Breaking News

पेट्रोलपम्प मा लाईन लागेको राष्ट्रियता

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन  bishnugyawali@gmail.com
बिष्णु प्रसाद ज्ञवाली ,
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com

ट्राफिक प्रहरी कै अघिल्लितिर बाट ढोका बाहिरै निस्किने गरि मानिस झुन्डिएका छन् ,बस को छत भरि मानिस छन ,  ट्राफिक प्रहरी  मुक दर्शक भएको छ ,उसलाई जरिवाना काट्नु पर्ने हतारो छैन अचेल  , उसलाई नि अघोसित आदेश होला , अघोषित भारतीय नाका बन्दि भए झैँ , रातो ,निलो र हरियो ट्राफिक बत्ति हरु बलि रहेछन तर निर्वाध गाडीहरु आफ्नै सुरुमा गुडीरहेछन , न रोकिनु पर्ने, न नियम कानुन मान्नु पर्ने ,न  ट्राफिकले जरिवाना असुल्ला भन्ने चिन्ता ,  दिनहु को सडक यात्रामा  मैले देखेको छु , स्वयं पेट्रोल पम्प वाला लाइ थाहा छैन पेट्रोल आउछ आउदैन तर पनि पेट्रोल  पम्प भरि मानिस को line छ , २४ घण्टा सम्म line मा बसेर पनि  पेट्रोल नपाएको  थुप्रै गुनासा हरु सुनेको छु , भेटेको छु , संगै पेट्रोल line मा  लाग्दा , कहिले लिफ्ट पाउदा , त् कहिले सडक मा हिड्ने बटुवा संग भलाकुसारी गर्दा  र  त्यो lineमा बस्दा  को पिडा नि भोगेको छु |  धन्न दशैँ को मौका परेछ र विद्याथी हरुलाई सदा भन्दा एक दुइ दिन अगाडी मात्रै भए पनि दशैँ छुट्टी स्कूल ले दिन पाए, हुन् त् दशैं छुटी हुनु अगाडी जोर बिजोर मा सवारी साधन मात्र होइन स्कुल पनि केहि समय चलेकै हो | रास्ट्रियता जागेको बेला स्कुल नियमित रुपमा जानु पर्छ  र क्लास छुटयो भने गारो हुन्छ भन्ने मान्यता सिकाउन  गुरु हरुलाई पनि अप्ठेरो भै रहेको होला . रक्तदान जीवन दान भन्दै  फेसबुक मा रक्तदान गर्न प्रोत्शाहित गर्ने युवा पुस्ता  पेट्रोल दान महादान भन्दै रास्ट्रियता जोगाउन  किन्चित लाज मानेका छैनन् | यो प्रत्येक नेपाली को  आज को नियति हो , हामी सबै नेपालीले  स्वीकार गरेको दिनचर्या हो  र , राज्य ले नि स्वीकार गरेको यथार्थ हो | हाम्रो रास्ट्रियता ले कहिले बुझ्ने  भोको पेटमा बाद हुदैन , अभाव र संकटमा कानुन र सामाजिक मान्यता सुन्य हुन्छन |

14102015084931PETROL_LINE_JADIBUTI-600x0Petrol_line3(पत्रपत्रिकामा प्रकाशित तस्बिर हरु)

यतिखेर हामि नेपाली जानेर नजानेर , रहरले वा बाध्यताले रास्ट्रबाद र रास्ट्रियता को कुरा गरि रहेछौ , रास्ट्रबाद र रास्ट्रियता को नशा  चढेको छ या चढाईएको छ ,थाहा छ या थाहा छैन र पनि हामी निर्धक्क सहि रहेछौ| हामीलाई पेट्रोल कहिले आउछ र कसरि आउछ संग चिन्ता नि छैन किनकी हामी पेट्रोल नपाईने line मा बस्न अभ्यस्त भै सकेका छौ तर हामीलाइ  रास्ट्रियता को line मा बसेको अनुभूत गराईएको छ  किनकी हाम्लाई हाम्रो समयको कुनै मुल्य दिईएको छैन, हाम्रा लागि घन्टौ मात्र होइन दिनहु पेट्रोलका लागि line बस्नु कुनै नौलो कुरा भएन् ,  हाम्रो दिन चर्या नै पेट्रोल मा line लाग्ने हुन् लागि सक्यो . किन कि हामीमा रास्ट्रियताको  नशा चढी सकेको छ र कुनै हालत मा नि झुक्नु हुदैन , हामि  रास्ट्रियताको यति बलियो बन्धनमा बाधीएका छौ कि हामीले हाम्रो सरकार संग हाम्रा अत्याबसेक सेवा हरु को आपूर्ति गर्ने गराउने जिम्मा तिम्रो हो भन्न पनि  हामी लाइ लाज लागी रहेको छ , हामी डराई रहेका छौ कि कतै  हाम्रो राष्ट्र बाद मा प्रश्न उठायिन्छ कि भनेर , हामी भुत आउछ भन्ने डर देखाएर ज्ञानी बनाईएको एउटा अबोध बालक जस्तै चुपचाप अभाव र संकट बीच ज्ञानी बनी रहेछौ |  आज अफिस बाट फर्किदा  मोटर साइकल वाला ले लिफ्ट नदिय पनि पछाडी आई रहेको  निजि कार मा  लिफ्ट पाय . हुन्  त् जादा मोटर साइकल मै लिफ्ट पाएको हु, कति सहज र सहयोगी छ नेपाली मन . यस्तो सहज र सहयोगी मन भएको मुलुक किन बिकसित हुन् सकेन ,  कहिले कांग्रेस को , कहिले कम्युनिस्टको , कहिले पंचायत् को , कहिले दरबारको, कहिले भारत को , कहिले चिन को  भुत नेपाली मन माथि सधै थोपरेर शाशन गर्ने हरुले अब सोच्नु पर्छ , बिस्वोव्यपिकरण को जमाना , खुला अर्थतन्त्र र निजि क्षेत्रको सक्रियता भएको आज को युगमा रास्ट्रियता को भुत अब धेरै दिन सम्म टिक्न सक्दैन , सूचना प्रविधिले सबैलाई सुसुचित र जानकार गराउने नै  छ तब  राष्ट्रियता को अर्थ बिस्तारै बुझ्दै जान लाग्ने छन् |रास्ट्रियता भनेको म बाट सुरु हुन्छ र मेरो बैधानिकता दिने , म संग कर माग्ने लाइ मैले पहिला मेरो सुरक्षा का बारे प्रश्न सोध्न पाउनु पर्छ , उसले मेरो सुरक्षा का लागि न्यायोचित कदम के चाल्यो , उ म  प्रति कति जिम्मेवार र जवाफ देहि भयो भनेर जब प्रस्न हरु उठन थाल्ने छन् तब  राष्ट्र बाद का खातिर पेट्रोल पम्प मा  लागेका line हरु बिस्तारै भद्रकाली पेट्रोल पम्पबाट  सिंह दरबार तिर मोडिने छ |त्यो समय आउन् लागेको संकेत देखिई सकेको छ |अब पनि आन्तरिक र अन्तर दलीय भागबन्डा र झगडामा रमाएर सानो बालक लाइ झैँ भुत को डर देखाएर शाशन गर्न रहर पाल्ने हरु साबधान भए हुन्छ अब मेरो सुरक्षा कसले गर्ने , हाम्रो सुरक्षा कसले गर्ने भन्ने प्रस्न बाट सुरु हुने राष्ट्रियता पेट्रोल पम्प मा लाईन लाग्ने छैन सिधै सिंह दरबार हानिनेछ र भन्ने छ राष्ट्रियता हाम्रो सुरक्षाका लागि  कि तिम्रो व्यक्तिगत समृद्धि का लागि |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *