Breaking News

उद्यम विकास र आर्थिक समृद्धिका लागि वैज्ञानिक वन व्यवस्थापनको भूमिका

binaya kushiyat
डा.विनयकुमार कुसियैत                                कार्यकारी अध्यक्ष,   वन पैदावार विकास समितनेपालमा कूल भू–भागको २९ प्रतिशत वनक्षेत्र तथा १०.५ प्रतिशत झाडीक्षेत्र गरी झन्डै ४० प्रतिशत भू–भागमा वन कायम रहेको छ । यहा एकातिर कुल भू–भागको कम्तीमा ४० प्रतिशत भू–भाग वनक्षेत्र कायम राख्ने चुनौती छ भने अर्कोतिर उक्त क्षेत्रको गुणस्तरीयता कायम राख्ने पनि त्यत्तिकै ठूलो चुनौती छ । स्मरणीय कुरा के छ भने खाली वनक्षेत्रको भौतिक अभिवृद्धिभन्दा पनि यसको गुणात्मक अभिवृद्धि कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । यो एउटा चुनौतीपूर्ण कार्य पनि हो । यसका लागि वनक्षेत्रको वैज्ञानिक व्यवस्थापन अति आवश्यक छ ।

नेपालमा वनक्षेत्रको वैज्ञानिक व्यवस्थापनबाट उत्पादकत्वमा अभिवृद्धि गरी देशको कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदानमा अभिवृद्धि गर्नुपर्ने देखिन्छ । हालै घोषित वन दशक अभियान तथा वननीति र रणनीतिको सही कार्यान्वयनवाट यस पक्षमा सुधार ल्याउन सकिन्छ । यहा प्रश्न उठ्छ, वैज्ञानिक वन व्यवस्थापन भनेको के हो ? र यो किन ? वनसम्बन्धी त्यस्तो ज्ञान जो मानव समाजको अधिकतम हितका लागि उपयोग हुन्छ र यसबाट वन पैदावारमा निरन्तर अभिवृद्धि भइरहन्छ, त्यसलाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ । यसअन्तर्गत वन पैदावार निरन्तर रुपमा उत्पादन हुने, वन पैदावारको मूल्य ९ख्बगिभ० मा अभिवृद्धि हुने र वन पैदावार निरन्तर रुपमा कायमसमेत रहने भन्ने बुझिन्छ । यस अर्थमा वैज्ञानिक वन व्यवस्थापन वन उद्यम विकासको प्रारम्भ बिन्दु हो ।
वनको त्यस्तो व्यवस्थापन जहा वन पारिस्थितिकीयको स्वचालित संगठनबाट तथा प्राकृतिक पुर्नउत्थानबाट दिगो रुपमा यसको उपयोग र व्यवस्थापन हु“दा वातावरणीय संरक्षणको उपलब्धि प्राप्त भइरहन्छ, ती सबै विषय वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पर्दछन् ।
नेपालमा वैज्ञानिक वन व्यवस्थापनको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने यसको ठूलो श्रेय ई.ए. स्मीथलाई जान्छ । वि.सं. २०३६÷०३७ तिर हाल सागरनाथ वन विकास परियोजना भएको क्षेत्रमा रहेको कम हैसियतको सालको वनलाई सरपट कटानद्वारा नया“ प्रजातिको छिटो हुर्कने (मसला) बिरुवा वृक्षारोपणबाट व्यवस्थित वैज्ञानिक वन व्यवस्थापन सुरुवात भएको थियो । पछि आएर साल पुनरुत्थान जंगललाई छनोट कटान गरी मकवानपुर जिल्लाको मनहरिमा र बारा तथा रौतहट जिल्लामा पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको थियो । यस्तो वन जंगलमा वयस्क माउ रुख छनोट गर्ने र प्रतिहेक्टर कम्तीमा ७५ वटा बिरुवासम्म बाकी राखी बिउ स्रोतको रुपमा जोगाउने गरेको पाइन्छ । त्यस्तै सागरनाथ वन विकास परियोजनामा मसला जस्ता छिटो हुर्कने र कपिसबाट पुनरुत्थान गर्न सकिने प्रजातिको बिरुवा वृक्षारोपण गरी सरपट कटान पद्धतिबाट वन व्यवस्थापन गरेको पाइन्छ । यसक्रममा काठ दाउरा र विद्युतीय पोल उत्पादन गर्न मसला जातको बिरुवा बढी उपयोगी भएको छ ।
नेपालमा सागरनाथ वन विकास परियोजनाले तीन दशक पार गरी वन सम्वद्र्धनको सरपट कटान तथा वृक्षारोपण पद्धतिको सफल कार्यान्वयनलाई निरन्तरता दिदै आएको छ । यस पद्धतिद्वारा मध्य तराईका तीन जिल्ला सर्लाही, महोत्तरी र रौतहटको लगभग साढे १३ हजार हेक्टर क्षेत्रफलमा अवस्थित कम हैसियत भएको प्राकृतिक वनमा मसला, सिसौ, टिकजस्ता छिटो हुर्कने प्रजातिका बिरुवा वृक्षारोपण गरी वन क्षेत्रको उत्पादकत्वमा वृद्धि गर्दै लगिएको छ । यसले वृक्षारोपणलाई उद्यमको रुपमा स्थापित गराउन सफल भएको छ । वन पैदावारको बिक्री वितरणद्वारा यसको आपूर्तिमा सघाउ पु¥याई स्थानीय ग्रामिण समुदायमा जीविकोपार्जनका विविध अवसर सिर्जना गर्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान गराइरहेको छ । यो नेपालको वैज्ञानिक वन व्यवस्थापनअनुरुप मानव निर्मित नमुना वनक्षेत्रका रुपमा रहेको छ । परियोजनामा विकसित प्रविधि उपयोगबाट स्थानीय तथा छिमेकी जिल्लाहरूमा उल्लेख्य रुपमा निजी वनको विकासमा समेत टेवा पु¥याएको छ । यसरी वनको वैज्ञानिक व्यवस्थापन गरी स्थानीय कच्चापदार्थ उत्पादन र आपूर्ति गरी राष्ट्रिय अर्थतन्त्रमा यथेष्ट योगदान पु¥याउने सागरनाथ वन विकास परियोजना नेपालको एकमात्र आत्मनिर्भर वन परियोजना रहदै आएको छ । यद्यपि परियोजनाबाट उत्पादित वन पैदावारवाट प्राप्त कच्चापदार्थलाई औद्योगिकीकरणमार्फत मूल्य value मा बढोत्तरी गरी यसको योगदान कुल गार्हस्थ उत्पादनमा अझै वृद्धि गर्न सकिन्छ । यसमा थप प्रयासको खा“चो छ ।
तीन दशक अगाडी वनविज्ञले वन उद्यमको रुपमा परिकल्पना गरी सिर्जना भएको यस परियोजना मुलुकमा अध्ययनरत वन विज्ञानका विद्यार्थी तथा सोधकर्ताका लागि वन सम्वद्र्धन प्रणालीको अध्ययन, अध्यापन र अनुसन्धानका लागि उपयुक्त थलोसमेत बनेको छ । यद्यपि हाल आएर यो परियोजनाका चुनौती थपिएका छन्, जुन यसप्रकारका छन् ः
= वन पैदावारको माग र आपूर्तिबीचको खाडललाई कमगर्ने ।
= अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरी वन पैदावारको उत्पादन अभिवृद्धि गर्ने ।

= वन पैदावारको उपयोग गरी व्यावसायिकताद्वारा यसको मूल्य (value) मा अभिवृद्धि गर्ने ।
= वनक्षेत्रलाई आयात प्रतिस्थापन क्षेत्रको रुपमा विकसित गर्ने ।
= वन क्षेत्रमा अनुसन्धान तथा विकासको कार्यक्रम कार्यान्वयन गर्ने ।
= वन पैदावार अभिवृद्धि गर्न आवश्यक साधन– स्रोतको व्यवस्थापन गर्ने ।
= वनक्षेत्रमा सुशासनको अवस्था सिर्जना गर्ने ।
= वन सम्वद्र्धन कार्यको महत्व सन्दर्भमा वन उपभोक्ता समूहमा जनचेतना अभिवृद्धि गर्ने ।
= वन व्यवस्थापनमा मानव स्रोतको सही तथा वैज्ञानिक व्यवस्था गर्ने ।
= वन नीति तथा रणनीतिलाई व्यवहारमा उतार्ने ।
= वनमा उद्यमशीलताको विकास गर्ने ।
वैज्ञानिक वन व्यवस्थापन कार्यको माध्यमबाट किसान, युवा, गरिब तथा पिछडिएका वर्गका लागि रोजगारीको अवसर जुटाउन सकिन्छ । यसका लागि वन पैदावारको उत्पादकत्वमा अभिवृद्धि गरी यसमा आधारित उद्योग स्थापना गर्न सकिन्छ । वन पैदावारको मूल्यमा वृद्धि (Value add) गरी एकातिर देशमा रोजगारी सिर्जना गर्ने, पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउनेमा जोड दिनुपर्छ भने अर्कोतिर यस क्षेत्रलाई आयात प्रतिस्थापन क्षेत्रको रुपमा विकसित गर्नुपर्छ । नेपालमा वैज्ञानिक वन व्यवस्थापनको मुख्य चुनौती भनेको वनक्षेत्र अनुसन्धानको अभाव पनि प्रमुख हो । वनक्षेत्रमा त्यसको दिगो व्यवस्थापनका लागि वन प्राविधिकहरूले प्रयोगात्मक अनुसन्धानको कार्यक्रमबाट वन पैदावारको उत्पादकत्वमा अभिवृद्धि गर्नेतर्फ जोड दिनुपर्छ । यसका लागि सर्वप्रथम उपयुक्त वन प्रजातिको छनोट र त्यसको व्यावसायिक योजनाको कार्यान्वयन महत्वपूर्ण मानिन्छ ।
देशको कुल गार्हस्थ उत्पादनमा वनक्षेत्रको योगदानमा अभिवृद्धि गर्ने हो भने कम हैसियतका वनक्षेत्रलाई वैज्ञानिक व्यवस्थापनवाट निजी क्षेत्रको सहभागितासहित त्यसको स्तरोन्नति नगरी समग्र वनक्षेत्रमा सुधार ल्याउने कुरा गाह्रो हुन्छ । यसका लागि वनविज्ञको परिचालनबाट वन स्रोतमा अभिवृद्धि गर्ने तथा वन क्षेत्रको कम्प्युटरमा आधारित तथ्याङ्कको आधार निर्माण गर्ने र भौगोलिक सूचना प्रणाली (GIS) प्रयोग गरी वनक्षेत्रको सही नक्सांकन गर्न सक्नुपर्छ ।
वनसम्बन्धी माटो, तथ्याङ्क र सूचनाले वन संरक्षण, सम्वद्र्धन तथा वातावरणीय सन्तुलनमा विशेष टेवा प¥ुयाउछ । वैज्ञानिक वन व्यवस्थापनका लागि एकातिर स्रोतको व्यवस्थापन उत्तिकै जरुरी छ भने अर्कोतिर वन पैदावारको अनुसन्धानमा आधारित वैज्ञानिक ग्रेडिङ मापदण्ड तथा मूल्य प्रणाली अवलम्बन गर्नुपर्छ । यसमा पारिस्थितिकीय प्रणालीको मनन तथा बुझाइ पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । वनक्षेत्रको दिगो व्यवस्थापनबाट उत्पादकत्वमा अभिवृद्धि गर्न सक्यौं भने त्यसले अन्ततोगत्वा रोजगारी अवसरमा वृद्धि भई यसबाट मानिसको जीवनस्तरमा सुधारको अपेक्षा गर्न सकिन्छ । साथै वन उद्यमशीलताको विकास गर्ने गरी यस क्षेत्रमा लगानीको मात्रा थप अभिवृद्धि गर्ने हो भने यसले समग्र वनक्षेत्रको विकास भई प्राकृतिक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *