Breaking News

नव निर्वाचित प्रधानमन्त्री संग का जन अपेक्षाहरु

1459684_10205497998031391_1422100271411129220_nएमाले अध्यक्ष केपी अाेली प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकाे छ। म उहाँलाई 12032138_853885494727698_3135983837581353855_nभन्दा नेपाली जनतालाई बधाइ भन्न चाहन्छु। किनभने प्रधानमन्त्री पदकाे निर्वाचनले लाेकतन्त्र संस्थागत हुने ढाेका खुलेकाे छ। संविधान सशक्त रुपमा कार्यान्वयन सुरु भएकाे छ।

जसले जति विराेध गरे पनि याे सविधानले थारु, अादिवासी, मधेसी, जनजातिलाई उच्च बनाएकाे छ। कतिपय असन्तुष्टि छन् संविधानमा तैपनि याे संविधानले यी समुदायहरुकाे अधिकारकाे ढाेका खाेलेकाे छ। केपी अाेली प्रधानमन्त्री निर्वाचित हुनुभए सँगै थप अधिकार प्राप्ति र भएकाे अधिकार कार्यान्वयनकाे सुनिश्चितता भएकाे छ। त्यसैले अब थारु, मधेसी, जनजाति सबैले शान्तिपूर्ण र लाेकतान्त्रिक बाटाेलाई समर्थन गर्नुपर्छ।

केपी अाेली सामु धेरै चुनाैती छन्, भारतले लगाएकाे अघाेषित नाकावन्दी, मधेसी, थारुका नाममा गरिएकाे अान्दाेलन चुनाैती हुन्। राष्ट्र र राष्ट्रिययताकाे हितमा देशकाे शिर ठाडाे पारेर अाेलीले देशलाई नयाँ युगमा पुराउन सक्नुपर्छ। जनताले उहाँबाट धेरै नै अपेक्षा गरेका छन्। जनअपेक्षा पूरा गर्न उहाँलाई बधाई तथा शुभकामना। नेपाली जनतालाई पनि बधाई।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले पदभार समाल्नुभएपछि जनतामा आशा र उत्साह छाएको छ । उहाँ नेतृत्वको सरकारले देशलाई नयाँ बाटोमा लैजान्छ, देशमा शान्ति, सदभाव र सहकार्यको बातावरण बनाउँछ भनेर जनताले आशा र विश्वाश लिएका छन् ।

नेपालको इतिहासमा निकै कठिनसँग प्रधानमन्त्री बन्ने मध्ये उहाँको नाम पनि लेखिने भयो । उहाँका सामु धेरै चुनौती छन् तर उहाँलाई जनताको साथ पनि त्यति नै मात्रामा रहेको छ । पार्टी पंक्ति एक ढिका भएर उहाँलाई सघाइरहेको छ । यस बीचमा भारतसँग बिग्रिएको सम्बन्ध पनि सुधार हुने लक्षण देखिएको छ । देशका समस्या समाधान गर्न उहाँले जनताको पूर्ण समर्थन पाउने अवस्था हुनु उत्साहजनक कुरा हो । अहिले उहाँको सफलता नै पार्टीको पनि सफलता हो, उहाँको सफलता नै देशको पनि सफलता हो ।

तराईमा विभिन्न समुदायका नाममा केही पार्टीहरुले आन्दोलन गरिरहेका छन् । ती पार्टीहरुलाई विश्वाशमा लिनु प्रधानमन्त्री ओलीका लागि चुनौतीको विषय हुनसक्छ । आन्दोलनरत पार्टीहरुले पनि के बुझ्नु जरुरी छ भने आन्दोलको नाममा देशलाई दुख दिने, जनतालाई दुख दिने काम गर्दा आफ्नै साख गुम्छ । वार्ताबाट समाधान गर्न नवनियुक्त प्रधानमन्त्री ओलीले आफू तयार रहेको बताउनुभएको अवस्थामा अब आन्दोलन गरेर जनतालाई दुख दिने होइन कि वार्ता गरेर समाधान खोज्ने हो । संविधानमा लेखिएका जनताका अधिकार कार्यान्वयन गराउने बातावरण बनाउनु आन्दोलन गर्ने दलहरुको पनि कर्तब्य हो ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाललाई विकास निर्माणको कार्यकाल बनाउन आवश्यक छ । उहाँले आफ्नो कार्यकालमा समावेसीकरणलाई उच्च प्राथमिकता दिँदै समावेसीकरणको लाभ सम्पन्नले होइन विपन्नले पनि पाउने अवस्था सिर्जना गर्नुहुने अपेक्षा गरेकी छु । देशलाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो । उहाँले देशलाई आत्मनिर्भर बनाउने ठोस कार्यक्रम ल्याउनुहुने पनि आशा गरौं ।

प्रधानमन्त्री ओली अत्यन्त स्पष्ट वक्ता हुनुहुन्छ । उहाँको कार्यकालमा देशले सुशासन पाउने जनताको अपेक्षा छ । जनताको अपेक्षा पूरा गर्न सक्नुहोस्, राष्ट्रिय स्वाभिमान बचाउन सक्नुहोस्, देशमा एकता र सदभावको बातावरण बनाउन सक्नुहोस् भनी प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई म हार्दिक बधाइका साथै शुभकामना दिन्छु ।

(शान्त चौधरी को फेसबुक बाट साभार )

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *