Breaking News

भूकम्पीय विपदबाट वन र वातावरण क्षेत्रमा परेको क्षति तथा नोक्सानी आँकलन सिकाइ तथा चुनौती

pashupati koirala Rajendra kc (2) 

 डा. राजेन्द्र के सी        

परामर्सदाता ,FAO,Nepal                                                                                                    

 पशुपतिनाथ कोइराला,

उपसचिव ,वन तथा भू संरक्षण मन्त्रालय

१. परिचय

दैवीप्रकोप भन्नाले भूकम्प, आगलागी, आ“धीबेरी, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकाल, महामारी तथा यस्तै अन्य प्राकृतिक प्रकोपलाई सम्झिनुपर्छ र सो शब्दले औद्योगिक दुर्घटना विस्फोटक वा विषाक्त पदार्थद्वारा हुने दुर्घटना तथा यस्तै अन्य कुनै पनि प्रकारको प्रकोपलाई समेत जनाउनेछ (दैविप्रकोप उद्धार ऐन, २०३९) ।  दैविप्रकोपको परिभाषालाई मानव जन्य र मानवको पह“ुचभन्दा बाहिर गरी विभाजन गर्नु जरुरी देखिएको छ । विशेषगरी मानवीय क्रियाकलापभन्दा बाहिरी कारणले भूकम्प जाने र सोको क्षमता र केन्द्रका आधारमा मानवीय जीउधनका साथै प्राकृतिक साधनको समेत क्षति तथा नोक्सानी पु¥याउने हुन्छ । भूकम्पले घटनापश्चात मात्र क्षति गर्ने भएको हु“दा यसबाट पर्न सक्ने प्रभाव आ“कलन गरी पूर्वतयारीमा ध्यान दिन सकेको अवस्थामा क्षतिलाई धेरै कम गर्न सकिने सिकाइ प्राप्त भएको छ । यसपटकको भूकम्पबाट अधिक क्षति भएका जिल्लामा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा, रामेछाप, काठमाडांै, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुली, ओखलढुंगा र रसुवा गरी १४ छन् । यसैगरी थप अन्य गरी ३१ जिल्लामा भूकम्पको अधिक प्रभाव परेको छ । यो प्रस्तुतिमा समावेश भएका तथ्यांक १४ जिल्ला र ३१ जिल्लालाई केन्द्रबिन्दु बनाएर संकलन गरिएको छ । यो प्रस्तुतिमा समावेश भएका तथ्यांक राष्ट्रिय योजना आयोगबाट गरिएको विपदपश्चातको आवश्यकता पहिचान अध्ययन (Post Disaster Needs Assessment,PDNA) को सारांश प्रतिवेदन, २०७२ र वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरू, सामुदायिक वन उपभोक्ता महासंघ, संयुक्त राष्ट्रीय खाद्य तथा कृषि संगठन, बहुसरोकारवाला वन कार्यक्रम, स्विस विकास नियोग आदिले संकलन गरेको विवरणमा आधारित छ ।

भूकम्पीय विपद र वन क्षेत्रको व्यवस्थापनमा परेको प्रभाव र वन क्षेत्रको संस्थागत सहयोग के कस्तो हुनुपर्ने हो, कसरी व्यवस्थापनको तयारी गर्नुपर्ने थियो, के–कस्ता क्रियाकलाप र रणनीतिगत कमजोरीका कारणले भूकम्पपश्चातको व्यवस्थापनमा कमजोरी रहे । यसै विषयवस्तुको वरिपरि रहेर छोटो विवेचना  गर्न लागिएको छ । नेपालको इतिहासमा ६ रेक्टर स्केलभन्दा माथिका भूकम्पले धेरै नोक्सान गरेको पाइन्छ । विशेषगरी २०७२ साल वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट वढी क्षति भएको पाइन्छ । उक्त भूकम्प र यसका पराकम्पनबाट समग्र वन क्षेत्र, यसका संरचना, समुदायमा आधारित व्यवस्थापकीय संरचनाहरू, वनले प्रदान गर्ने सामग्री र वातावरणीय सेवाका अलावा अन्य वातावरणीय तत्वमा नकारात्मक असर परेको अनुमान गरिएको छ । समग्रमा वन तथा वातावरण क्षेत्रमा भएको क्षति र नोक्सानी सबैको पुनस्र्थापना गर्न पनि नसकिने र समय पनि धेरै लाग्ने भएको हु“दा क्षति र नोक्सानको आधारमा मात्र नभई आगामी ६ वर्षभित्रको समयमा वनका भौतिक संरचनालगायत वनमा भएको क्षति पुनर्निर्माणका लागि करिब ६ अर्ब ७७ करोड रुपैया“ र पुनस्र्थापना (Recovery)का लागि करिब १८ अर्ब ४२ करोड गरी जम्मा २५ अर्ब १९ करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ ।

२. भूकम्पबाट वनक्षेत्रमा पारेको क्षति (Dameges) तथा नोक्सान (Losses)

विशेषगरी भूकम्पले वन क्षेत्रमा के–कस्तो क्षेत्रमा नोक्सान गरेको छ र के–कस्तो क्षेत्रमा नोक्सानी भएको छ, त्यसको संक्षिप्त आ“कलन प्रस्तुत गर्ने जमर्को गरिएको छ । क्षति तथा नोक्सानीलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । वनक्षेत्र भन्नाले विशुद्ध राष्ट्रिय वन क्षेत्र, कवुलियती वन क्षेत्र, सामुदायिक वन क्षेत्र, निजी वन क्षेत्र, भू–संरक्षणको दृष्टिले संवेदनशील क्षेत्र, निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रलाई केन्द्रबिन्दु मानेर यी क्षेत्रसँग सम्बन्धित क्रियाकलाप समेट्ने कोसिस गरिएको छ । यसैगरी वातावरण क्षेत्र भन्नाले भूकम्पपश्चात व्यवस्थापनको सिलसिलामा प्रदूषण हुनसक्ने क्षेत्र रासायनिक प्रदूषण, कार्बन उत्सर्जन, फोहोर व्यवस्थापन आदिलाई समेटिएको छ । वन तथा वातावरण क्षेत्रमा कुन–कुन क्षेत्रमा क्षति तथा नोक्सान भएको छ, त्यसको सूचकको रुपमा प्रस्तुत गरिएको छ ।बाकस १ मा क्षति मूल्यांकन गरिएको छ । खासगरी वन क्षेत्रको क्षति र नोक्सानीमा वनको करिब २३,००० हेक्टर क्षेत्रफल १४ जिल्लामा क्षति भएको अनुमान गरी वातावरणीय सेवाको मूल्यका आधारमा लागत गरिएको हो । यो क्षतिको आधार विश्व खाद्य तथा कृषि संगठनले भूकम्प पश्चात गरेको ६ जिल्लाको दुरसंवेदन अध्ययनको नतिजाअनुसार हो ।

बाकस १ ः मानवीय तथा भौतिक क्षतिको अनुमान मानवीय क्षति ः प्रारम्भिक तथ्याँकबाट करिव १५३६ जना सामुदायिक वनका उपभोक्ताहरु (करिव १५० जना कार्यकारी सदस्यहरुको मृत्यु भएको छ । यसै गरी नुवाकोट र सिन्धुपाल्चोकका २ जना वन कर्मचारीको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भौतिक क्षतिः ३१ जिल्लामा ५६९ वटा सरकारी भवनहरु साना ठूला गरेर क्षति एवं धेरै नोक्सान भएको छ भने सामुदायिक वनहरुको ७४० वटा भवनहरु पूर्ण क्षति भएको र ४०७ वटा भवनहरु आंशिक क्षति भएको विवरण रहेको छ । मूल्यमा आकलन गर्दा करिव १ अरव २६ करोड को क्षति सरकारी भवन र उपकरणहरुमा भएको छ भने सामुदायिक वनहरुको भवनको ७७ करोड क्षति आकलन गरिएको छ । वैकल्पिक उर्जा ः विशेष गरी नविकरणीय उर्जा तर्फ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुसार १४६७६७ उन्नत चुल्हो क्षति, १६,७२१ वटा गोवर ग्याँसमा नोक्सान र करिव ७०,००० सौर्य वत्ति जडानहरु क्षति भएका छन् । पारिस्थीकिय क्षति तथा नोक्सानः करिव २३,००० हे. क्षेत्रफल नोक्सान भएको (१४ वटा बढी क्षति भएको जिल्लाहरु) आधारमा करिव रु. ६४ अरव बराबरको बस्तु तथा सेवाहरुको नोक्सान भएको र सो मध्य कुल प्रत्यक्ष क्षति रु. २९.२ अरब र अप्रत्यक्ष नोक्सानी रु. ३४.७ अरव आकलन गरिएको छ

२.१ वन तथा वातावरण क्षेत्रमा भएको क्षति तथा नोक्सान

11108671_10206929387693825_4501963064770890032_n

वन क्षेत्रमा निम्न बमोजिम क्षति तथा नोक्सानी क्षेत्र पहिचान गरी क्षति तथा नोक्सानीको आ“कलन गरिएको छ । वन, वन्यजन्तु, जैविक विविधता तथा खतरान्मुख प्रजातिको बासस्थानमा आएको परिवर्तन यसको उदाहरणका लागि लिन सकिन्छ । रसुवामा रहेको निकुञ्जमा पहिरोबाट केही वन्यजन्तु मारिएका, बासस्थान क्षयीकरण भएको पाइन्छ । वातावरण क्षेत्रमा पर्ने प्रभाव क्षेत्र (Scope) र विस्तार    (Extent) का लागि गहिरो अध्ययन आवश्यक पर्दछ । अतः यस अध्ययनका लागि प्रचलित अन्य विधिहरू मध्ये Rapid Environment Assisment(REA) पनि एक मुख्य विधि हो । यस किसिमको अध्ययन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट भइरहेको छ । जसको नतिजा पश्चात मात्र के–कस्ता प्रभाव पर्नेछ र भविष्यमा कुन क्षेत्रमा बढी ध्यान दिनुपर्ने हुन्छ यसबारे थाहा पाउन सकिने आशा गरिएको छ

तालिका १वन क्षेत्रमा भएको क्षति तथा नोक्सानको क्षेत्र

क्र. सं. क्षति तथा नोक्सान भएको क्षेत्र सूचकहरु
क्षति  नोक्सान
   भौतिक संरचना (भवनहरु, पुल, वन पथ आदि) भौतिक संरचनाहरु (Buildings)

सामग्रिहरु (Equipments)

प्रदान हुने सेवाहरु (नागरिक सेवा)
    २.१ वन तथा जैविक विविधता (क्षेत्रफल हे.वन अतिक्रमण, वन पैदावार नोक्सान घनफिट, गैरकाष्ठ वन पैदावार किलोग्राम) पारिस्थीकिय सेवाहरु (Ecosystem services)
वनको क्षेत्रफल

  •   पहिरो, हिमपहिरो, बाढीबाट
  •   वन अतिक्रमण तथा वन क्षयिकरण

उत्पादन (Goods)

  •  काठ, दाउरा, पात, स्याउला, घाँस, डालेघाँस, खर
  •   फलफूल, सागपात
  •    जडिवुटि, गैरकाष्ठ उपजहरु
  •    उर्वरामाटो, ढुंगा
  •    वन्यजन्तु
सेवाहरु (Services)

  •  पानीको मुहानहरु
  •   पानीको संचिति
  •   माटोको उर्वरापन
  •    वातावरणीय स्वच्छता तथा अनुकुलन
  •     भू–संरक्षण
  •   वन्यजन्तुको लागि आश्रय
  •    कार्वन संचिति
  •   सास्कृतिक तथा धार्मिक महत्व
  •    जैविक विविधता क्षेत्र (HOTSPOTS)

 

२.२ भू तथा जलाधार क्षेत्र (पहिरो,वाढी, ताल)
  •    पहिरोको संख्या । क्षेत्रफल हे.(हिम पहिरो समेत)
  •    पहिरो तथा बाढीले पुरेको क्षेत्रफल (व्यक्ति, सार्वजनिक, सामुदायिक)
  •    हिमतालको स्थिति (क्षेत्रफल बढेको, जोखिम आदि)
  •     हिमपहिरोको संख्या । क्षेत्रफल
  •     माटो थिग्रने (Sedimentation)
  •    वन तथा कृषि क्षेत्रको उत्पादकत्व घटेको वा घटने ।
  •    तल्लो तटको समुदाय, क्षेत्र, वस्तिहरुमा प्रभाव ।
  •     माटोको उर्वरापन

 

