Breaking News

नेपाल को राजनीति: Paradigm shift को संघारमा

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन  bishnugyawali@gmail.com
बिष्णु प्रसाद ज्ञवाली ,
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com

राजनीतिमा २ कदम पछाडी हटेर ४ कदम अगाडी बढ्न सक्नु  पर्छ राजनीति गर्छु भन्ने हरुले यो सत्य बुझ्नै पर्छ | बुझेर राजनीतिमा लागेका हरुले यो सत्य बुझछन र स्वीकार नि गर्छन | यस्ता नेताले मात्र भबिस्य देखेका हुन्छन ,देख्न सक्छन | नेपाली समाज मा राजनीतिमा लाग्नेहरु  अन्य क्षेत्रमा असफल भए पछी, पहिलो रुचिलाई प्राप्त गर्न नसकेपछि भित्रिएको पाउछौ तसर्थ नेपाली राजनीतिको मुल्य ,मान्यता , भाब र मनस्थिति मा धेरै  गुनासो र अरुमाथि मात्र दोषारोपन गर्ने (राजा, राणा, पंचायत,दरबार, ज्ञानेन्द्र,भारत ) कम्जोर  जागिरे मनस्थिति मात्र भेटिन्छ | त्याग गर्ने , अपमान सहने  ,पिडा सहने, अभाव खप्ने  ,बिद्रोह गर्ने जस्ता साहस र क्षमता भयको राजनैतिक मनोविज्ञान बिकसित हुन् नसकेको बेला बाबुराम भट्टराई को दल र  संसद सदस्यता त्याग को खबरले नेपाली राजनीति मा   एउटा नया बहस, बिस्लेषण को ढोका खोलेको छ | प्रमुख तिन राजनैतिक दल सहित संबिधान सभाका ९० % सभासद बाट पारित नया संबिधान को घोषणाले बहुदल, लोकतान्त्रिक गणतन्त्र ,संघियता ,संसदीय साशन प्रणालीले राजनैतिक विचारका लागि हुने एक किसिमको संघर्षलाई अन्त्य गरेको छ | संबिधान सभा बाट बाहिरिएर आन्दोलन गरि रहेका मधेस केन्द्रित दलहरु को आन्दोलन संबिधान बाट स्थापित,स्वीकृत ,प्रत्याभूत राजनैतिक विचार को  बिरुद्ध नभै बिधमान नेतृत्व को अस्थिर तथा व्यक्ति केन्द्रित निर्णय,  ब्यबस्थापकीय र प्राबिधिक कमीकमजोरी / असक्षमताका का विरुद्ध मुखरित भएको देखिन्छ | यसरि  नेपालको राजनीतिमा जुटेको, देखिएको राजनैतिक सहमति ले अब  राजनैतिक बैचारिक का लागि हुने संघर्स लगभग सकिएर नेपाली राजनीतिमा  paradigm shift  को संकेत गरेको छ | अब नेपाल को राजनीति आर्थिक सामाजिक चरणमा प्रवेस गरेको छ , बौद्धिक चरणमा प्रवेस गरेको छ , खुल्ला र निर्वाध बहसमा प्रवेस गरेको छ , गर्छ नै , नगरी सुखै छैन ,नया संबिधान को घोसणा संगै बाबुराम भट्टराई को राजिनामा ले यो चरण सुरु भैसकेको संकेत नि देखाइसकेको छ | मैले असोज ३ गते संबिधान घोषणा हुदाको अवसरमा वन संचार online मा नेपालको संविधान २०७२ :कालो बादलमा चादीँको घेरा सिर्शक्मा लेखेको थिय , नयाँ संविधानले तदर्थ पुर्नसंरचनाको जुन खाका कोरेको छ त्यसले खुल्ला बहस त निम्त्याउ छ नै यो बहसमा दलीय आग्रह पुर्वाग्रह वाट माथि उठेर नेतृत्व लिने अथवा देशको संक्रमण कालीन राजनीतीमा आपनो भुमिका देखाएर बहसलाई हिंसात्मक द्धन्द र खण्डित मानसिकताको रुपमा विकसित हुन वाट रोकेर निकास दिन सक्ने राजनैतिक ब्याक्तित्व नै बदलिएको राजनैतिक परिदश्यमा नेपालमा राजनेताको रुपमा उदाउन सक्ने प्रशस्त संभावना रहेको छ । कालो बादलमा देखिएको चाँदिको घेरालाई वढाउन हातेमालो गर्नु नै आजको दिनको सार्थकता र भोलिको सुन्दर भविष्यको लागि पहिलो पाइला हुने छ | बाबुराम भट्टराई को राजिनामा र हालैको देश दौडाहाले उनको रहर तेतै तिर हो भन्ने संकेत गरेको छ | राजनैतिक दल को नेता को हैसियतले होइन  एउटा नागरिकको हैसियतले राज्य संग आफ्नो नया संबिधान को धारा १७ (ङ)ले प्रत्याभूत  गरेको  नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने  स्वतन्त्रता को हक  राज्य संग मागी रहेछन र कैलाली  भ्रमण मा जान राज्यले सुरक्षादिनु पर्ने बताई रहेका छन् |  नया संविधान को मर्म ,यसले देखाएको बाटो ,यसले प्रत्याभूत गरेको आर्थिक सामाजिक सास्कृतिक परिवर्तन का बारे जन जन लाइ सुसुचित गराउन  संबिधान मा हस्तक्षर गर्ने ९० प्रतिसत सभासद्हरु  आज आ आफना मतदाता माझ गाउ गाउ मा पुग्नु पर्थियो , बिडम्बना आज संबिधान मा हस्तक्षर गरेका सांसदहरुले नै आफ्ना सिर्सस्थ दलका सिर्सस्थ नेताहरुबाट संविधानका अन्तरबस्तु बारे प्रशिशण  लिदै छन् , लिईरहेका छन् |संबिधान ले प्रत्याभूत गरेका आर्थिक सामाजिक सास्कृतिक परिवर्तन का ब्यबस्था का बारे जन जन का बीच गाउ गाउमा बहस र छलफल हुनुपर्थियो ताकी नया संबिधान ले बर्सौ देखिको हिनताबोध लाइ चिरेर जन जन लाइ केहि गरौ केहि गर्छु म गर्छु भन्ने उर्जा र उत्प्रेरणा दिन सक्थियो |तर आज स्थिति यस्तो छैन , सार्वोभौमिक संबिधान घोसणा गरेर जुन जस, श्रेय विद्यमान राजनैतिक दल र नेतृत्वले पाउनु पर्ने ,लिनु पर्नेथ्यो त्यो लिन बाट उनीहरु चुकेका छन् | यस बाट पनि नेपाल को राजनीतिमा अब जाने बुझेका तर राजनीतिबाट टाढा रहेका हरुले बहसमा अग्रता लिने सहभागी हुने मौका प्राप्त गरेका छन् , क्रियासिल राजनैतिक दल हरुको सट्टा सामाजिक तथा आर्थिक सस्थाहरु नया संबिधान ले सिर्जना गरेका अवसर र चुनौती का बारे बहसमा ओर्लनु , अवसरको उपयोग मा क्रियासिल हुनु ,सहभागी हुनुले नेपालमा अब राजनैतिक बिचारको स्थापना को संघर्स लगभग सकिएको, लोकतन्त्रको मूल प्रवाहमा आत्मिकिकरण ,सम्मिलन हुदै गरेको पुस्टि भएको छ  र आर्थिक सामाजिक संघर्स को सुत्रपात भएको देखिन्छ | मधेश आन्दोलन लाइ यही आँखाले हेरिनु पर्छ |सामाजिक ,आर्थिक सस्थाहरुले राज्यमा आफ्नो स्थान र भूमिका सहज र पहुच योग्य भएको अनुभूत गरेको देखिन्छ |अब देसको राजनैतिक नेतृत्वमा  राजनैतिक बिचार र शासन प्रणाली को बहस र क्रियासिलता ले प्रधानता प्राप्त गर्ने छैन , पुराना राजनैतिक दल का नेतृत्वको निरन्तरता अब उनीहरुको  आर्थिक र सामाजिक भूमिका,बहस र क्रियाशीलतामा  निर्भर रहनेछ , यसो हुन् सकेन भने नेतृत्व मात्र बिस्थापित हुने छैन , दल को अस्तित्व पनि सकिनेछ |निश्चयनै विद्यमान  राजनैतिक दल र तिनका नेतृत्व ले नेपालको राजनैतिक बिकासका लागि आर्जन गरेको क्षमता , देखाएको कौशल संबिधान जारी गर्न का लागि प्रयाप्त रहेको थियो . एसका लागि आगामी पुस्ता बिधमान राजनैतिक दल र तिनका नेतृत्वप्रति कृत कृत हुनै पर्छ ,नतमस्तक हुनै पर्छ र हुने छन् | संबिधान जारी हुनुलाई युग परिवर्तन कै रुपमा स्वयम् दल र तिनको नेतृत्वले भनिरहेको ,स्विकारी रहेको अवस्थामा  दल र तिनको नेतृत्वले परिवर्तन ब्यबस्थापनको सामान्य सिदान्त अनुसार नि के बुझ्नुपर्छ भने पुरानो सोच ,शैली  चिन्तन र क्षमता ले नया परिवर्तन लाइ सम्बोधन गर्न सक्दैन , तेस्का लागि आफु र आफ्नो दलमा पनि परिवर्तन लाइ सम्बोधन गर्न सक्ने क्षमता आर्जित गर्नु पर्छ , बिकसित गर्नु पर्छ | यहिनेर त्याग को अर्थ र मूल्य खोजिने रहेछ , भेटिने रहेछ | आफ्नो योगदान लाइ जीवन्त राख्न त्याग गर्नु पर्छ , सोच ,शैली , चिन्तन र भूमिका मध्ये के कुन त्याग गर्दा मेरो योगदान जीवन्त हुन्छ भन्ने बिस्लेशन गर्न र सो को आत्मसात गर्न सक्ने नेता नै राजनेता हुन सक्छन |परिवर्तन को यो संघारमा नेतृत्व गरि रहेका दल का नेता ,भोलि नेतृत्व मैले नै गर्ने हो भनेर कुरि बसेका नेता ,  नेता ले मलाई नेतृत्व दिन्छन भनेर नेताको दलान कुरेका नेता सबैले के बिर्सन हुदैन भने उहाहरुले ल्याएको परिवर्तन ले उहा हरुकै  संगठन नभएका तर आर्थिक र सामाजिक भूमिका  भएका प्रतिस्प्रधीहरुलाइ राजनीतिमा आकर्सित गराएको छ   , बदलिएको परिस्थितिमा उनीहरुले सहज संगठन गर्न सक्छन ,आर्थिक र सामाजिक मुद्दा उनीहरुको आकर्षित हुन सक्छ | तेसैले बिदमान राजनैतिक दल ले आफ्नो संगठन लाइ आर्थिक र सामाजिक भूमिकामा स्थापित गर्न गराउने के कस्तो त्याग र भूमिका निर्वाह गर्नु पर्ने हो समयमै एकिन गर्नु श्रेयसकर होला|

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *