Breaking News

वर्ष २०७२ को निजी वन पुरस्कार विजेता रेवत बहादुर कार्की

rewant3 rewanta

निजी वन धनीको संस्थागत परिचय बनाउदै राष्ट्रिय स्तरको निजीवन पुरस्कार हात पार्न सफल बिराटनगर–४ मोर·का रेवत बहादुर कार्कीले वन दशकलाई सफल बनाउन निजीवनको विकासमा लाग्ने प्रेरणा दिनुभएको छ । लखन्तरी–९ मोर·मा बिराट टिम्बरल्याण्ड प्रा.लि. अन्र्तगत ५ वटा निजी वन कम्पनी दर्ता गरेका कार्कीले आर्थिक बर्ष २०७१÷७२ को उत्कृष्ट निजीवन पुरस्कार प्राप्त गर्नुभयो । नेपाल सरकारले वि.सं.२०७१–८० को दशकलाई वन दशक घोषणा गरेर निजी वन धनीलाई प्रोत्साहन गर्ने र निजी वनको विकासमा लाग्न प्रेरणा प्रदान गर्ने नीति अगाडी सारेको छ । वि.सं.२०६८ देखि निजी वनको अभियान सुरु गरेका रेबत बहादुर कार्कीले आफूले नीजि वनको रुपमा दर्ता गरेको जग्गामा टीक, पपुलर, बकाईनो, इपिलइपिल, कदम, कसमहगनी, टा“की, मसला, शिरिष, सिमल, निम, सिसौ लगायतका प्रजातीका ८८५० गोटा बिरुवा बृक्षारोपण गर्नुभएको छ । ४ बर्ष अगाडी रोपण गरिएका बिरुवाको गोलाई अहिले १२ से.मी देखि २८ से.मी सम्म पुगेको छ भने उचाई ५ मिटर देखि ११ मिटर सम्म पुगिसकेको छ । जलवायु परिवर्तनका असरहरुलाई कम गर्न, पर्यावरणिय सन्तुलन बढाउन र कार्बन सञ्चिती बढाउन समेत निजी वनको महत्व रहेकोले भूमिको न्यायोचित उपयोग गर्न निजी जग्गामा बृक्षारोपण गरी निजी वन बनाउने अभियानमा लागेको पुरस्कृत वनधनी रेवत बहादुर कार्कीले बताउनु भयो । २०६१ सालदेखि निजी वनको अभियानमा लाग्नुभएका कार्कीको वन बिभागका सहायक वन अधिकृत बिष्णु प्रसाद ज्ञवाली स“ग निजी वन बिस्तार र अनुसन्धान कैै शिलशिलामा मोर·मा भेट भएपछि वहा“कै उत्प्रेरणाले निजी वन विकास लाई सस्थागत रुपमा बिस्तार गर्ने लागेको कार्कीको अनुभव छ । राष्ट्रिय स्तरको निजी वन पुरस्कार बिजेता रेबत बहादुर कार्कीको सफलताको आधारहरु निम्न रहेको छन् ।

निजी वन संरक्षण÷व्यवस्थापनमा भएका कार्यहरु

  • बृक्षारोपण गर्नु अगावै सिमेन्टको पोलसहितको कांडेतारवार गरी प्राबिधिक डिजाईन बमोजिमको बृक्षारोपण गरेको ।
  • बृक्षारोपण क्षेत्रमा पूर्णकालिन स्थायी घर बनाई हेरालुको व्यबस्था समेत गरेकोले बृक्षारोपण क्षेत्रको राम्रो संरक्षण भएको
  • बिभिन्न प्रजातिको बिरुवाहरु प्याच प्याच बनाई मिश्रित एवं एकल प्रजातिको रोपण गरिएकोे, पानीको निकासको व्यबस्था    गरिएको ।
  • प्रारम्भिक वर्षहरुमा बृक्षारोपणको नियमित रुपमा गोडमेल तथा पुनःरोपण कार्य भएको ।
  • जिल्ला वन कार्यालयसंग नियमित रुपमा सल्लाह, सुझाब लिई सोही बमोजिम ब्यबस्थापन गरिरहेको ।

निजी वन लगाएको किसिमः

  • कृषि वन, आलि÷कान्ला वृक्षारोपण गरी कृषि बनको रुपमा रहेको ।
  • शुरुको ३ बर्षमा बृक्षारोपण भएको क्षेत्रमा अदुवा, बेसार लगायतका नगदेबाली लगाई सोबाट समेत आम्दानी गरेको
  • बृक्षारोपण क्षेत्रको किनारामा माछा पोखरी तयार गरेको तथा वनको कटनी छटनी तथा स्याउला सोत्तरबाट कम्पोष्ट तथा        जैबिक मल तयार गरीरहेको ।
  • स्थानीय वासिन्दा लाई रोजगारि दिई निजी वन सरक्षणमा सहभागि गराएको ।

निजी वनबाट भएको आम्दानी

  • २०६८ सालमा रोपण भई उक्त निजी वनमा लगाईएका कुनैपनि प्रजाति कटान योग्य नभएकोले हालसम्म कटान नगरीएको ।          तथापी उक्त क्षेत्रबाट कटनी छटनी हु“दा निस्कने वन पैदावार             दाउराको रुपमा प्रयोग हुने गरेको । साथै कृषि बालिको रुपमा भएको उत्पादनबाट निजले आम्दानि लिएको ।

निजी वन व्यवस्थापनको लिखित कार्य योजना भएको

  • बिराट टिम्बरल्याण्डको संस्था दर्ता गरी सो को ब्यवसायिक कार्ययोजनाको आधारमा बृक्षारोपण गरेको र निजले          जिल्ला वन   कार्यालयको सुझाब समेत लिई उक्त कार्ययोजना   तयार भएको ।

निजी वन सम्बन्धि स्थानीय÷राष्ट्रिय रुपमा प्रचार प्रसारः

  • निजी वन धनी रेवत कार्कीले पूर्वाञ्चल क्षेत्रमा यो वन लगायतका क्षेत्र गरी सबैभन्दा धेरै क्षेत्रमा बृक्षारोपण गरी कृत्रिम वन      तयार गरेको
  • देशकै एक सफल नमूना नीजि वन भएको भनि उक्त निजी वनको बिषयमा स्थानीय तथा राष्ट्रिय स्तरका एफ.एम, टि.भि.       बाट प्रसारण भएको ।
  • उक्त निजी वनको वन विभागका पुर्व महानिर्देशकज्युहरु तथा अन्य निकायका प्रमुखहरु समेतबाट निरीक्षण भई उत्कृट निजी वन रहेको भनी आगन्तुक रजिष्टरमा उल्लेख भएको ।
  • निज प्रोपराईटरले यस बाहेक उर्जा टिम्बरल्याण्ड, सिंगिया टिम्बरल्याण्ड र संजिबनी टिम्बरल्याण्डको रुपमा समेत अन्य ३ वटा फर्म दर्ता गरी कुल ३६–२–१२ हे. क्षेत्रफलमा कुल                 २७,९४६ गोटा बिरुवा रोपण गरेको ।

उपरोक्त सफल कार्यहरु सम्पन्न गर्नु भएका राष्ट्रिय स्तरको निजी वन पुरस्कार प्राप्त निजी वनधनी रेवत बहादुर कार्कीले निजी वनको विकास र व्यवस्थापनमा केहि चुनौतीहरु रहेको पनि बताउनु हुन्छ । निजी वनको रुपमा विकास हुन सक्ने जग्गाहरु बसोबासको प्रयोजनमा घडेरीको रुपमा प्रयोग भईरहेका, सरकारले उन्नत जातका बिरुवाहरु निजी वनधनीलाई उपलब्ध गराउन नसकेको, निजी वनको वन पैदावार अन्य नगदेबाली सरह वनधनीले बिक्री बितरण गर्न सक्ने कानुनी व्यवस्था नरहेकोले निजी वन धनीहरुलाई कानुनी समस्या समेत भईरहेको वहा“ले बताउनु भयो । वहा“को सफलताको कथाले खाली जग्गामा बृक्षारोपण गर्न, निजी वन दर्ता गर्न साथै वन पैदावारमा आत्मनिर्भर समाजको निर्माण गर्नमा प्रेरणा प्रदान गरेको छ । वन दशकको सफलता निजी वनको अभियान र पुरस्कृत निजी वनधनी रेवत बहादुर कार्की जस्ता उद्यमशिल ब्यक्तिहरुमा पनि निर्भर हुने भएकोले राज्यको तर्फबाट कानुनी व्यवधानहरुलाई हटाउ“दै निजी वनको दर्ता र यसको विकासमा थप सहजीकरण गर्दै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ ।

rewanta2

(पुरस्कृत निजी वनधनी रेवत बहादुर कार्कीले वन संचार स“ग गर्नुभएको कुराकानी र पुरस्कार मूल्याड्ढनको आधार तथा तथ्यहरुमा आधारित लेख) ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *