Breaking News

वन बिभाग का महा निर्देशक बाट सुशाशन का लागि अधिकार प्रत्यायोजन

कार्तिक १ ,

वन संचार सम्बाददाता

महानिर्देशक  रेशम बहादुर डाँगी
महानिर्देशक
रेशम बहादुर डाँगी

वन बिभाग का महानिर्देशक रेशम बहादुर डाँगी ले वन नियमावली २०५१ को नियम ६६ र वन पैदावार लिलाम बिक्रि कार्यविधि  निर्देशिका २०६० को २०१७ को दफा २ को अधिनमा रही महानिर्देशकमा निहित अधिकार मध्ये बाट बढीमा रु दस लाख सम्मको लिलाम बिक्रि गर्ने अधिकार २०७२/६/२९ मा जिल्ला वन अधिकृत लाइ अधिकार प्रत्यायोजन गरेका छन् | यसबाट वन पैदावार को बिक्रि बितरण सहज र सरलीकरण भै   वन कार्यालय बाट प्रदान गरिने  सेवा प्रवाह  चुस्त दुरुस्त भै  सुशाशन कायम गर्न योगदान पुग्ने विश्वास सरोकारवालाहरुले  लिएका छन् . वन पैदावार को बढी उत्पादन तथा बिक्रि वितरण हुने तराई र चुरे जोडीएका २४ जिल्ला का जिल्ला वन अधिकृत हरुलाई यो अधिकार प्रचलित कानुन को बिपरित नहुने गरि प्रत्यायोजित गरिएको वन बिभाग ले जनाएको छ . अधिकार प्रत्यायोजन गरिएका जिल्लाहरु मा इलाम, झापा,मोरंग ,सुनसरी, उदयपुर,रौतहट,सर्लाही, सिन्धुली ,महोतरी ,धनुषा ,बारा , पर्सा ,मकवानपुर ,चितवन ,नवलपरासी, रुपन्देही ,कपिलवस्तु ,बाँके , दांग,बर्दिया , सुर्खेत ,कैलाली , कंचनपुर ,डडेल्धुरा रहेका छन् .

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *