Breaking News

संबृद्धिको नमुना : अमलावास लेकसल्लेरी सामुदायिक वन

रेन्जर, जिल्ला बन कार्यालय ,पाल्पा
रेन्जर,
जिल्ला बन कार्यालय ,पाल्पा

 

 

 

 

 

 

खुलखुले भिरालो ना·ो डा“डो, वर्षात्को समयमा पुरै बगेर जाने चिउरे माटो, वर्षाको पानी बगेर बनेका पार गर्नै नसकिने ठूलाठूला गल्छिहरु, सुकिसकेका पानीका मूलहरु, जताततै भूक्षयमात्र । आफ्नो नजिकको वन यस्तो स्वरुपमा देख्दा छहरा–५ अमलावासका बासिन्दालाई पटक्कै विश्वास थिएन कि त्यस्तो ठा“उमा पनि जताततै हरियाली होला, सुकेका पानीका मूल फेरि रसाउलान्, वनको विकास स“गै त्यही क्षेत्र पर्यटकिय गन्तव्य बन्ला भनेर । तर अमलावास सामुदायिक वनले छोटो समयमा गरेको वनको विकास, जडिबुटी तथा गैरकाष्ठ वन पैदावार व्यवस्थापनमा प्रदर्शन गरेको उत्कृष्ट नमुना, समुहमा कायम गरेको सुशासन, पारदर्शिता, समानुपातिक सहभागिता र वनको विकासमा देखाएको निरन्तर लगनशिलताले विश्वासै नलागेको आफ्नै माटोमा सुन फलाउन सकिन्छ, भन्ने कुरामा स्थानियवासीहरुलाई विश्वस्त तुल्याएको छ । यस्तो नाङ्गो डा“डोमा २०४५ सालमा जिल्ला वन कार्यालय, पाल्पाले खोटे सल्लाको वृक्षारोपण ग¥यो । दुई वर्षजति हेरालुबाट लगाईएका विरुवाहरुको संरक्षण गरियो । त्यसपछि त्यसको संरक्षण गर्ने या त्यतिकै छाड्ने? जिम्मेवारी आयो स्थानिय वासिन्दाहरुमा । स्थानिय अगुवाहरुको संरक्षण समिति बनाईयो र समितीले कठोर निर्णय लियो, वनक्षेत्रमा चरिचरण बन्द गर्ने । वन विनाशको एउटा प्रमुख कारण चरिचरण हो, चरिचरण बन्द गरेबाट नै सो क्षेत्रको व्यवस्थित वन संरक्षण र विकासको प्रारम्भ भएको हो, तर चरिचरण बन्द गर्ने कुरा गा“उलेहरुलाई मन परेन । उनीहरुले आफ्ना गाईवस्तु वनमा जथाभावी हुल्न पाएनन् जसको कारण अगुवाहरुस“ग घम्साघम्सी समेत प¥यो तर १–२ वर्षमै जोगाइएको वनबाट खर र घा“स पाउने अवस्था भएपछि स्थानियहरुलाई पनि चरिचरण बन्द गरेको ठीकै जस्तो लाग्यो र अगुवाहरुलाई गाउ“लेको पनि साथ मिल्दै गयो । यसै कारणले गर्दा वृक्षारोपण गरिएका विरुवाहरु हुर्किदै गए र ०५३÷५४ साल सम्ममा नाङ्गो वनमा चिलाउने, कटुस, लाकुरी जस्ता चौडापाते प्रजातिका विरुवाहरु आई वन हरियालीमा परिणत हुन थाल्यो ।

सामुदायिक वनको लहर जिल्ला वन कार्यालय, पाल्पाले चलाउन थालेपछि २०५२ सालमा ३७.२५ हेक्टर वनक्षेत्र अमलावास सामुदायिक वनको रुपमा उपभोक्ताहरुलाई हस्तान्तरण गरियो । तिलकथान र अमलावास गरि मुख्य दुईवटा खण्ड र ४ वटा ब्लकमा विभाजित गरि यस सामुदायिक वनको व्यवस्थापन गर्ने योजना बनाईयो ।

न त सालका ठूला रुख, न त सल्लाका । शिशु अवस्थामा बल्लतल्ल वन हुर्कदै थियो । यस्तो वनबाट अहिलेकै पुस्ताले आम्दानी लिन सक्ला भन्ने जस्तो गा“उलेहरुलाई त लागेन तर अगुवाहरुले यस वनमा जडिबुटी र गैरकाष्ठ वन पैदावारको व्यवस्थापन गर्ने दुरदर्शी नीति लिए । निति अनुरुप सुरुमा वनमा ८० ग“ँज वा“स लगाईयो, ४० हजार अम्रिसो, बा“स र अम्रिसोको कारण गल्छी नियन्त्रण संगै आयआर्जनका लक्षणहरु पनि  देखा पर्न थाले भने अर्कोतर्फ वनमा भएको हरियाली र वन संरक्षण गरे वापतको उपहार स्वरुप वनक्षेत्रमा रहेको मुसिप“धेरामा २० वर्ष अघि सुकेको पानीको मुल फेरि देखा पर्दा गा“उलेहरु भेला भएर द· पर्दै भने वन संरक्षणको महत्व त बल्ल पो थाहा पाइयो ।

यसरी वनको विकास वातावरणीय विकास संगै सामाजिक विकास, संस्थागत  विकास र अफ्नो  पहिचान निर्माणमा योजनावद्ध ढंगले सामुदायिक वन वामे सर्न थाल्यो । समुहको जडिबुटी विकास नीति अनुरुप २० वटा जडिबुटीहरुको नमुना रोपण सहित २०५७ सालमा जडिबुटी पहिचान तथा प्रदर्शनी प्लटको स्थापना गरियो । जुन प्लट नै अहिलेको सामुदायिक वनलाई पाल्पा जिल्लामा नमुना सामुदायिक वनको रुपमा चिनाउने एउटा माध्यम बनेको छ ।

२० प्रजातिका जडिबुटीहरुबाट सुरु गरिएको प्रदर्शनी प्लटमा अहिले २३० वटा प्रजातिहरु पुगेका छन् । एउटै प्लटमा २३० किसिमका जडिबुटीहरु हेरेर चिन्न र पहिचान गर्न पाइने । तिनीहरुको महत्व  र उपयोगिताको अध्ययन गर्न पाइने । सामुदायिक वनमा काम गर्ने अभियन्ताहरु, वनक्षेत्रमा काम गर्ने वन कर्मीहरु, विश्व विद्यालयका विद्यार्थीहरु, आन्तरिक र विभिन्न जिल्लाबाट भ्रमण आउने पर्यटकहरु सबैलाई यो प्रदर्शनी प्लट महत्वपूर्ण पाठशाला र खुला विश्वविद्यालय नै सावित भएको छ । सरकारले देला र गरौंला भन्ने आशाखेतीको पछाडि यहा“का उपभोक्ताहरु लाग्दैनन् । स्थानीय श्रोत र साधनबाटै मौलिक र सृजनात्मक कामको सुरुवात गरि उदाहरणिय नमूना प्रदर्शन गर्न खप्पिस यहा“का उपभोक्ताहरुले त्यहा“ पुग्ने जो कोहिलाई पनि द· पार्ने गरेका छन् । पाल्पा जिल्ला मात्र नभई यस क्षेत्रमै सामुदायिक वनले गरेको यस्तो सकारात्मक प्रयास कमै मात्र भेटिएला ।

जिल्ला वन कार्यालयको सहयोगमा अहिले नमुना प्लटमा रहेका जडिबुटी प्रजातिहरुमा नाम र वैज्ञानिक नाम सहित प्रत्येक वोटमा ट्यागि· गरिएको छ । प्लटमा पुग्ने बाटो थिएन, त्यहा“ पुग्ने र अवलोकन गर्नको लागि बाटोहरु बनाइएको छ । ट्याङ्की र पाईप खरीद गरि आकाशे पानी संकलन गरेर प्लटमा रहेका विरुवालाई सिंचाई गर्ने व्यवस्था समेत मिलाइएको छ । पानी नभएको सुख्खा ठा“उ भनेर पन्छिन चाहेनन् उनिहरु । गर्न चाहे के हुदैन र? पौरखीलाई सबै कुरा सम्भव हुन्छ । कुनै कुराको अभाव देखाएर कामबाट पन्छिन नचाहने अमलावास सामुदायिक वनका पौरखी उपभोक्ताहरुले पानीको अभाव भएको सुख्खा ठा“उमा समेत प्लाष्टिक पोखरी बनाइ नर्सरी संचालन र वर्षात्को पानी संकलन गरी जडीबुटीमा सिंचाइ गर्ने व्यवस्था मिलाई छाडे ।

समुहले गरेको अर्को महत्वपूर्ण उपलब्धी हो, सामुदायिक नर्सरी सञ्चालन । सामुदायिक वनले काठ दाउरा बिक्रि मात्र गर्नुपर्छ, त्यो मात्र आम्दानी हो भनेर सोच्ने र समुहको आम्दानीमा समेत गिद्धेदृष्टि लगाई अपारदर्शी कृयाकलापहरु गर्ने कतिपय उपभोक्ता समुहलाई चुनौती दिदै विरुवा उत्पादन गरी निजी जग्गा र सामुदायिक वनमा वृक्षारोपण गर्नुपर्छ भन्ने अभियानलाई एक दशक देखि अगाडि बढाएको छ, अमलावास सामुदायिक वनले रुख काट्नलाई होईन, विरुवा रोप्नलाई जोड गर्नुपर्छ । सबैलाई यहि सन्देश दि“दै हालसम्म एकलाख भन्दा बढी विरुवाहरु उत्पादन गरी छहरा, सोमादी, मुझुङ, कुसुमखोला, खस्यौली, पालुङमैनादी, भूवनपोखरी, अर्घाखा“चीको पणेना र खिदिम सम्मका गा“उहरुमा समेत निःशुल्क वितरण गर्दै आईएको छ भने जिल्ला कृषि विकास कार्यालय, पाल्पाको सहयोगमा उक्त नर्सरीमा सिंचाईको लागि १ लाख २० हजार घन मी. क्षमताको प्लाष्टिक पोखरी समेत निर्माण गरिएको छ । जुन कार्यक्रममा जिल्ला वन कार्यालयको समेत सहयोग रहदै आएको छ । समुहका कृषकहरुको खेर गईरहेको नीजि र बा“झो जग्गामा जडीबुटी खेती गरि आयआर्जन गर्न सकिन्छ भनि समुहद्धारा गरिएको सचेतना मूलक कार्यक्रमहरुबाट समूहका अधिकांश सदस्यहरुले दालचिनी, अम्रिसो, हर्रो, वर्रो कुरिलो, घ्यूकुमारी जस्ता जडिबुटीहरुको खेती गरी आत्मनिर्भर बन्न थालेका छन् । समुहलाई सबृद्ध बनाउन सामुदायिक वनमा छुट्टाछट्टै जडीबुटीहरुका खेती गरिएका प्लटहरु बनाईएको छ । ०६६÷०६७ मा दालचिनी प्लट, ०६७÷०६८ मा हर्रोबर्रो प्लट, ०६८÷०६९ मा अमला प्लट, ०६९÷०७० मा रिठा प्लट । यसै बर्षदेखि चिराईतो, लौठसल्ला र ओ“खर जस्ता नया“ नया“ प्रजातीका प्लटहरु समेत तयार गरिएको छ । यसरी प्रत्येक वर्ष कुनै क्षेत्रमा एउटा जडीबुटी प्लट बनाईन्छ, ४–५ हजार विरुवा रोपिन्छ त्यसको संरक्षण र संबद्र्धन गरिन्छ अनि जडिबुटी खेतीबाट एउटा सम्वृद्ध समूह बन्ने अभिलाशा र परिकल्पना सहित उपभोक्ताहरुको मन फुरु· हुन्छ अनि जोश, जाँगर पलाउन थाल्छ  सामुदायिक वनमा काम गर्नको लागि ।

रीठाबाट बनाइएको साबुन र कस्मेटिकहरु अत्यन्त महंगोमा  बिक्रि हुन्छन् । रीठा प्लटलाई अझै विस्तार गर्ने र १० वर्षभित्रमा समूहमै साबुन उद्योग संचालन गर्ने महत्वाकांक्षी योजना समुहको रहेको छ । सामुदायिक वनमा काम गरेर यहँ“का उपभोक्ताहरु कहिल्यै थाक्दैनन् । बरु नया“ सो“चको साथ नया“ काम गर्न पाए हुन्थ्यो भनेर जहिले पनि उनिहरुलाई काउकुती लागिरहन्छ । यो सबै पे्ररणाको स्रोत जिल्ला वन कार्यालय हो, भन्छन् समूहका अगुवाहरु ।

समुहले जडीबुटी खेती विस्तारको अभियानलाई जोड दिएकोले जिल्ला वन कार्यालयले समेत हातेमालो गरेको छ । गाउ“घरमा पाईने जडीबुटीहरु लोप हु“दै गएको, संरक्षण र उपयोग हुन नसकेको र मानिसहरु औषधि उपचारको लागि आधुनिक चिकित्सा पद्धतितर्फ आकर्षित हुदै गईरहेको समयमा स्थानिय स्तरमा पाईने हर्रो,बर्रो,अमला,गुर्जो,घोडटाप्रे,कुरीलो,सौर आदि जडीबुटीहरुको समुहमै प्रशोधन गर्न मेसिन उपलब्ध भएपछि त्रिफला, ग्याष्ट्रिक चुर्ण, पाचक, वाथको औषधि लगायतका १० भन्दा बढी आयुर्वेदिक औषधिहरु समूहमै तयार गरेर न्यून शुल्कमा उपलब्ध गराउने गरिएको छ । जसबाट समूहका सदस्य र समूह बाहिरका यहा“ आउने जो कोही समेत लाभान्वित हु“दै आएका छन् ।amalabas samudayik nurserry 1

दुई दशकको अथक प्रयास र मेहनत पछि उपभोक्ता समूह अहिले आम्दानी लिनसक्ने अवस्थामा समेत पुगिसकेको छ । समूहका कृषकहरुबाट अम्रिसोको विरुवा, हर्रो, बर्रो, अमला रीठा जस्ता जडीबुटीहरुको बीउ खरीद गरी पाल्पा जिल्ला र तनहु“, स्या·जा,अर्घाखा“ची लगायतका विभिन्न जिल्लामा बिक्रि गरि“दै आएको छ । अबका २,३ वर्षमा तेजपात प्लटबाट पात र बोक्राले प्रशस्त आम्दानी दिन थाल्नेछ । हर्रो, बर्रो, अमलाको बिक्री हुनेछ । बा“स, अम्रिसो र वनमा चरिचरण निषेध गरि जोगाएको घा“स बिक्रिबाट अहिले पनि मनग्य आम्दानी भईरहेको छ । स्थानीय बासिन्दाले लगाएका जडीबुटीहरुको पनि व्यापारको समस्या छैन । केहि जडीबुटी समुहले नै खरिद गरि प्रशोधन गर्दछ भने बढी भएमा बिक्रि गर्न समेत समूहले नै सहयोग गर्दछ । सहकारीको माध्यमबाट जडीबुटीहरुको संकलन र बिक्रि गर्न सकेमा समूहका सदस्यहरुको आम्दानी संस्थागत गर्न सकिन्छ भनेर त्यसतर्फ समेत समूहको ध्यान जानु जरुरी छ ।

विगतमा सामुुदायिक वन उपभोक्ता समूहमा जिल्ला वन कार्यालयले पनि जडीबुटी सम्बन्धि विभिन्न तालिम, गोष्ठीहरु संचालन गरेको छ । समूहले आफ्नै पहलमा रुपन्देही, नवलपरासी, चितवन, मकवानपूर लगायतका विभिन्न जिल्लामा उपभोक्ताहरुलाई भ्रमण समेत गराएको छ । जिल्लाको विभिन्न ठाउ“मा संचालन हुने तालिम गोष्ठीहरुमा भाग लि“दा उपभोक्ता सदस्यहरु र समूहका महिलाहरु समेत निर्धक्क स“ग आफ्ना कुरा राख्ने र कसैले केहि कुरा सोधेमा ढुक्क भएर जवाफ दिन सक्ने भएका छन् । यो पनि समूहको क्षमता विकासको एउटा नमुना हो ।

सदरमुकाम तानसेनबाट पश्चिमतर्फ तानसेन सन्धीखर्क मोटरबाटोमा २४ कि.मि. को दुरीमा रहेको यो उपभोक्ता समूहमा १०६ घरधरीहरु आवद्ध रहेका छन् । जसमा ४४% जनजाती, २९% दलित र ब्राहमण क्षेत्री २७% रहेका छन् । सम्पन्नता स्तरीकरण गरि समुहका विपन्न वर्गहरु पहिचान गरिएको छ । विपन्न वर्गका ३ जना जेहेन्दार विद्यार्थीहरुलाई प्रत्येक वर्ष सामूदायिक वनले पोशाक उपलब्ध गराउने गर्दछ । विपन्न वर्गलाई बाख्रा, कुखुरा, जडीबुटी खेती, बंगुर पालन आदि गरेर जिविकोपार्जन गर्नको लागि अति न्यून व्याजदरमा ऋण प्रवाह गरिएको छ भने घरगोठ बनाउन बा“स र काठ समेत न्यून शुल्कमा उपलब्ध गराउने व्यवस्था छ । समूहको पहलमा छिमेकी सामुदायिक वनको समेत सहयोग लिई ४ कोठाको पक्की सामुदायिक भवन निर्माण गरिएको छ । उक्त भवनमा समूहका गरिव तथा विपन्न वर्गका  बालबालिकालाई पा“च कक्षासम्म पठनपाठनको व्यवस्था मिलाईएको छ ।

सामुदायिक वनको कारण समूहका महिलाहरुको समेत चेतनास्तर माथि उठेको छ । प्रत्येक साधारण सभामा ८० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता रहन्छ । सभामा महिलाहरु निर्धक्क भएर बोल्छन् । मनमा लागेका कुरा गर्छन् र निर्णय प्रक्रियामा समेत सक्रिय सहभागिता जनाउ“छन् । उपभोक्ता समूहले विधान र कार्ययोजना अनुसार नियमित रुपमा बैठक भेला गर्ने गर्दछ । वार्षिक रुपमा सार्वजनिक लेखा परिक्षण गरिन्छ । नीति नियम, विधान कार्ययोजनाको बारेमा आम उपभोक्तालाई जानकारी गराईएकोे छ । समूहका अभिलेख जिन्सी खाता, दर्ता, चलानी आयव्यय तथा कार्यक्रमहरु दुरुस्त र ऐना जस्तै छर्ल· छन् । आखिर यहि त हो सुशासन, जवाफदेहिता र पारदर्शिता भनेको ।

पर्यावरण र जैविक विविधता संरक्षणको लागि समेत उपभोक्ता समूह सचेत छ । पहिला वन्यजन्तुको नाममा छेपारो समेत नदेखिने यस वनमा अहिले चितुवा, स्याल, खरायो जस्ता वन्यजन्तुहरुले वासस्थान बनाएका छन् भने कालिज, लुईचे, तित्रा, ढुकुर आदि चराचुरु·ीहरुको चिरविर आवाजले यस क्षेत्रमा पुग्नेहरुलाई मन्त्रमुग्ध बनाउन थालेको छ ।

यसरी हेर्दा वनको विकास, नेतृत्व विकास, क्षमता विकास, संस्थागत विकास, वातावरणीय विकास, जैविक विविधताको विकास, विपन्न वर्गको जिविकोपार्जनमा सहयोग यी सबै कुरा सम्भव गराएको हो, अमलावास सामुदायिक वनले र उक्त समूहले संचालन गरेको जडीबुटी विकास कार्यक्रमले । एउटा रुख हुर्किन र परिपक्क भएर उपभोग गर्ने अवस्थामा पुग्न कम्तिमा ५० वर्ष लाग्छ, जुन एकजना मानिसको जिवनमा कमै सम्भव हुन्छ तर अग्रगामी सोचका साथ सामुदायिक वनले गैरकाष्ठ वन पैदावार र जडीबुटी खेतीलाई अगाडी बढाएकोले नै दुई दशकमै यति ठूला सफलताहरु हात परेका हुन् भन्न सकिन्छ । सामुदायिक वनले विभिन्न समयमा पाएका पुरस्कार र कदरपत्रहरुले समेत यो कुरालाई पुष्टि गर्दछन् । जिल्लाभरका सामुदायिक वन मध्येमा आ.व. ०५८।५९ र आ.व. ०६५।६६ मा जिल्ला वन कार्यालयबाट दोश्रो पुरस्कार यो सामुदायिक वनलाई प्राप्त भएको छ भने ०६७ मंसीरमा वन प्राविधिक संघ, नेपालद्धारा वनदेवी पुरस्कारले सम्मानित भएको छ त्यस्तै २०६२ सालमा सामुदायिक वन उपभोक्ता केन्द्रिय महासंघबाट समेत कदरपत्रद्धारा यो सामुदायिक वनलाई सम्मान गरेको छ ।

अहिलेको अमलाबास सामुदायिक वन उपभोक्ता समूहको अथक प्रयास र परिश्रमको उपज हो । यस सामुदायिक वनको छिमेकी समूह लेकसल्लेरी सामुदायिक वनलाई समेत एकिकरण गरि ठूलो समूहमा जडीबुटी विकास र वन विकास कार्यक्रम संचालन गर्ने लक्ष्य समेत राखिएको छ । दुईवटा सामुदायिक वन एकिकरण भएपश्चात यस सामुदायिक वनको क्षेत्रफल ७३.२२ हेक्टर कायम भएको छ । यो समूहलाई सफलताको सि“ढी चढाउने काममा अहोरात्र खट्ने समूहका अध्यक्ष माधव प्रसाद घिमिरे र स्थानिय समाजसेवी मिन प्रसाद न्यौपानेको अहम भूमिका छ भने विकास र व्यवस्थापनमा माहुरीले जस्तै मेहनत गरी यस वनलाई मधुशाला बनाउनमा उपभोक्ता सदस्यहरुको पसिना प्रशस्तै पोखिएको छ ।

अमलावास सामुदायिक वनका कृयाकलापहरु हेर्दा अन्य सामुदायिक वन उपभोक्ता समूह तथा वन र वातावरण प्रमीहरुको लागि एउटा विश्वविद्यालय नै हो । खेर गईरहेको, हैसियत बिग्रिएका सामुदायिक वन तथा निजी जग्गामा र भिरकान्लाहरुमा तेजपात, अम्रीसो, हर्रो, बर्रो, कुरीलो, घ्यूकुमारी, अमला जस्ता जडिबुटीहरु विस्तार गरेमा कामको खोजिमा भौतारिदै विदेश जानु नपर्ने सन्देश यो समूहले दिएको छ भने पारदर्शिता, सुशाासन, विपन्नमुखी जिविकोपार्जन र संस्थागत विकासको लागि यो सामुदायिक वनबाट अन्य सामुदायिक वन उपभोक्ता समूहहरुलाई महत्वपूर्ण सिकाई हुन सक्दछ । जडिबुटीको पहिचान र प्रदर्शनीमा यो सामुदायिक वन यस क्षेत्रकै एउटा गन्तव्य भएकोले पाल्पा जिल्ला प्रवेश गर्ने जो कोहिलाई यस सामुदायिक वनमा एकपटक भ्रमण गर्नु आवश्यक छ ।

पाल्पा जिल्लामा तेजपात खेतीको प्रशस्त सम्भावना छ । तथ्याड्ढ अनुसार जिल्लाभरका निजी कृषकहरुले वार्षिक ५ देखि १० करोड रुपै“या बराबरको दालचिनीको पात र बोक्रा बिक्रि गर्दछन् । त्यसैले पाल्पा जिल्लालाई तेजपातको जिल्ला वनाउने जिल्ला वन कार्यालयको अभियान अन्र्तगत पश्चिम पाल्पामा समेत जडीबुटी पकेट क्षेत्र बनाई कार्यक्रम संचालन गरिएको छ । छहरा, मुझुङ र पालुङमैनादी गा.वि.स. लाई लक्षित गरी बनाईएको जडीबुटी पकेट क्षेत्र अन्र्तगत अमलाबास लेकसल्लेरी सामुदायिक वन पनि पर्दछ । जिल्ला वन कार्यालय पाल्पाको अभियान, नेपाल सरकारको जडीबुटी विकास नीति र अमलावास सामुदायिक वनको यो परिश्रमलाई हेर्ने हो र यसको सिको अरु सामुदायिक वन र कृषकहरुले पनि गर्ने हो भने अपत्यारिलो आम्दानी जडीबुटी खेतीबाट हुन सक्दछ र गरिबी न्यूनिकरणमा समेत महत्वपूर्ण कोषेढु·ा सावित हुन सक्दछ, जसबाट समाजको सम्बृद्धि सम्भव छ भन्ने उदाहरण अमलावास लेकसल्लेरी सामुदायिक वन हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *