काठमाडौँ, असोज २४ गते ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डडेल्धुरा जिल्लास्थित सामुदायिक वन क्षेत्रको वन अवैध रूपमा फँडानी गरी अनियमितता गरेको आरोपमा वन कर्मचारी र स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी समेत गरि १९६ जनाविरुद्ध २०६९ साल भदौ ३१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालत का न्यायाधीशत्रय मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासले तत्कालिन क्षेत्रिय् वन निर्देशक श्री विजयराज पौडयाल र जी .ब. अ श्री कृष्ण प्रशाद वस्ती तथा स ब अ हरु सुरेश प्रसाद सिंह , रामेस्वोर खकुरल र राम प्रसाद चौधरी लगाएत लाई सफाइ दिएको छ भने डडेल्धुराका तत्कालीन जिल्ला वन अधिकृत धनीचन्द्र ठकुरीसहित १७९ जनालाई भ्रष्टाचारी ठहर गरेको समाचार कुमार विवेकानन्द मिश्रले आजको गोरखापत्र online मा लेख्नु भएको छ |