ बजेट र कार्याक्रम स्विकृत हुने अवस्थामा रहेको
- उल्लेखित कार्यक्रम र बजेटको कार्यान्यनबाट भुकम्प पिडितलाई आय आर्जन श्रृजना हुने गरी कार्यान्यन योजना तयार भइसकेको
३.२ मध्यकालीन र दीर्घकालीन रणनीति
३.२.१ मध्यकालीन
- भुकम्प प्रभावित जिल्लामा जमिन, जलाधर, पानी, जीवीकोपार्जन आदीको बारेमा सूचना संकलन गर्दै गर्र्नु पर्ने कामलाई प्राथमिकता दिने ।
- प्राथमिकताका आधारमा संबोधन गर्ने गरी र्वािर्षक कार्यक्रम र बजेट तर्जुमा गर्ने ।
- आवश्यकता अनुसार आयोजना र परीयोजना तर्जुमा गर्ने ।
३.२.२ दीर्घकालीन
- उल्लेखित अध्ययन र प्रथमिकताका आधारमा एकिकृत जलाधार व्यवस्थापन योजना तर्जुमा र कार्यन्वयन ।
- थप आयोजना परीयोजना design र कार्यन्वयन ।
- नीतिगत र सस्थागत सुधार
- जमिनको उपयोगिता नीतिका आधारमा र कृषि प्रणाली, घर वस्ती र विकास
- माथिल्लो र तल्लो तहको जलाधर व्यवस्थापन ।
४. अन्त्यमा
- नेपाल पहाडी मुलुक भएको, उत्तरबाट थुप्रै नदीनालाहरु वेगका साथ दक्षिण तर्फ बग्ने, जमीनको उपयोग अवैज्ञानीक र जथाभावि गरिने विकास निर्माणले गर्दा न्ोपाल आफैमा जोखिम मुलुक हो ।
- भुकम्पका कारणले जमिनको कसिलोपनामा समस्या पर्ने गएकाले पहिरो, बाढी र अन्य प्राकृतिक प्रकोपको संभावना बढेको
· आगामी वर्षायामबाट पहिरो र बाढीको कारणले हुने संभावित थप जन, धनको नोक्सानीबाट रोक्न उल्लेखित सुझावहरु सयममै कार्यन्वयन हुनुपर्ने देखिन्छ ।