Breaking News

संकटमा वन विज्ञान

लक्ष्मण सुन्दर श्रेष्ठ वन विज्ञान अध्ययन संस्थान, हेटौडा
लक्ष्मण सुन्दर श्रेष्ठ
वन विज्ञान अध्ययन संस्थान, हेटौडा

राष्ट्रलाई आवश्यक जनशक्तिको रुपमा रहेको वन प्राविधिक उत्पादन गर्ने गरिमामय छवी बोकेको वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित एक आंगिक क्याम्पस मात्र नभई देशको ऐतिहासिक पृष्ठभूमि बोकेको दोश्रो प्रतिष्ठित अध्ययन संस्थान हो, जुन वर्तमान समयमा आक्रामक रणभूमि वनेको छ । समय सापेक्ष गुणस्तरीय अध्ययन–अध्यापनको कार्यक्रम संचालन र कार्यान्वयनमा सदैव चिन्तित अध्ययन संस्थान आज कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको वादविवादमा फ“सेर एक अर्काको अतित्व समाप्तिको लागि घात–प्रतिघात गर्ने कुटिल चाल चल्ने वौद्धिक स्तरको विकृत क्रिडास्थल बन्न पुगेको छ । जसले गर्दा यहा“ शिक्षक, विद्यार्थी र कर्मचारीहरु दिग्भ्रमित र विक्षुब्ध भई आपसी सद्भाव, सहयोग, मैत्रीपूर्ण व्यवहारको विपरीत एक अर्काको सह–अस्तित्व प्रति शत्रुवत् व्यवहार गर्न उद्यत छन् ।
देशको महत्वपूर्ण राष्ट्रिय वन सम्पदाको संरक्षण, सम्वर्धन तथा व्यवस्थापनको लागि आफ्नै देशमा दक्ष वन प्राविधिक उत्पादन गर्ने उद्धेश्यले वि. सं. २००४ सालमा सिंहदरवारको एउटा सानो कोठाबाट वन विषयक तालिम दिन जन्मेको संस्था विभिन्न आरोह–अवरोह पार गर्दै आफ्नो विकास क्रममा २०१६ साल तिर मकवानपुर जिल्लाको सुपिङ्मा स्थानान्तरण भई आफ्नो उद्धेश्य पूर्तिको कार्यक्रम अनुरुप आवश्यक प्राकृतिक भू–परिवेशको निक्र्यौल र आवश्यक पूर्वाधारको निर्माण पश्चात् २०२२ सालदेखि मकवानपुर जिल्लाको मुटुमा रहेको हेटौडा शहरमा नेपाल फरेष्ट्रि ईन्ष्टिच्यूटको नामले स्थापित यस संस्थानले निम्न स्तरीय तथा मध्यम स्तरीय वन प्राविधिकहरु उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा नै आफ्नो नाम उ“चो राखेको तथ्य सर्वविदितै छ ।
देशको वदलिंदो परिस्थिति र समयानुरुप राष्ट्रिय बहुमूल्य प्राकृितक सम्पदाको व्यवस्थापन र सदुपयोग गर्न गराउन आवश्यक दक्ष वन प्राविधिकmहरुको उत्पादन गर्ने राष्ट्रिय शिक्षा नीति अनुरुप यस नेपाल फरेष्ट्रि ईन्ष्टिच्यूटलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत २०२९ सालमा समावेश गरी यसको नाम वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस राखियो । यसै ताका यस गौरवमयी ऐतिहासिक संस्थालाई कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरले आफूमा विलय गर्ने प्रयासलाई तत्कालिन डीन तथा हेटौडाबासीहरुको अथक प्रयासले सफल हुन दिएन । तत् पश्चात् त्रिभुवन विश्व विद्यालयबाट प्रमाणपत्र तह विस्थापित हुने चर्चा चलेको बेला यस क्याम्पसलाई CTEVT (Council For Technical Education & Vocational Training)  ले लिने प्रयासलाई तत्कालिन क्याम्पस प्रमुखको पहलमा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको सक्रियता र हेटौडाका सरोकारबालाहरुको सहयोग र सहमतिमा द्य। क्अ। ँयचभकतचथ को कार्यक्रम संचालन गरी यस ऐतिहासिक क्याम्पसको साख कायम राख्न तथा यसको अस्तित्वलाई बचाउन सफल भएको तथ्यलाई विर्सनु हुदैंन ।
यस अध्ययन संस्थानबाट उत्पादित गुणस्तरीय दक्ष प्राविधिक जनशक्तिले देशकोे मांग अनुसार वन प्राविधिकको मा“गलाई धान्न नसकेपछि वन क्याम्पसको विस्तार गर्ने उद्वेश्यले वल्र्ड बैंक, अन्र्तराष्ट्रिय विकास संस्था (International Development Agencies), र अमेरिकन सरकार (United States Agencies For International Development) को सहयोगमा पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको विस्तार गरियो ।
वि. सं. २०६९ सालदेखि त्रि. वि. सभाबाट पारित विकेन्द्रिकरणको अवधारणा अनुसार स्थानीय सरोकारवाला समेतको सहभागितामा गठित क्याम्पस व्यवस्थापन समितिबाट यो अध्ययन संस्थान संचालन भई रहेको छ । हाल वि. एस्सी. फरेष्ट्रिको मात्र अध्यापन कार्र्य भई रहेकोमा व्यवस्थापन समितीको निर्णय अनुसार त्रि. वि. कार्यकारणीले एम.एस्सी. फरेष्ट्री तहको पठन–पाठन कार्य संचालन गर्ने स्वीकृति दिइसकेकोले यसै शैक्षिक सत्र २०७२–०७३ देखि एम.एस्सी. फरेष्ट्री कोर्ष यहां संचालन हुने गरी तयारी भईरहको छ ।
देशको प्रथम स्थापित, प्रतिष्ठित र अन्र्तराष्ट्रिय ख्याति प्राप्त स्वायत्त विश्वविद्यालय अन्तर्गत नेपालको अन्तरिम संबिधानको भाग ३ को धारा १९ अन्तर्गत रहेको सम्पत्ति सम्बन्धी हकमा नेपाली नागरिक सरह सम्पत्तिको हक भोग गर्ने त्रिभुवन विश्वविद्यालयको अधिकारलाई यसको स्वीकृति र सहमति विना यस अन्तर्गत संचालित वन विज्ञान अध्ययन संस्थानको स्वामित्वमा रहेको भौतिक सम्पतिलाई केहि महत्वाकांक्षि व्यक्तिको कारण अन्य विश्वविद्यालयलाई दिने प्रपञ्च अनुसार छुट्टै ऐन आउनु भनेको एउटा स्वायत्त संस्थाको सार्वजनिक हितमा भोगचलन हु“दै आएकोे सम्पति माथिको संबैधानिक हकको अतिक्रमण हो ।

tu agriculture
कृषि तथा वन विज्ञान विश्वविद्यालयको शुरुमा पारित ऐनमा वन विज्ञान अध्ययन संस्थान, हेटौडालाई समावेश गरिएको छैन र यसमा त्रिभुवन विश्वविद्यालयसंग परामर्श गरी नियमानुसार गर्ने गराउने भनिएको छ । तर पछि यस ऐनलाई २०६७ मा संसोधन गरी उपदफा २ को सट्टा निम्नअनुसारको उपदफा (२) थपियो — “यो ऐन प्रारम्भ हु“दाका बखत नेपाल सरकारबाट अनुदान प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा चितवन जिल्लामा संचालित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस चितवन र मकवानपुर जिल्लामा सञ्चालित हेटौडा वन क्याम्पस, हेटौडालाई संयुक्त रुपमा समावेश गरी चितवन जिल्लामा सञ्चालित रामपुर कृषि क्याम्पस, परिसरमा यो विश्वविद्यालयको स्थापना गरिनेछ ।” यसमा विचारणिय कुरा के छ भने यस अध्ययन संस्थानको वैधानिक नाम वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडा हुनु पर्नेमा सो नभई ऐनले भनेको हेटौडा वन क्याम्पस, हेटौडा नै हो भनी कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुबाट एकतर्फि रुपले व्याख्या गर्दै यसमा अनधिकृत रुपले कब्जा गरी आफ्ना कार्यक्रमद्वारा यसलाई विस्थापन गर्ने दुष्प्रयास गरिंदै छ । यो विवाद समाधानको लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय स्वंयले सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको अवस्थामा सो मुद्दाको किनारा नलागुन्जेल फैसलाको धैर्यतापूर्वक प्रतिक्षा गर्दै शैक्षिक मर्यादा कायम राखी आ–आफ्नो कार्यक्रमद्वारा देशको प्राकृतिक साधन श्रोतको दिगो व्यवस्थापनमा सहयोग पु¥याउने स्वच्छ प्रतिस्पर्धि दक्ष प्राविधिक जनशक्ति उत्पादन तर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।

नेपाल सरकारको शिक्षा विस्तार योजना अन्तर्गत देशको सर्वाङ्गिण विकास र उन्नयनको लागि भौगोलिक परिवेशको आधारमा अत्यावश्यक विकासको अवधारणा अनुसार सत्यतथ्यको आधारमा विश्वविद्यालयको स्थापना गर्नु एवं समय सापेक्ष प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा द्वारा दक्ष जनशक्ति उत्पादन गर्नु नै सरकारको अपरिहार्य नीति हो । यस सन्दर्भमा दुवै विश्वविद्यालयका कार्यक्रम यस जिल्लामा संचालन हुनु स्वागतयोग्य छ तर एउटा पूर्ण स्थापित एवं विकसित संस्थाको अस्तित्व मेटी अर्कोको अस्तित्वलाई स्वीकार्दा विकास र सफलताको अभिलाषा मृग मिरिचिका सावित नहोला भन्न सकिन्न ।
यसै सन्दर्भमा मकवानपुरका सम्पूर्ण राजनैतिक दलहरु र सरोकारवालाहरुकोे बैठकले वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडालाई विकेन्द्रिकरणको अवधारणा अनुुसार स्वायत्तरुपमा संचालन गर्ने सैध्दान्तिक सहमति तय गर्न समय खर्चि रहेको अवस्था छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित वन विज्ञान अध्ययन संस्थानलाई विस्थापित गरी कृषि तथा वन विश्वविद्यालयमा विलय गरिएको कार्य प्रति असहमति व्यक्त गर्दै यसबारे सम्बन्धित निकायमा पूर्ववत हुनको लागि आवश्यक पहल गर्ने निर्णय गरियो । त्रि. वि.को स्वायत्तता माथिको ठाडो र नांगो हस्तक्षेप तथा विखण्डनकारी नीति विरुद्ध त्रि. वि. प्राध्यापक संघ केन्दिय समिति द्वारा खेद प्रकट सहित प्रदर्शित विरोध तथा अनशनका कार्यक्रमहरु प्रति सकारात्मक हु“दै यस सन्दर्भमा उचित पहल गर्ने आश्वासन सरकारबाट दिइएको थियो ।
प्रतिस्पर्धात्मक र गुणस्तरीय दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने वत्र्तमान अवस्थामा एउटा पूर्णरुपेण विकसित एवं स्थापित संस्थालाई अन्यौल र अन्धकारपूर्ण भविष्यको गर्भ तिर धकेल्नु कदाचित उचित ह“दैन । एकै परिसर भित्र संचालित दुई विश्वविद्यालयको कार्यक्रमले गर्दा यहा“ सदैव द्वन्द र तनावको स्थिति रहने गरेको छ । विगतका दिनहरुमा एकै अध्ययन संस्थानमा मित्रवत् कार्य गर्ने शिक्षक र कर्मचारीहरु आपसमा घात–प्रतिघात, वाद–विवाद र लान्छना लगाउनमा नै समय व्यतित गर्दैछन् । यसको नकारात्मक प्रभाव पठन–पाठनमा मात्र होईन विद्यार्थीहरु बीच विभाजनको रेखा खिंचिएको छ र एकले अर्काको अस्तित्वलाई समाप्त गर्ने कुनै अवसरलाई छोडन चाह“दैन । वन विज्ञान अध्ययन संस्थानको शैक्षिक कार्यक्रम यहा“बाट विस्थापित गर्न तथा आगामी सत्रमा विद्यार्थी भर्ना रोक्न सर्वोच्च अदालतमा मुद्दा देखि क्याम्पस बन्द गर्ने कार्य, कुटपीट समेत भयो । शैक्षिक स्थल विवादित स्थलमा परिणत भएको छ । शिक्षाको उद्धेश्य अध्ययन–अध्यापन गराउने मात्र होईन अपितु व्यक्तिको सम्पूर्ण विकास गर्नु हो । जुन अध्ययन संस्थानले आफ्ना शिक्षक तथा कर्मचारीकोे भविष्यलाई सुरक्षित गरी वृतिविकासको अवसर द्वारा विशिष्ठ पहिचान दियो त्यही जनशक्तिबाट यस अध्ययन संस्थानको विलयगर्ने अहोरात्री प्रयासलाई आफ्नो पेशा प्रतिको गद्दारी मान्न सकिन्छ ।
यसको कलुषित प्रभावबाट यस अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी होस् अथवा यसबाट प्रशिक्षित विद्यार्थीहरु अछुतो रहन सक्दैनन् जसले गर्दा आफ्ना पेशागत लक्ष र पहिचानलाई थाती राखेर यस मातृसंस्थानको अस्तित्व रक्षाको श्रेय कसले पो लिनेहो भन्ने वर्गिय आस्थाको द्वन्दमा फसेको पाइन्छ । आफ्नो भावी उन्नयनको लागि स्थानान्तरण हुने र सदैव प्रयासरत रहनु मानवको नैसर्गिक अधिकार हो र यसले उसको विशिष्ठ योग्यता र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्दछ । तर आफ्नो पूर्व कार्यस्थलकोे अवसानको मूल्यमा प्राप्त मान पदवी उसको जीवनको लागि निष्कलंक उपलब्धि हुन सक्ने छैन ।
उपयुक्त शैक्षिक वातावरणको निर्माणमा शिक्षक र विद्यार्थी वीचको सम्बन्ध मात्र नभई विद्यार्थीहरु वीचको आपसी सम्बन्धको बलियो आधार चाहिन्छ । निर्दिष्ट शैक्षिक लक्ष्य प्राप्त गर्न अनुशासित कार्यशैलि द्वारा दक्ष र कर्मठ प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा विशिष्ठ पहिचान बनाउन सफल वन विज्ञान अध्ययन संस्थान आज आफ्नो अस्तित्वको लागि अदालतको फैसला पर्खिरहेको छ । शिक्षाको उद्धेश्य व्यक्तिको वैचारीक सोंच र कार्यशैलीमा परिवत्र्तन गरी उसलाई दक्ष, व्यवहारीक कुशल बनाई उसको सृजनात्मक सोंच, सह–अस्तित्व र संवेदनशील संबन्धको विकाश गर्ने सुवसर र आधार प्रदान गर्दछ । यसको विपरीत विध्वंसात्मक सोंच र द्वन्दात्मक भावनाले आक्रान्त शैक्षिक परिवेशबाट प्रशिक्षित जनशक्तिबाट कस्त्ँो अपेक्षा गरिन्छ विचारणिय छ । अतः कुनै व्यक्ति विशेषको स्वार्थ र अहंकारको पुष्टि गर्न होईन बरु देशको सर्वागिंण विकास र निर्माणको लागि दुरदृष्टि पु¥याई संकीर्ण विचार र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर संयमपूर्वक एक स्वरले दीर्घकालिक सोंचका साथ यी दुवै विश्वविद्यालय प्रति निष्पक्ष तथा निस्वार्थ निर्णय गरी ऐक्यबद्धता जनाउने अवसर हामी सबै वुद्धिजिवीहरुको का“धमा आएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *