Breaking News

नेपालको ३८ औ प्रधानमन्त्री मा नेकपा एमाले ससदीय दल का नेता खड्ग प्रसाद ओली निर्वाचित

२४ असोज ,काठमाडौँ

नेपालको ३८ औ प्रधानमन्त्री
नेपालको ३८ औ प्रधानमन्त्री खड्ग प्रसाद ओली

नेपालको नया संबिधान २०७२ जारी भय पश्चात  बसेको पहिलो व्यबस्थापिका संसदले संबिधान त्  नया प्रधानमन्त्री चयन गर्नुपर्ने कार्यभार अनुरुप आज भएको निर्वाचनमा  नेपाली कांग्रेस का संसदिय नेता सुशील कोइराला लाइ  पराजित गर्दै नेपालको  ३८ औ प्रधानमन्त्री को रुपमा  नेकपा एमाले ससदीय दल का नेता केपी ओली निर्वाचित हुनु भएको छ |आज भएको मतदानमा ओलीको पक्षमा ३३८ मत परेको थियो भने कोइरालाको पक्षमा २४९ मत परेको थियो |नेपाली कांग्रेस ले आजको निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियालाई सस्थागत गर्ने प्रजातन्त्रको सुन्दर पक्ष हो भनेर भनेको छ |नेकपा माओबादीका अद्यक्ष प्रचण्ड ले निर्वाचन मा हारजीत स्वोभाबिक भए पनि  नेपाल को  आजको परिस्थितिमा रास्ट्रिय सहमति को आवस्येकता रहेको बताउनु भएको छ |

झापा ले  इतिहासमा पहिलो पटक प्रधानमन्त्रि प्राप्त गरेको मा झापा का मतदाता हरुले  खुसि व्यक्त गरेका छन् |निर्वाचित भए पश्चात सम्बाददाता हरु सग प्रतिक्रिया दिदै  १६ वोटा पार्टी को समर्थन बाट आफु उमेद्वार भएको र सबैको सहयोग बाट आफु निर्वाचित भएको भन्दै आफुले एउटा  अबसर र   सम्मान संगै   चुनौती पनि  प्राप्त गरेको बताउनु भयो |  संबिधान को कार्यान्वन  , भूकम्प को पश्चातको पुनर्निर्माण  र नाकाबन्दी का कारण आपूर्ति मा भएको अप्ठेरो हटाउने प्रमुख जिम्मेवारि रहेको   भन्दै विकास को गति लाइ बढाएर  देसमा सम्ब्रिधि ल्याउने  र तेस्कलागी  सबै संग मिलेर . सहकार्य गर्ने बताउनु भयो |नवनिर्वाचित प्रधानमन्त्री खड्ग प्रसाद ओली लाइ वन संचार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *