Breaking News

वन सचिब बिना को उर्जा अध्ययन कार्यदल कत्ति सार्थक ?

 

असोज २२ काठमाडौँ

आज को मन्त्रि परिषद बैठकले बैठकले ऊर्जा संकट समाधानको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा  उर्जा सचिब  र वातावरण सचिब रहेको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।नेपालमा खपत हुने उर्जा को मुख्य स्रोत बन हो जसले परम्परागत उर्जा (काठ, दाउरा, कृषिजन्य अवशेष) को रुपमा देस को कुल उर्जा आपूर्तिको  ८८ प्रतिशत हिस्सा ओगट्छ भन्ने तथ्य मन्त्रि परिषद को जान कारिमा आउन नसकेर हो अथवा वन मन्त्रालयले जानकारी गराउन नसकेर हो उर्जा संकट का बारे अध्ययन गर्न गठित कार्यदल मा वन सचिब समेटिन सकेनन |   जल बिधुत विकास का लागि आवस्यक  सबै जल बिद्युत गृह हरुको जलाधार क्षेत्र समेत वन क्षेत्रमै रहेको अवस्था मा उर्जा संकट अध्ययन  कार्यदलमा  वन सचिब को उपस्थिति निश्चयनै सार्थक र प्रभावकारी हुने मा दुइमत नहोला | नेपालमा  उर्जाको रुपमा  केवल   बिजुली , सोलार, बायोग्यास ,पेट्रोलियम  र कोइला   लाइ मात्र  नीतिनिर्माता हरुले  उर्जा को रुपमा सोच्ने  र काठ  जन्य पैदावार लाइ उर्जा भन्दा निर्माण सामग्रीको रुपमा हेरी  उर्जाको रुपमा  प्राथमिकतामा नराख्ने कारणले पनि येसो भएको हुन् सक्छ भन्ने वन क्षेत्रका विज्ञ हरुको धारणा रहेको छ | बढ्दो  उर्जा संकट का कारण  खाना पकाउन दाउरा का लागि वन क्षेत्र माथि प्रभाव परेको र समुदाय ले समेत उर्जाका लागि वन क्षेत्र प्रवेशमा वन विभागले अनुमति  दिनु पर्ने माग गरेको अवस्थामा बढ्दो  उर्जा संकट ले वन बिनास हुने खतरा बढेको छ |नेपालको उर्जा संकट समाधान का लागि विश्व समुदायले भारतीय नाकाबन्दी का बारे चासो दिनु पर्ने मुद्दा वन विज्ञ र सरोकारवाला हरुले उठाई रहेको बेला उर्जा संकट संग सिधै जोडिएको वन मन्त्रालय लाइ उर्जा संकट समाधान का लागि गठित अध्ययन कार्यदल मा सहभागी नगराउनु मा  सरकार समस्या प्रति  गम्भीर  नभएको र   सरकारले गृहकार्य बिना नै  निर्णयहरु गर्छ भन्ने तथ्य पुन पुस्टि भएको छ| यसले ऊर्जा संकट समाधानको लागि गठित कार्यदल गठन गर्दाको अवस्था बाटै निस्प्रभावी हुने संकेत देखिई सकेकोमा  विज्ञ हरु चिन्तित छन् र उर्जा संकट समाधान मा वन मन्त्रालय लाइ सक्रिय सहभागी बनाउनु  पर्ने मा जोड दिएका छन्  |

नेपालको उर्जा आपूर्ति को स्रोत
परम्परागत उर्जा (काठ, दाउरा, कृषिजन्य अवशेष) बाट ८८ प्रतिशत,
पट्रोलियम पदार्थ बाट ८ प्रतिशत,
कोइलाबाट १.८ प्रतिशत,
विद्युत्बाट १.८ प्रतिशत
नवीकरणीय उर्जाबाट ०.५ प्रतिशत

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *