Breaking News

प्रधानमन्त्री पदमा सुशील कोइरालाको उमेद्वारी र राजनैतिक तरंग

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन  bishnugyawali@gmail.com
बिष्णु प्रसाद ज्ञवाली ,
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com

सुशील कोइरालानेपालको राजनीति प्रधानमन्त्री पदमा सुशील कोइरालाले उमेद्वारी दर्ता गरेपछि तरंगित भएको छ .सामाजिक संजाल फेसबुक मा सुशीलका प्रति जति आकोश ,असन्तुस्टी पोखिएको छ , देखिन्छ त्यसले केहि गम्भीर प्रश्न हरु संगै नेपाली समाज को फेसबुक मा पहुच भएका शिक्षित् नेपाली हरुको सामाजिक मनोबिज्ञान  सहज रुपमा बुझ्न सकिन्छ |तपसिलमा  फेसबुक बाट संकलन गरिएका सुशील कोइराला प्रतिका पोखिएका आक्रोश , सहानुभूति , प्रतिबद्धता र सम्मान का आभिब्यक्ति हरु जस्ताको तस्तै साभार गरिएको छ हेर्नुहोस .अब नेपाली समाज ले सुशील कोइराला को उमेद्वारी संग जोडिएका निम्न प्रस्न का उत्तर खोज्नै पर्छ |

१ . नेपाली कांग्रेस का पदासिन  नेता हरुले  पार्टी पद्धति स्वीकार गर्ने कि नगर्ने , बहस छलफल  गर्दा शिर्ष नेता रिसौलन भन्ने दास मानसिकताले निर्णय गर्ने ठाउमा निर्णय गर्न बाध्य नबनाउने र खुसि पार्न निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्ने अनि बाहिर रोइ कराई गर्ने प्रवृति  जोखिम लिन नचाहने  मनोविज्ञान को घोतक हो

२ नेपाली कांग्रेस को नेतृत्व मा संबिधान जारी भएको छ , संबिधानमा स्वोभाविक रुपमा सबैको हुनु पर्ने र तेस्मा एकल  दलीय विचार को मात्र प्रत्याभूत नहुने भएकोले सहमति को वकालत गर्नु स्वोभाविक को तर संबिधान स्वयं ले बहुदलीय सम्सदिय शाशन अंगालेको बेला अब बलियो सरकार र बलियो प्रतिपक्ष हुनु पर्छ कि पर्दैन , सधै भरि भागबन्डा  गरिरहने , अरुका विचार संग सम्झौता गरिरहने कि  आफ्ना विचार , नीति अनुरुप काम गर्न दल र तिनका नेता लाइ प्रोतासहित गर्ने

३ संबिधान जारी भैसके पछी पनि देशलाई तदर्थ रुपमै चलाउने , अब त्  कार्यकारी सरकार बन्नु पर्यो ,लुलो लंगडो लाछी सरकार होइन .

४  अरुको (बिदेशीको ) गतिविधिले डराउने मनोविज्ञानले बाट सृजित  राष्ट्र बाद  ले के स्वाधीनता दिन्छ ,त्यो त  झन् परनिर्भरता भएँन र ?  आत्मनिर्भर हुन् आफु र आफ्नालाई नै बलियो बनाउनु पर्ने होइन र

    बलियो सरकार र बलियो प्रतिपक्षका लागि शुभकामना :  नया नेपालका लागि  सुशील कोइरालाको साहस र नेतृत्वका लागि साधुबाद

प्रधानमन्त्री पदमा सुशील कोइरालाले उमेद्वारी दर्ता गरेपछि  फेसबुक बाट साभार गरिएका प्रतिक्रियाहरु जस्ताको तस्तै

गगन थापा:- ‘कांग्रेस अन्तै बाट चल्यो!’
महामन्त्री पूर्णबहादुर खड्का:- भारतले फसायो, म जिम्मेवारीमा बस्दिन!(महामन्त्री बाट राजिनामा)
चन्द्र भण्डारी:-‘कांग्रेसको यो निर्णय इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण घटना हो, आफैंले गरेको सहमति विपरीत गएर कांग्रेसले राजनीतिमा नैतिकता र विश्वास भन्ने शब्दकै अपमान गरेको छ‘ सांसद तथा केन्द्रिय सदस्य बद्री पाण्डे:-‘हाम्रा नेताले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै सिध्याउने घीनलाग्दो खेल खेले’
सांसद रामहरि खतिवडा:-‘हिजो भारतले भनेर राजीनामा नदिने, आज भारतले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि राजिनामा दिएर उम्मेदवारी दर्ता गराउने खेलले हाम्रो शीर झुकेको छ, अब संसदीय दलको बैठक तुरुन्त बोलाउनुपर्छ ।’
सांसद राजीवविक्रम शाह:- नेताहरुले लोकतन्त्र र सहमति शब्दकै धज्जी उडाए!‘यतिसम्म फटाहा र देशघाती नेता होलान् भन्ने सोचेको थिइँन’ भर्खरै राजनीतिमा हामफालेर चुनाव जितेका शाहले भने-‘अब कांग्रेसको विश्वसनीयता सकियो ।’

वारीका भन्दा पारीका सल्लाहकारहरुको सल्लाह बढी दमदार भएर होला ।

अघिल्लो दिनसम्म नेपाली काँग्रे पार्टी निर्णय बिहिन हुनु र प्रधानमन्त्री पदको मनोनयन गर्ने समय शुरु भैसकेपछि एकाएक आफ्नै पार्टीको तर्फबाट उम्मेद्वारी दिन निर्णय गरी सुशील कोइरालाले मनोनयन दर्ता गर्नु तथा मधेशबादी दलको सकृयता र एमाओबादी पार्टीका ३० जनाले प्रधानमन्त्रीको निर्वाचनमा ओलीलाई समर्थन गर्ने निर्णयको बिरोधमा बिज्ञप्ती निकाल्नु संयोग मात्र हैन । त्यसेैगरी हालको सत्ता साझेदार दल रा. प्र. पा. र अन्य केही साना दलको मौनताले पनि दक्षिण तर्फबाट ठूलै तानाबाना बुनेको देखिन्छ । त्यसैले प्रधानमन्त्रीको जारी निर्वाचनमा बाहिर सतहमा देखिएको गणित निर्णायक होला जस्तो देखिंदैन ।

अब कांग्रेस को पनि दिन सकियको जस्तो छ । देश भन्दा ब्यक्तिगत स्वर्थमा लाग्यो । येस्ता ठुलो नेताले गर्दा निस्वार्थ समर्थन गर्ने लाई अप्ठ्यारो पार्यो।

हाल सुशील कोइरालाले PM मा उमेदवारी दिदा धेरैलाई अप्रत्यासित लागि रहेको जस्तो मैले पाए के सुशील कोइरालाले बस्ताब मै गल्ति नै गरेका हुन् र ? यदि एमालेलाई PM दिने सहमति भएको भए एमालेले कुनै न कुनै प्रमाण जरुर राखथे किन कि एमालेले कांग्रेसलाई विश्वास नगर्ने रछ भनने कुरो संबिधान बनने बेला एउटा मिटिंगमा एमाले नेता माधव कुमार नेपालले सुसिल कोइरालाको आबाज रेकर्ड गरेको बाट नै प्रस्ट हुन्छ / अनि एमालेले कांग्रेस संग PM पाउने सहमंती बिना प्रमाण कसरि गरेको होला र ??? न कुनै रेकोर्ड नै छ, न कुनै लिखित सहमति नै / त्यो भएर शंका गरिने ठाउँ छ / यथार्थ मा यस्तो सहमति नै न भएको हुनु पर्छ / यो सहमति भएको कुरो भ्रम मात्र हो जस्तो लागि रहेको अवस्था /

लुर भएका देखिएनन र भएकाहरू शक्तिशाली हैसियतमा देखिने स्थिति रहेन भन्दैमा ,

लेख्ने र भन्नेहरुले —

सुशील, देउवा र रामचन्द्रहरुलाई नै सम्पूर्ण काङ्ग्रेसका परिचय होइनन भनेर बुझ्दा नै बेस होला !

सुशील, देउवा र रामचन्द्रहरुसँगै काङ्ग्रेस जन्मिएको पनि होइन र उनीहरू भन्दा पछि पनि काङ्ग्रेस रहनेछ I

काङ्ग्रेसको लामो पङ्क्तिमा दुर्भाग्यले अहिले सुशील, देउवा र रामचन्द्र प्रथम पङ्क्तिमा देखिए ,

कुरा त्यत्ति हो I

प्रमुख नेतृत्व पंक्तिको कुलत, कुसंस्कार र दृष्टिहीन महत्वाकांक्षालाई तेर्स्याएर समग्र काङ्ग्रेसलाई लान्छना लगाउने, प्रताडित गर्ने र उनीहरुलाई एकोहोरो रुपमा तिखार्ने काम नगरियोस !

एकोहोरो दुखी भईरहनु भन्दा यसरी एउटा उपाय निकालेर मन बुझाउनु राम्रै हो सर ! मैले अहिलेसम्म बुझे अनुसार नेपाली काङ्ग्रेस भनेको एउटा चोक नेरको पसल हो। पसलेको मीठो बोली बचन, सहि नापतौल, सामानको गुणस्तर र सामान किनिसकेपछिको सेवा भन्दा पनि यो आफ्नो अवस्थिती (Location) को कारण चलेको छ। अर्को शब्दमा भन्दा ग्राहकको सजिलो खोज्ने बानीका कारण चलेको छ। चोकमा भएको कारण अरुको ब्यापार छैन भन्दा पनि यसको राम्रै हुन्छ। सजिलो भएका कारण पसलेको रुखो बोली ब्यवहार भएपनी, नापतौलमा मारे पनि, सामान कमसल भएपनि ग्राहकले आँखा चिम्लिदीएका छन् । तर पसलको लोकेसनले मात्र पसलेको धुर्त्याईं कति दिन थेग्ला ! लौ, पुरानो मानसिकताका बुढा पसले त्यस्तै छन्, छोराहरु त गतिलै छन् भनुं भनेपनी छोराहरु झन् चन्डाल निस्क्याछन् । यस्तो स्थितिमा पसल नै बन्द हुन के बेर !

वर्तमानको नेत्रित्वले कांग्रेसको यो गति बनाएको त होनि।

बुझ्ने laee श्री खण्ड,नबुझ्ने laee खुर्पा को bid जस्तै हो आज को राजनिती

सुशील कोइराला – सक्छौ भने प्रधानमन्त्रिको उमेदबार तत्काल फिर्ता गर, जितेउ भने पनि तिम्रो साख गिर्ने छ, नेपालले हार्ने छ ! जित्न त साएद जितौला नि, रात भरि मा अग्राख पलाई सको होला

पक्कै जित्ने छैनन् । जिते पनि हारे पनि बामपंथी को हितमा हुनेछ । नेपाली ले कंग्रेस को मौजुदा नेतृत्व चिन्ने अग्नि परिक्षा पनि हो । अनि तपाईं हामीले भनेको के लाग्थ्यो , पूर्ण बहादुर सिटौलाहरुको त दाल गलेन ।

बानेश्वरमा संसद भबन मा रास्टबादि र रास्टधाति बिच अाज चुनाब हुँदै छ । ओलीजी राष्ट्रवादका उम्मेदवार हुन् भने कोइरालाजी राष्ट्रघातका। नेपाली संसदमा कतिजना राष्ट्रवादी रहेछन् जनता ले छलङग देख्ने छन् ।

राष्ट्रवादी र राष्ट्रघाती विचको यो लडाइँमा स्वयम्भुका दुइटा आँखाले पनि यो पटक राम्रैसंग न्याय अन्याय छुट्टाउने छ्न।
जय देश! जय स्वाभिमान !

काग्रेसले सोही काम अर्कों बाटोवाट पनि गर्न सक्थो की ,समस्या समाधानमा उस्को भूमिका र योगदान देखिन सक्थो ।

नयाँ शक्ति निर्माणको रियलसल हो जस्तो छ ।

मान्छेहरूले कांग्रेस लाई सराप्दै छन्!

 

दूरदर्शी नेताहरूको अभाब भयजस्तो लाग्न थाल्यो राष्ट्रियता स्वाधीनताकालागी एक्लै र अरुभन्दा फरक बिचार लिएर हिड्न तैयार सुशिल कोइरालालाई स्यालुट

बराबिचरा……मलाइ हजुरबाले प्रजापरिसद भन्ने पार्टीको कुरा सुनाउनु हुन्थ्यो ।अब मैले नातिलाइ कांग्रेसको कुरा सुनाउनु पर्ने दिन नाआओस।

जस्ले जिते पनि देश हार्ने निश्चित छ । भारतीय स्वार्थले गर्दा हाम्रो देश माथि उठन सकेन । बलवान कपटी छिमेकी हुनेको नसिब यस्तै हुन्छ ।

सत्ताको मोह बढ्नु भन्दा पैला हृदयघात भएको भए हुन्थ्यो । कांग्रेशलाई लिएर नै डुब्ने भए यी त ।

तीन प्रमुख दललाई फुटाउने, भर्खरै जारी भएको संविधान कार्यन्वयनमा समस्या सिर्जना गर्ने र मुलुकलाई झन् ठूलो संकटमा धकेल्ने सुविचारित षडयन्त्रको शिकार कांग्रेस हुन पुगेको कांग्रेसकै नेताहरुले बताए ।

भोलि अशोज २४ गते ११ बजेबाट बानेस्वर स्थित संसद भवनमा नेपाल र भारत बिचमा घमासान खेल हुदै छ खेलाडीमा नेपाल का तर्फबाट ने क पा एमालेका अध्यक्ष्य के पी ओली र भारतका तर्फबाट सुसिल कोइराला खेलाडीका रुपमा मैदानमा उत्रिदै छन, खेल अत्यन्तै रोमाञ्चक हुने देखीन्छ कतिपयले त डलरमा बिकेर आत्माघाती गोल हान्ने रे भन्ने पनि सुनिन थालेको छ। आज सम्मका जतिपनि खेलहरु भारतले नै जित्दै आईरहेको छ हेरै यसपटक कस्ले जित्छ। सबैलाई दर्शकको रुपमा उपस्थित हुन अनुरोध गर्दछु । जे होस नेपाली हुनुको नाताले मेरो तर्फबाट अग्रीम बधाई तथा शुभकामनाका साथै समर्थन नेपाली टिमलाई .

राश्ट्र अत्यन्तै कमजोर भैरहेको बर्तमान समयमा रास्ट्रहितको पक्षमा कुनै चमत्कारीक परिवर्तन भएन र यथा अबस्थामा ओली प्रधानमन्त्रीमा निर्बाचित र शुशिल कोइरालाको हार, भएको खण्डमा शुशिल कोइराला ,शेर बहादुर र राम चन्द्रहरुको राजनैतिक जीबनको इतिहासमा यो भन्दा ठुलो भुल केहि हुनेछैन र यो निर्णयबाट उनको राजनैतिक जिबनकोअबसान हुन पनि सक्छ। भिरबाट हाम्फाल्नेलाइ राम राम मात्र भन्न सकिन्छ !तुल्सी गिरि, पर्सु नारायण, मात्रीका र पछिल्लो समयमा बि पि पुत्र प्रकाश कोइराला प्रवृत्ति ले काङ्ग्रेसलाइ केहि असहज त होला तर बिपक्षी दलहरू ,कुल्किनु पर्दैन !काङ्ग्रेस नेताले धानेको पार्टी होइन ,स्वाभिमान कार्यकर्ताको तागतले बाचेको हो

गणेशमान सिँहले ” राजनिति, कुटनिति कुनिटी ” भनेको वाक्य सार्थक लाग्न थाल्यो । यो राजनितिको फोहोरी खेलको चपेटामा हामी जनता पेलिएको पेलिएकै छौं । संविधान जारी गर्दा देखाएको एकता, भारतको अघोषित नाकाबन्दीले जगाएको राष्ट्रियता आज एउटा पदको लागी आफैले कुल्चियौ । जनताले ” ‪#‎BackoffIndia , ‪#‎स्वाभिमानीनेपाली ” भनेर कुर्लिएर मात्र के गर्नु नेता जनताको सामु नांगिसके । अझै समय छ पार्टी भन्दा माथी उठ

ओली सहि अथवा गलत व्यक्ति, त्यो त समयले देखाउनेछ । तर भारतको ठाडो हस्तक्षेपमा आएको सुकोको उम्मेदवारी कुनै हालतमा समर्थन गर्नु उचित होइन ।

सु को सरकारलाई नै असफल बनाउन भारतले नाकाबन्दी गरिरहेको अवस्थामा “भारतको ठाडो हस्तक्षेपमा आएको सु को उमेदवारी ” भनेर विश्लेषण गर्नु ठिक होला र ?

संविधान बनाएर बिशेश्वर को स्थान लिन सफल सुशील आखिर कसैको प्रलोभनमा फसेर आफू मात्र सकिएनन यति लामो इतिहास बोकेको पार्टी लाई अनि कार्यकर्ताहरुलाइ लज्जित बनाए अनि देशलाई निकाश दिन छेक बार लगाउने नेता र भारत परस्त नेताको रुपमा आफ्नो नाम इतिहासमा लेखाए ।

काङ्ग्रेस पुरानो इतिहास भएको पार्टीले एक माघले जाड़ो जाँदैन भन्ने किन बिर्सेको होला! खोला तर्ने र लट्ठी बिर्सने गर्दा अर्को खोलामा अलपत्र परिँदैन र! कि सत्ताको सन्दर्भमा काँङ्ग्रेस बेइमानी नै हो?जारी भएको सम्बिधान लागु गर्दै चुनावसम्म सहकार्य गर्नुपर्ने थिएन र?

आफ्नै विवेक र बुद्धि ले चल्ने भए त थाह हुन्थ्यो होला तर दुर्भाग्य भनौ या लाचारी भनौ काङ्ग्रेसका कतिपय शिर्ष नेताहरु त यन्त्रमानव जस्तै भए जसको रिमोट चाहिँ भारत कै हातमा रह्यो।

अहिले सम्म को राजनितिक परिबेस लाई हेर्ने हो भने ए माले जुन सुकै पार्टी को नेतृत्व मा भए पनि सत्तामा आसिन भैरहने कांग्रेस सत्ता को बार्गेनिङ मा रहिरने मोह ले गर्दा आज को स्थिती आको हो बुढा गोरुजोतेर अब खेती गर्न नसकिने स्थिती आको नेपाली जनता ले महसुस गरेको अबस्था।

कि त काङ्ग्रेसले तीन पार्टिको बिचमा देशमा संविधान आएपछी खडग ओलिजिलाइ प्रधानमन्त्री बनाउने gentleman agreement भएको छैन भन्न सक्नुपर्यो होइन भने काङ्ग्रेसले शुशिल दाइको उम्मेदवारी फिर्ता लिनै पर्छ।कम्तिमा दस बर्षसम्म तीन पार्टीको एकता टुट्नु हुदैन भन्ने चाहन्छन नेपाली जनताहरु,के काङ्ग्रेसको उम्मेदवारिले यो एकता टुट्दैन?पक्कै टुट्छ।सुशील दाइको यति लामो राजनितिक यात्राको इमान्दार छबिलाइ बचाउन,जनतामा काङ्ग्रेस भारतले चलाउने पार्टी हो भन्ने धारणा बन्न नदिन,तीन पार्टीको एकता बचाउन ,काङ्ग्रेसले बोलेको कुरा गर्छ भन्ने कुरा कायम राख्न र भोलि काङग्रेसका कार्यकर्तालाइ शिर ठाडो पारेर हिड्न दिनको लागि सुशील दाइको उम्मेदवारी फिर्ता हुनै पर्छ।बिश्व मानचित्रबाट नै नेपाल भन्ने देशलाई मेटाउने षडयन्त्र भैरहेको यो चुनौतिपुर्ण घडिमा तीन दलको एकता टुट्नुजतिको बिडम्बना अरु के होला?भोलिको सुर्योदयसङगै नेपाली जनताले खडग ओलिजी सर्बसम्मत उम्मेद्वार भएको र तीन दलको एकता अटुट रहेको समाचार सुन्न पाउनुपर्छ है काङ्ग्रेसका नेतागण।

लोकतान्त्रिक संसदीय परम्पराको अभ्यास…

नेपाली कांग्रेसका पार्टी सभापति एबम् संसदीयदलका नेता सुशील कोइरालाले प्रधानमन्त्रीको निर्बाचनमा उम्मेद्वारी दिएर लोकतान्त्रिक संसदीय परम्पराको शिद्धान्त र मर्मलाई जोगाउनु भएको छ… / संधैको सहमतीय भुलभुलैया र केवल सत्ताको भागबण्डालेमात्र देशले गति लिन सक्दैन… लोकतन्त्र संस्थागत हुँदैन…/ नेपालको संबिधान २०७२ जारि भइसकेपछि… सहमतीय आबश्यकताले एउटा कोर्स पुरा गरिसकेको छ… / अब र आउँदा दिनहरुमा लोकतान्त्रिक संसदीय ब्यबस्थाको मर्मअनुसार राजनीतिक दलहरुले प्रतियोगात्मक अभ्यासको बाटो रोज्नुको बिकल्प छैन… जसको सुरुवात शुशील कोइरालाबाट भएको छ… / लोकतन्त्रमा जित-हार… सत्तापक्ष-प्रतिपक्ष स्वभाबिक हो… / नेताहरुले दलगत लगायत व्यक्तिगत नाफानोक्सानभन्दा माथि उठेर… देश र जनताको हितमा समर्पित भएर राजनीति गर्न सुझाउछु… / शुशील कोइरालालाइ अग्रिम बधाई तथा शुभकामना… / नेपाल र सबै नेपालीको जय होस्… मंगल होस्… कल्याण होस् ! !

अरु लाई सहयोग गर्नु र सहमतिमा काम गर्नु चै लोकतन्त्र होइन र । उनी सरकार मा भएको बेला जनता बेहाल को अबस्थामा छन अब उनी नविकरण हुँदैमा सबै काम र कुरा मिलि हाल्छ र। सबै जनता निराश छन झन् काङ्ग्रेसको येस्तो कदम बाट झन निरास छन तत्काल को अबस्थामा नेपाली जनता को मनस्थितिमा झन निरासा छाएको छ।। के सुशील मात्र पनि छन र बिचरा सोझा लाई पार्टी ले आराम नदीएर के गर्या हो संविधान निर्माण जस्तो ठूलो जिम्मेवारी त कुशल नेतृत्वकर्ता भयेर पूरा गर्नु भयो त उहाँले अब किन अरु नेता अगाडि नबड्नु भयेको

शुशिल कोईराला लाई उम्मेदबारी दिन उक्साउने हरुलाई त कोइराला प्रधान मन्त्री हुँदा हुने ब्यक्तिगत फाईदा राम्रै होला, देस र जनताका लागी त परको कुरा, कम्तिमा आफ्ना लागी भए पनि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ भन्ने स्वबिबेक पनि त हुनुपर्थ्यो होला नि कही कतै आफुसँग

हुमतिय प्रकृयामा सहमति मान्नुपर्छ भन्न्ये छैन सम्सद मा बलियो प्रतिपक्षी पनि चाहिन्छ मिलेर सधैं देश लुटनु गलत हो संविधान कार्यनयन मा काङ्ग्रेस को अग्रसरता सधै हुनेछ आज सरकार बनाउने ले बरु नगर्न सक्छन्।
हिजो कांग्रेस ठुलो दल को नाताले र सरकारको नेतृत्व गरेको कारणले गृहमन्त्री आफैसङ राख्नखोज्दा एमाले सपथ ग्रहण कार्यक्रम मा नगयेकै हो समर्थन फिर्ता लिने धम्की दियकै हो अनि के को भद्र सहमति??? हामी हाम्रो माहाधिबेशन मा जादैछौ हाम्रा नेतालाइ समय चाहिन्छ संगठन निर्माण को लागि पनि र कुशल प्रतिपक्षी बनेर देश निर्माणका लागि जयनेपाल।

कांग्रेस नेपाली कांग्रेस नै होस र रहिरहोस फेस्बुकका भित्तामा भनिये जस्तो भारतीय कांग्रेस नबनोस, राष्ट्र र राष्ट्रियताको हितमा , हामी स्वाभिमानि नेपाली भनी सबैले गर्ब गर्न मिल्ने हिमाल पहाड तराइ सबैले जितेको आभास हुने खबर सुन्न पाइयोस भोलि, जयनेपाल!! जय स्वाभिमान !!!

नेपाली कांग्रेस अन्धो ,बैरो र लाटो भएको प्रमाणित ,आफु कांग्रेसमा नरहने निर्णय !!
नेपाली कांग्रेस अन्तत फेरी भारतीयलाइ राष्ट्रबाद बुझाउन सफल भएको छ ! देशको दुर्गति र बिदेशी हस्तक्षेपको मुख्य कारक कांग्रेस प्रमाणित हुदै छ ,जुन पार्टीमा ३५ बर्ष बिताइयो र बीपीको आदर्श र प्रेरणा मेरो मार्ग दर्शन बन्यो | बि पी को देहान्त सगै कांग्रेसले भारतीय उपनिवेश बनाउने अहम भूमिका निभाको प्रमाणित गरेरै छाड्यो !! लामो समय सम्म पार्टी भित्र हामीले आन्तरिक संघर्ष गरेउ तर पराजित भयेउ र धेरै साथीहरु राजनीतिबाट पलायन हुन् पुगियो ,तर सक्रिय राजनीतिबाट अलग भएर पनि बीपीको विचार बोकेको पार्टी भन्दै जहाँ रहे पनि पार्टी र देशको हितको लागि आवाज उठाउदै रहेउ तर दुर्भाग्य बीपीको नाममा राजनीति गर्ने नेपाली कांग्रेस अन्तत भारतीय दलाल र नेता लेन्डुप प्रमाणित भए |जीवनमा सबैभन्दा ठुलो गल्ति राजनीति गरेर होइन गिरिजा प्रसादको नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्बाह गरेर जीवनको मुख्य २३ बर्षको महत्व पूर्ण समय बर्बाद गरिएछ र देश ,प्रजातन्त्र र जनतालाई धोका दिने काम गरिएकोमा आत्मग्लानी भएको छ |कांग्रेसले गरेको यो राष्ट्रघाती निर्णयले नेपाली जनता र रास्ट्रबाद हारेको यस दुखद घडीमा देशको हित बिपरित निर्णय गर्न पुगेको नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कांग्रेस छोडेको घोषणा गर्दै केन्द्रिय समितिलाई जानकारी समेत गरुडा छु र बिदेशी हस्तक्षेप बिरुद्ध र कांग्रेसको रास्ट्रबिरोधि गतिबिधि बिरुद्ध लड्न अब रास्ट्रबादी राजनीतिमा सक्रिय हुने निर्णय समेत गर्दछु ……!

यस्तो आवेगले कसैलाई फाइदा गर्दैन । नेताहरुको मर्यादा राखिएन भने आफ्नो मर्यादा पनि रहन्न ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *