Breaking News

जैविक कोइला : वन संरक्षणको लागि  भरपर्दाे वैकल्पिक उर्जा

संयोग बस्नेत/प्रकाश ज्ञवाली

jaibak koilaउर्जा आधुनिक समाजको अपरिहार्य आवश्यकता मात्र नभएर सामाजिक एवं आर्थिक विकासको सुचक पनि हो ।विश्वको प्रतिवर्ष प्रतिव्यक्ति उर्जा खपत औसतमा ६८ गिगाजुल जति छ भने नेपालको प्रतिवर्ष प्रतिव्यक्ति ऊर्जा खपत चारगुणा कम अर्थात् १५ गिगाजुल मात्र छ । प्रतिव्यतिm उर्जा प्रयोग लाई विकाशको सुचकका रुपमा पनि हेरिने सन्दर्भमा यसले नेपाल विकासको गतिमा धेरै पछाडि रहेको पनि पुष्टि गर्छ । ८०% भन्दा बढी जनता ग्रामीण भेगमा बसोवास गर्ने र ८८ प्रतिशतभन्दा वढि उर्जाका लागि दाउरामा निर्भर रहनु पर्ने अवस्थाले पनि हाम्रो अल्पविकसितताको अवस्था पुष्टि गर्छ ।

दाउरा, कृषिजन्य अवशेष र जनावरको गोबरजस्ता जैविक पदार्थमा आधारित उर्जा लाई परम्परागत उर्जा,  पेट्रोलियमपदार्थ, कोइला र विद्युत्लाई व्यापारिक ऊर्जा तथा लघु जलविद्युत्, वायु, सौर्य, वायोग्यास आदिलाई नवीकरणीय उर्जाका रूपमा लिइन्छ । सन् २००५ मा जलतथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययन अनुसार नेपालमा परम्परागत उर्जा (काठ, दाउरा, कृषिजन्य अवशेष) बाट ८८ प्रतिशत, पट्रोलियम पदार्थ बाट ८ प्रतिशत, कोइलाबाट १.८ प्रतिशत, विद्युत्बाट १.८ प्रतिशत र नवीकरणीय उर्जाबाट ०.५ प्रतिशत माग आपुुुर्ति भएको देखिन्छ ।

हाम्रो वन–ज·गलले दिगो तरिकाले दाउरा उपलब्ध गराउन सक्ने क्षमता हाल खपत भइरहेको ८८ प्रतिशतको झन्डै आधामात्र रहेको छ । दिगो आपूर्ति क्षमताभन्दा बढी ज·गलले दाउरा आपूर्ति गरेको कारण सन् १९७८÷७९ देखि सन् १९९४÷९४ सम्मको १६ वर्षको अवधिमा नेपालमा वन ज·गलको क्षेत्रफल २४ प्रतिशतले घटेको पाइएको छ ।

क्षेत्रगत रुपमा तुलना गर्दा नेपालमा आपुर्ति भइरहेको उर्जा मध्ये ९० प्रतिशत गा्रहस्थ प्रयोजनकालागि र १० प्रतिशत मात्र उद्योग व्यवसायमा खपत भएको पाइएको छ । गा्रहस्थ खपतको ९० प्रतिशत खाना पकाउनमा प्रयोग भएको र ब“ाकि १० प्रतिशत मात्र उत्पादनशील कार्यमा खपत भएको देखिन्छ । खाना पकाउनमा प्रयोग भइरहेको (८६% उर्जा को श्रोत दाउरा) काठ, दाउरा र अन्य गुइठा जन्य जैविक इन्धन र पेट्रोल, कोइलाजन्य खनिज इन्धनलाई विद्युत तथा वैकल्पिक उर्जाले प्रतिस्थापन गर्न सकिएमा वन ज·लको विनाश रोकिने र खनिज इन्धन आयातमा खर्च हुने विदेशी मुद्रा बचत हुन सक्छ । एसियाली विकास बैङ्कको प्रतिवेदन अनुसार गएको एक दशकमा औषत ८.५ प्रतिशतका दरले वार्षिक उर्जाको माग बढेको छ भने आगामी सन २०२० सम्ममा वार्षिक ७.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आयातित इन्धनमा निर्भर हाम्रो घरायसि उर्जा को खपतलाई आयातित इन्धनमा भएको मुल्य बृद्धिले असर गरेको छैन र कार्वन उत्र्सजन बढन पुगेको छ । वैकल्पिक उर्जा एक नविकरणिय स्वच्छ उर्जा भएकाले यसको प्रयोगबाट जनस्वास्थ्य र वातावरण संरक्षणमा सघाउ पुग्न जान्छ । यस पृष्ठभुमिमा परम्परागत जैविक उर्जालाई जैविक कोइला बनाई वैकल्पिक उर्जाको रुपमा विकसित गरि उर्जाको आपुर्ति बढाउन सकिने संभावना छ ।

वनश्रोत अनुसन्धान DFRS 1999 ले देखाएको छ कि नेपालको २९% ुक्षेत्र वनले, १०.६% झाडिले, २१% ुकृषि भूमिले, १२% ुघासे मैदानले र ७% ुबाझो भूमिले ओगटेको छ । बा“की २०% ुभूमि हिमाल, चट्टान, खोलानाला र सडकले ओगटेको छ CBS2008

झार, झाडि, हागा“विगा“लाई हटाउनुलाई वन र कृषिवनको व्यवस्थापनमा सकारात्मक र आवश्यक ठानिन्छ । यस्ता क्रियाकलापबाट वनको उत्पादकत्व बढ्ने र सुस्वास्थ्य कायम हुने कुराको रुपमा लिईन्छ । तर अहिलेको समयमा ती झार, झाडि, हागा“–विगा“बाट जैविक कोइला को रुपमा वैकल्पिक उर्जा बनाई त्यसलाई व्यापारीक प्रयोजनका रुपमा विकास गर्न सकिने  अवस्था विज्ञानले संभव बनाएकोे छ । वैज्ञानिक वन व्यवस्थापन,रोजगारि र बैकल्पिक उर्जाको श्रोतको रुपमा जैविक कोइलाको उत्पादन लाई प्रवर्धन गर्नु अपरिहार्य भै सकेको छ । जैविक कोइलाको उत्पादनको कार्यले एकातर्फ वातावरणमा नकारात्मक असर गर्ने खतरनाक झार, झाडि आदिको असर अन्त्य गरि उक्त चिजबाट बढिरहेको उर्जाको मागपूर्तीको काम गर्दछ भने अर्कोतर्फ कार्बन उत्सर्जन लाई घटाउदै रोजगारीको अवसर उत्पन्न गराउछ । अझ यसले वन, रुख,झाडि आदिको मूल्यलाई बढाउदै हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्दछ । दिगो वन व्यवस्थापन र रोजगारीको सिर्जना एउटै कार्यबाट हुनसक्ने भएकोले जैविक कोइला नेपालजस्तो देशका लागि वरदान हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *