Breaking News

नेपालमा बाघ संरक्षण

डा. महेश्वर ढकाल उप सचिव, रा.नि.तथा. व.ज.सं. विभाग
डा. महेश्वर ढकाल
उप सचिव, रा.नि.तथा. व.ज.सं. विभाग

tiger

बाघको महत्वः

मानव विकासको चरम उत्कर्षमा पुग्दै गर्दा प्रकृति संरक्षण एउटा ठूलो चुनौती बन्दै आएको छ । त्यसमा पनि बाघ र गैंडा लगाायतका दुर्लभ र लोपोन्मुख वन्यजन्तुको संरक्षण झनै पेचिलो वनेको छ । बाघलाई हामीहरुले परापुर्व कालदेखि जं·लको राजा र शक्तिको श्रोत मान्दै आएका छौ । तर आज बाघ मानव विकासको चपेटामा परेको छ । विश्व भरीमा आज भन्दा ७० वर्ष अगााडी १,००,००० को हाराहारीमा रहेको बाघ को सख्या संकुचन भएर आज जम्मा ३,००० को हाराहारीमा रहन पुगेको छ । यस तथ्यांकले नेपाललाई मात्र नभएर बाघ पाइने सम्पुर्ण राष्टहरुलाई र अझ बढी विकसित राष्ट्र तथा विश्व बैंक लगायतका संस्थाहरुलाई बाघ कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ मञ्चमा विघिन्न राष्टका प्रमुख र दातृ निकायका प्रमुखले व्यक्त गरेका भनाईबाट यहि प्रष्ट हुन्छ ।

विश्वका बाघ पाइने राष्ट मध्ये नेपाल एक प्रमुख राष्ट हो । नेपालको तराई भु परिधिले ओगटेको पुर्वमा बागमती  देखि पश्चिममा महाकाली नदि सम्मको भू–भाग बाघको प्रमुख बासस्थान हो । त्यसमा पनि तराई भु–परिधि क्षेत्रमा पर्ने संरक्षित क्षेत्रहरु चितवन राष्ट्रिय निकुञ्ज, वर्दिया राष्ट्रिय निकुञ्ज, र बांके राष्ट्रिय निकुञ्ज, तथा शुक्लाफाँटा र पर्सा वन्यजन्तु आरक्षण बाघका प्रमुख बासस्थान हुन र  बाघको पछिल्लो गणना अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जमा १२०, वर्दिया राष्ट्रिय निकुञ्जमा ७०, बांके राष्ट्रिय निकुञ्जमा ४, शुक्लाफा“टा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा ८ गरी जम्मा १९८ वयस्क बाघ रहेको अनुमान छ ।

बाघको पारिस्थितिकीय प्रणालीः

पारिस्थितिकीय दृष्टिकोणले बाघ एउटा मांसहारी जनावर हो । यो प्रशस्त पानीको सुविधा भएको, पारिलो घाम लाग्ने उष्णदेखि (tropical) उपोष्ण (sub tropical) क्षेत्र सम्म पाइने जनावर हो । एउटा भाले बाघको लागी सरदर १० देखि १२ वर्ग कि.मी क्षेत्रको बासस्थान आवस्यक पर्दछ । प्राय ः एउटै क्षेत्रमा दुई वटा भाले बाघ बस्दैनन् । बाघ मांसहारी जनावर भएतापनि उसको आहारा भने प्रायः साहाकारी जनावरहरु हुने गर्दछन् । कहिले काही बाघ वन क्षेत्र भन्दा बाहिर गै स्थानीय मानिसका बस्तुभाउलाई खाईदिने गर्दछ तर पनि बाघको प्रमुख आहार क्षेत्र वन नै हो । एक पल्ट टन्न आहार खाई सके पछि यसलाई चार दिन सम्म ठोस आहारा नखाए पनि हुन्छ ।

बाघ आफैमा एउटा अनुशासित जनावर पनि हो । यसलाई नजिस्काए सम्म सिधै आक्रमण गर्न जादैन । “जाई कटक नगर्नु झिकि कटक गर्नु” भन्ने पृथ्वी नारायण शाहको दिव्य उपदेश बाघमा लागु हुन्छ । तर यदि यसलाई जिस्काउने हो भने तुरुन्त आक्रमण गर्दछ । स्वभावले यो जनावर आक्रामक र रिसाहा हुन्छ । बाघ जत्ति नै भोकाए पनि यसले वनस्पति खादैन । यसले आफ्नो सिकार खोजेर मासु नै खान्छ । त्यसैले त नेपालीमा भनिन्छ बाघको मुख खाए पनि रातै, नखाएनि रातै ।

पारिस्थितिकीय प्रणाली (ecosystem) को संरचनामा बाघको विशिष्ट स्थान भएकाले यसलाई Apex जनावर, Flagship Species र Mega Species पनि भनिन्छ । बाघले शाहाकारी जनावरलाई खाने र शाहाकारी जनावरहरुले घँस, रुखका पात र विरुवा खाने, यी रुख विरुवाहरु जमिनमा हुर्कने हुदा बाघ सरंक्षण गर्न सकेको खण्डमा अरु वन्यजन्तु र वनस्पतिहरुको स्वतः सरंक्षण हुने निर्विवाद छ । तसर्थ पनि बाघको सरंक्षण आजको आवश्यकता हो । कुनै पनि वनमा भएको बाघको उपस्थितिले त्यहा भएका वन्यजन्तु र वनस्पतिहरुको स्वस्थताका साथै पर्यावरणीय स्वस्थताको पनि प्रतिबिम्बीत गर्दछ ।तसर्थ बाघ संरक्षण जैविक विविधता संरक्षणको सफलता मापन को सुचक पनि हो । हाम्रो कामको मुल्यांकन गर्ने आधार पनि हो ।

कानूनको आखामा बाघः

पारिस्थितिकीय प्रणालीमा बाघको विशिष्टतालाई बुझेर  नेपाल सरकारले तीनवटा महत्वपुर्ण निर्णय गरेको छ । पहिलो सम्माननीय प्रधानमन्त्री ज्यूको अध्यक्षतामा राष्ट्रिय बाघ सरंक्षण समितिको गठन, दोस्रो हो आर्थिक वर्ष २०६७ ।०६८ देखि विश्वमै अति दुर्लभ र लोपोन्मुख मानिएको जनावर बाघ सरंक्षणका लागी थप बजेट उपलब्ध गराउने घोषणा र तेस्रो बाघ लगायतका वन्यजन्तुहरुको चोरी शिकार नियन्त्रण र अवैध व्यापार नियन्त्रणका लागी वन्यजन्तु अपराध नियन्त्रण व्यूरोको गठन । नेपालको इतिहासमा बाघ सरंक्षणका लागी भएका यी तीन निर्णयहरु दिर्घकाल सम्म कोशेढु·ा हुनेमा कुनै विवाद छैन ।

संख्या र विवरणको आधारमा बाघलाई IUCN ले रातो कितावको अति दुर्लभ सूचीमा राखको छ भने  CITES महासन्धिले अनुसुचि १ मा राखी बाघ र यसका शरीरका कुनै पनि अंगको व्यवसायिक प्रयोगलाई पुर्ण रुपमा प्रतिबन्ध गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पनि बाघलाई संरक्षित सूचीमा राखेको र यसको शिकार गर्ने व्यक्तिलाई ५ देखि १५ वर्ष सम्मको कैद र रु. ५०,००० देखि रु.७५,००० सम्मको जरिवाना व्यवस्था गरेको छ । यति हुदाहुदै पनि नेपालमा बाघ संरक्षणका प्रशस्त चुनौति छन् । ति मध्ये बाघको बासस्थानको संकुचन र खण्डीकरण, चोरी शिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमि, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धान, प्रभावकारी अनुगमनको कमि र अन्तरसिमा सम्बन्धी समस्याहरु प्रमुख हुन् । बाघ संरक्षण गर्नका लागी नेपाल सरकारले विदेशी दातृ संस्था र अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुसंग समेत हातेमालो गर्दै आएको छ । शुरु अवस्था देखि CITES महासन्धिको पक्ष राष्ट्र हुनु, विश्व बाघ मञ्चको संस्थापक सदस्य हुनु, काठमाण्डौ विश्व बाघ कार्यशालाको आयोजना गर्नु आदी नेपालले विश्व समुदाय समक्ष बाघ संरक्षणका लागी गरेका प्रतिबद्धताहरु हुन् ।

बाघ संरक्षणका समस्याहरुः

नेपालको तराई क्षेत्र मुख्य गरी तराई भु–परिधि क्षेत्र मानव सिर्जित समस्याहरुबाट ग्रस्त छ । पछिल्लो दशकका देशमा उत्पन्न राजनितिक अस्थिरताले पनि तराई क्षेत्रको वन जंगल नाश हुनमा ठुलो टेवा पु¥याएको छ । एकातिर विकाशका पुर्वाधार निमार्ण र अर्कोतिर प्राकृतिक स्रोतको अत्यधिक दोहन वन्यजन्तुको बासस्थानलाई खण्डीकरण र संकुचित गराउनमा प्रमुख रुपमा जिम्मेवार छन् । जग्गाको स्पष्ट नाप, नक्सा नहुदा र बसाई सराई गरेर आउने त्यसमा पनि राजनीतिक संरक्षणका आड र सुकुम्बासीको नाममा वन अतिक्रमण गर्ने एउटा परम्परा नै वस्नु संरक्षणविद्हरुलाई एउटा समस्या बनेको छ । झट्ट हेर्दा वन फडानी र वन अतिक्रमणले वनको क्षेत्रफल घटाए जस्तो लागे ता पनि थाहै नपाउने गरि बाघ र यससंग अन्योन्याश्रीत वन्यजन्तुहरुले आफ्नो बासस्थान गुमाएका छन् । साच्चै भन्ने हो भने नेपालका वन र वन्यजन्तु संरक्षणकर्मी, संरक्षण विद् र विषेश गरी नीति निर्माताहरुका लागी आज वन्यजन्तुको बासस्थान खण्डीकरण र संकुचन ठुलो चुनौति नै भएको छ ।

त्यस्तै बाघको चोरी शिकारी तथा यसको अंग, छाला र हाडको अवैध व्यापार बाघको संरक्षण सग सम्बन्धीत निकाय वन तथा भु संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभाग तथा यिनका मातहतमा रहेका कार्यालयहरुका लागी ठुलो चुनौतीको रुपमा रहि आएको छ । राजनीतिक अस्थिरताको फाईदा उठाई चोरी शिकार र अवैध व्यापारमा लाग्ने गिरोहरुको सँ“ठगँ“ठ राज्यको संरचना र क्षमता भन्दा दह्े र बलियो जस्तो देखिएको छ । जसको सिधा असर बाघ र यससंग सम्बन्धीत पारिस्थितिकीय प्रणालीमा परेको छ । राजनीतिक अस्थिरताले गर्दा सूरक्षाको स्थीति घटेको छ भने चोरी शिकारमा लागेका मानिसहरुको मनोबल बढ्दो छ । कानुनको सही कार्यान्वयनमा अपराधीहरुलाई राजनीतिक संरक्षण प्राप्त भईदिदा कानुनको सही कार्यान्वयन हुन सकेको छैन । कर्मचारीहरुले जेनतेन जागिर त खाएका छन् तर त्यसको मार बाघमा परेको छ । छोटकरीमा भन्नुपर्दा दण्डहीनताका कारण चोरी शिकार मौलाएको छ । चोरी शिकारमा प्रायः सर्व साधरण सोझा व्यक्तिहरुलाई प्रयोग गरिदिदा“ चोरी शिकार एउटा ठुलो समस्याको रुपमा देखा परेको छ । चोरी शिकार भई सकेपछि बाघका विभिन्न अंगअरु ज्स्तो छाला, हड्डी, जुङ्गा आदीको अवैध व्यापार कसरी रोक्ने भन्ने बाघ संरक्षणको चुनौतीको अर्को पाटो हो । प्रायः सम्पन्न परिवारले बाघको छालालाई प्रसोधन गरेर कार्पेटको रुपमा घरमा राखेर घरको रौनक देखाउने भए पनि बाघको हड्डीको प्रयोग किन र के का लागी हुन्छ भन्नेमा संरक्षणकर्मीहरु पनि अनभिज्ञ देखिन्छन् । नेपाल दुर्लभ वन्यजनतुहरुको अवैध व्यापार नियन्त्रण गर्ने सम्बन्धि महासन्धि CITES को पक्ष राष्ट पनि हो ।

नेपालमा बाघ संरक्षणका लागी सबै भन्दा ठुलो चुनौति मध्ये नेपाल सरकारको संस्थागत संरचना र तिनमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता पनि एक हो । नेपालमा बाघ संरक्षण र रेखदेख एवं व्यवस्थापन गर्ने निकाय भनेको वन तथा भु संरक्षण मन्त्रालय अन्र्तगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभाग तथा ति बिभाग अन्तरगतका निकायहरु हुन् । यसरी हेर्दा तराईमा अवस्थित ५ वटा संरक्षित क्षेत्र र १४ वटा जिल्ला वन कार्यलयहरु हुन् ।जिल्ला वन कार्यलयहरु भन्दा पनि संरक्षित क्षेत्रको भुमिका अझ महत्वपुर्ण किन मानिन्छ भने कतिपय संरक्षित क्षेत्रको स्थापना बाघ संरक्षण गर्ने उदेश्यले मात्र पनि स्थापना गरिएको छ ।

बाघ संरक्षणमा संरक्षित क्षेत्रमा पार्क रेञ्जर र गेमस्काउट तथा जिल्ला वन कार्यलयहरुमा रेञ्जर र वन रक्षकहरुको महत्वपुर्ण भूमिका रहेको हुने गर्दछ । तर उनीहरुलाई यसरी संस्थागत दक्षतामा अभिबृद्धि गर्नु पर्ने हो त्यस हिसाबले प्रशिक्षित गरिएको देखिदैन । कार्य क्षेत्रमा काम गर्दा प्राप्त अनुभवको आधारमा गर्दै जाने र सिक्दै जाने सिद्धान्त स्वभाविक हो तर पर्याप्त सूचना प्रविधिलाई भित्रयाउन नसक्दा काममा प्रभावकारीता र दक्षतामा स्तरोन्नती गर्न सकिएको छैन । नेपालमा संरक्षित क्षेत्रमा पाइने पारिस्थितिकीय प्रणाली र नेपाल सरकारको कर्मचारी सरुवा प्रकृयालाई हेर्ने हो भने एउटा कर्मचारीले तराईमा संरक्षित क्षेत्रमा सिकेको ज्ञान पहाड वा हिमाली संरक्षित क्षेत्रमा लागु गर्न सक्ने अवस्था नै छैन । जसले गर्दा कर्मचारी सरुवा भएर जा“दा धेरै जसो उसले प्राप्त गरेको ज्ञान र शिप त्यही छोडेर जानुपर्ने अवस्था छ भने नया“ ठँउमा शुन्यबाट कार्य शुरु गर्नु पर्ने वाध्यता छ । त्यो भन्दा पनि हालसम्म बाघमा भएका अध्ययन अनुसन्धानलाई संस्थागत गर्न नसक्नु बाघ संरक्षणमा लागेका निकायहरुको अर्को कमजोरी रहन पुगेको छ । यी सबै चरित्रलाई हेर्दा बाघ संरक्षणका लागी निम्न चारवटा कुरामा संस्थागत परिवर्तन गर्नुअपरिहार्य भसकेको छ ।

बाघ संरक्षणका लागी आगामी दिनमा चाल्नु पर्ने कदम ः

१)    पहिलोः कार्यस्थलमा रहेको संगठनलाई बाघको बासस्थान र यसको चोरी शिकार तथा अवैध व्यापारलाई ध्यानमा राखेर वर्तमान संगठनमा सोही मुताविक परिवर्तन गर्नु अति   जरुरी छ ।

२)    दोस्रोः बाघ पाईने संरक्षित क्षेत्र र जिल्ला वनहरुमा कार्यरत  कर्मचारीहरुमा बाघ संरक्षण सम्बन्धमा बिशेष दक्षता हासिल गर्न लगाई ती कर्मचारीहरुको सरुवा एवं बढुवा हु“दाबाघ  पाइने क्षेत्रमा नै गर्ने पद्धतिको विकास गर्न जरुरी छ ।

३)    तेस्रोः बाघ र बाघका आहारा प्रजातीको बारेमा नियमित अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यांकलाई व्यवस्थीत Record Keeping   and Recording  को व्यवस्था गर्नु     पर्ने हुन्छ ।

४)    चौथो ःसम्पन्न कार्यहरुको  अभिलेख र तुरुन्त रिपोर्टिड्.गको लागी कुनै कर्मचारी सरुवा वा अवकाश हुदा तथ्यांक पनि   सरुवा वा अवकाश हुने परिपाटीलाई पुर्ण रुपमा निरुत्साहित    गर्नु पर्ने हुन्छ ।

बाघको बासस्थान र यसले ओगटेको क्षेत्र अरु वन्यजन्तुको भन्दा फराकिलो हुने र सिमाना जोडिएका एउटा छिमेकिको देशबाट अर्को छिमेकिको देशमा सजिलै जान आउन सक्ने भएको हुदा नेपालका बाघ पाइने जिल्ला संग जोडिएका भारतका संरक्षित क्षेत्रहरुसंगको अन्तरसिमा समन्वय बाघ संरक्षणको अर्को चुनौति हो । नेपालको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जसंग भारतको बाल्मिकी बाघ रिर्जभ को  सिमा जोडिएको हु“दा ती संरक्षित क्षेत्रमा बाघ संरक्षण गर्दा अन्तरसिमा समन्वयको ठुलो महत्व छ । हुन त यस सन्दर्भमा यसै बर्ष भारत र नेपालले एउटा संकल्प पास गरी केन्द्र, जिल्ला र कार्य क्षेत्र तहमा गरी तीन तहको अन्तरसिमा समन्वयको परिकल्पना गरिएको भएता पनि व्यवहारमा जुन महत्वका साथ लागु हुनु पर्ने हो त्यो हुन सकेको छैन । अझ त्यसमा पनि भारतको तर्फबाट सिक्किमको चिफ कन्जरभेटरको एउटा समुहले नेपालको बारेमा अध्ययन गर्न सकिएको छैन । आगामी दिनमा नेपालका संरक्षण अधिकृत र संरक्षण विदहरुलाई भारतको नजीकका संरक्षित क्षेत्रमा भ्रमण गराएर त्यहँ पनि के कसरी बाघको व्यवस्थापन गर्ने गरीएको छ त्यसको बारेमा बुझ्ने र नेपालमा आएर अरु संरक्षणकर्मीहरुलाई बुझाउन अत्यन्त जरुरी देखिन्छ । बाघ पर्यटक आकर्षण गर्ने एउटा महत्वपुर्ण सूचक भएको हुदा यसको संरक्षण नेपालको सम्रग आर्थिक विकाश र समुन्नितिसंगै पनि जोडिएको छ । तसर्थ बाघ संरक्षण गर्दा स्थानिय समुदाय, निजि क्षेत्र र पर्यटन क्षेत्रको समन्वय र सहकार्यमा गर्न सकेको खण्डमा नेपालका बाघ पाइने संरक्षित क्षेत्रलाई आर्थिक रुपमा आत्मनिर्भर र दिगो व्यवस्थापनमा लान सक्ने देखिन्छ ।

त्यसका अतिरिक्त बाघ संरक्षण गर्दा हालै नेपाल सरकारले स्वीकृत गरेको वन निती, जैविक विविधता संरक्षण रणनीति र कार्ययोजना २०१४ देखि २०२० र वन दशक २०७०–८० का भावना र मर्मलाई समेत आत्मसात गर्न सकेको खण्डमा सन् २०२२ सम्ममा नेपालले अन्तराष्टिय समुदाय समक्ष प्रतिबद्धता गरे अनुसार बाघको संख्या दोब्बर हुनेमा दुईमत देखिदैन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *