Breaking News

नव निर्वाचित ३८ औ प्रधानमन्त्री केपी ओली बाट जनताको नाममा पद तथा गोपनियताको शपथ

1459684_10205497998031391_1422100271411129220_n

असोज २५ ,काठमाण्डौ
हिजो व्यवस्थापिका संसदबाट ३३८ मत पाउँदै प्रधानमन्त्री निर्वाचित भएका ३८ औ प्रधानमन्त्री केपी ओलीले आज शीतल निवासमा आयोजित विशेष समारोहमा    राष्ट्रपतिसमक्ष सपथ लिनु भएको  छ । सपथको क्रममा राष्ट्रपतिले इश्वर र जनताको नाममा भनेपछि ओलीले देश र जनताको नाममा भन्दै सपथ लिनु भएको हो  । प्रधानमन्त्रिको सपथ पछी उपप्रधानमन्त्री हरु कमल थापा र विजय गच्छदार ले पनि सपथ लिनु भएकोछ  | यसै गरि मन्त्रीहरु सोम प्रसाद पाण्डे , अग्नि खरेल ,हरिबोल गजुरेल ,सत्य नारायण मण्डल ,राम कुमार सुब्बा ले पनि सपथ ग्रहण गर्नु भएकोछ |सपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री सुशील कोइरालासहित उच्च पदस्थ अधिकारीहरु उपस्थित हुनु हुन्थ्य्यो  ।सपथ ग्रहण सम्पन्न भए पछी नवनिर्वाचित प्रधानमन्त्री संग बिभिन्न उच्च ओहदाका राजनैतिक तथा कुटनैतिक निकाय का महानुभावहरुले परिचयगर्नु भएको  थियो |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *