Breaking News

नया संबिधान : उर्लदो खुसियाली

नेपाली जनताले आफु सा12109054_10207679153721327_7106139940461668481_nर्वोभौम सत्ता सम्पन्न नागरिक हु भन्ने आकान्क्षा २००७ साल देखि राखेका थिय| . आफ्ना बारे आफैले निर्णय गर्न सक्ने भए पछी स्वोभाविक रुपमा प्रगति , समृद्धि र शान्ति प्राप्त गर्न सकिन्छ ,न्याय प्राप्त हुन्छ भन्ने  सोच्नु स्वोभाविक हुन्छ नै तर नेपालको पहिलो  सम्बिधान सभाले जनता का आकन्क्षा हरुलाइ  केवल उजागर मात्र गर्न सक्यो , बैधता दिन सकेन र संबिधान सभा आफै विघटित हुन् पुग्यो | संबिधान सभा बिघटन हुनु अगाडी  देखिएका द्वन्द हरु बिघटन संग संगै ओझेल मा परे | संबिधान सभाले संबिधान जारी गरेपछि सबैका सबै माग न समेटिदा द्वन्द सिर्जना होला भन्ने त्रास बाट पहिलो संबिधान सभा को बिघटन संगै हराएर गयो |

राजनैतिक आरोह अवरोह घात प्रतिघात पश्चात गैर राजनैतिक नेतृत्व बाट सरकार निर्माण भै दोस्रो संबिधान सभा बन्यो| दोस्रो जन आन्दोलन बाट स्थापित राजनैतिक दल र नेतृत्व को राजकीय सत्तामा निरन्तरता का लागि संबिधान बन्नै पर्ने , नेपाली कांग्रेस पार्टी को वैधताका लागि नया संबिधान निर्माण अथवा पुरानो सम्सोधन हुनै पर्ने दबाब बीच मधेश आन्दोलन र तेसका नेतालाई नजरअन्दाज गर्दै नया सम्बिधान हामी छिट्टै सम्सोधन गर्छौ भन्ने घोषणा गर्दै जारी  भयो |  संबिधान जारि गर्दानै द्वन्दलाई आमन्त्रण गरि , स्वीकार गरि जारि गरेपछि दिपावली र black out का बीच जारी संबिधान ले खुसियाली र संकट ल्याउनु लाइ नौलो ठानिनु हुदैन |काठमाडौँ मा भएको दिपावली को उज्यालोले मधेशको अन्धकार हटाउन सकेन | संबिधान जारी गर्ने निर्णायक  बेला देखि सुरु भएको मधेस आन्दोलन ले केवल राजस्व संकलन मा मात्र अप्ठेरो परेछैन , सिंगो जनजीवन संकटग्रस्त भएको छ |बिरगंज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा ले दिएको   जानकारी अनुसार भाद्र महिना मा मासिक  ८ अर्ब ८२  करोड राजस्व उठाउने लक्ष्य भएकोमा जम्मा  ४ अर्ब  ९१ करोड मात्र उठ्न सकेको र असोज महिना  मा ७ अर्ब ७८ करोड उठ्नु पर्ने मा असोज २१  सम्म जम्मा १ अर्ब ८५ करोड मात्र असुली हुन् सकेको छ .घट्दो राजस्व असुली र बढ्दो जन जिबिकाको  संकटले   ९० % को भारि  बहुमतको नेतृत्व ले ९० % को संबिधान आयपछी न्याय ,शान्ति ,सम्रिधि र खुसिको बाटो खुल्छ भन्ने आशा र बिस्वासको जगेर्ना गर्न सक्छ सक्दैन | अर्थ राजनीतिको  प्रभाव बुझेका  पर्यबक्षेक हरुले व्यग्रता का साथ् हेरी रहेका छन् |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *