Breaking News

पाल्पामा तेजपात: समृद्धिको आधार बन्दै

रेन्जर, जिल्ला बन कार्यालय ,पाल्पा yamsagar1@gmail.com
रेन्जर,
जिल्ला बन कार्यालय ,पाल्पा  वन संचार अभियानकर्ता 
yamsagar1@gmail.com

 

 पाल्पा जिल्ला प्राकृतिक,धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पर्यटकिय दृष्टिले सम्पन्न छ । यस जिल्लालाई चिनाउने पहिचानका दर्जनौँ आधारहरुमा एउटा आधार थपिँदै छ,तेजपात । जुन पाल्पा जिल्लामा बिदेशी मुद्रा भित्र्याएर बिपन्न बर्गका मानिसहरुको जिविकोपार्जनमा सहयोगी बन्दै आएको छ भने जिल्लाको आर्थिक समृद्धिमा तेजपातको ब्यवसायिक खेती प्रमुख कोषेढुङ्गा बन्न सक्ने निश्चित छ ।

एकातिर जग्गा जमिन बाँझिएर खेर गईरहेको अवस्था छ भने अर्कोतर्फ गाउँका युवा जनशक्तिहरु आयआर्जनको लागि बिदेश पलायन हुनुपरेको अवस्था छ । खेर गईरहेृको जमिनलाई सदुपयोग गरेर कृषकहरुलाई आम्दानीको श्रोत बढाउन र गाउँघरमै रोजगारीको सृजना गर्नको लागि जिल्ला वन कार्यालय,पाल्पाले जडीबुटी विकास कार्यक्रम अन्तरगत बिगत केहि बर्षदेखि ब्यवसायिक तेजपात खेती प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्न थालेपछि पाल्पा जिल्लाका कृषकहरु ब्यवसायिक तेजपात खेती तर्फ आकर्षित भएका छन् ।

समुद्र सतहबाट ४५० मिटरदेखि २१०० मिटर सम्मको चुरे र मध्यपहाडी हावापानीमा खेती गर्न सकिने तेजपातको लागि पाल्पा जिल्लामा उपयुक्त खालको हावापानी रहेको छ । एकपटक लगाए पछि लामो समयसम्म उत्पादन लिईरहन सकिने,खेती तथा ब्यवस्थापन गर्न बिषेश प्राबिधिक ज्ञान नचाहिने, यसको खेती गर्ने,पात र बोक्रा संकलन गर्ने,प्याकिङ्ग एवं भण्डारण गर्ने कार्य बुढाबुढी र बच्चाबच्चीले समेत गर्न सक्ने,भण्डारण गर्न सजिलो,डाँठ काटेपछि प्रशस्त मात्रामा मुनाहरु पलाएर आउने जस्ता बिशेषताहरुले गर्दा पाल्पा जिल्लामा सबैभन्दा बढी मन पराईएको प्रजातीको जडीबुटीको रुपमा तेजपात स्थापित भईसकेको छ ।tej paat

यसको बैज्ञानिक नाम Cinnamomum tamala हो । यसको पातलाई तेजपात भनिन्छ भने बोक्रालाई दालचिनी भन्ने गरिन्छ । जिल्ला वन कार्यालयले यसको ब्यवसायिक खेती प्रवद्र्धनको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । जिल्लाको दोभान,कोलडाँडा,सत्यवती,बल्ढेङ्गढी,गोठादी,झडेवा   कसेनी,जुठापौवा,मस्याम,छहरा,पालुङ्गमैनादी,मुझुङ्ग,तेल्घा,बन्दीपोखरा र मदनपोखरा गरि १५ वटा गा.वि.स.लाई जडीबुटी पकेट क्षेत्रको रुपमा घोषणा गरि तानसेन, छहरा,झडेवा,दोभान,बल्ढेङ्गढी,ज्यामिरे लगायतका स्थानहरुमा जड्रीबुटी नर्सरीहरु स्थापना गरेर बर्षेनी लाखौँको संख्यामा तेजपातको बिरुवा उत्पादन र बितरण,तालिम,गोष्ठी संचालन,निकासी प्रक्रियामा कानुनी सहयोग र सहजीकरण,बजारीकरणमा सहयोग,कृषकहरुलाई सशक्तिकरण,कृषक,संकलनकर्ता र ब्यापारीहरु बिच अन्तरक्रिया,कृषकहरुको घरदैलोमै पुगेर खेती बिस्तार,ब्यवस्थापन,संकलन र भण्डारण सम्बन्धि कोचिङ्ग गर्दै प्राबिधिक सहयोग उपलब्ध गराउने अभियान नै सञ्चालन गरेको छ, फलस्वरुप आर्षिक बर्ष २०७१÷७२ को जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार करिब नौ लाख किलो तेजपात र तिन लाख किलो दालचिानी बोक्रा कानुनी प्रक्रिया पुरा गरेर भारतीय बजारमा बिक्रीको लागि निकासी भएको देखिन्छ । स्थानीय बजार मुल्यको हिसाव गर्दा बर्षेनी लगभग १० करोड रुपैयाँको हाराहारीमा जिल्लामा भित्रिईरहेको अवस्था छ । जुन हामीले कल्पना नै नगरेको आम्दानी तेजपात बाट जिल्लामा भईरहेको छ ।

तेजपातको हालको स्थानीय बजार मु्ल्य प्रति के.जी. रु.५० देखि ६० सम्म रहेको छ भने दालचिनी बोक्राको मुल्य प्रति के.जी. १०० रुपैया भन्दा बढीमा कृषकको घरबाटै बिक्री भईरहेको छ । यसको बजारभाउ भा्रतीय बजारमा निर्भर हुने भएकोले घटबढ भई्रहने भएता पनि कृषकहरुलाई बिक्री गर्नको लागि बजारको समस्या रहेको छैन । स्थानीय संकलनकर्ताहरु मार्फत किसुानको घरदैलो बाट नै पात र बोक्रा बिक्री भईरहेको छ । जिल्लामा ४० भन्दा बढी स्थानहरुमा तेजपात र दालचिनीको संकलन केन्द्रह्ररु रहेका छन् । स्थानीय रुपमा रहेका खरिद केन्द्रहरुमा बिशेष गरि स्थानीय ब्यक्तिको सहयोग एवं सहकार्यमा नियमानुसार तेजपात र दालचिनी खरिद बिक्री गरिन्छ ।

सामान्यतया बिरुवा रोपेको ४–५ बर्षपछि हाँगा काटेर तेजपात संकलन गर्न सकिन्छ भने ६–७ बर्षपछि बोक्रा संकलन गर्न सकिन्छ । छोटो समयमै आम्दानी लिन सकिने र लामो समय सम्म आम्दानी लिईरहन सकिने भएकाले दोभान,कोलडाँडा,सत्यवती,गोठादी लगायतका गा.वि.स.हरुमा कृषकहरुले लोभलाग्दा तेजपातका बगानहरु बनाएका छन् । दोभान गा.वि.स.को वडा नं. २ स्थित ज्यामिरे गाउँलाई दालचिनीकै कारण ऋणमुक्त गाउँ भनिन्छ भने ग्रामिण स्तरमा छोराछोरीको पढाई लेखाई, स्वास्थ्य उपचार लगायत जिविकोपार्जनमा नै यसबाट सहयोग पुगेकोले पालनपोषण गर्ने एउटी आमाको रुपमा नै स्थानीयहरुले तेजपात खेतीलाई महसुुस गरेका छन् ।

पाल्पा जिल्ल्लामा एउटा स्थापित नगदेबाली बन्न सक्दछ,तेजपात । कृषकहरुको निजी जग्गामा खेती गरिँदै आएको तेजपातलाई सामुदायिक वनका खाली जग्गाहरु,बिद्यालयका जग्गाहरु,सार्वजनिक जग्गा,कबुलियती वन लगायत खेर गईरहेका जग्गाहरुमा बिस्तार गर्न कार्यालयले जोड दिएको छ । केहि सामुदायिक वन उपभोक्ता समूहहरुले समेत आफ्नो कार्ययोजना अनुसार तेजपात र दालचिनी निकासी गर्न थालिसकेका छन् भने ज्यामिरे गा.वि.स.को एउटा सामुदायिक वनलाई तेजपातको मात्र सामुदायिक वनको रुपमा जिल्ला वन कार्यालयले हस्तान्तरण गरिसकेको छ ।

जिल्लामा तेजपात खेतीको ब्यवसायिकता अभिबृद्धि सँगै केहि चुनौतीहरु पनि देखा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारले मागेको गुण्स्तर अनुसारको तेजपात र दालचिनी हामीले बजारमा पठाउन सक्यौँ भने मात्र हाम्रीले चाहेको मुल्य प्राप्त गर्न सक्ने आधार तयार हुन्छ । अहिले पाल्पाबाट निकासी हुने तेजपातमा ढुङ्गा,पानी र अन्य वस्तुहरु मिसावट हुने गरेको,राम्रो सँग नसुकाईएको र कृषकहरुले गुणस्तर हिन पात र बोक्रा बजारमा पठाउने गरेको भन्ने आरोप समेत लाग्न थालेको छ । यदि यस्तो हो भने भोलीका दिनमा हाम्रो तेजपात ब्यवाय नै धरापमा पर्नसक्ने तर्फ उत्पादनकर्ताहरु सचेत हुनुपर्ने जरुरी छ भने ब्यापारीहरुमा अस्वस्थ प्रतिस्प्रधा हुने हुँदा कृषकहरुले उचित मुल्य प्राप्त गर्न नसकेको कृषकहरुको गुनासो छ । बजारीकरणमा देखिने यस्ता समस्याहरुलाई हल गर्नको लागि वन कार्यालयले बेलाबेलामा उत्पादन कर्ता,खरिदकर्ता र ठूला ब्यापारीहरु बिच स्थलगत रुपमै एकैथलोमा अन्तरक्रिया गराई समस्या समाधानका प्रयासहरु गरिरहेको छ भने कृषकहरुले समेत सहकारीको माध्यमबाट तेजपात ब्यवसायलाई अघि बढाउने मनस्थितिमा पुगेकोले बजारीकरणका समस्याहरु बिस्तारै समाधान हुने लक्षणहरु देखा परेका छन् ।

बिश्वब्यापी रुपमा देखा परेको जलवायु परिवर्तनको असर तेजपात खेतीमा पनि परेकोले यसमा नयाँ–नयाँ रोगहरु समेत देखा पर्न थालेको र प्रभावकारी उपचारको ब्यबस्था हुन नसकेको कुरा समेत चर्चामा आउन थालेको छ । जिल्लामा तेजपातको खेती बिस्तार, ब्यवस्थापन र यसको बजारीकरणलाई थप ब्यवस्थित बनाउन जिल्ला वन कार्यालयको एकल प्रयासले मात्र नपुग्ने हुँदा बिभिन्न सरोकारवाला निकायहरु जस्तै ः गाउँ विकास समिती,जिल्ला विकास समिती,उद्योग बाणिज्य संघ,गैर सरकारी संस्थाहरु,कृषी विकास कार्यालय समेतका निकायहरुले यसमा सहयोग पु¥याउन सकेमा तेजपात खेतीलाई जिल्लामा आर्थिक समृद्धिको आधारशिला बनाउन सकिने कुरामा दुईमत छैन ।

पाल्पाको पर्यटन विकासमा समेत तेजपात खेतीले महत्वपूर्ण योगदान पु¥याउन सक्दछ । तेजपात पर्यटन सञ्चालन गरेर पर्यटक भित्र्याउने एउटा माध्यम यो बन्न सक्दछ भने यसको संरक्षण,समवद्र्धन र सदुपयोगले वातावरण तथा जैविक बिबिधता संरक्षणमा समेत ठूलो टेवा पुग्ने साथै आयआज्र्रन र रोजगारी स्थानीय स्तरमै सिर्जना हुने हुनाले खेतबारी समेत बाँझो छाड््ने क्रम बढिरहेको वर्तमान अवस्थामा तेजपातको बयवसायिक खेतीले थप उचाई प्राप्त गर्नसक्ने र ‘समृद्धिका लागि वन’ भन्ने नेपाल सरकारको नीति समेत सार्थक बन्न सक्ने कुरामा आशावादी बन्न सकिन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *