Breaking News

राजधानी बाहिरिने यात्रुलाई समस्या,

सुनसान गाडी ,भिडभाड मानिस
सुनसान गाडी ,भिडभाड मानिस

तूम्सिङ(तारा) मगर

हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलि भित्रिएसंगै राजधानी बाहिरिने यात्रुहरुको संख्या बढेको छ । रोजिरोटिका क्रममा होस या पढाईको शिलसिलामा राजधानी भित्रिएका मानिसहरु दशैं तिहारको अवसरमा आफ्नो पुख्र्याैली घर फर्कने गरेका छ्न । विगतका बर्षहरुमा जस्तै यसपालि पनि झण्डै १३ लाख मानिसले राजधानी छाडने अनुमान यातायात व्यवस्था विभागको छ । भारतले केहि दिन अगाडि गरेको अघोषित नाकाबन्दिका कारण अझै पनि पेट्रोलियम पदार्थको सहज आपुर्ती र विक्रिवितरण हुन नसक्दा यात्रु हरुले सास्ती भोगिरहेका छन् । दशैंको तेस्रो दिन भइसक्यो गाडी पाउनेकी नपाउने निश्चित छैन पुरानो बसपार्कमा (रामेछाप) घर जान, बसको टिकट पर्खेर बसेका तिर्थबहादुर सुनुवारले बताउनुभयो । पहिलेका वर्षहरुमा टाढा टाढा जाने यात्रुहरुको लागी अग्रिम टिकटको सुविधा हुन्थ्यो यसपाली तेलकै कारण त्यसको व्यवस्था गर्न सकेनौ मकालु यातायात व्यवसा विभाग कलंकीका एक कर्मचारीले बताए । राजधानी बाहिरीने मुख्य नाका कंलकीमा यात्रुको निकै भिड देखिन्थ्यो । यस नाका हुदै देशको छोटो धादिङ, मकवानपुर, गोरखा, चितवन तथा लामो दुरीका पुर्वको कांकडभीटा देखि पश्चिमको महेन्द्रनगरसम्मका सवारीसाधनहरु छुटने गरेका छन । यसपालिको दशैंमा घर जान नपाइएला जस्तो छ, बिहानै चार बजे देखि झापा दमक जाने बसको टिकटको लाइनमा बस्न आएका नरेन्द्र कोइलाराले निरास हुदै भने । भारतले नाका केहि खुकुलो गरे पनि अझै तेल पर्याप्त मात्रामा आइ नसकेको कारणले यस्तो समस्या भएको अग्नि डिलक्सका एक कर्मचारीले बताए टिकाको दिन सम्ममा सहज हुन्छकी भन्ने उनको आशा थियो । नयाँ बसपार्कमा बिहानै देखि दाङ जाने गाडीको टिकट काटन लाइन बसेका लक्ष्मण अधिकारीले भने सरकारको लाचारी पनका कारण अहिले हामि जस्ता सोझ साझा जनताले दुख पायौ यसको छिटो भन्दा छिटो सरकारले समाधान गर्न पट्टि लागोस र नेपालि जनतालाई राम्रोसंग दशैं मनाउन सक्ने व्यवस्था मिलाओस ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *