Breaking News

जलवायु परिवर्तनको स्थानीय स्तरमा परेको असर र समाधानका सरल उपाय

डा. रामअशेश्वर मण्डल, शंकरनारायण झा,

पासाङ तामाङ, मनोज वस्ती

सारः

जलवायु परिवर्तनले आजका दिनमा भयावह रुप लिदै“छ तर स्थानीय स्तरमा कतिपयले यसलाई राम्रोसंग बुझेका छैनन् । यसलाई सहज र सरल ढंगले बुझ्नु आवश्यक छ अनि मात्र यसका उपाय खोज्न सहज र सजिलो हुनसक्छ । यस सन्दर्भमा स्थानीय स्तरमा न त यसका कारक तत्वबारे जानकारी भएको देखिन्छ न त यसका उपायबारे नै । त्यसकारण यस्ता पाठकको जिज्ञासा मेट्न सकियोस् भन्ने अभिप्रायले महोत्तरीको लक्ष्मीनिया, दोलखाको देउराली जलाधार क्षेत्र र काभ्रेपलाञ्चोकको पांचखालमा गरिएको अन्तरक्रिया गोष्ठीमा छलफल गरी यो लेख तयार गरिएको हो । स्थानीय स्तरमा जल र वायुमा हुने फरकपना र यसले जीवित वस्तुमा पार्ने असरलाई जलवायु परिवर्तन भनिन्छ । यसका केही उदाहरण कृषि बाली तथा वन वनस्पतिमा रोगकीरा लाग्नु, कुकुरजस्ता जनावरको बच्चा पाउने समय फरक पर्नु, धानबालीमा जलचरको अभाव जस्तै भ्यागुता, पानी दराद सर्प र साना माछा तथा मानिसमा समेत विभिन्न खालका रोगव्याधि लाग्नु आदि । त्यस्तै यसका कारकतत्वलाई विचार गर्दा गाउ“घरमा खान पकाउन दाउराको प्रयोग पहिलो प्राथमिकतामा छ भने यातायातको प्रयोग दोस्रो स्थानमा र अरु कारण खेतबारीमा रहेको फोहोरको थुप्रोमा आगो लगाउनु आदि रहेको छ । त्यस्तै यसका उपाय खाना पकाउ“दा वा अन्य ऊर्जाका लागि दाउरा प्रयोगको सट्टामा सौर्यऊर्जा तथा हावा–मिलद्वारा निस्किने ऊर्जाको प्रयोगमा प्राथमिकता र बायोग्यासमा जोड आदि जलवायु परिवर्तनका केही महत्वपूर्ण उपाय स्थानीय स्तरमा अवलम्बन गर्न सकिन्छ । त्यसकारण जलवायु परिवर्तनलाई स्थानीय स्तरमा बुझेर त्यसैअनुसारको न्यूनीकरण र अनुकूलन गर्दै जानु आजको अपरिहार्य आवश्यकता हो ।

परिचय

जलवायु परिवर्तन खासगरी जल र वायुमा पहिलेभन्दा अहिले फरकपना देखिएको छ भन्नेलाई बुझाउ“छ । जल र वायुको प्रणालीमा विभिन्नता देखिएको छ । यस विभिन्नताले विश्वका जति पनि जीवित वस्तु छन्, प्रभावित भएका छन् । अहिलेसम्मको अध्ययन एवं अनुसन्धान अनुसार ब्रम्हाण्डमा रहेका अरु ग्रहभन्दा पृथ्वी मात्र यस्तो ग्रह छ जुन जीवित वस्तुको गा“स र बा“सका लागि उपयुक्त छ । यस्तो अरु ग्रहमा छैन । सूर्यको ऊर्जा पाउने ग्रहमा पृथ्वीको औसत तापक्रम १५ डिग्री सेल्सियस र पृथ्वीको वायुमण्डलमा ०.०३ प्रतिशत कार्बनडाइअक्साइड रहेको छ ९ग्ल्ँऋऋऋ, द्दण्ण्ठ०। वैज्ञानिकको तर्कअनुसार यी मुख्य दुई मुख्य कारणले पृथ्वी जीवित वस्तुका लागि सुन्दर र मनोरम भएको हो । तर हामी भविष्यलाई विचारै नगरी  मनोरम पृथ्वीको वातावरण बिगार्ने काम गरिरहेका छौं ।

अब यसबाट हुने परिणाम कसले भोग्छ ? स्वाभाविक छ, हामी नै परिणामको भागिदार पनि छौं र पर्दा गोहीले आ“सु बगाएजस्तै रुन्छौं, कराउ“छौं र छाती पिटीपिटी चिच्याछौं । यो नियतिको परिणाम होइन र ९एबचष्mबबिm द्दण्ज्ञद्द० मानवीय पीडामा अझ वढी पीडा थपिन्छ र हामी यसलाई

नियति भन्न रुचाउ“दैनौं अर्थात् मन पराउ“दैनौं ।

विश्वको तापक्रम बढ्ने क्रम जारी छ । सोहीअनुसार वर्षा पनि प्रभावित भएको देखिन्छ । विश्वको तापक्रम सन् १९९८–२०१२ सम्ममा औषत ०.०५ (–०.०५देखि+०.१५) डिग्री सेल्सियस प्रत्येक दशकमा बढेको रेकर्ड गरिएको छ । त्यस्तै, एसियामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालमा पनि तापक्रम बढेको रेकर्ड गरिएको छ । नेपालको औसत तापक्रम प्रतिदशक ०.०६ डिग्री सेल्सियसले बढेको रेकर्डबाट देखिन्छ । यसका साथै यसै वर्ष जेठ महिनामा यो शताब्दीकै सबैभन्दा बढी गर्मी  दिन मापन गरियो । भारतमा दस दिनभित्रमा ४७ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरेको पाइयो जसले गर्दा करिब करिब तीन हजार मानिसले ज्यान गुमाउनुप¥यो । नेपालमा पनि तराईमा ४७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको र यसले केही मानिसले ज्यानसमेत गुमाए । गत वर्ष सन् २०१४ मा बाढीले करिब ३०० मानिसले सिन्धुपाल्चोकमा आएको पहिरोले ज्यान गुमाए । यो वर्ष वर्षा मौसम सुरुस“गै ताप्लेजुङमा करिब ५० जनाले पहिरोमा परी ज्यान गुमाउनुप¥यो । यस्ता घटनालाई पनि सामान्य घटना भन्न मिल्छ ? नेपाल जलवायु परिवर्तनको अधिक जोखिमपूर्ण क्षेत्रमा पर्दछ । त्यसकारण जलवायु परिवर्तनलाई अब पनि सामान्य प्रक्रिया हो भन्ने चर्चा–परिचर्चाले पक्कै स्थान पाउ“दैन । यो त विध्वंसकारी वितण्डा मचाउने प्रक्रिया हो, यो ज्यान लिने महामारी हो, यसले नेपालजस्ता गरिव मुलुकमा ठूलो धनजनको क्षति गरेको छ र अझ निम्त्याउन सक्ने सम्भावना उच्च छ ।

यस सन्दर्भमा जलवायु परिवर्तन के हो के होइन र यसका कारकतत्व के–के हुन् यसबारे जानकारी पाउनु आवश्यक छ । यस्ता जानकारीले भविष्यमा समाधानका उपाय खोज्न सजिलो हुनसक्छ । यस्ता स–साना कारकतत्वले निम्त्याउने परिणाम स्थानीय स्तरमै कम गर्न सकिएन भने नेपालमा पनि खुला आकाश देख्न गाह्रो हुनसक्छ । हामीलाई थाहा छ, बेइजिङबासीले वायु प्रदूषणका कारण खुला आकाश हेर्न नपाएको कैयौं वर्ष भयो । कम्तीमा हामी सतर्क बन्ने प्रयास गरौं–खासगरी सहरिया जीवन बिताउने सुविधाभोगीहरू । सहरी वनको अभ्यासमा लागौं किनभने वनको गरिमा आफैंमा अतुलनीय छ । यसका साथै जलवायु परिवर्तनका कारकतत्वलाई स्थानीय स्तरमा कसरी कम गर्न सकिन्छ त्यसबारे सोचौं र व्यवहारमा अवलम्बन गरौं । यस्ता चर्चा– परिचर्चालाई समेटेर यो लेख तयार गरिएको हो ।

तथ्यांक संकलन एवं विश्लेषण विधिः

यस अनुसन्धानका लागि ३ वटा क्षेत्र छनोट गरिएको थियो । तराईको महोत्तरी जिल्लाको खयरमारा गाउ“, मध्य पहाडको काभ्रे जिल्ला र हिमालको दोलखा जिल्ला अध्ययनको क्षेत्र रहेको थियो । यसमा समूहस“ग अन्तरक्रिया तथा स–साना बैठक बसी छलफल गरिएको थियो । यसबाट तथ्यांक संकलन गरियो र त्यसलाई विश्लेषण गर्ने कार्य गरियो ९ःययचभ बलम ःअऋबदभ द्दण्ण्घ० ।

नतिजा तथा छलफल ः

यस अनुसन्धानको नतिजालाई जम्मा तीन भागमा बाँडिएको छ, ती हुन् ः

क) जलवायु परिवर्तनको स्थानीय स्तरमा बुझाइ

ख) जलवायु परिवर्तनका कारकतत्वहरू र

ग) यसका समाधानका स्थानीय उपायहरू

क) जलवायु परिवर्तनको स्थानीय स्तरमा बुझाइ ः

यसस“ग सम्बन्धित लेखकहरूको अनुसन्धानमा समयमा वर्षा नभएको, काभ्रेपलाञ्चोकमा लामो खडेरी परेकाले जीवजन्तु एवं वनस्पति प्रभावित भएको देखिन्छ । केही उदाहरण महोत्तरीमा धानबाली लगाएपश्चात खेतमा जम्ने पानीमा पाइने जलचर जस्तै साना माछा । पानी दराद सर्प, भ्यागुता, बकुला अहिले पाईदैन किनभने कृषकले धानबालीमा लाग्ने कीराबाट जोगाउन विभिन्न खालका विषादी प्रयोग गर्दछन् । जसको डरले यी पानीमा वासस्थान र खानाका लागि आश्रित जलचर, जीवजन्तुहरू पाइन छाडे । त्यस्तै, अर्का लेखकले आफ्ना अनुसन्धानमा लेख्छन्, सल्लोका टुप्पा सुक्नु, कृषिबाली र गाईवस्तुमा विभिन्न खालका रोग देखापर्नु आदि । त्यस्तै दोलखामा गरिएको अनुसन्धानले के देखाउ“छ भने यो ठाउ“को तापक्रम ०.०६ डिग्री सेल्सियसको दरले प्रतिवर्ष बढेको रेकर्ड गरिएको छ । देउराली जलाधार क्षेत्रमा पानीका १० वटा मुहानमध्ये ४ वटा मुहान सुकेको पाइयो । कागतीको पातमा रोग लागेको, धानमा डढेलो रोग लागेको आदि पाइयो  । केही अरु थप उदाहरण तालिकामा समावेश गरिएको छ । त्यस्तै, नेपालको औसत तापक्रम ०.०६ डिग्री सेल्सियसको दरले प्रतिवर्ष बढेको पाइन्छ भने ९ःयभ्क्त्, द्दण्ण्ठ, ःयएभ्, द्दण्ण्द्ध० एक अर्को अध्ययनअनुसार हिन्द कुश क्षेत्रमा हिमाली भेगको तापक्रम ०.०९ डिग्री सेल्सियसले बढेको पाइयो ९क्जचभकतजब, द्दण्ज्ञद्द० । यसले गर्दा विभिन्नखाले जीवित वस्तु प्रभावित भएको पाइएको छ ।

ख) जलवायु परिवर्तनका कारकतत्वहरू

खासगरी विभिन्न स्थानमा गरिएको अन्तरक्रियाले दाउरा बाल्ने, यातायातका साधन प्रयोग, विकास कार्य जस्तै सडक निर्माणका कार्य, खेतबारीमा रहेका पात–पतिंगर जलाउने कार्य जलवायु परिवर्तनको मुख्य कारकतत्वका रुपमा रहेको पाइएको छ । खासगरी जलवायु परिवर्तनलाई विचार गर्न तीनैवटा क्षेत्रमा खाना पकाउने दाउराको प्रयोगलाई प्रमुख कारण मानिएको छ र यातायात साधनको प्रयोगबाट निस्किने धुलो धुवाँलाई दोस्रो कारकतत्वको मानिएको छ । आइपिसिसीको रिपोर्टअनुसार वनले करिव १७ प्रतिशतभन्दा वढी कार्बन उत्सर्जन गर्दा रहेछन् । त्यस्तै, कृषि क्षेत्रबाट १४ प्रतिशत, यातायातबाट १३ प्रतिशत, उद्योगबाट १९ प्रतिशत, ऊर्जा खपतबाट २७ प्रतिशत, फोहोरमैलाबाट ३ प्रतिशत र हाउजिङबाट ८ प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुने गरेको अनुमान छ ९क्ष्एऋऋ, द्दण्ण्ठ० । विभिन्न अध्ययनले ऊर्जाका लागि दाउराको प्रयोगलाई जलवायु परिवर्तनको कारक तत्वको रुपमा मानिन्छ ९ऋद्यक्, द्दण्ज्ञज्ञ, ब्मजष्पबचष् द्दण्ज्ञघ० ।

ग) समाधानका स्थानीय उपायहरू

अनुसन्धानले निम्न ४ समाधानका उपायहरु देखाएको छ ।

क) वन लगाई वनक्षेत्रको विस्तार गर्ने खासगरी गर्मी मौसममा मात्र सतर्कता अपनाइए वन तथा अन्य क्षेत्रमा आगलागी हुन सक्दैन । त्यसकारण करिब ३÷४ महिना आगलागी हुन नदिने उपाय अपनाउने ।

ख) बायोग्यास उत्पादन र प्रयोग ः गाईवस्तुको गोबर, गहुत र फोहरबाट ग्यास उत्पादन गर्ने जुन खाना पकाउनका लागि दाउराको खपत कम गर्नमा सहायकसिद्ध हुनसक्छ ।

ग) अन्य वैकल्पिक ऊर्जा प्रयोगमा जोड ः दाउराको खपत कम गर्न सौर्य तथा वायुमिल ऊर्जा, स–साना पेल्ट्रिक सेटमार्फत ऊर्जा उत्पादनमा जोड दिने ।

घ) यातायात साधनको प्रयोग ः सकभर सार्वजनिक यातायात बसको प्रयोगमा जोड दिने, सानो दूरीका लागि साइकल प्रयोग गर्ने । पुराना यातायातका साधनहरू क्रमशः विस्थापित गर्दै  जाने ।

निष्कर्ष

जलवायु परिवर्तन भन्नाले जल र वायुमा अप्रत्यासित किसिमले भइरहेको परिवर्तनलाई बुझाउ“छ । यसका केही उदाहरण, तापक्रममा वृद्धि भई जीवित वस्तु तथा कृषिबालीमा रोगकिरा लाग्नु, कुकुरले फरक–फरक समयमा बच्चा पाउनु, धानबालीमा जलचरहरूको अभाव आदि हुन् । दाउराको प्रयोग गरी खाना पकाउनु, यातायातका पुराना साधन प्रयोग तथा वन एवं खेतबारीमा आगलागी जलवायु परिवर्तनका कारकतत्व हुन् । यसमा ऊर्जाका लागि वायोग्यासको प्रयोग, हावाद्वारा उत्पादन हुने वा सौर्यऊर्जाको प्रयोग बढाउनेजस्ता जलवायु परिवर्तन न्यूनीकरणका उपाय स्थानीय स्तरमा बढी प्रभावकारी हुन सक्छन् । त्यसकारण जलावायु परिवर्तनलाई स्थानीय स्तरमा बुझेर सोहीअनुसकार उपाय खोजिनु अपरिहार्य आवश्यकता हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *