कार्तिक १ ,काठमाडौँ
सिन्धुपाल्चोकको चौतारामा २०१४ सालमा जन्मनु भएका नेकपा एमाओबादीका स्थायी सदस्य तथा सिन्धुपाल्चोक जिल्ला को निर्वाचन क्षेत्र न २ बाट प्रत्यक्ष निर्वाचित सभासद अग्नि सापकोटा ले आज वन तथा भू संरक्षण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ | वन अनुसन्धान तथा सर्वेक्षन कार्यक्रम संचालनार्थ जवाफदेहिता अभिवृद्धि को लागि वन मन्त्रालय र वन अनुसन्धान तथा सर्वेक्षण बिभाग का महानिर्देशक बीच सम्पन्न हुने कार्य सम्पादन सम्झौता लाइ सदर गरि पदभार सम्हाल्नु भएका नव नियुक्त माननीय वनमन्त्री अग्नि सापकोटालाइ वन सचिब मधु रेग्मी लगायत वन मन्त्रालयका पदाधिकारी तथा कर्मचारीहरुले ले वन मन्त्रालयमा स्वागत गरेका थिय| पदभार ग्रहण गरे पश्चात नवनियुक्त वन तथा भू संरक्षन मन्त्रि लाइ वन सचिब मधु रेग्मीले मन्त्रालयका कर्मचारीहरुको परिचय गराउदै नवनियुक्त मन्त्रि लाइ वन मन्त्रालय को तर्फ बाट स्वागत गर्दै बधाई तथा कार्यकाल को सफलताको शुभकामना दिनु भएको थियो | वन मत्रालय मा वन मन्त्रीको बसाई सफल र स्मरणीय वनाउन वन मन्त्रालयका सबै कर्मचारी प्रतिबद्ध भएर खुला दिल ले लाग्ने प्रतिबद्द्धता समेत सचिब रेग्मीले व्यक्त गर्नु भयो| देश को करिब ४० % भू भागमा रहेको वन को संरक्षन र ब्यबस्थापन गर्ने जिम्मेवारी रहेको वन मन्त्रालय मा वन सम्रक्षन् , सम्बर्धन , दिगो ब्यबस्थापन गर्ने , आर्थिक उन्नतिको आधार बनाउने , भूकम्प पश्चातको पुनर्निमाणका सामग्री का लागि वन माथि परेको चाप , मुलुक को बिध्यमान असहज परिस्थितिले इन्धन आपूर्तिमा चुनौती रहे पनि दक्ष जनशक्ति रहेको र नेपाल सरकारले पनि बरिस्ठ तथा परिपक्क नेतृत्व वन मन्त्रालय लाइ दिएको ले वन वन मन्त्री ज्युको कुशल र असल नेतृत्व ले चुनौती समधान गर्न सक्ने बताउनु भयो .| नव नियुक्त मन्त्रि संग vision दिनका का लागि आग्रह गर्दै सो vision कार्यान्वन गर्न सक्ने दक्ष र प्रतिबद्ध जनशक्ति रहेको सचिब रेग्मीले बताउनु भयो | वन मन्त्रालयको कार्यक्षेत्र, संगठन संरचना , दरबन्दी , विद्यमान नीतिनियम र निर्देशिका हरुका बारेमा वन मन्त्रालयका तर्फ बाट प्रशाशन महा शाखा प्रमुख सह सचिब किरण शर्मा ले प्रस्तुति गर्नु भएको थियो | वन मन्त्रालय का पदाधिकारी तथा कर्मचारीलाई सम्बोधन गर्दै नवनियुक्त वन मन्त्रि अग्नि सापकोटाले वन संरक्षण भन्नु नै आफ्नो जीवन को नै संरक्षण भएको ले यो मन्त्रालय महत्वपुर्ण रहेको बताउनु भयो | हामी अहिले स्वोतन्त्र छौ नया संविधानले नया ढंग बाट काम गर्ने स्वोतान्त्रता दिएको छ , नया अध्याय बाट काम सुरु गर्न अबसर दिएको छ . सबै भन्दा ठुलो संसाधन जनशक्ति रहेको र त्यो यहा दक्ष रहेको सचिब ज्युले बताउदा आफुलाई खुसि लागेको र भित्रै देखि यो जनशक्तिले खुलेर सहयोग गरे चुनौती हरु समधान गर्न सकिने ढाडस मिलेको बताउदै कर्मचारी हरुलाई एकताबद्ध बनाउदै लैजाने ,तपाई हरुको क्षमता को सहि सदुपयोग हुने वाताबरण मिलाउने विश्वास दिलाउछु भन्नु भयो तेसरी नै वन मन्त्रालय बाट मन्त्रिपरिषदमा जाने सबै प्रस्ताव हरुलाई पारित गराउने , नया नीतिहरु बनाउने काम मा सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै हरियो वन नेपाल को धन भन्ने पुरानो उक्ति लाइ अचेल व्यंग गर्दै हरियो वन तस्कर को धन भन्ने अवस्थाको अन्त्य गर्न का लागि नैतिकता, अनुशाशन र पारदर्शिता मा जोड दिदै वन स्रोतको सदुपयोग का लागि लागि पर्नु पर्ने बताउनु भयो .वन मन्त्रालय आन्तरिक र बाह्य दुवै रुपमा महत्वपुर्ण रहेको बताउदै कार्बन उत्सर्जन घटाउने काम मा सफलता हासिल गरेर पनि हामीले आम्दानी बढाउन सक्ने भएको यसमा नि हामीले काम गर्नु पर्छ भन्दै भन्नु भयो , यसका लागि हामीले आन्तरिक एकता कायम गर्दै सामुहिकतामा ज्ञान को केन्द्रीकरण गरेर हामी सफल हुन् सक्छौ , ज्ञान को केन्द्रीकरण सामुहिकतामा हुन्छ .वन तथा भू तथा भू संरक्षन मन्त्रालयलाई नमुना मन्त्रालय बनाउन सक्छौ . संकल्प गरौ म तपाई हरु संग संकल्प गर्छु नया संविधानले नया काम गर्ने अबसर दिएको छ , नेपाली ले आफैले बनाएको नया संबिधान कार्वान्यन गर्ने ठुलो चुनौती छ ,असहज परिस्थिति देखिएको छ , देसका लागि सार्थक योगदान गर्न तयार हौ |मैले राम्रो team भेट्टाएको महसुस गरेको छु , तेस्को नेतृत्व गर्ने अबसर पाएको छु | म नैतिकता , अनुशाशन ,पारदर्शिता , जवाफदेहिता प्रति प्रतिबद छु हामीलाई देखेर हाम्रा क्रियाकलाप मानिस ले चिनुन , पहिचान बनोस ,तपाई हामी एकताबद्द भएर उच्च आकक्षा लिएर काम गरौ ,सृजन शिल भएर रचनात्मक काम गरौ , तपाई हरुको चित्त प्रसन्न बनाउन म हरदम तत्पर हुन्छु . वन मन्त्रालयको इज्जत गरिमा माथि उठेयो भने हामी सबैको माथि उठ्छ तेसका लागि संकल्प गरौ, नया संविधानले नया अध्याय बाट काम गर्ने अबसर दिएको छ तेसका लागि एकताबद भएर योगदान गरौ वन मन्त्रि अग्नि सापकोटाले भन्नु भयो |
वन संचार को तर्फ बाट नवनियुक्त वन मन्त्रि लाइ बधाई तथा कार्यकालको सफलताका लागि साथ् र शुभकामना |