वन उद्यम          संरचनाहरु
  •     उत्पादन वन्द
  •  तालिम तथा शिपयुक्त प्राप्त व्यक्तिको अभाव
    समुदायमा आधारित वन व्यवस्थापन समूहहरु (सामुदायिक वन, कवुलियती वन, मध्यवर्ति समूहहरु, भूसंरक्षण समूहहरु, धार्मिक वन आदि)
  •   सामुदायिक भवन
  •     सामग्रीहरु (कार्ययोजनाहरु, अफिस सामग्रिहरु, फर्निचरहरु आदि)
  •     उद्यमहरु
  •   उपभोक्ता सेवा
  •     जिविकोपार्जनमुखि क्रियाकलाप
  •    आयआर्जनको सेवाहरु
  •     स्थानीय श्रोत व्यक्तिहरुको सेवा
  •    सामाजिक सहजिकरण
पर्यापर्यटन
  •       ड्ड    होटलहरु
  •     होमस्टे (ज्यmभ कतबथ)
  •    पर्यटकीय पैदल पथ तथा अन्य पथहरु
  •    हेलिप्याडहरु
  •     पाल पार्कहरु (त्भलतभम एबचप)
  •    सूचना केन्द्रहरु
  •    संग्रहालयहरु
  •   आरामस्थलहरु
  •    वेसक्याम्पहरु
  •    साधनहरु जस्तै हात्ति, मोटर आदि ।

 

 

  •     पर्यटकहरुको आवागमनमा कमि (संख्या)
  •    होटेल, होमस्टे, वेस क्याम्प, पाल पार्कहरुकोे सेवामा ढिलो ।
  •     शिप तथा तालिमयुक्त जनशक्तिको अभाव तथा पलायन ।
बाकस २ ः पुर्नस्थापनाको लागि आवश्यक लागत वन तथा वातावरण क्षेत्रमा भएको क्षति र नोक्सानी सबैको पुर्नस्थापना गर्न पनि नसकिने र समय पनि धेरै लाग्ने भएको हुदा क्षति र नोक्सानको आधारमा नभै आगामी ६ वर्ष भित्रको समयमा करिव भौतिक संरचना लगायत वनमा भएको क्षति पुर्ननिर्माणकोलागि ६ अरव ७७ करोड लागत लाग्ने र पुर्नस्थापना (Recovery) खर्च करिव १८ अरव ४२ करोड गरी २५ अरव १९ करोड अनुमान गरिएको छ ।

३. विपद व्यवस्थापनका लागि सुझावहरू

कुनै पनि विपदको व्यवस्थापन भनेको कमभन्दा कम क्षति तथा नोक्सानी कसरी व्यहोर्ने हो त्यो नै प्रथम चुनौती तथा उद्देश्य रहनुपर्दछ । भूकम्प जाने जोखिम क्षेत्रमा नेपाल सधैं रहिरहेको छ । अतः यस्तो किसिम, योभन्दा पनि ठूलो भूकम्प गएको अवस्था र अन्य विपद जस्तै बाढीपहिरो, सुख्खा, वन डढेलो एवं आगलागीजस्ता प्रकोपबाट पर्न सक्ने क्षति तथा नोक्सानी कम गराउन र विपद परिसकेपछिको अवस्थामा के– कस्तो सावधानी र व्यवस्थापन गर्न सकिन्छ अनुभवका आधारमा निम्नबमोजिम सुझाव बु“दागत रुपमा प्रस्तुत गरिएको छ ः

सामान्यतया विपद व्यवस्थापनलाई तीन चरणमा विभाजन गरी व्यवस्थापन गरिन्छ । जस्तै प्रथम चरणमा पूर्व तयारी, दोस्रो चरणमा विपदको अवस्थामा खोज, उद्धार तथा राहत वितरण कार्य र तेस्रो चरण पुनस्र्थापना तथा विकसित र सुरक्षित विकास नै हो । अतः तीन चरणका लागि वन क्षेत्रको विषयमा केन्द्रित रहेर सुझाव तथा व्यवस्थापनका उपाय प्रस्तुत गरिएको छ ।

तालिका 2 वाताबरण क्षेत्रमा भएको क्षति तथा नोक्शानी

 

क्र. सं.        क्षति तथा नोक्सान भएको क्षेत्र

 

सूचकहरु
क्षति   नोक्सान
    भौतिक
 घर, संरचना तथा चिम्नीहरु
  •      सिमेन्ट
  •     फलाम
  •    काठ
  •    माटो (इट्टा) आदि ।
  • थप उत्पादनको लागि सामग्रिको आपूर्ति एवं प्रदुषण
  •     वायु तथा माटो प्रदुषण
     जैविक, सार्वजनिक वातावरण तथा  स्वास्थय

 

  •     अस्थायी शिविरहरुको फोहोर व्यवस्थापन
  •     अस्थायी शिविरहरुमा स्वच्छ पानीको आपूर्ति व्यवस्थापन
  •     दाह संस्कार व्यवस्थापन
  •    फोहोर व्यवस्थापनको लागि थप स्रोत
  •   पानीको मुहान तथा स्रोत प्रदुषण
  •     अस्पताल । घुम्ति अस्पतालहरुबाट निस्कासन हुने प्रदुषण । फोहोर उचित व्यवस्थापन
  •     दाहसंस्कार गर्दा हुने प्रदुषण

  

  •     गोवर ग्याँस
  •   उन्नत चुल्हो
ड्ड    गोवर ग्याँस प्लान्ट तथा चुल्हो ·     दाउराको वढी प्रयोगबाट कार्वन उत्सर्जनमा वृद्धि
    रासायनिक प्रभाव
 क्षति भएको घरबाट निस्कासन हुने वा व्यवस्थापन गर्नु पर्ने रंगहरुमा मिसिएको नोक्सान गर्ने रसायनहरु मर्करी, सिसा आदि ।        रसायनहरुको उचित व्यवस्थापन

 

३.१ पूर्व तयारी

यो चरण सबैभन्दा महत्वपूर्ण चरण हो । यदि यो चरणमा सबभन्दा बढी लगानी गर्न सकेको खण्डमा सम्भवतः क्षति र नोक्सानी अपेक्षित रुपमा ज्यादै कम व्यहोर्नुपर्ने अनुभवले देखाएको छ । अतः तयारी चरणका लागि निम्न बमोजिम व्यवस्थापन र सुझाव रहेका छन् ः

३.१.१ ज्ञान व्यवस्थापन (KnowledgeManagement)

विपद परेको अवस्थामा को कहा बसोबास गरेका छन् । उद्धार र खोजका लागि पनि त्यसको विवरण हुनु अति आवश्यक देखिएको छ । कुनै कुनै कार्यालयमा को–को थिए र विपदको अवस्थामा को, कहा“ थिए भन्ने जानकारी पनि हुनु आवश्यक देखिएको छ । यसैगरी तालिका नं १ र २ अनुसारका सूचकहरूको विवरणका बारेमा आधारभूत तथ्यांकहरू केन्द्र, क्षेत्र तथा जिल्लाहरूमा हुनु अति आवश्यक देखिएको छ । यो विवरण विद्यमान व्यवस्था अनुसार पनि जिल्ला दैविप्रकोप उद्धार समिति स“ग हुनु अति आवश्यक देखिएको छ ।

आधारभूत तहका तथ्यांकहरू

  • वन क्षेत्र –प्रणालीगत, वन उद्यम, समुदाय स्तरका संस्थाहरूको विवरण आदि ।
  • पहिरो, हिमपहिरो, हिमतालबाट जोखिम आ“कलन गरेका नक्साहरू र जोखिमबारे कर्मचारीलाई जानकारी ।
  • भू–उपयोगका बारेमा जानकारी तथा आप्नो कार्यक्षेत्रका भू–उपयोग नक्साको विवरण ।
  • ऐन, नियम कानुनहरू – विपद व्यवस्थापनका लागि आवश्यक पर्ने कानुन, विपदका वेलामा सक्रिय हुने कानुन र अन्य व्यवस्थापन जसले विपद व्यवस्थापनका लागि सहयोग गर्दछ
  • अग्नि संरक्षणका उपकरण प्रयोगको तालिम ।

३.१.२ पूर्वाधार व्यवस्थापन

भौतिक संरचना, उपकरण तथा सामग्रीको भौतिक परीक्षण अवस्था समय समयमा आ“कलन गर्नुपर्दछ । विशेषगरी भवनहरूको अवस्था आ“कलन गरेर भूकम्प प्रतिरोधी भए–नभएको एकिन गरी मर्मत सम्भार वा पुनर्निर्माण के गर्नुपर्ने हो सोको पूर्व तयारी चरणमा गरिने महत्वपूर्ण कार्य हो ।

  • कार्यालय भवन तथा आवासहरू निर्माण तथा मर्मत
  • सामुदायिक भवन निर्माण, मर्मत तथा आश्रय स्थल निर्माण (सामुदायिक हल)
  • विपदका वेलामा वैकल्पिक व्यवस्थाका लागि उपयोग गरिने भवन
  • महत्वपूर्ण सूचना, निर्णय तथा दस्तावेज संरक्षणका लागि भौतिक संरचना
  • बन्दीहरूका लागि उपयुक्त सुरक्षित संरचना ।
  • हातहतियार एवं जोखिमयुक्त सामग्री भण्डारणका लागि उपयुक्त संरचना ।

३.१.३ उद्धार तथा सुरक्षाको पूर्व तयारी

यो चरण पनि अति महत्वपूर्ण रहेको छ किनकि यो चरणका वारेमा ज्ञानमा कमी–कमजोरी भएर पनि भूकम्पबाट मानवीय क्षति बढी व्यहोर्नुपरेको देखिन्छ । सरकारका तर्फबाट सरकारी निकायले प्रवाह गर्नुपर्ने सेवाको गुणस्तर र प्रतिक्रिया (Response) मा निकै गुनासो आउने गरेको छ ।

  • तालिम
  • भुकम्पबारेमा जानकारी
  • भूकम्प गएको बखतको अवस्थामा अपनाउनुपर्ने चनाखोपन र व्यवहार जस्तै, झटपट झोला, भाग्ने खुल्ला स्थानको            पहिचान आदि ।
  • भूकम्प पश्चातको उद्धार तथा खोज कार्यमा सहयोग परिचालन
  • खोज र उद्धारपश्चातको पुनस्र्थापनाको तयारी
  • ढलेका, ढल्न लागेका, जोखिमयुक्त रुखको व्यवस्थापनका लागि तालिम ।
  • प्राथमिक तहको सुरक्षा उपकरण तथा सामग्रीहरू
  • अस्थायी बसोबासका लागि सामग्री जस्तै, टेन्ट, पाल ।
  • प्राथमिक उपचारका लागि बाकस
  • वनक्षेत्रस“ग सम्बन्धित उपकरणहरूको प्रयोग
  • हानि–नोक्सानी भएको वन उपजको व्यवस्थापनका लागि उपकरणहरू
  • काठ काट्ने आराहरू (हाते आरा, विद्युतीय आरा, रुख चढ्ने सुरक्षित पेटी तथा उपकरण, रुख ढल्केको तान्ने        हुकर मेसिन, काठ ढुवानी गर्ने टे«क्टर, क्याटर पिलर आदि)
  • पहिरो, हिम–पहिरो आदिबाट थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक पर्ने तारजाली र सम्बन्धित उपकरणहरू
  • अग्नि संरक्षण तथा नियन्त्रणका लागि अग्नि संरक्षण उपकरणहरू ।

३.२ विपदको समयमा उद्धार, खोज तथा राहत व्यवस्थापन

विपदको समयमा उद्धार, खोज तथा राहत व्यवस्थापनमा निम्न बमोजिम ध्यान दिनु आवश्यक देखिन्छ ः

  • व्यक्तिगत सुरक्षा तथा अन्य व्यक्तिको सुरक्षित उद्धार
  • सर्वप्रथम आप्mनो सुरक्षा गर्ने र सक्ने जतिको सुरक्षा कार्य गर्ने ।
  • उद्धारका लागि एक टिम बनाउने ।
  • उद्धार गर्नुपर्ने समुदाय तथा व्यक्तिको प्राथमिकीकरण गरेर कार्य सुरु गर्ने ।
  • सुरक्षा र उद्धारको विवरण माथिल्लो निकाय तथा सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउने ।
  • सरकारी कर्मचारीको हैसियतमा उद्धार, खोज तथा राहत व्यवस्थापनमा सहयोग गर्ने ।
  • सरकारी निकायका स्रोत–साधनको अधिकतम उपयोग विपदको समयमा सुरक्षित तवरबाट गर्ने–गराउने ।

३.३ पुनस्र्थापना तथा सुरक्षित विकास (Reconstruction and Safer development)

यो चरणमा सबैभन्दा बढी लगानी गर्नुपर्ने र अधिकतम सावधानी अपनाउन जरुरी देखिएको छ । यो चरणका लागि विशेषगरी आवश्यकता कति हो, के–कस्ता किसिमका ढा“चामा पुनस्र्थापना र सुरक्षित विकास गर्न सकिन्छ भन्ने विषयलाई मनन गरी कार्यक्रम बनाउनुपर्दछ । यस्ता कार्यक्रमहरू सरकारको आप्mनो स्रोत र बाह्य स्रोतहरूबाट पनि आउन सक्छ । यी स्रोत परिचालन भई आउने विकास कार्यहरूको योजना तयारी, कार्यक्षेत्र छनोट, कार्यान्वयन, अनुगमन तथा प्रतिफलको आँकलन सावधानीपूर्वक गर्नु आवश्यक हुन्छ । यो चरणमा वनक्षेत्रमा विशेषगरी चुनौतीका रुपमा  भूकम्पबाट विस्थापित अस्थायी तथा स्थायी समुदायबाट वन अतिक्रमण हुने भएकाले सोको व्यवस्थापनका लागि के–कस्तो रणनीति अपनाउनुपर्ने हो त्यसको चनाखो भई सामना गर्नुपर्ने हुन्छ । अतः यो चरणमा निम्नबमोजिमका कार्यहरू गर्न सके आशातीत प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ ः

  • क्षति तथा नोक्सानीको वर्गीकरण गरी प्राथमिकीकरण गर्ने ।
  • भौतिक संरचना निर्माणस्थलको क्षेत्र छनोट भू–गर्भ विज्ञको सल्लाहअनुसार गर्ने ।
  • भविष्यमा पुनः आउन सक्ने भूकम्पको आ“कलन अनुसार कमभन्दा कम क्षति हुने खालका पूर्वाधार संरचना निर्माणको          ढा“चा तयार गर्ने ।
  • भू–उपयोग नक्सा अनुसारको क्षेत्रमा विकास आयोजनाहरूको नमुना तयार गरी कार्यान्वयन गर्ने र समुदायलाई पनि                  यसै अनुसारका जानकारी उपलब्ध गराउने । भू–उपयोग                  तरिकाका बारेमा स्थानीय समुदाय तथा व्यक्तिलाई समय                समयमा जानकारी उपलब्ध गराउने ।
  • भू–संरक्षण, वन्यजन्तु संरक्षण एवं वासस्थान व्यवस्थापन, अग्नि संरक्षण, पर्या–पर्यटन, वन उद्यमहरूका लागि लगानि          गर्दा दिगो तथा संरक्षणप्रधान नमुनाहरू मात्र कार्यान्वयन गर्ने ।
  • अन्य निकायबाट सञ्चालन गरिने कार्यक्रममा पनि वातावरणीय संरक्षण तथा प्रदूषण कम गर्ने खालको प्रविधि मात्र प्रयोग                गर्न प्रेरित गर्ने ।
  • समुदायमा आधारित वन व्यवस्थापन समूहको पुनर्जागरण तथा विपन्न, गरिबको जीविकोपार्जन र आयआर्जनका लागि       कार्यक्रम परिचालन ।
  • समुदायको बस्ती, कृषि, सिँचाइ तथा पर्या–पर्यटनका लागि वातावरण एवं पारिस्थिकीय संरक्षणबाट मात्र सम्भव               भएको बारे जानकारी हासिल गरेर सोहीअनुसार पैरवी              (Advocacy) गर्ने ।

४. चुनौती तथा दूरगामी प्रभाव

विपद र वनक्षेत्रको कुरा गर्दा नेपालको भूगोलको पनि केही विवेचना गर्नु आवश्यक छ । नेपाल उच्च पहाडी क्षेत्र, भिरालो क्षेत्र र समथर क्षेत्रमा विभाजित छ । विशेषगरी ८३ प्रतिशत भूमि पहाडी क्षेत्र छ भने करिब ५० प्रतिशत जनसंख्या यो क्षेत्रमा बसोबास गर्छन् । धेरै भिरालो, कमजोर भू–बनोट भएको भाग र खोला किनारमा खोलाको स्वभावलाई ख्याल नगरी बस्ती बसाइएका छन् । जग्गाको स्वामित्व व्यक्तिको नाममा भएको जग्गाधनी पुर्जाले निर्धारण गरेको छ भन्ने अवधारणाका कारणले पनि कस्तो जग्गामा के गर्ने हो भन्ने विषयको निर्णय पनि स्वयम् व्यक्तिलाई दिइएको  र राज्यको नियन्त्रण ज्यादै फितलो हु“दा पनि भूकम्पपश्चातको समस्यालाई जोड्नुपर्ने महसुस भएको छ । किनकि, भिरालो जमिनमा खोलाको बहाव र स्वभावलाई ख्याल नगर्दा बस्ती वरिपरि धेरै पहिरो र सम्भावित बाढीबाट समुदायको बस्ती जोगाउन निकै मेहनत परेको छ । कतिपय बस्तीहरू नै सो क्षेत्रबाट सार्नुपर्ने अवस्था सिर्जना भएको छ । अतः २०७२ साल वैशाख १२, १३ र २९ को भूकम्पबाट सिर्जित भएका समस्या ८,८०० भन्दा बढीको मृत्यु, ७ लाख भन्दा बढी घरको क्षति, करिब २३,००० हेक्टर वन क्षेत्रमा हानि–नोक्सानी, करिब ३०० हेक्टर वन क्षेत्रमा अतिक्रमण, करिब ३२०० वटाभन्दा बढी बाढीपहिरोको पहिचान एवं विवरण संकलन गरिएको छ । यी समस्यालाई समाधान गर्न निम्नबमोजिमका चुनौती छन् ः

क.    पहिरो एवं जमिन फाटेको क्षेत्रमा संरक्षण प्रधान कार्यबाट  छिटो भन्दा छिटो पुनस्र्थापना (च्भकतयचबतष्यल) ।

ख.    वनको हैसियत र कमभन्दा कम नोक्सान हुने गरी वन  पैदावार संकलन र सर्वसाधरण भूकम्पपीडितका लागि   सर्वसुलभ रुपमा उपलब्ध ।

ग.    भौगर्भिक अध्ययन पश्चात समुदाय विस्थापनको समयमा    वन क्षेत्रहरूको नोक्सान कम हुने गरी व्यवस्थापन ।

घ.    विपदकै समयमा आकस्मिक बसोबासका लागि वनक्षेत्रको     उपयोग भएकोमा यस्तो प्रकारको वन अतिक्रमणलाई निस्तेज

ङ.    निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रमा पर्या–पर्यटनका लागि  पुनस्र्थापनाका कार्य तीव्र गतिमा सञ्चालन ।

च.    विपद र विपदपश्चातको समयमा वन पैदावार, वन्यजन्तु  चोरी तथा तस्करी नियन्त्रण ।

छ.    विपदप्रधान जिल्लाहरूमा नागरिक सेवा छिटो छिटो सेवा   केन्द्रबाट सञ्चालन ।

झ.समुदाय स्तरका गरिबको उपसमूह, कवुलियती वन समूहलाई  जीविकोपार्जन तथा आयआर्जनका लागि उपयुक्त कार्यक्रमको    पहिचान तथा कार्यान्वयन ।

ज.    पुनस्र्थापनका लागि लगानी सुनिश्चितता तथा कार्यान्वयन                क्षमतामा अभिवृद्धि ।

५. निष्कर्ष

अधिकांश प्रकोपको प्रभाव वन क्षेत्रमा पर्ने र यसको व्यवस्थापन उपलब्धि तथा कमजोरीको प्रभाव पनि प्रकोपमा पर्ने हुन्छ । नेपालमा विशेषगरी प्रत्यक्ष वन क्षेत्रमा सञ्चालन गरिने क्रियाकलाप, मानवजन्य कार्यको प्रभाव र असर पर्ने क्षेत्रमा वन डढेलो, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि आदि पर्दछन् । किनकि, वन क्षेत्रको संरक्षण हुन सकेन भने पहिरो जाने तथा वन क्षेत्र वरिपरि वर्षा पनि बढी हुन्छ । त्यस्तै, वन क्षेत्रले जमिनमा पानीको शोषण गरेर पानीको प्रवाहका लागि एक किसिमको सेवा प्रदान गरेको हुन्छ । अतः वातावरणीय सेवाहरू विशेषगरी पानीको सञ्चिति तथा प्रवाह, भू–संरक्षण, कार्बनको सञ्चिति तथा प्रवाह, माटोको उर्बरापन कायम गर्नसमेत वन क्षेत्रको ठूलो महत्व रहेको छ । अतः यो क्षेत्रको पुनस्र्थापनाका साथै अन्य सबै क्षेत्रले पनि वातावरणीय क्षेत्रमा लगानी गरी वातावरणीय मैत्री सुरक्षालाई ध्यान दिन सके यस्ता विपद सामना गर्न सकिने अठोट गर्न सकिन्छ । । अतः वातावरणीय र वन क्षेत्रको विकास एवं प्राकृतिक साधनको सदुपयोग र व्यवस्थापन बुद्धिमतापूर्वक गर्ने थप अवसर वैशाखमा गएको भूकम्पले दिएको छ भने पुनर्जागरणका लागि सहायकसिद्ध पनि हुनेछ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *