Breaking News

व्रतवन्ध सस्कारमा प्रचलित वन वनस्पतिहरु

 

सस्कृतविद मदनपोखरा, पाल्पा
डा.हरिहर शर्मा अर्याल सस्कृतविद मदनपोखरा, पाल्पा

उपनयन अर्थात् ब्रतबन्ध । ब्रम्हचर्य ब्रतको नियमबद्ध आरम्भलाई व्रतबन्ध भनिन्छ । उपनयन दुईवटा शब्दले बनेको छ– उप + नयन । उप अर्थात् समीप, नयन अर्थात् लैजानु । ब्रम्हचर्य– व्रतपूर्वक विद्याग्रहणका लागि गुरु (शिक्षक) का समीपमा वालकलाई लैजानु– ‘उपनयन’ शब्दको अर्थ हो ।

हाम्रो संस्कृतिमा सोह्र संस्कार मुख्य मानिएका छन् । ती मध्ये उपनयन पनि एक प्रमुख संस्कार हो । यी संस्कारहरुले मनुष्यमा प्रशस्त गुणहरुको आधान गरी मनुष्यलाई गूण–शील–विद्या– विनय–सम्पन्न सज्जन बनाउने गर्दछन् । उपनयनका साथै आजभोलि ‘वेदारम्भ’ (विद्यारम्भ) तथा ‘समावर्तन’ (दीक्षान्त) दुई संस्कार अरु पनि गर्ने–गराउने गरिन्छ । प्रायः ‘चूडाकरण’ संस्कार पनि उपनयनकै पूर्वा·का रुपमा गरिन्छ । यसरी चारवटँ संस्कारहरुको एकत्र समावेशलाई व्रतबन्ध भन्ने गरेको हामी पाउ“छौ ।

व्रतबन्ध द्विजातिहरुको मा·लिक उत्सवको रुपमा पनि मनाउने गरिन्छ । यो मनाउने क्रममा वन्यजन्य रुख–विरुवाहरुको के कस्तो उपयोगिता छ ? वनस्पतिहरुले कसरी यस्ता कार्यक्रमलाई भव्य तथा प्राणवान् बनाउ“छन् ? भन्ने विषयतिर दृष्टिपात गरौं ।

१. कूश – प्रत्येक धार्मिक मा(·लिक कृत्यमा नभै नहुने, उसको अनुपस्थितिमा कार्य नै निष्फल हूने मामूली जस्तो तर निकै महत्वपूर्ण बिरुवा (खर जस्तो घास) हो ‘कुश’ । कुश हातमा लिए पछि तथा कूशका आसनमा बसेपछि मात्र कर्ताले आफुलाई पवित्र मान्ने गदर्छ । पुर्वा(· (चूडाकरण) का रुपमा पुर्वदिन साझ बटूका केशहरुलाई कूशले बाधी अलग अलग गराइन्छ, अनि अर्को दिन त्यसै अनुसार क्षौर गरिन्छ । कूशका साथै प्रत्येक कार्यको आरम्भ मै अत्यावश्यक पर्ने पदार्थ हुन जौ र तिल । जौ, तिल र कुश हातमा लिएर संकल्प गरेपछि मात्र कुनै पनि कार्यको शुरुवात हुने गर्दछ ।यो कुश मा(·लिक कृत्यमा मात्र होइन कि अन्त्येष्टि सन्बन्धित क्रियाहरुमा पनि उत्तिकै उपयोगमा आउने गर्दछ ।

२. खर – व्रतबन्धको कार्यक्रम प्रा·णमा बनाइएको मण्डपमा सम्पन्न गरिन्छ । मण्डपलाई एवं घरलाई सिंगार्न तोरण बाध्ने चलन छ । तोरण बनाउन एक प्रकारको खर (जसलाई वनकसी वा वनकस भनिन्छ) चाहिन्छ, जो वनमा पाइने खर घास मध्ये विशिष्ट खर हो । वनकसी बाटेर बनाएको डोरो सुन्दर तथा बलियो हुने गर्छ ।यस डोरामा अ“ाप पीपलका पात एवं फुलहरु उनेर सिगारिन्छ र मण्डन र घरका चारैतिर घुमाएर   टा“गिन्छ ।

३. साल – मण्डप बनाउ“दा सर्वप्रथम लिंगा गाड्ने चलन छ । लिंगा प्रायः सालका सोझा –सोझा हँ“गा हेरेर राखिन्छ । ‘साल’ यज्ञीय काष्ठ हो । यसैले यज्ञहरुमा, विवाह, व्रतबन्ध आदी कार्यमा सालको (जो ठूलो रुखमा परिणत हुने वनस्पति हो) विविध प्रयोग भएको पाइन्छ । मण्डपका लिंगा बाहेक अन्यत्र पनि सालको प्रयोग हुन्छ । सालको पातहरुको प्रयोग पत्रावली (टपरी), दूना–बहुता, खोरी आदी बनाएर पूजा– सामान राख्नमा तथा खान पानमा (भोजभतेर) गरिन्छ । सालको काठको समिधा बनाई हवन कुण्डमा आहुति दिइन्छ । लिंगामा सालको साथै ऊखू, ब“ँस आदि पनि गाडिन्छ । रङ्ग – विरङ्गी फूल – मालाहरुले अलंकृत गरी चारैतिरबाट मण्डप सजाइन्छ ।

४. बर–पीपल–पँ“कड–डुम्री–आ“प – प्रत्येक शुभकार्यमा कलश स्थापना हुने गर्दछ । कलशमा पा“च वनस्पतिका पँ“च पल्लवहरु राखिन्छन् । यी वनस्पतिहरु ‘क्षीरिवृक्ष’ भनिएका छन्, किनकी यी वनस्पतिहरुका देहबाट क्षीर अर्थात दूध (चोप) बग्ने गर्दछ । यी क्षीर विशिष्ट औषधी मानिएको छ आयुर्वेद शास्त्रमा । ‘पञ्चकषाय’को रुपमा पनि यी नै वनस्पतिहरु प्रयुक्त हुन्छन् । औषधीय तथम जीवनीय सम्पन्न भएका यी वनस्पतिहरु हुन्– बर,पीपल,पा“कड(पा“करी),डुम्री र आ“प । कार्यारम्भ देखी लिएर कार्यान्त सम्म कलशका जलभित्र रहेर यी वनस्पतिह पक्तवहरुले कलशको जललाई विशिष्ट औषधी तुल्य बनाइदिन्छन्, अनि यज्ञान्तमा त्यसै जलले अभिषेख गर्ने चलन चलेको हो । अमृताभिषेखकोऽस्तु’’ भन्दै  गरिने यस अभिषेख द्धारा औषधीय जीविनोपयोगी तत्व

यज्ञकर्तालाई प्राप्त गराउनु यसको उदेश्य हो ।

५. मुञ्जखर – उपनयनमा गणपत्यादि–पूजन गरिसके पछि आचार्यले बटुका कमरमा ‘मुञ्ज–मखेला’ लगाईदिन्छन । त्यो मुञ्ज नामक खरले बाटेको र जनै जस्तो ग्रान्थी लगाएको ‘मेखला’ (करधनी श्र कन्नानी) हो । यस खरको रेशा सुन्दर, नरन र टिकाऊ हुने हु“नाले यसको प्रयोग गरिएको हो । मुञ्जको अभावमा कुशको मेखला बनाउने बिकल्प छ । यसै प्रकारणमा बटुलाई मृगचर्म धारण गराइन्छ, त्यो पनि वन्यजन्तु कृष्णसार मृगबाट प्राप्त हुन्छ ।

६. पलास÷पैञ्यू“  – यसै क्रममा बटुलाई ‘दण्ड’ धारण गर्न दिइन्छ । यो दण्ड पलाश वृक्षको उत्तम मानिन्छ । पलाशको अभावमा पैञ्यू“ दण्ड दिने चलन छ । भिक्षा माग्न हि“ड्दा बाटामा आइपर्ने भयको निवारण, खोला–नाला तर्दा पानीको परिमाण जान्नका लागी किंवा समिधा–कुश फल–फूल लिन जंगल जा“दाको लागि आवश्यक पर्ने हुनाले ब्रह्चारी बटुले दण्ड धारण गर्नु उचित देखिन्छ ।

७. कपास – बटुले धारण गर्ने यज्ञोपवीत (जनै) कसरी बन्छरु वनमा पाइने विरुवा– (जसलाई कपास भनिन्छ() को फलबाट प्राप्त हुने कपास (रुई) कातेर धागो बानाएर, धागोलाई त्रिवृत्त गरेर बाटी पुनः त्रिवृत्त गरी ग्रन्थि दिएपछि ‘नवतन्तुयुक्त त्रिगुणम्’ यज्ञसूत्र (जनै) तयार गरिन्छ । यो यज्ञसूत्र ब्रह्चारी बटुले एउटा मात्र (त्रिसुत्री) धारण गर्दछन् । पछिल्लो संस्कार ‘समावर्तन’ मा अर्को त्रिसूत्री थपेर यज्ञोपवीत पूर्ण हुन जान्छ । यसै प्रकरणमा सवितृ–नारायणको प्रीती–हेतु आठ यज्ञोपवीत तथा वस्त्र आदी दान गरिन्छ ।

८. साल–पलाश–समीधा – हवन गर्ने प्रकरणमा पनि वनस्पतिको उत्तिकै आवश्यकता छ । यद्यपि वनमा छरिइको गाईको सूखेको गोबर (कण्डा()कै घृतमिश्रित आहुति दिने शास्त्रीय विधान छ तथापी बटुद्धारा अग्निप्रदक्षिणा गर्दै ‘अग्नये समिधमाहार्षम०’ मन्त्रले पलाशका तीन–तीन समिधा घृताक्त गरि स्वाहा गरिन्छ । पलाशका समिधा ३ र १८ गरी जम्मा २१ वटा हुन्छन् । ३ कुशकण्डिका प्रकरणमा तथा १८ अग्निप्रदक्षिणा प्रकरणमा होम गरिन्छ । होमप्रकरणमा यी आहुती बाहेक आज्याहुति आदी होमका लागी सालका अथवा अन्य यज्ञीय काष्ठका समिधाहरुको प्रयोग गरिन्छ । आरम्भ देखि अन्तसम्म अग्नि प्रज्वलित रहनका निम्ति अन्य समिधाको आवश्यकता पर्दछ ।

९. पलाश काष्ठपट्ट – सावित्री सुनाउने प्रस·मा जुन काष्ठपट्ट (पाटी) मा मन्त्र लेखिन्छ त्यो पट्ट पनि पलाशको भए उत्तम मानिन्छ, किनकि पलाश ब्रम्हवृक्ष हो । त्यसै पट्टमा देवताहरुको आवाहन र पूजन गरी बटुलाई सावित्री–उपदेश गरिन्छ । त्यसैमा आफ्नो शाखाको वेदमन्त्र लेखी वेदारम्भको अध्ययन पनि गराइन्छ ।

१०. डुम्रीको दतिउन – अन्तमा समावर्तनको तयारी प्रकरणमा स्नान गर्नका लागि आठ कलशहरुमा जल पल्लव राखी मन्त्रपूर्वक कलशले स्नान गराइन्छ । अनि डुम्री (उदुम्बर)का दन्तधावन (दतिवन)ले मुख सफा गर्ने नियम छ । स्नानादि पश्चात् नया“ कपडा लगाई छाता, दण्ड (पलाशदण्ड त्यागेर वेणु (बा“स) दण्ड) आदी लिएर बटुले ब्रम्हचर्य व्रत समाप्त गर्दछ तथा गृहस्थ धर्म अंगीकार गर्न तत्पर हुन पुग्दछ ।

यसरी हामी पाउ“छौं कि आरम्भदेखि अन्तिम प्रसङ्ग सम्म पनि हाम्रा उपनयन आदि संस्कारमा वनका ठूला–ठूला वनस्पतिहरु देखि लिएर साना तिना भुईंमा छरिएका खर–पातहरुको ठूलो योगदान रहेको हुन्छ । हाम्रा संस्कार–उत्सवहरु वानस्पतिक सहयोग बिना सन्पन्न हुन सक्दैनन् । खर, घा“स, पात, फूल, फल,पल्लव,काष्ठ–समिधा, लिंगा, हा“गा, बि“गा – इत्यादी रुपमा, कुनै न कुनै प्रकरणमा  कुनै न कुन रुपमा वनस्पतिका अ· –ऊपा·हरुले हाम्रा संस्कारहरुलाई छपक्कै छापेको देख्न सकिन्छ ।

वनस्पतिहरुको धेरै महत्वपूर्ण र मानवीय जीवनका लागि अत्यन्त उपादेय योगदान रहेको हामीले पाएका छौ“ । बदलिएको आजको परिवेशमा पनि वनस्पतिकहरुको योगदान कम भएको छैन । मानवबाट उपेक्षा हुन सक्तछ तर त्यसले वनस्पतिको गुणवत्तामा कुनै कमी आएको दैखि“दैन । अलम् ।।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *