तुम्सिंग तारा मगर
नर्सरी व्यवसाय भनेको कुनै बिउलाई मल, मा६ो मिलाएर बिरुवा हुर्काउने काम हो। पछिल्लो समयमा यो व्यवसाय निकैनै फस्टाएको देखिन्छ । तर नर्सरी व्यवसायमा पनि अरु व्यवसायमा जस्तै विभिन्न समस्या रहेको विगत पन्ध्र वर्ष देखि कुलेश्वर स्थित नयावस्तिमा अजिमा नर्सरी सञ्चालन गर्दै आउनु भएका बद्रि लम्सालले बताउनु भयो । उहाले वन संचारसंग कुरा गर्दै भनेको बेलामा यातायातको समस्या हुने गरेको जसकारणले नर्सरीमा माटो, बिउ ल्याउन समस्या पर्ने बिरुवा भनेको ठाउमा पुर्याउन नसकिने समस्या भोग्दै आएको बताउनुभयो । भनेको समयमा भनेजस्तो बिऊ, मल समयमा नपाउने बत्तिको समस्या, पानिको समस्या, जस्ता धेरै समस्या रहेको पनि लम्शालले बताउनु भयो ।
आफ्नै नर्सरीमा काम गर्दै बद्री लम्शाल
त्यस्तै विगत दश वर्ष देखि लगनखेलमा बेलिपुष्प नर्सरी सञ्चालन गर्र्दै आउनुभएका सानुबाबु लिम्बु बिऊ, माटो, मलको मात्रै नभएर जनसक्तिको पनि अभाव रहेको बताउनु हुन्छ त्यस्तै ठाउको पनि समस्या हुनेगरेको बताउनु भयो । नर्सरी व्यवसायी लम्शाल र लिम्बुको एउटै गुनासो थियो सरकारले नर्सरी सम्बन्धी नितिनियम बनाएन भन्नेमा । नर्सरी व्यवसाय अहिले पनि सोखको पेसाभएको र व्यवसायिक नभएको भन्दै लिम्बुले भन्नुभयो सरकारले सहुलियत दरमा व्यवसाय गर्नकालागी सहयोग गरे अझै राम्रो हुनेथियो । नर्सरी सम्बन्धि कुनैपनि तालिमको व्यवस्था नभएको गुनासो गर्दै लिम्बु र लम्शालले भन्नुभयो सरकारले भनेको बेला मल, बिऊ विजन, औषधि, यातायातको स’विधा प्रदान गर्नु पर्ने साथै किसानि व्यवसायिहरुलाई सस्तो ब्याज दरमा ऋण उपलब्ध गराइदिए अझै राम्रो हुने पनि उहाले बताउनु भयो ।Accordion 1
Accordion 2
Accordion 3